मुख्य समाचार

सरकारकाे ध्यान अर्थतन्त्र उकास्न केन्द्रित छ-अर्थमन्त्री वाग्ले

हेटौंडा (मकवानपुर), ७ असार। अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सरकारले अर्थतन्त्र उकास्न र आर्थिक गतिविधिलाई गति दिन सम्पूर्ण ध्यान केन्द्रित गरेको बताउनुभएको छ । आज हेटौंडामा नेपाल बैंक लिमिटेडको नवनिर्मित भवन तथा बागमती प्रादेशिक कार्यालयको उद्घाटन गर्दै उहाँले अर्थतन्त्रलाई चलायमान बनाउन सरकार सक्रिय रूपमा लागिरहेको उल्लेख गर्नुभयो । उहाँले नेपाल बैंक लिमिटेडले स्थानीयस्तरका सेवाग्राहीलाई लक्षित गरी आर्थिक गतिविधि विस्तारमा थप योगदान पु¥याउनुपर्नेमा जोड दिनुभयो । नेपाल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत तिलकराज पाण्डेयले बैंकमा हाल करिब रु ७०० अर्ब निक्षेप संकलन… पुरा पढौ

जुम्लामा तीन हजार ६७१ मेट्रिकटन सिमी उत्पादन

जुम्ला, ७ असार । जुम्लामा एक वर्षमा तीन हजार ६७१ मेट्रिकटन सिमी उत्पादन भएको छ । कृषि विकास कार्यालय जुम्लाका प्रमुख रामभक्त अधिकारीका अनुसार आर्थिक वर्ष २०८१/८२ मा जिल्लाबाट उक्त परिमाणको सिमी बिक्रीबाट रु एक करोड ३३ लाख ९२ हजार आम्दानी भएको बताउनुभयो । जिल्लाभार दुई हजार २५७ हेक्टर क्षेत्रफलमा सिमी उत्पादन हुने गरेको छ । पछिल्लो समयमा सिमीको माग बजारमा अत्यधिक आउने गरेसँगै जुम्लाका किसान सिमीखेतीतर्फ आकर्षण बढ्दै गएको कृषि विकास कार्यालय प्रमुख अधिकारीको भनाइ छ । सिमी किसानका… पुरा पढौ

हुम्लाको श्रीनगर आसपास केन्द्रविन्दु भएर भूकम्प

काठमाडौं, ७ असार । हुम्ला जिल्लाको श्रीनगर आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज दिउँसो २ः३२ बजे हुम्लाको श्रीनगर क्षेत्रलाई केन्द्रविन्दु बनाएर चार दशमलव एक रेक्टरस्केलको भूकम्प गएको हो । भूकम्पको धक्का हुम्लासहित आसपासका जिल्लामा महसुस गरिएको जनाइएको छ । यसअघि गत जेठ २९ गते सङ्खुवासभाको च्याम्ताङ आसपास केन्द्रविन्दु भएर चार रेक्टरस्केलको भूकम्प गएको थियो । नेपाल हिमालय क्षेत्र भएकाले विभिन्न समयमा सानाठूला भूकम्प जाने गरेको केन्द्रले जनाएको छ । पुरा पढौ

विद्युत् नियमन आयोगको अध्यक्ष र सदस्यका लागि १५ जनाको सर्टलिस्ट सार्वजनिक

काठमाडौं, ७ असार। विद्युत् नियमन आयोगको रिक्त अध्यक्ष र सदस्य पदका लागि १५ जनाको नाम छनोट सूची (सर्टलिस्ट) मा परेको छ । विद्युत् नियमन आयोगका अध्यक्ष र सदस्य नियुक्ति सिफारिस समितिले आवेदन परेकामध्येबाट १५ जनाको नाम सर्टलिस्ट गरेको हो । समितिका अनुसार कुल १५ जनामध्ये अध्यक्ष पदका लागि ६ जना र सदस्य पदका लागि ९ जनाको नाम सर्टलिस्टमा समावेश गरिएको छ । अध्यक्ष र सदस्यका लागि परेका सर्टलिस्ट आयोगको नेतृत्व र कार्यसमितिलाई पूर्णता दिन समितिले योग्यता र अनुभवका आधारमा उम्मेदवारहरूको… पुरा पढौ

रास्वपाको निर्वाचन तालिका सार्बजनिक

चितवन, ७ असार। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनको निर्वाचन तालिका सार्वजनिक गरिएको छ । केन्द्रीय निर्वाचन आयोगका अनुसार शनिबार राति नै महाधिवेशन प्रतिनिधिहरूको प्रारम्भिक नामावली प्रकाशन भइसकेको छ । तालिकाअनुसार आज राति ११ बजे प्रतिनिधिहरूको अन्तिम नामावली प्रकाशन गरिने छ । सोमबार दिउँसो १ बजेदेखि उम्मेदवार मनोनयनका लागि फारम वितरण गरिने आयोगका प्रमुख भुवन केसीले जानकारी दिनुभयो । सोमबार दिउँसो २ बजेदेखि ४ बजेसम्म उम्मेदवार मनोनयन दर्ता गरिने छ भने साँझ ६ बजे उम्मेदवारहरूको नामावली प्रकाशन गरिने छ ।… पुरा पढौ

छ वटा सम्पदा १६ वर्षपछि परे राष्ट्रिय सूचीकरणमा

काठमाडौं, ७ असार। नेपाल सरकारले चालू आर्थिक वर्ष २०८२/८३ मा थप पाँचवटा अभौतिक (अमूर्त) सांस्कृतिक सम्पदालाई राष्ट्रिय सूचीकरण गरेको छ । योसँगै नेपालमा राष्ट्रिय सूचीकरणमा पर्ने अभौतिक सांस्कृतिक सम्पदाको संख्या ६ पुगेको छ । संयुक्त राष्ट्रसङ्घीय महासन्धि अनुमोदन गरेको १६ वर्षपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले 'अभौतिक सांस्कृतिक सम्पदा (सूचीकरण तथा व्यवस्थापन) सम्बन्धी आन्तरिक दिग्दर्शन, २०८२' को प्रावधान बमोजिम मन्त्रीस्तरीय निर्णयबाट यी सम्पदाहरूलाई सूचीकृत गरेको हो । नेपालले विसं २०६७ असार १ गते अमूर्त सांस्कृतिक सम्पदासम्बन्धी महासन्धिलाई अनुमोदन गरेको… पुरा पढौ

योगलाई जीवनशैलीका रूपमा अपनाउन राष्ट्रपतिको आग्रह

काठमाडौं, ७ असार। राष्ट्रपति रामचन्द्र पौडेलले योगलाई जीवनशैलीका रूपमा अपनाउन आग्रह गर्नुभएको छ । बाह्रौँ विश्वयोग दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि एवं सुस्वास्थ्यको हार्दिक शुभकामना व्यक्त गर्दै उहाँले योगलाई जीवनशैलीका रूपमा अपनाउन आग्रह गर्नुभएको हो । योग शरीर, मन र आत्मालाई एकसाथ जोड्ने समग्र अभ्यास भएको, यसमा ध्यान, प्राणायाम र शारीरिक आसनहरूको संयोजन रहने तथा यसलाई वैज्ञानिक मानवीय जीवनशैली तथा जीवनपद्धतिका रूपमा लिनुपर्नेमा जोड दिँदै राष्ट्रपति पौडेलले योग, ध्यान र साधनाले… पुरा पढौ

पोखरा बसपार्कभित्रका ३२० सटर हटाइयो

कास्की, ७ असार। पोखराको पृथ्वीचोकस्थित प्रस्तावित बसपार्कको जग्गामा अनधिकृत रूपमा बनाइएको बास्तोला कम्प्लेक्सका ३२० सटरलगायत संरचना महानगरले शनिबार डोजर प्रयोग गरी हटाएको छ । पोखरा बसपार्क निर्माणको अभियानमा रहेको महानगरपालिकाले पृथ्वीचोकस्थित सेती नदीपट्टिको बास्तोला कम्प्लेक्स हटाएको हो । महानगरपालिका र जग्गाधनीका बीचमा संरचना हटाउने सहमतिअनुसार व्यवसायीले सटर खाली गरेका थिए । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले कम्प्लेक्सका सञ्चालक र त्यहाँ व्यवसाय गरेर बसिरहेका व्यवसायीसँग निरन्तर छलफल तथा संवादपछि खाली गर्ने सहमति भएको बताउनुभयो । उहाँका अनुसार बसपार्क निर्माण गर्ने अभियानमा… पुरा पढौ

यस्तो छ आजका लागि विदेशी मुद्राको भाउ

काठमाडौं, ७ असार। नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ६२ पैसा र बिक्रीदर १५१ रुपैयाँ २२ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७२ रुपैयाँ ६६ पैसा र बिक्रीदर १७३ रुपैयाँ ३४ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९९ रुपैयाँ ३४ पैसा र बिक्रीदर २०० रुपैयाँ १३ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८६ रुपैयाँ ७६ पैसा र बिक्रीदर १८७ रुपैयाँ… पुरा पढौ

अन्तरराष्ट्रिय अयनोत्सव दिवस आजः सांस्कृतिक सम्पदा र शताब्दीयौँ पुराना परम्पराको एकताको प्रतीक

काठमाडौं, ७ असार। आज विश्वका विभिन्न स्थानमा अन्तरराष्ट्रिय अयनोत्सव दिवस (वर्षमा दुई पटक हुने खगोलीय घटना, जब सूर्य पृथ्वीको भूमध्यरेखाको तुलनामा आफ्नो यात्रामा सबैभन्दा उत्तर वा सबैभन्दा दक्षिण बिन्दुमा पुग्ने दिन) विभिन्न कार्यक्रमका साथ मनाइँदै छ । संयुक्त राष्ट्रसङ्घीय महासभाले अयनोत्सव तथा विषुव (संसारका अधिकांश स्थानमा दिन र रातको अवधि लगभग बराबर हुने दिन)लाई सांस्कृतिक सम्पदा, कृषि परम्परा र मानव सभ्यतासँग जोडिएको महत्वपूर्ण प्राकृतिक तथा सांस्कृतिक घटनाका रूपमा मान्यता दिँदै जुन २१ लाई अन्तरराष्ट्रिय अयनोत्सव दिवसका रूपमा मनाउने घोषणा गरेको… पुरा पढौ