मुख्य समाचार

पहाडी भागमा आंशिक बदली, बाँकी प्रदेशमा मौसम सफा

काठमाडौं, २८ असाेज । ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालय जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा  उत्तर प्रदेश आसपास रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ। प्रदेश १ लगाएत देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहेको छ।  असोज २८ गते (शुक्रबार) दिउँसो : देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी प्रदेशहरूमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। देशको पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।  राती : प्रदेश १ मा आंशिक बदली रही बाँकी  प्रदेशहरूमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ का एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।  असोज… पुरा पढौ

चोरी पैठारीका कारण स्वदेशी जुत्ताचप्पल व्यवसायी मारमा

काठमाडौं, २७ असोज । वार्षिकरूपमा ठूलो मात्रामा जुत्ताचप्पल चोरी पैठारी हुँदा स्वदेशी जुत्ताचप्पल व्यवसायी मारमा परेका छन् । फुटवेयर म्यानुफ्याक्चरर्स एशोसियशन अफ नेपालले वार्षिक २ करोडभन्दा बढी जोर जुत्ताचप्पल चोरी पैठारी हुँदा नेपाली व्यवसायीले समस्या भोग्नुपरेको बताएको हो । एशोसियशनका अध्यक्ष नानीराज घिमिरेले चोेरी पैठारीबाट करोडौँ जोर जुत्ताचप्पको आयात हुँदा नेपालमा उत्पादित जुत्ताचप्पलले बजार पाउन छाडेको बताए । 'देशको मागलाई धान्न सक्नेगरी नेपालमा जुत्ताचप्पल उत्पादन गर्नसक्ने क्षमताको विकास भइसकेको अवस्थामा अनियन्त्रितरूपमा दक्षिणतिरको खुला सीमाबाट चोरी पैठारी र न्यून बिजकीकरणका कारण… पुरा पढौ

लायन्स डिष्ट्रिक्ट ‘३२५ के’ नेपालको पोखरामा हुने दोस्रो क्याविनेट मिटिङकाे यस्ताे छ तयारी

पाेखरा, २७ असाेज । लायन्स डिष्ट्रिक्ट ३२५ के नेपालको दोस्रो क्याविनेट मिटिङ पोखरामा हुने भएको छ । आगामी कार्तिक ४ र ५ गते पर्यटकीय नगरी पोखरामा हुने डिष्ट्रिक्टको दोस्रो क्याविनेट मिटिङलाई सफलतापुर्वक सम्पन्न गर्न हाेस्ट क्लबहरू सहित आयाेजक टिमले तयारीलाई तिव्र बनाएका छन । डिष्ट्रिक्ट 'के' अन्तर्गतका १ सय ६२ क्लबबाट करिब १२ सय भन्दा बढी लायन सदस्यहरुको सहभागिता रहने अनुमान गरिएको उक्त क्याविनेट मिटिङकाे प्रि-रजिस्ट्रेशनको समय भाेलि असाेज २८ गतेसम्म तोकिएको क्याबिनेट मिटिङ मूल आयोजक समितिका संयोजक लायन बसन्त… पुरा पढौ

नेप्सेमा दाेहाेराे अंकको वृद्धि, कारोबारमा नबिल बैंक अब्बल

काठमाडौं, २७ असोज । साताको सेयर कारोबार हुने पाँचौ दिन बिहिबार नेपाली सेयर बजारले लगानीकर्ताको मनोबल बढाएको छ । १३ उपसमूहहरुमध्ये हाइड्रोपावर बाहेक सबैमा हरियो लागेको छ । नेप्सेमा भएको दोहोरो अंकको बृद्धिले अब बजारले सकारात्मक लय लिन्छ कि भन्ने आशा पलाएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से ४.१५ अंकको बृद्धि भएर १८७०.६३ विन्दुमा उक्लिएको छ । यसदिन नेप्सेमा ०.२२ प्रतिशतले बृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स ०.९५ अंकले बढेर ३६७.१४ विन्दुमा पुगेको छ । यसदिन कुल २२२ कम्पनीको सेयर कारोबार… पुरा पढौ

एसईई चैतको दोस्रो साता सञ्चालन हुने

काठमाडौं, २७ असोज । यस वर्षको एसईई परीक्षा आगमी चैत दोस्रो साता सञ्चालन हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०)ले शैक्षिक सत्र २०७९ को एसईई चैत दोस्रो हप्ता गर्ने तालिका सार्वजनिक गरेको हो । बोर्डले उक्त परीक्षाको नतिजा २०८० असार तेस्रो हप्ता सार्वजनिक गर्ने पनि जनाएको छ । बोर्डले सार्वजनिक गरेको तालिका अनुसार प्रदेशले कक्षा १० को परीक्षाको लागि आवेदन फाराम छपाई र वितरण कार्तिक मसान्तसम्म गरिसक्नुपर्नेछ । यस्तै जिल्लाले आवेदन फाराम मंसिरभित्र भराउनु पर्नेछ… पुरा पढौ

चुनावका लागि जिल्ला आचारसंहिता अनुगमन अधिकृत तोकिए

काठमाडौं, २७ असोज । निर्वाचन आयोगले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि जिल्ला आचारसंहिता अनुगमन अधिकृत तोकेको छ । निर्वाचन आचारसंहिता, २०७९ को दफा ३२ बमोजिम सम्बन्धित जिल्लाको कोष तथा लेखा नियन्त्रकको कार्यालयका प्रमुखलाई जिल्ला आचारसंहिता अनुगमन अधिकृतका रूपमा तोकिएको हो । आयोगको यही असोज २४ गतेको निर्णय अनुसार आफ्नो जिल्लाभित्रका कर्मचारी, शिक्षक वा निर्वाचन आचारसंहिता पालना गर्नुपर्ने दायित्व भएका कुनै व्यक्तिले निर्वाचन आचारसंहिताविपरीत कार्य गरेमा सम्बन्धित जिल्लाको कोष तथा लेखा नियन्त्रकको कार्यालयका प्रमुख तथा… पुरा पढौ

माथिल्लो दोर्दी ‘ए’ को बिजुली परीक्षण सुरु

लमजुङ, २७ असोज । माथिल्लो दोर्दी ‘ए’ बाट उत्पादित बिजुली परीक्षण आजदेखि सुरु भएको छ । लिबर्टी इनर्जी हाइड्रोपावरद्वारा दोर्दी गाउँपालिका–६ ढोडेनीमा एक महिनाअघि निर्माण सम्पन्न गरिएको २५ मेगावाट क्षमताको यस जलविद्युत् आयोजनाको उत्पादित बिजुली परीक्षण आजदेखि सुरु भएको हो । आयोजनाका प्रबर्द्धक राजेन्द्र वस्तीले भने, 'हामीले बल्लबल्ल आयोजना निर्माण सम्पन्न गर्यौं, निर्माण सम्पन्न गरेको लामो समयपछि आयोजनाको उत्पादित बिजुली आजदेखि परीक्षण सुरु गरेका छौँ ।' आज र भोलि दुई दिन मेसिन जडान गर्न समय लाग्ने उनको भनाइ छ ।… पुरा पढौ

सामाजिक सञ्जालमा मत सर्वेक्षण र नतिजा सार्वजनिक गरे कारबाही : आयोग

काठमाडौं, २७ असोज । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनको आचारसंहिता विपरीत कतिपय व्यक्तिले सामाजिक सञ्जालको प्रयोग गरेर राजनीतिक दल र उम्मेदवारका सम्बन्धमा मत सर्वेक्षण र सोको नतिजा सार्वजनिक गरेको पाइएको छ । आयोगका उपसचिव एवं सहायक प्रवक्ता कमल भट्टराईले आज प्रेस विज्ञप्ति जारी गरी उपरोक्त व्यवस्था विपरीत कोही कसैले कार्य गरेमा कानुन बमोजिम कारबाही हुने स्पष्ट गरेका छन् । निर्वाचन आचारसंहिता, २०७९ को दफा ४ (त) मा उम्मेदवारको मनोनयनपत्र दर्ता भएको मितिदेखि मतदान सम्पन्न नभएसम्म… पुरा पढौ

बाराही हाइड्रोपावरले कात्तिक ४ गतेदेखि सेयर निष्काशन गर्दै

काठमाडौं, २७ असाेज । बाराही हाइड्रोपावर पब्लिक लिमिटेडले कात्तिक ४ गतेदेखि सेयर निष्काशन गर्न लागेकाे छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका जनताका लागि बासिन्दाहरुका लागि २ लाख ५० हजार कित्ता सेयर निष्काशन गर्ने भएकाे हाे । सेयरमा बाग्लुङ्गको जैमिनी नगरपालिकाका वडा नं. १, ४ र ५ अर्थात साविककाे कुस्मीसेरा, सर्कूवा र बिनामारे गाविस र जैमिनीका जनताले आवेदन दिन पाउनेछन्। सेयरमा लगानी गर्न चाहने लगानीकर्ताले घटीमा १० तथा बढीमा १० हजार कित्ता सेयरका लागि आवेदन दिन पाउनेछन्। यसका लागि कात्तिक १८… पुरा पढौ

सिटिजन्स बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं, २७ असोज । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन बाँकी रहेको छ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बैंकले शुक्रबार असोज २८ मा बुकक्लोज हुने जनाएकाे छ। बैंककाे कार्तिक ४ गते साधारण सभा बाेलाइएकाे छ । साे साधारण सभा काठमाडौं कालिकास्थानमा रहेकाे अमृतभोग पार्टी प्यालेसमा बाेलाइएकाे हाे। सभा पूर्वान्ह ११ बजे शुरु हुनेछ । सभामा बैंकका सेयरधनीहरुका लागि ९ प्रतिशत लाभांश वितरणकाे प्रस्ताव पेश गरिनेछ । साे लाभांश पाउन र साधारण सभामा सहभागि हुनका… पुरा पढौ