मुख्य समाचार

पूर्ण प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र सूचनाको हकप्रति आयोग स्पष्ट : आयुक्त थपलिया

काठमाडौं, २८ असाेज । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले संविधानप्रदत्त पूर्ण प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता र सूचनाको हकप्रति आयोग पूर्णतः स्पष्ट रहेकाले आयोगले प्रेस स्वतन्त्रतालाई कुण्ठित गर्न लागेको भन्ने मनोगत प्रकारका मिथ्या सूचना प्रवाह नगर्न आग्रह गरेका छन् । निर्वाचन आयोगले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि आजदेखि सञ्चालनमा ल्याएको निर्वाचन इ-बुलेटिन र कल सेन्टरको शुभारम्भ कार्यक्रममा प्रमुख आयुक्त थपलियाले आयोग आफ्नो संवैधानिक दायित्व, प्रेस स्वतन्त्राको हक र सम्बन्धित निकायको जिम्मेवारीप्रति आफूहरू स्पष्ट रहेको बताए। उनले… पुरा पढौ

नौ सय बढी आरोहीले लिए विभिन्न हिमाल आरोहणको अनुमति

काठमाडौँ, २८ असोज । यस वर्षको शरद ऋतुको हिमाल आरोहणका लागि एक सय आठ आरोही समूहका नौ सय एक आरोहीले आरोहण अनुमति लिएका छन् । पर्ययटन विभागका अनुसार यस सिजनमा सगरमाथा (८,८४८.८६ मिटर), मनास्लु (८,१६३ मिटर) लगायत ३५ हिमाल तथा चुली आरोहणका लागि धमाधम आरोही आइरहेका छन् । यस अवधिमा सबैभन्दा बढी मनास्लु आरोहणका लागि ३८ आरोही समूहका चार सय चार आरोहीले आरोहण अनुमति लिएका छन् । विभागको पर्वतारोहण शाखाको विवरणमा सगरमाथा आरोहणका लागि एक समूहका पाँच आरोहीले अनुमति पाएका… पुरा पढौ

भत्काइए थापाथलीस्थित वाग्मती किनारका अनधिकृत संरचना

काठमाडौं, २८ असाेज । महानगरपालिका–११ थापाथलीस्थित वाग्मती किनारका अनाधिकृत संरचना हटाउन थालिएको छ । नदीको बहाव क्षेत्रका सार्वजनिक जग्गामा अनधिकृतरुपमा संरचना बनाएर वाग्मती प्रदूषित बनाइएको भन्दै अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिले धेरै वर्षअघिदेखि यी संरचना हटाउन खोजेको थियो । यी संरचना हटाउन उक्त समितिले गत माघ महिनामा पनि सूचना प्रकाशित गरी काम अघि बढाएको थियो । त्यसबेला विभिन्न समूहको दबाबमा काम रोकिएकामा अहिले काठमाडौँ महानगरपालिकाको सहयोगमा ती अनधिकृत संरचना भत्काउन थालिएको समितिका सूचना अधिकारी कमल अर्यालले जानकारी दिए।… पुरा पढौ

निर्वाचन आयोगले मतदाता शिक्षालाई बृहत्तर बनाउने

काठमाडाैं, २८ असाेज। निर्वाचन आयोगले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनलाई लक्षित मतदाता शिक्षालाई बृहत्तर बनाउने तयारी गरेको छ । आयोगको कार्यालय बहादुर भवनमा आज मतदाता शिक्षाका लागि आयोजित ‘मुख्य प्रशिक्षक प्रशिक्षण’ कार्यक्रमको उद्घाटन गर्दै निर्वाचन आयुक्त डा जानकीकुमारी तुलाधरले प्रशिक्षण प्राप्त गरेपछि प्रशिक्षार्थीले मतदातामा व्यापक जागरण ल्याउन भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरेकी छन । “निर्वाचन स्वच्छ, स्वतन्त्र, निष्पक्ष र मितव्ययी बनाउनमा जनशक्तिको भूमिका महत्वपूर्ण हुन्छ”, आयुक्त डा तुलाधरले भनिन, “यो भूमिकामा यहाँ सक्रिय हुनुहुन्छ… पुरा पढौ

निर्वाचन लक्षित मतदाता शिक्षालाई बृहत्तर बनाईने : आयोग

काठमाडौं, २८ असोज । निर्वाचन आयोगले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनलाई लक्षित मतदाता शिक्षालाई बृहत्तर बनाउने तयारी गरेको छ । आयोगको कार्यालय बहादुर भवनमा आज मतदाता शिक्षाका लागि आयोजित ‘मुख्य प्रशिक्षक प्रशिक्षण’ कार्यक्रमको उद्घाटन गर्दै निर्वाचन आयुक्त डा जानकीकुमारी तुलाधरले प्रशिक्षण प्राप्त गरेपछि प्रशिक्षार्थीले मतदातामा व्यापक जागरण ल्याउन भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरिन्। “निर्वाचन स्वच्छ, स्वतन्त्र, निष्पक्ष र मितव्ययी बनाउनमा जनशक्तिको भूमिका महत्वपूर्ण हुन्छ”, आयुक्त डा तुलाधरले भनिन्, “यो भूमिकामा यहाँ सक्रिय हुनुहुन्छ भन्ने… पुरा पढौ

सुनकोसी डाइभसर्न आयोजनाले राष्ट्रको समृद्धिको सपना पूरा गर्नेछ: मन्त्री भुसाल

सिन्धुली, २८ असोज । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले सुनकोसी मरिण डाइभर्सन बहुउद्देशीय आयोजनाले राष्ट्रको समृद्धिको सपना पूरा गर्ने बताएकी छन । आयोजना स्थलकाे निरिक्षण गर्दै उनले आयोजना निर्माण सम्पन्न भएपछि खाद्यान्न उत्पादन बढ्ने बताइन । मन्त्री भुसालले भनिन् “ नेपालमा हाल साढे ३ खर्बको खाद्यान्न आयात हुन्छ, खाद्यान्न आयातमा विदेश जाने पैसा नेपालमा नै रहन्छ, त्यो पनि यहीँका किसानको हातमा पैसा बस्छ ।” मन्त्री भुसालले आयोजना निर्माणपछि स्थानीयस्तरमा नै रोजगार सिर्जना हुने, खाद्यान्नको नाममा विदेश जाने पैसा बचत… पुरा पढौ

अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च, कमजोर बन्दैछ नेपाली रुपैँया

काठमाडाैं, २८ असाेज । अमेरिकी डलरको मूल्य लगातार उकालो लागेको छ । डलरको तुलनामा नेपाली मुद्रा हालसम्मकै कमजोर बनेको छ । विश्व बजारमा अमेरिकी डलर बलियो भएसँगै नेपाली मुद्राको भाउ अवमूल्यन भएको हो । नेपाली मुद्राको भारतीय रुपैयासँग स्थिर विनिमयदर रहेको छ। अमेरिकी डलर बलियो बनेसँगै भारुको मूल्य खस्कँदा त्यसको असर नेपाली मुद्रालाई पर्ने गरेको हो । यसले नेपाली मुद्रालाई थप कमजोर बनाएको छ । नेपाल राष्ट्र बैंकले आजका लागि तय गरेको मूल्यअनुसार एक अमेरिकी डलरको खरिददर एक सय ३१… पुरा पढौ

सेबाेनमा राेजगारीकाे अवसर: २३ पदका लागी आवेदन माग

काठमाडौं, २८ असाेज । जागिरकाे खाेजिमा रहेका सक्षम उम्मेदवारहरुकाे लागि जागिर खाने अवसर सेबाेनले ल्याएकाे छ । यसका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन)ले २३ वटा विभिन्न पदका लागि आज दरखास्त माग गरेकाे छ।  सेबोनले खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाबाट माग गरिएका पदहरुकाे परिपूर्ति गर्नका लागि दरखास्त आव्हान गरेकाे हाे । सेबोनले दरखास्त गरेका पदहरुमा निर्देशकका लागि ४ जना, सहायक निर्देशकका लागि १६ जना र वरिष्ठ सहायक पदका लागि ३ जना गरी २३ वटा रहेका छन् । यी पदहरुमा दरखास्त पेश… पुरा पढौ

इष्टर्न हाइड्रोपावरकाे सेयरमा आजदेखि आवेदन खुल्ला

काठमाडौं, २८ असाेज । इष्टर्न हाइड्रोपावर लिमिटेडले आजदेखि सर्वसाधारणका लागि ६ लाख ७० हजार ३१० कित्ता सेयर बिक्रीमा ल्याएकाे छ । कम्पनीले यसअघि आयोजना प्रभावित क्षेत्रका जनताकाे लागि सेयर निष्काशन गरेकाेमा साे बेलामा बिक्री हुन बाँकी रहेकाे ५० हजार ३१० कित्ता सेयरसहित ६ लाख ७० हजार ३१० कित्ता सेयर निष्काशन गरेकाे हाे । साे सेयरबाट ३३ हजार ५१५ कित्ता सामूहिक लगानी कोषको लागि रहेकाे छ । १३ हजार ४०६ कित्ता सेयर कर्मचारीहरुका लागि रहेकाे छ। सर्वसाधारण लगानीकर्ताले बाँकी हुने ६… पुरा पढौ

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताकाे औपचारिक शुभारम्भ आज उपराष्ट्रपति नन्दबहादुर पुनले गर्दै

पाेखरा, २८ असाेज । पर्यटकीय नगरी पोखरामा शुक्रबारदेखि सुरु हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता २०७९ का लागि औषधिसहित एक सय आठ स्वास्थ्यकर्मी परिचालन हुने भएका छन् । राष्ट्रिय खेलकूद परिषद् नवौँ राष्ट्रिय खेलकूद प्रतियोगिता अन्तर्गत गठित स्वास्थ्य उपसमितिका संयोजक प्रा डा बुलन्द थापाले स्वास्थ्य उपसमितिले आफ्नो काम प्रतियोगिता सुरु भएका दिनदेखि नै थालिसकेको जानकारी दिए। औपचारिकरुपमा शुक्रबार उपराष्ट्रपति नन्दबहादुर पुनले खेलको शुभारम्भ गर्ने भए पनि केही खेल भने पाँच दिनदेखि नै सुरु भएका छन् । डा थापाका अनुसार पोखरा रङ्गशाला… पुरा पढौ