मुख्य समाचार

मधेश, बागमती र प्रदेश १ का एक-दुई स्थानमा हल्का वर्षा

काठमाडाै, ११ असाेज । ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालय जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखले हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहेको छ । हाल देशभर आंशिक बदली रही मधेश प्रदेश, बागमती प्रदेश र प्रदेश १ का एक-दुई स्थानमा  हल्का वर्षा भइरहेको जनाएकाे छ। असोज ११ गते (मंगलबार) दिउँसो : प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा  आंशिक देखि सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदली  रहनेछ ।  प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशहरूका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ… पुरा पढौ

बल्ल मनकामना मन्दिर परिसरको सत्तल पुनःनिर्माण

गोरखा, ११ असोज । गोरखा भकुम्पले क्षति पु¥याएको गोरखाको प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिर परिसरमा रहेको सत्तल पुनःनिर्माण हुने भएको छ । मनकामना मन्दिरका मूलपुजारी इन्सान थापामगर र मन्दिरका गुिठयार थकाली भीमबहादुर श्रेष्ठले संयुक्त रुपमा सत्तलको शिलान्यास गरे। मनकामना क्षेत्र विकास समितिका अध्यक्ष रामकुमार जोशीले सत्तल निर्माण गर्न करिब रु ९० लाख लाग्ने जानकारी दिए। उनले भने, “अब दशै लगत्तै पुनःनिर्माण सुरु हुन्छ, फिनिसिङ गर्दा थप लागत्त बढ्छसक्छ । करिब ७ महिना भित्रमा सत्तल निर्माण सम्पन्न हुन्छ ।” उक्त सत्तलमा तत्कालीन… पुरा पढौ

तेइस उद्योग र व्यावसायिक फर्मविरुद्ध कारवाही सुरु

वीरगञ्ज, १० असोज । पर्साको वीरगञ्जस्थित गुणस्तर तथा नापतौल कार्यालयले गत आर्थिक वर्ष ०७८-०७९ मा कार्य क्षेत्रभित्र रहेका कूल २३ वटा विभिन्न उद्योग तथा व्यावसायिक फर्मविरुद्ध कारवाही प्रक्रिया अघि बढाएको छ । कार्यालयले विशेषगरी नयाँ फर्मलाई अनुमतिपत्र प्रदान, नियमित परीक्षण र नवीकरण, अनुगमनलगायतका क्षेत्रमा काम गर्दै आएको छ । कार्यालयले चितवन, मकवानपुर, बारा, पर्सा तथा रौतहट कार्यक्षेत्रमा विशेषगरी गुणस्तर तथा नापतौलसम्बन्धी कार्य गर्दै आएको छ । कार्यालयले विभिन्न २३ वटा उद्योग तथा व्यावसायिक फर्मविरुद्ध सम्बन्धित जिल्ला अदालतमा अभियोगपत्र दर्ता गरी… पुरा पढौ

२ महिनामा २८ अर्बको निर्यात, विराटनगर नाकाकाे प्रगति उच्च

काठमाडौं, १० असोज । सरकारले चालु आर्थिक वर्षको शुरुवाती २ महिनामा २८ अर्ब बराबरको निर्यात गरेको छ । देशभरका २६ ओटा नाकाबाट आयात गरिएको छ। भदौ मसान्तसम्म १५ ओटा नाकाबाट २८ अर्ब ६८ करोड ४ लाख ३७ हजार रुपैयाँ बराबरकाे सामान निर्यात गरिएको छ । यीमध्ये विराटनगर नाकाबाट सबैभन्दा बढी ८ अर्ब ८७ करोड बराबरको निर्यात भएको छ । सबैभन्दा कम निर्यात हुने नाकामा गौतमबुद्ध विमानस्थल रहेको छ । यहाँबाट २ महिनामा २८ लाख ३४ हजार बराबरको मात्र निर्यात भएको… पुरा पढौ

एनसीसी र कुमारी बैंक गाभिने

काठमाडौं, १० असोज । एनसीसी बैंक र कुमारी बैंक मर्जरमा जाने भएका छन् । यी दुवै बैंकले आज मर्जरसम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका हुन् । मर्जर हस्ताक्षर कार्यक्रम काठमाडौंको मेरियट होटलमा सम्पन्न भएको हो ।  सम्झौतापत्रमा एनसीसीका मर्जर कमिटी संयोजक चन्द्र बाँस्तोला तथा कुमारी बैंकका मर्जर कमिटीका संयोजक कृष्णप्रसाद ज्ञवालीले हस्ताक्षर गरेका हुन् । यी दुई बैंकबीचको स्वाप रेसियो १:१ रहेको छ । दुई बैंकबीच मर्जर भएर नयाँ बन्ने बैंकको चुक्ता पुँजी २५ अर्ब ८५ करोड पुग्ने बताइएको छ । नेपाल… पुरा पढौ

कागती खेतीमा भविष्य खोज्दै युवाहरू

ढोरपाटन, १० असोज । “विदेश गएर हण्डर खाइयो, अहिले आफ्नै गाउँ प्यारो लाग्छ, यही माटो प्यारो लाग्छ, कागती खेतीले मलाई सन्तुष्टि दिएको छ, परिवार पाल्न सकिएको छ ।” बागलुङ निसीखोला गाउँपालिका–६ का धर्मराज पोखरेलले पाँच वर्षदेखि व्यावसायिक कागती खेती गर्दै आएका छन् । करिब २४ वर्ष विदेशमा सङ्घर्ष गरेका उनले कागतीसँगै अन्य फलफूल पनि खेती गर्दै आएका छन् । उनले पाँच वर्ष अगाडि स्थानीय जातका डेढ सय कागतीका बिरुवा लगाएका थिए । ती बिरुवाले अघिल्लो वर्षदेखिनै फल दिन थालेका छन्… पुरा पढौ

सिक्लेस हाइड्रोपावरको सेयर मंगलबार बाँडफाँड गरिने

काठमाडाैं, १० असाेज । सिक्लेस हाइड्रोपावरकाे सेयर भाेलिमंगलबार बाँडफाँड गरिने भएकाे छ । कम्पनीले सर्वसाधारणको लागि निष्काशन गरेको सेयर बाँडफाँड गरिेने भएको हाे। सेयर निष्काशन तथा बिक्री प्रबन्धक बिओके क्यापिटलले सेयर बिहान ९ बजे बाँडफाँड हुने जानकारी दिएकाे छ । यसैकाे लागि शुक्रबार प्रि अलटमेन्ट सकेर मंगलबारका लागि सेयर बाँडफाँड गर्ने तयारी गरिएकाे हो । सिक्लेस हाइड्रोपावरकाे सेयरमा १५ लाख ३८ हजार ८३८ वटा आवेदन परेकाे थियाे । यसबाट १ अर्ब ७२ करोड ४४ लाख ३८ हजार रुपैयाँ बराबरको १… पुरा पढौ

भदौसम्म डेढ अर्बका विद्युतीय गाडी नेपाल भित्रिए

काठमाडौं, १० असोज । नेपालमा चालु आर्थिक वर्ष २०७९/८० को शुरुवाती दुई महिनामा १ अर्ब ३२ करोडभन्दा बढीका १ हजार ८ सयभन्दा बढी विद्युतीय सवारी साधन आयात भएको छ । भन्सार विभागले हालै अद्यावधिक गरेको आर्थिक वर्ष २०७९/८० को भदौ मसान्तसम्मको समग्र आँकडा अनुसार नेपालमा १ अर्ब ३२ करोड ४२ लाख ७३ हजार रुपैयाँ बराबरका १ हजार ८ सय ५९ थान विद्युतीय सवारी भित्रिएका हुन् । यी सवारी साधनमा विद्युतीय कार, जीप र भ्यान र तीन पाङ्ग्रे सवारी रहेका छन्… पुरा पढौ

नारायणगढ-बुटवल सडकको काम १८ प्रतिशत मात्र सम्पन्न, ठेक्का भङ्ग गर्ने चेतावनी

नवलपुर, १० असोज । पूर्वपश्चिम राजमार्गअन्तर्गतको नारायणगढ–बुटवल सडकखण्ड विस्तारमा ढिलाइ भएको जनाउँदै सरकारले ठेक्का रद्द गर्नसक्ने चेतावनी दिएको छ । आइतबार सडक विभागको दक्षिण एशिया उपक्षेत्रीय आर्थिक सहयोग सडक सुधार परियोजनाले सार्वजनिक सूचना जारी गर्दै निर्माण कम्पनीको कार्यशैलीमा परिवर्तन नआए ठेक्का सम्झौता भङ्ग गर्ने जनाएको हो । नारायणगढबाट बुटवलसम्मको जम्मा एक सय १४ किलोमिटर सडकलाई दुई खण्डमा विभाजन गरेर ठेक्का लगाइएको थियो । ग्लोबल बोलपत्र प्रक्रियामार्फत सबैभन्दा न्यून दररेटमा बोलपत्र हालेर चिनियाँ निर्माण कम्पनी ‘चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेशन लिमिटेड’ले… पुरा पढौ

भदौमा साढे ३ अर्बभन्दा बढीको स्मार्टफोन भित्रियो

काठमाडौं, १० असोज । चालु आर्थिक वर्ष २०७९/८० को दोस्रो महिना भदौमा नेपालमा ३ अर्ब ६१ करोड बराबरका स्मार्टफोन भित्रिएका छन् । भन्सार विभागले हालै सार्वजनिक गरेको चालु आर्थिक वर्षको भदौ मसान्तसम्मको तथ्याङ्क अनुसार भदौमा मात्रै २ लाख ६२ हजारभन्दा बढी स्मार्टफोन आयात भएको हो । विभागले साउन र भदौ २ महिनाको आयात निर्यातका आधारमा सार्वजनिक गरेको तथ्याङ‍्क अनुसार भदौ मसान्तसम्म समग्रमा ६ अर्ब १८ करोड रुपैयाँभन्दा बढीको ४ लाख ३८ हजार ९८५ थान स्मार्टफोन आयात भएको देखिन्छ । सरकारले… पुरा पढौ