मुख्य समाचार

अर्को व्यवस्था नहुन्जेल देशभर प्याराग्लाईडिङ उडानमा रोक

काठमाडौं ३१ असाेज । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले देशैभरका प्याराग्लाइडिङ उडानमा रोक लगाएको छ । प्याराग्लाइडिङ सेवालाई थप सुरक्षित र व्यवस्थित गर्नलाई अर्को व्यवस्था नहुन्जेलसम्मलाई स्थगित गरिएको प्राधिकरणका उपमहानिर्देशक एवं प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए। उन भने, “सुरक्षा व्यवस्थालाई मजबुत बनाउने उद्देश्यले अर्को व्यवस्था नहुञ्जेलसम्मका लागि देशैभरका प्याराग्लाइडिङ स्थगित गरिएको छ ।” प्राधिकरणले प्याराग्लाइडिङ उडान खेलसम्बन्धी नीति, नियम तथा कानुनहरू व्यवस्थित गर्नका लागि तत्कालका लागि प्याराग्लाइडिङ उडानमा प्रतिबन्ध लगाइएको र स्पष्ट कानुन बनेपछि पुनः सञ्चालन अनुमति दिने निर्णय… पुरा पढौ

लौरो चिह्न स्वतन्त्र उम्मेदवारको हाेईन: आयोग

काठमाडौं, ३१ असाेज । लौरो निर्वाचन चिह्न कुनै पनि स्वतन्त्र उम्मेदवारको चिह्न रहेको छैन तर कतिपय दलका उम्मेदवारले समेत उक्त चिह्नबाट लोकप्रियता पाउने आशामा सो चिह्नबाट आफूलाई प्रचारप्रसार गरिरहेका छन् । निर्वाचन आयोगले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनका लागि मनोनयनपत्र दर्ता गराएका हाम्रो नेपाली पार्टीका विभिन्न उम्मेदवारहरूले आफूलाई स्वतन्त्र उम्मेदवार भन्दै लौरो चिह्नबाट प्रचारप्रसार गरेको विषयमा स्पष्टीकरण सोधेको छ । ती उम्मेदवारले आफ्नो दलीय आबद्धता स्पष्ट नगरी आफू स्वतन्त्र उम्मेदवार रहेको भनी प्रचारप्रसार गरेको… पुरा पढौ

मौसमी प्रणालीको प्रभाव छैन, केही स्थानमा हल्का वर्षाको सम्भावना

काठमाडौं ३१ असाेज । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको बताएको छ । देशको पश्चिमी पहाडी भू-भागमा आंशिक बदली  रही बाँकी  भू-भागमा मौसम सामान्यतया सफा रहेको छ।  असोज ३१ गते  (सोमबार) दिउँसो : सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक बदली  रही बाँकी  प्रदेशहरूमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।  राती : देशको पहाडी भू-भागमा आंशिक बदली रही  बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। कार्तिक ०१ गते  (मंगलबार) दिउँसो : सुदूरपश्चिम र कर्णाली प्रदेश लगायत देशका  पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली  रही बाँकी  प्रदेशहरूमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेश लगायत देशको पहाडी भू-भागको एक-दुई… पुरा पढौ

यात्रु नभएको भन्दै जजिराले रोक्यो गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलबाट दैनिक उडान

भैरहवा, ३१ असोज । गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलबाट दैनिक हुँदै आएको एक मात्र उडान पनि रोकेको छ । यात्रु नभएको बताउँदै जजिराले दैनिक हुँदै आएको उडानलाई सातामा तीन पटक गर्ने जानकारी दिएको छ । जजिरा एयरवेजले असोजको २६, २७ र २८ गते हुनुपर्ने उडान रोकेपछि सो हवाईजहाज हुँदै वैदेशिक रोजगारीमा जाने यात्रुसहित अन्य यात्रुसमेत प्रभावित भएका थिए । यात्रुहरु गौतमबुद्ध अन्र्तराष्ट्रिय विमानस्थलमै रातभरी बसेर विमान कुरे पनि जजिराले उडान गरेन । तीन दिनसम्म जम्मा भएका यात्रुहरुमध्ये केही पर्यटक मात्र बोकेर शनिबार… पुरा पढौ

महाकाली सिँचाइको मूलनहर निर्माणको काम सम्पन्न हुँदै

कञ्चनपुर, ३० असोज । कञ्चनपुरको भीमदत्त नगरपालिका–९ ब्रह्मदेव क्षेत्रदेखि शुक्लाफाँटा नगरपालिकाको टोटी फुलेली क्षेत्रसम्म महाकाली सिँचाइ आयोजना तेस्रो चरणअन्तर्गत २८ किलोमिटर मूलनहर निर्माणको काम सम्पन्न हुन आँटेको छ । कञ्चनपुरमा पूर्व–पश्चिम राजमार्गको उत्तर र चुरे क्षेत्रको दक्षिण क्षेत्रबाट निर्माण भइरहेको राष्ट्रिय गौरवको महाकाली सिँचाइ आयोजना तेस्रो चरणको मूल नहरमा पानी बग्ने यकिन भने नभएको बुझिएको छ । गएको असारमा महाकाली नदीबाट भारतीय पक्षले पानीको परीक्षणका साथै कञ्चनपुरलाई धान दिवस मनाउन पानी उपलब्ध गराए पनि त्यसयता भारतले नियमित पानी छाड्न मानेको… पुरा पढौ

ब्याजदर वृद्धिले उद्योगी, व्यवसायी मर्कामा : अध्यक्ष मल्ल

रुपन्देही, ३० असोज । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले ब्याजदर वृद्धिले उद्योगी, व्यवसायी निकै मर्कामा परेको बताएका छन् । बैंक वित्तीय संस्थाले लिने स्प्रेड दर र कर्जा प्रवाह गर्दा बेस रेटमा उच्चतम ६ प्रतिशत प्रिमियम कायम हुँदा उद्योगी व्यवसायी निकै मर्कामा परेको अध्यक्ष मल्लको भनाइ छ । उद्योग व्यापार संगठन रुपन्देहीको १५ औं वार्षिक साधारण सभालाई उद्घाटन गर्दै अध्यक्ष मल्लले आकासिएको ब्याजदर नियन्त्रण नहुँदा सम्पूर्ण उद्योगी व्यवसायी मर्कामा पर्नुका साथै महङ्गीले जनतामा समेत असर गरेको बताए । कोभिड… पुरा पढौ

नेप्से ९.६९ अंकले घट्याे, एभरेष्ट बैंककाे कारोबार ८ करोड बढी

काठमाडौं, ३० असोज । साताको सेयर कारोबार हुने पहिलो दिन नेपाली सेयर बजारले ओरालोको यात्रा तय गरेको छ । १३ उपसमूहमध्ये दुई बाहेक सबैको रातो लागेको छ । नेप्सेमा लामो समयदेखिको गिरावटको यो समस्या जिउँकातिउँ हुँदा लगानीकर्ताहरुमा उत्साह जाग्न सकेको छैन । अझैं पनि उनिहरु पर्ख र हेरको स्थितिमा नै रहेका छन् । यहि बेलामा बैंक तथा बित्तीय संस्थाहरुको किस्ता, व्याजको ताकेतामा परेका व्यवसायीहरु असोज महिना सकिनै लाग्दा पनि उनीहरुमा उत्साह जागेको पाइएन । निरन्तरको ताकेतापछि असार सकिदाका यी दिनहरुमा… पुरा पढौ

तारन्तारको ताकेतापछि बैंक र उद्योगी व्यवसायीबीच विश्वासको संकट उत्पन्न : पालिखे

पोखरा, ३० असोज । यतिबेला देशभरका उद्योग, व्यवसायी, साना व्यवसायी र बैंकका ऋणिहरु बैंक, वित्तीय संस्थाहरुको साँवा, ब्याज तिर्न नसकेर बिक्षिप्त अवस्था पुगेका छन् । उनीहरुले बिज्ञप्ती तथा अपिल जारी गर्दै बिराेध जनाएका छन् । बैंकहरुले ब्याज तिर्नका लागि अत्याईरहेको र घर घरमा गएर तनाब सिर्जना गरेकोमा व्यवसायीहरुले आपत्ति जनाएका छन् । लामो समयदेखि कोभिडको प्रभाव परिरहेको, बजारको तरलता अनियन्त्रित बजार र सरकारले लिन नसकेको गतिलो अडानको कारण उनीहरुले सडकमा जानुपर्ने बाध्यता आएको बताउँछन् । केहि दिनअघि पोखरा पर्यटन परिषदलगायत… पुरा पढौ

कात्तिक महिनामा बैंकहरुले ब्याजदर नबढाउने

काठमाडौं, ३० असोज । कात्तिक महिनामा बैंकहरुले ब्याजदर नबढाउने भएका छन् । बैंकहरुबीच अनौपचारिक रुपमा निक्षेपको ब्याजदर असोजकै कायम गर्ने सहमति भएपछि ब्याजदर नबढ्ने भएको हो । यसअघि बैठक बसेर ब्याजदर तोक्दै आएको बैंकर्स संघले यसपटक ब्याजदर बढाउने गरी निर्णय गरेको छैन । ब्याजदर निर्धारण गर्न यस पटक संघको बैठक नबस्ने संघका प्रमुख कार्यकारी अधिकृत अनिल शर्माको भनाइ छ । शर्माका अनुसार बैंकहरुबीच भएको छलफलबाट कार्तिकमा पनि ब्याजदरलाई असोजकै सरह राख्ने सहमति भएको छ । बैंकहरुले भदौसम्म थुप्रै महिनाअघिको ब्याजदरमा… पुरा पढौ

नवौं राष्ट्रिय खेलकुदमा सहभागी प्याराग्लाइडिङ खेलाडीको मृत्यु

पोखरा, ३० असोज । पाेखरामा प्याराग्लाइडिङ खेल खेल्दै गर्दा एक खेलाडीकाे मृत्यु भएकाे छ । नवौं राष्ट्रिय खेलकुदमा सहभागी भएका त्रिभुवन आर्मी क्लबका २६ वर्षीय निसिम थापाकाे मृत्यु भएको प्रहरीले जानकारी दिएकाे छ । क्रस कन्ट्री प्याराग्लाईडिङ गरिरहेकाे बेला थापा सारङकोटमा खसेका हुन् । उनी ब्लु स्काई कम्पनीको प्याराग्लाइडिङमा उडेका थिए । थापा उडान भर्ने सारङकोटबाट उड्ने बित्तिकै लगभग १०० मिटरमाथिबाट खसेका थिए । घाइते थापालाई उपचारका लागि मेट्रोसिटी अस्पताल लगिएकाेमा चिकित्सकले उनकाे मृत्यु भएकाे बताएका थिए । पुरा पढौ