मुख्य समाचार

वाणिज्य बैंकहरूमा गैरबैंकिङ सम्पत्तिको थुप्रो-१० महिनामै ४६ अर्ब (सूचीसहित)

काठमाडौं, ९ असार। नेपालको वित्तीय प्रणालीमा खराब कर्जा असुली प्रक्रिया सुस्त बन्दा वाणिज्य बैंकहरूमा गैरबैंकिङ सम्पत्ति (Non-Banking Assets) थुप्रिने क्रम तीव्र बनेको छ। ऋणीहरूले समयमै कर्जा चुक्ता गर्न नसक्दा र धितो लिलामी समेत हुन नसकेपछि बैंकहरूले त्यस्ता धितो आफैं सकार्नुपर्ने बाध्यता बढेको हो। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/८३ को १० महिना (साउन–वैशाख) सम्मको वित्तीय तथ्याङ्कअनुसार, स्ट्यान्डर्ड चार्टर्ड बैंकबाहेक सञ्चालनमा रहेका १९ वटा वाणिज्य बैंकहरूको कुल गैरबैंकिङ सम्पत्ति १९.५१ प्रतिशतले बढेर ४५ अर्ब ९९ करोड ५४ लाख… पुरा पढौ

सेबोनको पाइपलाइनमा १ करोड कित्ताभन्दा बढी आईपीओ (सूचीसहित)

काठमाडौं, ९ असार। नेपाली शेयर बजारमा प्राथमिक शेयर (IPO) पर्नु भनेको चिठ्ठा पर्नु वा भाग्यकै परीक्षा दिनु सरह बनेको छ। डिम्याट खाता खोल्नेहरूको संख्या ६० लाख नाघिसक्दा पनि बजारमा आउने आईपीओ भने केही लाख कित्तामा मात्र सीमित हुँदा आम सर्वसाधारणले जहिले पनि 'हात खाली' हुने सास्ती भोगिरहेका छन्। हालको 'दश कित्ते नीति' ले बजार धानिरहेको अवस्थामा सर्वसाधारण लगानीकर्तामा चरम निराशा छाएको छ। तर, यही निराशाका बीच प्राथमिक बजारमा एउटा ठूलो उत्साह थपिने बलियो संकेत देखिएको छ। नेपाल धितोपत्र बोर्ड (सेबोन)… पुरा पढौ

कालिका लघुवित्तकाे ‘माइक्राेफाइनान्स फिल्ड एक्सिलेन्स तालिम’ सम्पन्न

पोखरा, ९ असार । पाेखरामा केन्द्रीय कार्यालय रहेकाे कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले 'माइक्राेफाइनान्स फिल्ड एक्सिलेन्स तालिम' सम्पन्न गरेकाे छ। वित्तीय संस्थाकाे बिभिन्न शाखामा कार्यरत फिल्ड कर्मचारीका लागी उक्त तालिम अायाेजना गरिएकाे हाे । लेकसाइडकाे राेयल गार्डेन रिसाेर्टमा सम्पन्न उक्त तालिम कार्यक्रमको अध्यक्षता तथा कार्यक्रमको समुद्घाटन संस्थाका प्रमुख कार्यकारी अधिकृत फणिन्द्र पाण्डेले गरेका थिए। कार्यक्रममा कालिका लघुवित्तमा जाेडिएका फिल्ड कर्मचारीले गर्नुपर्ने नियमित कार्य र उनिहरूकाे जिम्मेवारीका बिषयमा संस्थाका प्रमुख कार्यकारी अधिकृत पाण्डे लगायत बिभिन्न बिषयगत बिभागका सिनियर कर्मचारीले तालिममा सहजिकरण… पुरा पढौ

विष्णु पौडेलको गिरफ्तारी ‘अपहरण शैली’ को-एमालेद्वारा निन्दा, प्रतिवादका लागि आह्वान

काठमाडौं, ९ असार । नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले पार्टीका उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई सरकारले गैरकानुनी ढंगले 'अपहरण शैली' मा गिरफ्तार गरेको भन्दै त्यसको घोर निन्दा र भर्त्सना गरेको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीद्वारा हस्ताक्षर गरिएको प्रेस वक्तव्यमार्फत पार्टीले सरकारको यस कदमलाई राजनीतिक प्रतिशोध र अधिनायकवादी चरित्रको पराकाष्ठा भनेको छ। पार्टीको सांगठनिक कार्यक्रमका सिलसिलामा सुर्खेतमा रहेका बेला उपाध्यक्ष पौडेललाई पक्राउ गरिएको विज्ञप्तिमा उल्लेख छ। एमालेले वर्तमान सत्तापक्षले विपक्षी दलहरू प्रति अख्तियार गरिरहेको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको अर्को रूप भएको… पुरा पढौ

एलसी खोलेका सार्वजनिक गाडिकाे दर्ता खोल्ने विभागको निर्णय, अटो व्यवसायीलाई राहत

काठमाडौं, ९ असार । यातायात व्यवस्था विभागले सार्वजनिक सवारी साधनको नयाँ दर्ता रोक्का गर्ने यसअघिको निर्णयमा केही लचकता अपनाएको छ। विभागले एक सूचना जारी गर्दै निश्चित प्रक्रिया पूरा गरिसकेका सार्वजनिक सवारी साधनहरूको दर्ता प्रक्रिया अघि बढाउने निर्णय गरेको हो। विभागले गत २०८१ जेठ ७ गते एक सूचना जारी गर्दै अर्को व्यवस्था नभएसम्मका लागि नयाँ सार्वजनिक सवारी साधनको दर्ता रोक्का गरेको थियो। तर, उक्त निर्णय हुनुअघि नै खरिद प्रक्रिया सुरु गरिसकेका व्यवसायीहरू मारमा परेको भन्दै विभागले नयाँ खुकुलो व्यवस्था गरेको हो।… पुरा पढौ

सिक्टा नहरको पानीले २२ हजार हेक्टरमा सिँचाइ

जानकी (बाँके), ९ असार। पर्याप्त वर्षा नहुँदा पनि सिक्टा सिँचाइ आयोजनाबाट नहरमा पानी प्रवाह भएपछि बाँकेका विभिन्न क्षेत्रमा धान रोपाइँ तीव्र बनेको छ । आयोजनाले नहर प्रणालीमार्फत पानी उपलब्ध गराएपछि किसानले आकाशे पानीको प्रतीक्षा नगरी खेतमा धान रोप्न थालेका छन् । राप्तीसोनारी गाउँपालिका–३ नवलपुरकी मेलिना चौधरीले नहरबाट आएको पानीको सदुपयोग गर्दै सोमबारदेखि धान रोपाइँ सुरु गर्नुभएको छ । उहाँले चार कट्ठा खेतमा धान रोप्नुभएको छ भने बाँकी नौ कट्ठा खेतमा आज रोपाइँ सक्ने तयारी रहेको बताउनुभयो । जलजला महिला समूहका… पुरा पढौ

यस्तो छ आजका लागि विदेशी मुद्राको भाउ

काठमाडौं, ९ असार। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ १९ पैसा र बिक्रीदर १५१ रुपैयाँ ७९ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७३ रुपैयाँ १४ पैसा र बिक्रीदर १७३ रुपैयाँ ८३ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०० रुपैयाँ १४ पैसा र बिक्रीदर २०० रुपैयाँ ९३ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८७ रुपैयाँ ०२ पैसा र बिक्रीदर १८७ रुपैयाँ ७७ पैसा… पुरा पढौ

मेस्सीको २ गोलको मद्दतमा अर्जेन्टिना नकआउट चरणमा

काठमाडौं, ९ असार । कप्तान लियोनल मेस्सीको दुई गोलको मद्दतमा अर्जेन्टिना जारी विश्वकप फुटबल २०२६ को नकआउट चरणमा प्रवेश गरेको छ । आज सम्पन्न खेलमा अर्जेन्टिनाले अष्ट्रियालाई २–० गोलअन्तरले पराजित गरेको हो । अमेरिकाको डालास स्टेडियममा मेस्सीले खेलको ३८औँ मिनेटमा पहिलो गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाए । त्यसपछि खेलको दोस्रो हाफको अतिरिक्त समयमा उनले व्यक्तिगत दोस्रो गोल गर्दै आफनो देशको जित सुनिश्चित गरे । जितसँगै अर्जेन्टिनाका कप्तान मेस्सीले जर्मनीका मिरोस्लाभ क्लोजको नाममा रहेको १६ गोलको कीर्तिमानलाई पछि पार्दै विश्वकपमा सर्वाधिक… पुरा पढौ

उपभोक्ता मूल्य सूचकाङ्क सङ्कलन राष्ट्रिय तथ्याङ्क कार्यालयले गर्ने

काठमाडौं, ८ असार । नेपाल राष्ट्र बैंकले देशव्यापी रुपमा सङ्कलन गर्दै आएको उपभोक्ता मूल्य सूचकांक (सिपिआई) अब राष्ट्रिय तथ्याङ्क कार्यालयले सङ्कलन गर्ने भएको छ । मुद्रास्फीति मापन, आर्थिक नीति निर्माण, तलब तथा भक्ता समायेजन, जीवनयापन लागत मापन गर्न उक्त विवरण महत्वपूर्ण रहँदै आएको छ । केन्द्रीय बैंकले नियमित रुपमा उपभोक्ता मूल्य सूचकाङ्क तथा मुद्रास्फीतिसम्बन्धी तथ्याङ्क सार्वजनिक गर्दै आएको छ । राष्ट्रिय तथ्याङ्क परिषद्को आजको बैठकले राष्ट्रिय तथ्याङ्क कार्यालयलाई नै उक्त जिम्मेवारी प्रदान गरेको प्रमुख तथ्याङ्क अधिकारी डा कमलप्रसाद पोख्रेलले जानकारी… पुरा पढौ

अन्तरराष्ट्रिय हवाई सञ्जालमा जोडिँदै पोखरा

गण्डकी, ८ असार । फ्लाइ दुबईले आगामी असोज ७ गतेदेखि पोखरा–दुबई सिधा उडान सेवा सुरु गर्दैछ । विश्वव्यापी हवाई ट्रान्जिट हब दुबईसम्मको सिधा उडानले पोखरालाई अन्तरराष्ट्रिय हवाई सञ्जालमा जोड्ने छ । सञ्चालनमा आएको तीन वर्ष बितिसक्दासमेत पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट नियमित अन्तरदेशीय उडान हुन सकेको थिएन । सन् २०२५ को मार्चमा हिमालय एयरलाइन्सले पहिलोपटक पोखरा–ल्हासा नियमित व्यावसायिक उडान सुरू गरे पनि यात्रु सङ्ख्या न्यून हुँदा उक्त उडान सेवा हाल स्थगन छ । पोखरा–दुबई उडान पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट हुन लागेको दोस्रो व्यावसायिक… पुरा पढौ