मुख्य समाचार

भ्रष्टाचार नियन्त्रणमा सरकारी-गैरसरकारी क्षेत्रको समन्वय जरुरी: अख्तियार प्रमुख राई

काठमाडौं, २३ मंसिर। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले भ्रष्टाचारविरुद्धका राष्ट्रिय कानुन, नीति र रणनीतिको तर्जुमा तथा कार्यान्वयन मूल्याङ्कनमा सरकारी तथा गैरसरकारी निकायको समन्वयात्मक प्रयत्न हुनु पर्ने बताएका छन्। भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा आज आयोगले आयोजना गरेको कार्यक्रममा उनले भ्रष्टाचार नियन्त्रण तथा सदाचार प्रवद्र्धन गरी सुशासन कायम गर्ने राज्यको नीतिलाई व्यवहारमा रूपान्तरण गर्नुपर्नेमा जोड दिए। उनले यसका लागि तीनै तहका सरकार, निजी क्षेत्र, नागरिक समाज, सञ्चार जगत् एवं आम नागरिक समुदाय सबैसँग समन्वय र सहकार्य गर्दै अघि बढ्ने… पुरा पढौ

उपत्यकामा मेलम्ची खानेपानी पुनः वितरण, खानेपानी समस्याकाे दीर्घकालिन समाधानमा लाग्नेछाैं : मन्त्री चौधरी

काठमाडौं, २३ मङ्सिर । खानेपानी मन्त्री उमाकान्त चौधरीले उपत्यकाको खानेपानी समस्याको दीर्घकालीन रुपमा समाधान गरिने बताएका छन । महाँकालचौरमा आज भएको तेस्रो चरणको मेलम्ची खानेपानी पुनः वितरण कार्यक्रममा मन्त्री चौधरीले काठमाडौँमा अस्थायी रुपमा भए पनि १२ महिना नै पानी वितरण गर्ने दाबी गरे । “हामीले पटक–पटक पानी पुनः वितरण गर्नु नपरोस्, हामीले यसलाई दीर्घकालीनरुपमा समाधान गर्नेछौँ”, उनले भने । विज्ञहरुको सल्लाह सुझाव लिएर विगतमा पानी बन्द गरिएको र अहिले बर्षात सकिएपछि पानी वितरण गरिएको बताइएकाे छ । वाग्मतीको पानी मेलम्चीको… पुरा पढौ

स्वास्थ्य बिमा बोर्डले बीमितबाट १० प्रतिशत शुल्क लिने

काठमाडौँ, २३ मङ्सिर । स्वास्थ्य बिमा बोर्डले अबदेखि बीमित बिरामीबाट पनि १० प्रतिशत शुल्क लिने भएको छ । बीमितले अस्पतालमा जथाभावी स्वास्थ्य परीक्षण गर्न थालेपछि उपचार खर्चको १० प्रतिशत शुल्क लिइने भएको हो । त्यसका लागि बोर्डले कार्यविधि बनाइरहेको छ । बोर्डका वरिष्ठ जनस्वास्थ्य प्रशासक तथा प्रवक्ता शम्भुप्रसाद ज्ञवालीले बीमित बिरामीले जथाभावी परीक्षण गरेकाले रेफर अस्पतालमा उपचार गरेबापत १० प्रतिशत सहभुक्तानी तिर्नुपर्ने बताए । प्राथमिक स्वास्थ्य केन्द्र, आधारभूत अस्पताल, जिल्ला अस्पताल, प्रदेशस्तरीय अस्पताल र आकस्मिक सेवाबाहेकका अर्को जाँचका लागि सिफारिस… पुरा पढौ

महाभियोग प्रस्ताव निष्प्रभावी भएको पत्रविरुद्ध सुनुवाइ सुरु

काठमाडाैं, २३ मंसिर । सर्वोच्च अदालतमा निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको महाभियोग प्रस्ताव निष्प्रभावी हुने भनी सङ्घीय संसद्का महासचिव डा भरतराज गौतमले दिएको पत्रविरुद्धको रिट निवेदनमाथि सुनुवाइ सुरु भएको छ । कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की, वरिष्ठतम न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, डा आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको संवैधानिक इजलासमा सुनुवाइ सुरु भएको हो । सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्य, उपाध्यक्ष मुकुन्दप्रसाद पौडेल, सचिव ऋषिराम घिमिरे, कोषाध्यक्ष विनोदकुमार कार्की तथा सदस्यहरू विकास भट्टराई, अनन्तराज लुइँटेल, दीपनारायण साह, अमिता गौतम र रामहरि… पुरा पढौ

सिन्धुलीमा किसानलाई जुनार बिक्री गर्न भ्याइनभ्याइ

सिन्धुली, २३ मंसिर । बारी र बगैँचामात्र होइन, सिन्धुलीका मुख्य चोक र बजार क्षेत्र पाकेका जुनारले पहेँलपुर भएका छन् । किसान र व्यापारीलाई जुनार किनबेच गर्न भ्याइनभ्याइ छ । गोलञ्जोर गाउँपालिका–५ खनियाखर्क बजारमा जुनार बिक्रि गर्न किसानको घुइँचो नै लाग्ने गरेको छ । वीपी राजमार्ग सञ्चालनमा आएसँगै जुनारको कारोबारमा वृद्धि भएको व्यापारी सावित्रा थापामगरले जानकारी दिइन् । उनी विगत १५ वर्षदेखि जुनार बेच्दै आएकी छिन् । “यहाँ सुन्तला कम बिक्री हुन्छ, जुनारको व्यापार गज्जब छ”, उनले भनिन् । विगत वर्षमा… पुरा पढौ

सुनको भाउ तोलाको १ लाख माथि, चाँदीको पनि बढ्यो

काठमाडौं, २३ मंसिर । साताको सुनचाँदीको कारोबार हुने अन्तिम दिन शुक्रबार नेपाली बजारमा सुनचाँदीको भाउमा बृद्धि भएको छ । यसदिन छापावाल सुनमा रुपैयाँ ६ सयले बढेर तोलाको १ लाख माथि पुगेको छ । चाँदीमा रुपैयाँ ३० ले बढेर तोलाको रुपैया १ हजार ४ सय नजिक पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनमा रुपैयाँ ६ सयले बढेर तोलाको १ लाख ३ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि बिहिबार छापावाल सुनको भाउ तोलाको ९९ हजार ७ सय रुपैयाँ… पुरा पढौ

मेगा बैंक नेपालकाे सेयरमूल्य नेप्सेमा समायाेजन

काठमाडौं, २३ मंसिर । मेगा बैंक नेपालकाे सेयरमूल्य आज नेपाल स्टक एक्सचेन्जमा समायाेजन भएकाे छ । बैंकले साधारण सभा तथा लाभांश वितरणकाे प्रयोजनका लागि बुकक्लोज गरेपछि बैंककाे सेयरमूल्य नेप्सेमा समायोजन भएर नयाँ मूल्य कायम गरिएकाे छ । बैंकको ४ प्रतिशत बोनस सेयर समायोजन भएकाे हो। सेयरमूल्य समायोजन भएपछि बैंकको सेयरमूल्य प्रतिकित्ता २०४ रुपैयाँ ६२ पैसा निर्धारण गरिएकाे छ। बैंकको अघिल्लो कारोबारको अन्तिम मूल्यकाे आधारमा नेप्सेले बैंकको सेयरमूल्य समायोजन गरेको हो। बैंकको अघिल्लो कारोबार प्रतिकित्ता २१२ रुपैयाँ ८० पैसामा भएको थियो।… पुरा पढौ

गुणस्तरीय स्वास्थ्य सेवाका लागि अझै शिविरको भर पर्दै रुकुमेली

रुकुम, २३ मंसिर । रुकुमपूर्व भूमे गाउँपालिका–४ काँडाका मनशोभा बुढा ९५ वर्षको भइन् । बुढेसकालले छोएसँगै उनले विगत दुई वर्षयता आँखाको ज्योति गुमाएकी हुन् । परिवारका अन्य सदस्यको साहारा लिएर घरभित्र र बाहिर गर्दै आएकी बुढाले रुकुमकोटमा आँखाको उपचार गरेपछि विगतको जस्तै देख्न थालेकी छिन् । यस्तै भूमे–३ का ७७ वर्षीय गोकुल विकले पनि आँखाको उपचारपछि राम्रोसित देख्न थालेका छन् । आँखाको शल्यक्रियापछि उनी दङ्ग छन् । रुकुमपूर्वमा यही मंसिर १८, १९ र २० गते स्वास्थ्य शिविर आयोजना गरिएको थियो… पुरा पढौ

ग्लोबल आइएमई र बैंक अफ काठमान्डूको साधारण सभाले मर्ज र लाभांशकाे प्रस्ताव पारित गर्दै

काठमाडौं, २३ मंसिर । ग्लोबल आइएमई बैंक र बैंक अफ काठमान्डू मर्ज हुने भएपछि दुवै बैंकले आज साधारण सभा आयाेजना गरेका छन् । ग्लोबल आइएमई बैंकको साधारण सभा काठमाडौं गैह्रीधारामा रहेकाे सिल्भर ओक बैंक्वेट एन्ड इन्भेष्ट सेन्टरमा पूर्वान्ह १० बजेदेखि हुँदैछ । बैंक अफ काठमान्डूको साधारण सभा त्रिभुवन आर्मि अफिसर्स क्लबमा पूर्वान्ह १० बजेदेखि हुँदैछ । दुबै बैंकका साधारण सभाले १ः१ अनुपात रहेकाे मर्जर प्रयोजनको स्वाप रेसियो प्रस्तावलाई अनुमाेदन गर्ने भएकाे छ । दुबै बैंक मर्ज भएपछि बैंकको नाम ग्लोबल… पुरा पढौ

माया खोला हाइड्रोपावरकाे आईपीओमा अनलाइनमार्फत आवेदन दिन सकिने

काठमाडौं, २३ मंसिर । माया खोला हाइड्रोपावर कम्पनीले आजबाट सेयर (आईपीओ) बिक्रीमा ल्याएकाे छ । कम्पनीले आयोजनाबाट प्रभावित क्षेत्रका जनता तथा श्रम स्वीकृती लिएर वैदेशिक रोजगार गएकाहरुकाे लागि सेयर जारी गरेकाे हाे । कम्पनीले १० करोड रुपैयाँ बराबरको १० लाख कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका जनताका लागि बिक्रीमा ल्याएकाे छ । यस्तै देशिक रोजगारमा गएका नेपालीहरुका लागि २ लाख ४० हजार कित्ता सेयर निष्काशन गरेकाे हो। कम्पनीले आयाेजनाबाट धेरै प्रभावित मानिएका संखुवासभाकाे चैनपुर नगरपालिकाका वडा नम्बर ८ र ९, धर्मदेवी… पुरा पढौ