मुख्य समाचार

मेलम्चीको पानी आजदेखि राजधानीमा वितरण

काठमाडौं, २३ मंसिर । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–१ स्थित मेलम्चीको खोलाको मुहान अम्बाथानस्थित सुरुङ्मार्गबाट एक हप्ताअघि हालेको पानी आजदेखि राजधानीमा वितरण गरिँदै छ । गोकर्णेश्वर नगरपालिका–१ स्थित सुरुङ्को अन्तिम विन्दुमा यही मङ्सिर १८ गते आइपुगेको पानी सुरुमा सुरुङ सफा गर्न वाग्मतीमा बगाइएको थियो । गत जेठ अन्तिम साता बन्द गरिएको सुरुङ्मा जम्मा भएको फोहर सफा गर्न सुरुको पानी वाग्मतीमा बगाइएको मेलम्ची खानेपानी आयोजनाका इञ्जिनीयर रामचन्द्र पौडेलले जानकारी दिए। यही मङ्सिर १९ गतेदेखि नै सुरुङमा पानी भर्न थालिएको थियो । केही दिन… पुरा पढौ

हेटौँडा अस्पतालमा मिर्गौला प्रत्यारोपण गर्नेबारे सम्झौता

मकवानपुर, २३ मङ्सिर। बागमती प्रदेशको राजधानी हेटौँडास्थित हेटौँडा अस्पतालमा मिर्गौला प्रत्यारोपण गर्न सम्झौता भएको छ । धर्मभक्त राष्ट्रिय मानव अङ्ग प्रत्यारोपण केन्द्र भक्तपुरको व्यवस्थापनमा उक्त अस्पतालमा केही महिनाभित्रै मिर्गौलाको प्रत्यारोपण थाल्न त्रि–पक्षीय सम्झौता भएको हो । हेटौँडामा मिर्गौला प्रत्यारोपण गर्न मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा विश्वराज जोशी, हेटौँडा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा रामचन्द्र सापकोटा र धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरका कार्यकारी निर्देशक डा पुष्करचन्द्र श्रेष्ठले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्। हेटौँडा अस्पतालमा पूर्वाधार विकासका लागि बागमती प्रदेश सरकारले चालु… पुरा पढौ

फिन इलेक्ट्रो टेक-२०२२ शुरू, ऊर्जाको खपतले आर्थिक विकासमा सहयोग पुग्ने अर्थमन्त्री शर्माकाे दावी

काठमाडौं, २२ मंसिर । अर्थमन्त्री जनार्दन शर्माले ऊर्जाको खपत बढाउन सके आर्थिक विकास गर्न सकिने बताएका छन् । आज आयोजित फिन इलेक्ट्रो टेक-२०२२ प्रदर्शनीको उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री शर्माले मुलुकभित्रै विद्युत्को खपत बढाउनुपर्ने र यसले व्यापार घाटा कम गर्न समेत सहयोग गर्ने बताए । उनले विद्युत्को क्षेत्रमा भएको लगानीको प्रतिफल लिने समय आएको समेत बताए । उनले पछिल्लो समय कोरोना महामारी र रसिया–युक्रेन युद्धका असरका कारण लगानीमाथिको गुणात्मक प्रतिफल पाउन नसकिएको बताए । उनले विद्युत् बिक्री गर्नेभन्दा पनि खपतमा जोड… पुरा पढौ

आयात प्रतिबन्ध फुकुवा भएपनि यस्ताे छ आन्दोलन गर्नुकाे कारण

काठमाडौं, २२ मंसिर । सरकारले आयात प्रतिबन्ध फुकुवाको घोषणा गरे पनि अटोमोबाइल व्यवसायीहरुले आन्दोलन जारी राखेका छन् । अटोमोबाइल व्यवसायीहरुको छाता संगठन नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले आज पाँचौं दिन पनि आन्दोलन जारी राखेको छ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष ध्रुब थापा धेरै कर तिर्ने अटोमोबाइल क्षेत्रमा आयात प्रतिबन्ध, ब्याजदरमा वृद्धि, ५० प्रतिशत नगद मार्जिनको व्यवस्था आदिका कारण अझ धराशायी हुन पुगेको र व्यवसाय नै बन्द हुने अवस्था निम्तिएकोले आन्दोलन गर्नुपरेको बताउछन । अध्यक्ष थापाले भने, 'सरकारले आयात… पुरा पढौ

नेपाल मर्चेन्ट बैंकर्स संघको नयाँ कार्यसमिति गठन, अध्यक्षमा सनराईज क्यापिटलका विजयलाल श्रेष्ठ

काठमाडौं, २२ मंसिर । नेपाल मर्चेन्ट बैंकर्स संघको १३औं वार्षिक साधारण सभा आज सम्पन्न भएको छ । नगरकोटको क्लब हिमालयमा सम्पन्न वार्षिक साधारण सभाले निर्वाचनको प्रक्रियाबाट विजयलाल श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको छ । संघको नवनिर्वाचित कार्य समितिको उपाध्यक्षमा ग्लोबल आइएमई क्यापिटलका पारसमणि ढकाल, महासचिवमा एनआइसी एशिया क्यापिटलका रमेन्द्र रायमाझी, काेषाध्यक्षमा नबिल इन्भेष्टमेण्ट बैंकिङका मनिष नारायण जोशी चयन भए । मर्चेन्ट बैंकर्स संघको नवनिर्वाचित कार्य समिति सदस्यहरूमा नारायण प्रसाद घिमिरे, नागरिक लगानी कोष, दिनेश थकाली, प्रभु क्यापिटल, नविन बास्कोटा,… पुरा पढौ

२४औं पोखरा सडक महोत्सव पौष १३ देखि

पोखरा, २२ मंसिर । रेष्टुरेण्ट एण्ड बार एशोसियशन (रेवान) पोखराले अंग्रेजी नया वर्षको अवसरमा आयोजना गर्दै आएको पाेखरा सडक महोत्सव पुस १३ देखि १७ गतेसम्म आयोजना हुने भएको छ। आयोजक रेवानले विहीबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा साे जानकारी दिइएको हो । “सडकमै नाचौं, सडकमै खाउँ, सडकै रमाउँ” भन्ने नाराका साथ हुने महोत्सव लेकसाईडको ३ किलोमिटर क्षेत्रमा हुनेछ । खहरेदेखि हल्लनचोकहुँदै फिस्टेल गेटसम्मको तीन किलोमिटर क्षेत्रमा महोत्सव हुने संयोजक नरेश भट्टराईले जानकारी दिए । रेवान पोखराले सडक महोत्सवमा विभिन्न क्षेत्रको… पुरा पढौ

लाभांश र प्राप्तिकाे प्रस्ताव अनुमाेदन गर्न सेञ्चुरी र प्रभु बैंकले बाेलाए साधारण सभा

काठमाडौं, २२ मंसिर । सेञ्चुरी कमर्सियल बैंक र प्रभु बैंकले लाभांश तथा प्राप्तिकाे प्रस्तावलाई अनुमाेदन गर्नका लागि पुस १४ गते साधारण सभा बाेलाएका छन्। सेञ्चुरी बैंकले १२ औं साधारण सभा काठमाडौं भद्रकालीमा रहेकाे आर्मी अफिसर्स क्लबमा बाेलाएकाे छ । सभा पूर्वान्ह ९ बजे बाेलाइएकाे छ । प्रभु बैंकको २१ औं साधारण सभा काठमाडौं बबरमहलस्थित बैंकको केन्द्रिय कार्यालयमा पूर्वान्ह ९ बजे नै बाेलाइएकाे छ । साधारण सभामा प्रभु बैंकले सेञ्चुरी बैंकलाई १ बराबर १ रेसियाेमा एक्वायर गर्ने र प्राप्तिका लागि गरिएका… पुरा पढौ

यसकारण ३ वर्षदेखि अलपत्र छ गुल्मीको फुटबल रङ्गशाला

गुल्मी, २२ मंसिर । गुल्मीमा निर्माणाधीन लखन थापा अन्तर्राष्ट्रिय फुटबल रङ्गशाला विगत ३ वर्षदेखि अलपत्र परेको छ । जिल्लाको इस्मा गाउँपालिका–६ अम्मरपुर बुल्मचौरमा निर्माण गर्न लागिएको रङ्गशालाको पहिलो चरणको काम विसं २०७६ चैतमा सम्पन्न भए पनि दोस्रो चरणको काम सुरु हुन सकेको छैन । राष्ट्रिय खेलकुद परिषद्मार्फत ठेक्का भई पहिलो चरणमा माटो काट्ने, भर्ने, पर्खाल निर्माण र दुबो रोप्ने काम २ करोड ८० लाखमा सम्पन्न भएको निर्माणको जिम्मा पाएको सुनकोसी अभियान जेभी काठमाडौंका इञ्जीनियर पृथ्वीबहादुर शाहीले जानकारी दिए । बुल्मचौरलाई… पुरा पढौ

चितवनका दर्जन बढी गाउँमा अझै टिप्दैन मोबाइल नेटवर्क

भरतपुर, २२ मंसिर । कञ्चनपुरबाट शिक्षण पेसाका लागि चितवनको इच्छाकामना गाँउपालिका–१ को आधारभूत विद्यालय भाराङमा आएकी सरस्वती रायमाझीको घरमा सम्पर्क नभएको एक साता भयो । घरका सदस्य र आफन्तसँग कुराकानी गर्ने मन हुँदाहुँदै पनि उनले मोबाइलको नेटवर्क नहुँदा फोन गर्न पाएकी छैनन् । “फोन सम्पर्क नहुँदा मन आत्तिन्छ”, उनले भनिन्”, “यहाँ आएको एक वर्ष भयो नेटवर्कको समस्या उस्तै छ ।” भाराङ आसपासका एक दर्जन गाउँमा मोबाइलको नेटवर्क नहुँदा स्थानीय फोन सेवाबाट बन्चित भएका छन् । कोलभञ्ज्याङकी लालमाया चेपाङ मोबाइलको नेटवर्क… पुरा पढौ

सानिमा लाइफ र समिट लघुवित्तको सेयर कारोबार फुकुवा

काठमाडौं, २२ मंसिर । सानिमा लाइफ इन्स्योरेन्स र समिट लघुवित्त वित्तीय संस्थाको सेयर कारोबार फुकुवा भएको छ । नेपाल स्टक एक्सचेञ्जले मर्जर प्रयोजनका लागि रोक्का रहेका यी दुई कम्पनीको सेयर कारोबार फुकुवा गरेको हो । यी दुवै कम्पनीको आधारभूत सेयरधनीको बाहेक अन्य सेयरधनीको सेयर कारोबार फुकुवा गरिएको नेप्सेले जनाएको छ । धितोपत्र दर्ता गराएका संगठित संस्था एक आपसमा गाभ्ने गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका अनुसार मर्जर प्रकृया रहेका दुवै कम्पनीले सेयर कारोबार फुकुवा गर्न गरेको अनुरोधका आधारमा फुकुवा गरिएको बुझिएको… पुरा पढौ