मुख्य समाचार

धितोपत्र बोर्डले यी ३ ब्रोकर कम्पनीलाई किन गर्यो जरिबाना ?

काठमाडौं, २७ पुस । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले ३ वटा ब्रोकर कम्पनीलाई जरिबाना गर्ने भएको छ । जरिबाना गराउने निर्णय गरेका ३ कम्पनीमा सनी सेक्युरिटिज, इम्पेरियल सेक्युरिटिज र त्रिशूल सेक्युरिटिज रहेको बोर्डले जनाएको छ । सनी सेक्युरिटिज कम्पनीले तोकिएको समयमा प्रतिवेदन पेस नगरेकोले धितोपत्र ऐन, २०६३ को दफा ८२ (२) अनुसार १० हजार रुपैयाँ जरिबाना गरिएको बोर्डका प्रवक्ता एवं कार्यकारी निर्देशक मुक्तिनाथ श्रेष्ठले जानकारी दिए । उनका अनुसार इम्पेरियल सेक्युरिटिज र त्रिशूल सेक्युरिटिजलाई दुवैलाई ७५-७५ हजार रुपैयाँ जरिबाना तोकिएको छ… पुरा पढौ

युनाइटेड र अजोड इन्स्योरेन्सबीच मर्जरको प्रारम्भिक सहमति

काठमाडौं, २७ पुस । युनाइटेड इन्स्योरेन्स र अजोड इन्स्योरेन्स एक आपसमा गाभ्न/गाभिन सहमत भएका छन् । यी दुई कम्पनीबीच हालै मर्जर सम्झौता सम्बन्धी प्रारम्भिक सहमति भएको हो । यी कम्पनीहरुले एक आपसमा गाभिएर नयाँ र सिंगो कम्पनी बन्नका लागि मंगलबार सहमति गरेका हुन् । यसअघि प्रभु इन्स्योरेन्स र अजोड इन्स्योरेन्सबीच मर्जर सम्झौता भएको थियो । तर विविध कारणले प्रभु इन्स्योरेन्ससँगको सहमति टुटेपछि अजोडले युनाइटेड इन्स्योरेन्ससँग मर्जरको प्रारम्भिक सहमति गरेको हो । सम्झौता पत्रमा युनाइटेड इन्स्योरेन्सका सञ्चालक रविन्द्र राज पन्त र… पुरा पढौ

घट्यो सुनको भाउ, चाँदीको स्थिर

काठमाडौं, २७ पुस । साताको सुनचाँदीको कारोबार हुने चौथो दिन बुधबार नेपाली बजारमा सुनको भाउ घटेको छ । चाँदीको भाउ भने स्थिर रहेको छ । यसदिन छापावाल सुनको भाउमा रुपैयाँ ३ सयले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनमा रुपैयाँ ३ सयले घटेर तोलाको १ लाख ३ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि मंगलबार छापावाल सुन तोलाको १ लाख ३ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुनमा पनि रुपैयाँ ३ सयले… पुरा पढौ

आइएमई जनरल इन्स्योरेन्सको सेयरमूल्य नेप्सेमा समायोजन

काठमाडौं, २७ पुस । आइएमई जनरल इन्स्योरेन्सको सेयरमूल्य नेपाल स्टक एक्सचेञ्जमा समायोजन भएको छ। इन्स्योरेन्सले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बुकक्लोज गरेपछि नेप्सेले कम्पनीकाे सेयरमूल्य समायोजन गरी नयाँ मूल्य कायम गरेकाे छ । इन्स्योरेन्सको ६ प्रतिशत बोनस सेयर समायोजन भएकाे हाे । सेयर समायोजन भएपछि इन्स्योरेन्सको सेयरमूल्य ५०० रुपैयाँ २८ पैसा निर्धारण भएकाे छ। कमपनीकाे अघिल्लो कारोबार भएकाे दिनको अन्तिम मूल्यका आधार बनाएर सेयरमूल्य समायोजन गरिएकाे हो। मंगलबार कमपनीकाे सेयरकाे अन्तिम कारोबार प्रतिकित्ता ५३० रुपैयाँ ३० पैसामा भएकाे… पुरा पढौ

माया खोला हाइड्रोको सेयर बाँडफाँड

काठमाडौं, २७ पुस । माया खोला हाइड्रोको सेयर बाँडफाँड भएको छ । प्रभु क्यापिटल लिमिटेड निष्कासन तथा बिक्री प्रबन्धक रहेको कम्पनीको जारी पुँजीको १० प्रतिशतले हुन आउने १० करोड रकम बराबरको १०० रुपैयाँ अंकित दरका १० लाख कित्ता साधारण सेयरमध्ये आयोजना प्रभावित क्षेत्रका लागि छुट्याइएको सेयर बाँडफाँड गरिएको हो । संखुवासभा जिल्लाको चैनपुर न.पा.को वडा नं. ८ र ९, धर्मदेवी न.पा. को वडा नं. ३,४ र ५, मादी न.पा.को  वडा नं. ४ र ६ का स्थायी बासिन्दाका लागि  ६ लाख… पुरा पढौ

दादुरा, रुबेलाविरुद्धको खोप लगाउन मन्त्रालयको आग्रह

काठमाडौं, २७ पुस । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दादुराबाट जोगाउन आफ्ना नानीबाबुलाई दादुरा र रुबेलाविरुद्धको खोप लगाउन सबैमा आग्रह गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गतको राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले बालबालिकालाई दादुरा र रुबेलाबाट  बचाउन  नौ  महिना पुगेपछि पहिलो मात्रा र १५ महिना पुगेपछि दोस्रो मात्रा खोप लगाउन आग्रह गरेको छ । नेपालगञ्जमा दादुरा तथा रुबेलाविरुद्धको खोप नलगाएकाहरूमा सङ्क्रमण देखिएपछि मन्त्रालयले आफ्ना बालबालिकालाई खोप नछुटाउन आग्रह गरेको हो । खोप शाखाका प्रमुख सागर दाहालले दादुराबाट जोगाउन नौदेखि… पुरा पढौ

‘मेड इन नेपाल एक्स्पो २०७९’ सुरु

भरतपुर, २७ पुस  । ‘मेड इन नेपाल एक्स्पो २०७९’ सुरु भएको छ । नेपाली युवा उद्यमी मञ्च चितवनको आयोजनामा चितवन महोत्सव परिसरमा एक्स्पोको आयोजना गरिएको हो । एक्स्पोको मङ्गलबार भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारीले उद्घाटन गरे। एक्स्पोमा ४० वटा स्टल रहेका छन् । दश वटा स्टार्ट अप बिजनेशका स्टल रहेका छन् । भर्खरै उद्यमशील बनेका युवाहरूबीच ‘बिजनेश आइडिया’को विषयमा मञ्चले प्रतिस्पर्धा गराउँदैछ । उत्कृष्ट हुनेले नगद रु एक लाख पुरस्कार पाउने छ । एक्स्पोको उद्घाटन कार्यक्रममा उपप्रमुख अधिकारीले नेपाली उत्पादनको… पुरा पढौ

राष्ट्र निर्माताको सम्मानमा गोरखामा विगुल बजाउँदै सेना

काठमाडौं, २७ पुस । नेपाली सेनाले आफ्ना संस्थापक पृथ्वीनारायण शाहको ३०१ औँ जन्मजयन्तीका अवसरमा बुधबार मुलुकभर विभिन्न कार्यक्रम गरी मनाउदै छ । सोही क्रममा गोर्खा दरबारको ठूलो आँगनमा राष्ट्रनिर्माताको पूर्णकदको शालिकको प्रधानसेनापति प्रभुराम शर्माले अनावरण गर्ने नेपाली सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारीले जानकारी दिए। गोर्खा नगरपालिका र सेनाको स्थानीय पल्टनको सहकार्यमा उक्त कार्यक्रम हुनेछ । सेनाले बुधबारदेखि नै हरेक दिन बिहान र बेलुका राष्ट्रनिर्माताको सम्मान विगुल बजाएर सलामी दिने कार्यको शुभारम्भ गर्नेछ । यसैबीच, राष्ट्रनिर्माताले राज्य एकीकरण गर्ने क्रममा प्रयोग गरेको… पुरा पढौ

विहारबाट आउने बिजुली रोकिँदा ठूला उद्योगमा लोड कटौती

काठमाडौं, २७ पुस । भारतको विहार राज्यबाट आयात भइरहेको बिजुली रोकिँदा नेपाल विद्युत् प्राधिकरणले ठूला उद्योगमा लोड कटौती गरेको छ । विहारको विद्युत् आपूर्ति प्रणालीमा सोमबार दिउँसोदेखि प्राविधिक समस्या देखिएपछि त्यसको असर नेपालमा पनि देखिएको प्राधिकरणले जनाएको छ । प्रावधिकरणका प्रवक्ता सुरेश भट्टराईका अनुसार बिहारको विद्युत् प्रणालीमा समस्या देखिएपछि रक्सौल–रामनगरबाट बिजुली आपूर्ति रोकिएको हो । “विहारको विद्युत् प्रणालीमा प्रावधिक समस्या देखिएपछि रक्सौल–रामनगरबाट नेपालले लिइरहेको करिब तीन हजार मेगावाट घण्टा बराबर बिजुली आपूर्ति रोकिएको छ । जसकारण ठूला उद्योगहरूलाई बिहान र… पुरा पढौ

शेयरबजारको सकारात्मक लय सरकारप्रतिको भरोसा भन्दै प्रधानमन्त्री दाहालले संसदमा गरे यस्ताे सम्बोधन

काठमाडौं, २६ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू तेश्रो पटक प्रधानमन्त्री भएलगत्तै शेयर बजारमा आएको सकारात्मक परिवर्तनलाई नयाँ सरकारप्रति जनताको भरोसाको सङ्केतका रूपमा लिएको बताएका छन । तीव्र आर्थिक विकास र न्यून मुद्रास्फीति सरकारको लक्ष्य हुने बताँउदै दाहालले लाइनमुक्त देश मेरो संकल्प रहेकाे उद्घाेष गरे । नेपालमा लगानीमैत्री बाताबरणकाे सृजना गर्न सरकार हरसम्भबले क्रियाशिल रहने प्रधानमन्त्री दाहालले बताए । अब ढुक्क भएर नेपालमा लगानी भित्राउन दाहालले व्यबसायीलाइ अनुराेध समेत गरेका थिए । प्रतिनिधिसभामा आज विश्वासको मत माग्ने क्रममा उनले… पुरा पढौ