मुख्य समाचार

खप्तडको बसाइ छोट्याउन किन बाध्य छन् पर्यटक ?

बझाङ, २० मंसिर । बागलुङको सिद्धार्थ बैंकमा कार्यरत कमल पौडेलको टोली अघिल्लो साता खप्तड भ्रमणमा आयो । १५ दिन बिदा लिएर आएको टोलीले खप्तडमा एक हप्ता नै बस्ने योजना बनाएको थियो । आइतबार खप्तड आइपुगेका उनीहरू २ दिन नबस्दै फर्किए । सोमबारको साँझ उनीहरु डोटीको झिग्रानामा बास बसे । खप्तड घुम्ने समय छुट्याएको टोलीले डोटीको शैलेश्वरी हुँदै डडेल्धुराको उग्रतारा, कञ्चनपुरको शुक्लाफाँटा, दोधारा–चाँदनी, कैलालीको घोडाघोडी ताल हुँदै बर्दियाको ठाकुरद्वारा गएर बिदाको समय बिताए । खप्तडमा हप्ता दिन बस्ने योजना बनाएर आएका… पुरा पढौ

लक्षित सबै स्थानीय तहमा पुग्यो ग्रामीण ब्रोडब्याण्ड परियोजनाको इन्टरनेट

काठमाडौं, २० मंसिर । नेपाल सरकारको ग्रामीण दूरसञ्चार पूर्वाधार विकासको योजना अनुरुप ग्रामीण दूरसञ्चार विकास कोष अन्तर्गत २०७९ कात्तिक मसान्तसम्म शत प्रतिशत काम सम्पन्न भएको छ। हालै नेपाल दूरसञ्चार प्राधिकरणद्वारा जारी चालु आर्थिक वर्षको कात्तिक महिनासम्मको प्रगति विवरण अनुसार ग्रामीण दूरसञ्चार विकास कोष परिचालन गरी ब्रोडब्याण्ड सेवा उपलब्ध गराउने १८ ‌ओटा प्याकेजमध्ये १८ ओटै प्याकेजहरु मार्फत् ७४ जिल्लाहरुमा तोकिए बमोजिमका स्थानहरुमा १०० प्रतिशत काम सकिएको छ। सम्पन्न भएका परियोजनाहरूमध्ये १० वटा परियोजनाको अनुगमन तथा प्रमाणीकरणको काम सम्पन्न भइसकेको र ८… पुरा पढौ

निफ्राको ऋणपत्र आउँदै, कति पाइन्छ ब्याज ?

काठमाडौं, २० मंसिर । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले ऋणपत्र जारी गर्ने भएको छ । कम्पनीले आगामी मंसिर २९ गतेदेखि वार्षिक ७ प्रतिशत ब्याजदरमा ७ वर्ष अवधिको ‘निफ्रा उर्जा ऋणपत्र ७ प्रतिशत २०८५-८६’ निष्काशन गर्ने भएको हो । कम्पनीले ऋणपत्र १ हजार अंकित दरका ५ अर्ब रुपैयाँ बराबरको ५० लाख कित्ता ऋणपत्र निष्कासन गर्न लागेको हो । यसमध्ये ६० प्रतिशतले हुन आउने ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गरिनेछ । यस्तै बाँकी ४० प्रतिशतले हुन आउने २… पुरा पढौ

यस्तो छ लाइसेन्स ट्रायलमा ७० अंकको नियम शुरु नहुँदै रोकिनुको कारण

काठमाडौं, २० मंसिर । ड्राइभिङ लाइसेन्सको ट्रायल परीक्षामा ७० अंक ल्याए पुग्ने व्यवस्था स्थगित भएको छ । यो व्यवस्था केही दिनअघि बागमती प्रदेशभित्र लागू गरिएको थियो । तर उक्त व्यवस्था केही समयका लागि स्थगित गरिएको छ । बागमती प्रदेश सरकार श्रम, रोजगार तथा यातायात मन्त्रालयका सूचना अधिकारी देवराज चौलागाईंका अनुसार जनशक्ति अभावले आवश्यक तयारी पूरा गर्न नसक्दा मुख्यमन्त्रीको कार्यलयले दिएको निर्देशनका आधारमा तत्कालका लागि प्रक्रिया रोकिएको हो । यसका लागि आवश्यक तयारी पूरा गर्न थप समय लाग्ने भएकाले हालका लागि स्थगित… पुरा पढौ

किन घट्याे रेसुङ्गाका किसानमा ताेरी खेतीप्रति आकर्षण ?

गुल्मी, २० मङ्सिर । पछिल्लो समय व्यावसायिक तोरी खेतीमा किसानको आकर्षण बढेको छैन । रेसुङ्गा नगरपालिका–५ का पिताम्बर पन्थीले तेलको अड्कोपड्कोका लागि मात्र तोरी खेती गरेका छन्। “मैले व्यावसायिक किनबेचका लागि नभई घरका लागि तोरी खेती गरेको छु”, उनले भने, “तोरी खेती सजिलो भए पनि व्यावसायिकतर्फ कसैको ध्यान पुगेन”, पन्थीले भने। आफूले गरेको तोरी खेती सधैँ आकाशे पानीको भरमा रहेकाले अहिले सोचेजस्तो उत्पादन नहुने ६२ वर्षीय पन्थीले बताए। तीनमहिने बालीका रूपमा रहेको सो खेतीका लागि धेरै मेहेनत पनि गर्नुपर्दैन ।… पुरा पढौ

सुपर मादी हाइड्रोकाे आईपीओमा आजदेखि आवेदन खुल्ला

काठमाडौं, २० मंसिर । सुपर मादी हाइड्रोपावरकाे सेयरमा आजदेखि बिक्री खुल्ला गरिएकाे छ । कम्पनीले आयोजनाबाट प्रभावित मानिएकाे क्षेत्रका जनता र वैदेशिक रोजगारीमा गएकाहरुकाे लागि सेयर (आईपीओ) बिक्रीमा ल्याएकाे हाे । कम्पनीले ३१ करोड ५० लाख रुपैयाँ बराबरको ३१ लाख ५० हजार कित्ता सेयर निष्काशन गरेकाे हाे । यसबाट आयोजनाबाट बढी प्रभावित मानिने कास्कीको मादी गाउँपालिकाका वडा नं. १ र २ का जनता रहेका छन् । उनीहरुकाे लागि ३ लाख १५ हजार कित्ता सेयर रहेकाे छ । आयोजनाबाट प्रभावित मादी… पुरा पढौ

आर्थिक तरलता : पाँच सहकारी समस्यामा

चितवन, २० मङ्सिर । भरतपुर महानगरपालिकाभित्र सञ्चालनमा रहेका पाँच सहकारीमा समस्या देखिएको छ । आर्थिक तरलताका कारण सहकारीमा समस्या देखिएको हो । भरतपुर महानगरपालिकाको सहकारी तथा रोजगार प्रवद्र्धन शाखाका प्रमुख रामबाबु पौडेलका अनुसार भरतपुर महानगरको क्षेत्राधिकारभित्र रहेका तीन र क्षेत्राधिकार बाहिरका दुई सहकारीमा आर्थिक तरलताको समस्या देखिएको हो । महानगर क्षेत्राधिकारभित्र रहेको चन्द्रदर्शन बचत तथा ऋण सहकारी संस्था र समाज कल्याण बचत तथा ऋण सहकारी संस्थामा समस्या देखिएको छ । सनराइज बचत तथा ऋण सहकारी संस्थामा सञ्चालकको नियतका कारण समस्या… पुरा पढौ

सडक अतिक्रमण गरी राष्ट्रिय लोकमार्गमा ‘हाइड्रोपावर’ निर्माण

ढोरपाटन, २० मङ्सिर । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गको बागलुङ–बुर्तिबाङ खण्डअन्तर्गत गलकोटको मनेवापाटामा सडक अतिक्रमण गरेर स्थानीयवासीले हाइड्रोपावर निर्माण गरिरहेका छन् । लोकमार्गको गलकोट नगरपालिका–११ मा पर्ने मनेवापाटामा करिब डेढ किलोमिटर सडकमा दरमखोला हाइड्रोपावर प्रालिले सडक अतिक्रमण गरी पाइप बिच्छ्याइएको छ । सडकको कुनापट्टि पाइप बिछयाउँदा सडक साँघुरो बनेर दुर्घटनाको जोखिम बढेको जनाइएको छ । हाइड्रोपावर निर्माण कम्पनीले सवारी आवतजावत नै ठप्प बनाएर सडकमा पाइप बिछ्याउने गरेको गाडी चालकहरूको भनाइ छ । लोकमार्ग कार्यालयसँग मापदण्ड बनाएर हाइड्रोपावर निर्माण गर्ने सम्झौता… पुरा पढौ

अर्थतन्त्र जोगाउन महासङ्घको पहल जारी, समाधानमा समन्वय गरिदिन नेतृत्वसँग आग्रह

काठमाडौं, २० मङ्सिर । नेपाल उद्योग वाणिज्य महासङ्घले नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग छुट्टाछुट्टै भेट गरी मुलुकको अर्थतन्त्र जोखिमोन्मुख रहेकाले जोगाउन नेतृत्वदायी भूमिका निर्वाह गर्न आग्रह गरेको छ । महासङ्घका अध्यक्ष शेखर गोल्छाको नेतृत्वको प्रतिनिधिमण्डलले पूर्वप्रधानमन्त्री एवं एमालेका अध्यक्ष ओलीलाई उनको निवास बालकोट भक्तपुर र नेकपा(माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डसँग खुमलटारमा भेट गरेको थियो । सो अवसरमा शीर्षनेताहरूसमक्ष प्रतिनिधिमण्डलले अर्थतन्त्रमा बहुआयामिक असर परेको र बहुप्रतिक्षित चालु… पुरा पढौ

हराउँदैछ परालको गुन्द्री बुन्ने पुर्खेयौलि पेशा

कावासोती, २० मङ्सिर । पहिले–पहिले परालको गुन्द्री नभएको घर नै हुँदैन थियो । पछिल्लो समय गुन्द्री विरलै देख्न पाइन्छ । कात्तिकमा धान काटेपछि अलि लामो पराल छुट्याएर गुन्द्री बुन्ने चलन गाउँघरमा अझै पनि कहीँकतै छँदैछ । परालको गुन्द्री वर्षभरि ओछ्याउन, बस्न, अन्न सुकाउन, गाईवस्तुलाई गोठमा बार लगाउन र आफन्तलाई उपहार दिन बढी प्रयोग गरिँदै आएको हो । न्यानो र स्वस्थकर मानिने यस्ता गुन्द्री प्रयोग भने हिजोआज घट्दै गएको छ । गाउँमा कहीँकतै गुन्द्रीका तान देख्दा नयाँ पुस्तालाई नौलो लाग्न थालेको… पुरा पढौ