मुख्य समाचार

सानिमा बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं, १८ मंसिर । सानिमा बैंकको लाभांश सुरक्षित गर्नका लागि आज आईतबार अन्तिम दिन बाँकी रहेकाे छ । यसअघि बैंक सञ्चालक समितिकाे बैठकले १०.९८% लाभांश वितरण गर्ने प्रस्ताव गरेकाे थियाे । बैंकले साधारणलाई मध्यनजर गरेर सोमबार बुक क्लोज हुने जनाएकाे छ । यसका लागि सेयरधनीहरुले, आजसम्म नेपाल स्टक एक्सचेन्जमा सेयर काराेबार गरेकाे हुनुपर्नेछ । यसरी कायम भएका सेयरधनीहरु मात्रै साधारण सभामा भाग लिन पाउने र घाेषित लाभांश पाउन याेग्य हुनेछन् ।   लाभांश लगायतका एजेण्डाहरु पारित गर्न सानिमा बैंककाे साधारण सभा… पुरा पढौ

यो वर्ष चितवनमा करिब १ लाख मेट्रिक टन धान उत्पादन

चितवन, १८ मङ्सिर । जिल्लामा यस वर्ष वर्षे धानको उत्पादन बढेको छ । कृषि ज्ञान केन्द्र भरतपुरका अनुसार जिल्लाभर यस वर्ष धान उत्पादन ११ हजार चार सय ८६ मेट्रिक टन वृद्धि भएको हो । यस वर्ष २२ हजार नौ सय ७२ हेक्टर क्षेत्रफलमा ९६ हजार चार सय ८२ मेट्रिक टन धान उत्पादन भएको ज्ञान केन्द्रका सूचना अधिकारी मीनबहादुर पुनले बताए। उनका अनुसार गत आर्थिक वर्ष २०७८÷७९ मा सोही क्षेत्रफलमा ८४ हजार नौ सय ९६ मेट्रिक टन धान उत्पादन भएको थियो… पुरा पढौ

प्राथमिक तहबाहेक सबै विद्यालयमा इन्टरनेट विस्तार

ढोरपाटन, १८ मङ्सिर । जिल्लाको तमानखोला गाउँपालिका सबै विद्यालय सुविधासम्पन्न बनेका छन् । आधारभूत र माध्यमिक तहसम्म पढाइ हुने विद्यालयमा त आधुनिक प्रविधिमार्फत पठनपाठनसमेत हुन थालेको छ । अहिले गाउँपालिकाले प्राथमिक तहबाहेक सबै विद्यालयमा इन्टरनेट विस्तार गरेको छ । गाउँपालिकामा तीनवटा माध्यमिक विद्यालय छन् । तमानखोला गाउँपलिका–३ को धन गौ ज्योति माध्यमिक विद्यालय, वडा नं ५ को शान्ति माध्यमिक विद्यालय र वडा नं १ को जनजागृति माध्यमिक विद्यालयमा इन्टरनेट जडान भएको छ । धन गौ ज्योति र जनजागृति माविमा गत… पुरा पढौ

पर्यटकलाई आकर्षित गराउँदै दगामका ‘होमस्टे’

पाेखरा, १८ मङ्सिर । उत्तरपट्टि लस्करै मिलेका चाँदीजस्तै टलक्क टल्केका हिमाल । अन्नपूर्ण, धवलागिरि, मनास्लुसहित माछापुच्छ्रेलगायत हिम चुचुरासँग नाङ्गा आँखा जुधाउन सकिन्छ । दक्षिण, पूर्व र पश्चिमतर्फ ठम्याउन सकिने नौवटा जिल्लाका रमणीय दृश्यहरू समेतलाई एकसाथ अवलोकन गर्न सकिनु तनहुँको शुक्लागण्डकी नगरपालिका वडा नं २ दगाम गाउँको परिचय हो । प्राकृतिक सौन्दर्य, स्वच्छ हावापानी, जैविक खाना, मौलिक लोक संस्कृति, स्थानीयको आत्मीय व्यवहारले दगाम गाउँको अर्को परिचय दिँदै आएको छ । सरल, निश्चल र सहयोगी गाउँलेहरूमा ‘अतिथि देवो भवः’ भावना प्रष्ट झल्किन्छ… पुरा पढौ

बारामा तेलहन खेतीकाे क्षेत्रफलमा वृद्धि

कलैया, १८ मङ्सिर । यस वर्ष बारामा तेलहन खेतीकाे क्षेत्रफलमा वृद्धि भएको छ । कृषि ज्ञान केन्द्रका अनुसार किसानले १० हजार तीन सय हेक्टर क्षेत्रफलमा तेलहन खेती गरेका छन् । गत वर्ष १० हजार दुई सय ७० हेक्टरमा खेती गरिएको थियो । केन्द्रका प्रमुख जितेन्द्र यादवले तेलहन बालीको उपादकत्वमा विगतका केही वर्षदेखि प्रतिहेक्टर एक मेट्रिक टन उत्पादन हुने गरेको बताए। उनका अनुसार विसं २०७२÷७३ मा भने प्रतिहेक्टर एक दशमलव १० मेट्रिक टन उत्पादकत्व रहेको थियो । विसं २०७३ देखि २०७७… पुरा पढौ

तत्कालिन द्वन्द्वबाट बालबालिका असुरक्षित : इन्सेक

कर्णाली, १८ मङ्सिर । कर्णाली प्रदेशमा तत्कालिन द्वन्द्वको प्रभावले बालबालिका समेत सुरक्षित नरहेको एक प्रतिवेदन औल्याएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेशले गत कात्तिक १२ गते तिलागुफा नगरपालिका–१० कालीकोटस्थित रानावाडा गाउँमा भएको बम विष्फोटको घटनाको स्थलगत अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै तत्कालीन द्वन्द्वबाट बालबालिका असुरक्षित भएको बताएको छ । उक्त घटनाको स्थलगत अध्ययन इन्सेकसहित मानवअधिकारको टोलीले गरेको थियो । तत्कालीन द्वन्द्व अन्त्य भएको डेढ दशक नाघ्दा पनि अवशेष अझै बाँकी रहेको प्रतिवेदनको निष्कर्ष छ । द्वन्द्व व्यवस्थापन गर्ने… पुरा पढौ

युआरएल पत्रकारिता पुरस्कार सफल आवाजका आरजूलाई

पोखरा, १७ मंसिर । यस बर्षकाे युआरएल पत्रकारिता पुरस्कार सफल आवाज डटकमका पत्रकार आरजू विष्ट सल्यानीलाई प्रदान गरिने भएको छ। नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य त्रिभुवन पौडेल संयोजक तथा डा सुरेश पौडेल र पत्रकार वासुदेव मिश्र सदस्य रहेको प्रतिभा छनोट समितिले सल्यानीलाई उक्त पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो । पाेखराकाे युनाइटेड रेफरेन्स ल्याबोरेटरी (युआरएल)ले सञ्चालन गरेको यो पुरस्कारको राशि नगद २० हजार र सम्मानपत्र रहेकाे छ। २ दशकदेखि पत्रकारिता पेशामा क्रियाशील आरजू विष्ट सल्यानी बिगत साढे २ बर्षदेखि सफल… पुरा पढौ

पाेखराकाे राष्ट्रिय औधाेगिक व्यापार मेलामा महावीर पुनले भने- उधाेगधन्दा खुलेमात्र रोजगारी सिर्जना हुन्छ  

पाेखरा,१७ मंसिर । राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले सरकारको काम रोजगारी सिर्जना गर्नु नभएको भताएका छन् । उनले सरकारको काम व्यवसाय संचालनको वातावरण सिर्जना गर्नुमात्र रहेको जिकिर गरे । व्यवसाय संचालनमा आए स्वतः रोजगारी सिर्जना हुने उनको भनाइ थियो । ‘अहिलेको चुनावमा पार्टीहरूले के घोषणा गरे भने आफ्नो घोषणापत्रमा पाँच वर्षको कार्यकालमा चुनाव जितेर हाम्रो सरकार बन्यो भने १० लाख, २० लाख, १५ लाख रोजगारी सिर्जना गर्छौं,’ पुनले भने,‘ जुन कुरा गलत हो ।  सरकारले कुनै पनि देशमा कहिल्यै… पुरा पढौ

२०२२ मा रेमिट्यान्स साढे ८ अर्ब डलर पुग्ने बिश्व बैंकको प्रक्षेपण

काठमाडौं, १७ मंसिर । नेपालमा सन् २०२२ मा रेमिट्यान्स आप्रवाह ३ दशमलव ६ प्रतिशतले बढेर साढे ८ अर्ब अमेरिकी डलर पुग्ने अनुमान गरिएको छ । विश्व बैंकले सार्वजनिक गरेको ‘माइग्रेसन एन्ड डेभलपमेन्ट ब्रिफ’ रिपोर्टअनुसार गत वर्षको तुलनामा यस वर्ष रेमिट्यान्स बढ्ने देखिएको हो । सन् २०२१ मा नेपालले ८ अर्ब २० करोड अमेरिकी डलर बराबर रेमिट्यान्स भित्र्याएको थियो । नेपालले रेमिट्यान्समार्फत आउने रकम मुद्दति निक्षेपमा राख्दा अतिरिक्त ब्याज दिने व्यवस्था गरेको, दैनिकरुपमा पठाउन सकिने रकमको सीमा बढाएको र विदेशी मुद्रा… पुरा पढौ

१८औं संस्करणको लेखनाथ महोत्सव पौष ७ गतेदेखि १८ गतेसम्म आयोजना हुदै

पोखरा, १७ मंसिर । १८औं संस्करणको लेखनाथ महोत्सव २०७९ पौष ७ गतेदेखि पौष १८ गतेसम्म पोखरा २७ तालचोक डाँडाकोनाकमा आयोजना गरिने भएको छ । महोत्सवमा करिब १० करोडको कारोबार हुने अपेक्षा गरिएको छ । “महोत्सव लेखनाथको संस्कृति, स्थानिय उत्पादन, विकास र संमृद्धि” मूल नाराका साथ लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघको संयुक्त आयोजना महोत्सव हुन लागेको हो । महोत्सवमा उद्योग वाणिज्य संघ गण्डकी, गण्डकी प्रदेश पर्यटन उद्योग तथा आपूर्ति मन्त्रालय र पोखरा महानगरपालिका सहआयोजक रहेका छन् भने… पुरा पढौ