मुख्य समाचार

मध्यमोदी जलविद्युत् आयोजनाले सुरु गर्याे परीक्षण उत्पादन

पर्वत, १९ मंसिर । मोदी खोलामा निर्माणाधीन १८ मेगावाट क्षमताको मध्यमोदी जलविद्युत् आयोजनाको निर्माण पूरा भएको छ । आयोजनाको सम्पूर्ण काम पूरा भएर परीक्षण उत्पादनको तयारी सुरु गरिएको हो । मिडिल मोदी हाइड्रोपावर लिमिटेडले विसं २०७१ को मङ्सिरमा सुरु गरेको आयोजना ८ वर्षको अवधिमा सम्पन्न गरेको हो । करिब ४ अर्बको लगानीमा निर्माण भएको आयोजनाबाट आजदेखि परीक्षण उत्पादन सुरु गरिएको आयोजना प्रमुख प्रताप खरेलले जानकारी दिएका छन । नेपाल विद्युत् प्राधिकरणको टोलीले परीक्षण उत्पादन र प्रसारण लाइनमा जडान गर्ने कार्यको… पुरा पढौ

विशेष अनुदानका लागि प्रदेश र स्थानीय तहसँग योजना आयोगले माग्याे प्रस्ताव

काठमाडौं, १९ मंसिर । राष्ट्रिय योजना आयोगले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि सङ्घीय समपूरक र विशेष अनुदानअन्तर्गत प्रदेश सरकार र स्थानीय तहमा सञ्चालन गरिने आयोजना तथा कार्यक्रमका लागि प्रस्ताव माग गरेको छ । आयोगले आज प्रदेश सरकार र स्थानीय तहलाई सूचना जारी गर्दै आगामी आर्थिक वर्षको सङ्घीय बजेटमा पर्नेगरी समपूरक र विशेष अनुदानबाट सञ्चालन हुने योजना तथा कार्यक्रमको प्रस्ताव पेस गर्न भनेको हो । त्यस्ता आयोजना तथा कार्यक्रमको प्रस्तावसहितको विवरण प्रदेश सरकार र स्थानीय तहले आगामी पुसमसान्तभित्र आयोगमा पठाइसक्नुपर्नेछ… पुरा पढौ

२४.४६ अंकले घट्यो नेप्से, रिडी पावरको कारोबार अब्बल

काठमाडौं, १९ मंसिर । आईतबार नेपाली बजारमा बनेको सकारात्मक माहोल एकदिन बढी टिक्न सकेन । हिजाे नेप्से परिसूचक २.१६ अंकले बढेर १९६३.२२ विन्दुमा उक्लिएको थियो । कारोबारमा पनि सुधार हुँदै १ अर्ब ५६ करोड नाघेको थियो । तर यसदिन नेप्सेको उकालोको यात्रामा ब्रेक लागेकाे छ । यसदिन अघिल्लो दिनको तुलनामा कारोबार रकम भने केहि बढेको छ । १३ वटै उपसमूहहरु राताम्मै हुँदा पुनः लगानीकर्ताको मनोबल घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक २४.४६ अंकले घटेको छ । यसरी… पुरा पढौ

प्रत्यक्षतर्फको सबै नतिजा सार्वजनिक, कांग्रेस पहिलो

काठमाडौं, १९ मंसिर । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फको सम्पूर्ण नतिजा सार्वजनिक भएको छ । यही मङ्सिर ४ गते देशभर एकै चरणमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन सम्पन्न भएको थियो । निर्वाचन आयोगको विवरणअनुसार प्रतिनिधिसभाको प्रत्यक्षतर्फको एक सय ६५ सिटमध्ये नेपाली कांग्रेस ५७ स्थानमा विजयी हुँदै पहिलो दल बनेको छ । नेकपा (एमाले) ४४, नेकपा (माओवादी केन्द्र) १८, नेकपा एकीकृत समाजवादी) १०, जनता समाजवादी पार्टी नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी सातरसात, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल ४, नागरिक… पुरा पढौ

तरकारीका बिरुवा बेचेरै मनग्य आम्दानी

पाल्पा, १९ मंसिर । सानो लगानीमा घरमै बसीबसी लाखौँ रकम कमाइ हुन थालेपछि गोविन्दप्रसाद दुवाडीलाई बिरुवा बेच्न भ्याइनभ्याइ छ । कालीगण्डकी करिडोर सडकसँग जोडिएको जग्गामा नर्सरीमा उत्पादन गरिएको बिरुवा खरिद गर्न जानेको अहिले दिनहुँ भीड लाग्छ । हिजोआज दैनिक ५० भन्दा बढी ग्राहक बिरुवा खरिद गर्न पुग्छन् । रामपुर नगरपालिका–३ गण्डकीढिकका किसान दुवाडीले उत्पादन गरेको प्याज, काउली, बन्दा, गोलभेँडाको बिरुवा खरिद गर्न पाल्पा, स्याङ्जा, तनहुँ, नवलपुरलगायतका जिल्लाबाट बर्सेनि ग्राहक आउने गर्दछन् । प्याज, काउली, बन्दाजस्ता बिरुवा बेचेर एकयाममै लाखौँ रकम… पुरा पढौ

सानिमा बैंकको शैक्षिक कर्जा प्रमाणीकरण क्यूआर कोडबाटै हुने

काठमाडौं, १९ मंसिर । सानिमा बैंकको शैक्षिक कर्जा प्रमाणीकरण क्यूआर कोडबाटै हुने भएको छ । बैंकले नेपालमै पहिलो पटक क्यूआर कोड समाहित शैक्षिक कर्जा स्वीकृति पत्र प्रयोगमा ल्याएको हो । विदेशी शैक्षिक संस्थामा अध्ययन गर्न जाँदा विद्यार्थीहरुले लिने शैक्षिक कर्जाको प्रमाणीकरण बैंकले विभिन्न निकायहरुमा गर्नुपर्ने हुदा उक्त प्रकृया सरल र छिटो गर्ने उद्देश्यले क्यूआर कोड सहितको कर्जा स्वीकृति पत्र ल्याइएको बैंकले जनाएको छ । बैंकका अनुसार अहिले यस्ता कर्जा स्वीकृति पत्रको प्रमाणीकरण विभिन्न निकायहरुबाट पटक पटक फोन वा इमेल मार्फत… पुरा पढौ

सुन -चाँदीको भाउ बढ्यो, ताेलाकाे कति ?

काठमाडौं, १९ मंसिर । सोमबार छापावाल सुनको भाउ तोलाको १ सय कम रुपैयाँ १ लाख पुगेको छ । अघिल्लो दिन आईतबार पनि छापावाल सुनको भाउ बढेर तोलाको रुपैयाँ ९५ हजार ५ सय पुगेको थियो । साताको सुनचाँदीको कारोबार हुने दोश्रो दिन सोमबार छापावाल सुनमा पुनः बृद्धि भएको छ । सुनमा रुपैयाँ ४ सयले बढेर तोलाको रुपैयाँ १ सय कम एक लाख पुगेको हो । चाँदीको भाउमा पनि यसदिन रुपैयाँ १५ ले बृद्धि भएर रुपैयाँ १४ सय नजिक पुगेको छ ।… पुरा पढौ

सानिमा बैंकको सेयरमूल्य नेप्सेमा समायोजन

काठमाडौं, १९ मंसिर । सानिमा बैंकको सेयरमूल्य नेप्सेमा समायोजन भएको छ। बैंकले साधारण सभा तथा लाभांश वितरणकाे प्रयोजनका लागि बुकक्लोज गरेपछि सेयरमूल्य समायोजन गरेर नयाँ मूल्य कायम भएकाे हाे । बैंकको नेप्सेमा १० प्रतिशत बोनस सेयर समायोजन गरिएकाे हाे। समायोजन गरेपछि बैंकको सेयरमूल्य २४७ रुपैयाँ १८ पैसा निर्धारण भएको छ। नेप्सेका अनुसार अघिल्लो कारोबार भएकाे दिनको अन्तिम मूल्यकालाई आधार बनाएर सेयरमूल्य समायोजन गरिएकाे हो। उक्त दिन सेयरमूल्य प्रतिकित्ता २७१ रुपैयाँ ९० पैसा थियो। समायाेजन भएकाे मूल्यलाई आधार मानेर बैंकको सेयर… पुरा पढौ

आज नवौं विश्व माटो दिवस मनाइँदै

काठमाडौं, १९ मंसिर । स्वस्थ माटोको महत्वबारे जनचेतना जगाउन र माटोको उर्वरा शक्तिको दिगो व्यवस्थापनका लागि पैरवी गर्ने उद्देश्यले हरेक वर्ष डिसेम्बर ५ तारिखअर्थात् आजका दिन विश्व माटो दिवस मनाइन्छ । सन् २०१३ को डिसेम्बरमा संयुक्त राष्ट्रसङ्घको महासभाले डिसेम्बर ५, २०१४ लाई पहिलो आधिकारिक विश्व माटो दिवस घोषणा गरेको थियो । नेपालले २०७२ सालदेखि विश्व माटो दिवस मनाउँदै आएको छ । यसै सन्दर्भमा नेपाल पनि आज मङ्सिर १९ गते ‘स्वस्थ माटोको साथ, खाद्य उत्पादनको सुरुआत’ नाराको भावलाई सार्थक पार्न नवौँ… पुरा पढौ

अर्थतन्त्र जोगाउन सहकार्यका लागि महासंघ तयार: गोल्छा

काठमाडौं, १९ मंसरि । नेपाल उद्योग वाणिज्य महासङ्घले अर्थमन्त्री जनार्दन शर्मालाई मुलुकको अर्थतन्त्र जोगाउन सहकार्य एवं समन्वय गर्न आग्रह गरेको छ । महासङ्घका अध्यक्ष शेखर गोल्छाको नेतृत्वको प्रतिनिधिमण्डलले अर्थतन्त्रमा बहुआयामिक असर परेको र बहुप्रतिक्षित चालु आर्थिक वर्षको मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षाले विद्यमान समस्या सम्बोधन गर्न नसकेकोतर्फ ध्यानाकर्षण गराएको थियो । अर्थमन्त्रीसँगको भेटवार्ताको क्रममा महासङ्घका अध्यक्षले राजस्वले साधारण खर्च समेत धान्न नसक्ने अवस्था आएको भन्दै मूल्यवृद्धि सात वर्षयताकै उच्च रहेको र निजी क्षेत्र सङ्कुचित हुँदै गएको बताए। प्रत्यक्षअप्रत्यक्ष रुपमा बजारलाई… पुरा पढौ