मुख्य समाचार

सानिमा र जनरल इन्स्योरेन्सकाे साधारणसभाबाट मर्जर प्रस्ताव पारित

काठमाडौं, ११ असाेज । सानिमा जनरल इन्स्योरेन्स तथा जनरल इन्स्योरेन्स कम्पनीकाे सम्पन्न छुट्टाछुट्टै साधारणसभाबाट मर्जर सम्बन्धि प्रस्तावलाई पारित गरिएकाे छ । सभाले दायित्व दायित्व मूल्यांकन (डिडिए)काे आधारमा निर्धारण गरिएको सेयर रेसियाे १:१ कायम गर्ने प्रस्ताव पारित पारित गरेकाे छ । सभाबाट दुबै कम्पनी एकापसमा मर्जरपछि निर्जीवन बीमा व्यवसाय गर्ने कम्पनीकाे नाम सानिमा जिआईसी इन्स्योरेन्स राख्ने प्रस्तावलाई पनि पारित गरिएकाे छ।  सानिमा जनरल इन्स्योरेन्सकाे चुक्ता पूँजी रु १ अर्ब रहेकाे छ भने जनरल इन्स्योरेन्सको पनि चुक्ता पूँजी रु १ अर्ब रहेको… पुरा पढौ

हेलम्बुमा स्याउसँगै चिया खेती पनि फस्टाउँदै

सिन्धुपाल्चोक, ११ असोज । स्याउ उत्पादनमा पहिचान बोकेको हेलम्बुले अब चियामा समेत पहिचान बोक्ने भएको छ । हेलम्बुका स्थानीयले बाँझो जग्गामा चिया खेती गर्न थालेपछि गाउँपालिकाले किसानहरु लाई निःशुल्क बिरुवा वितरण गर्न थालेको छ । यसबाट हेलम्बुमा चिया खेतीसमेत विस्तार हुने देखिएको छ । दुई वर्षअघिबाट किसानलाई निःशुल्क बिरुवा वितरण गरेर सुरु गरिएको खेती गाउँगाउँमा फैलिएको गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले बताए । शेर्पाका अनुसार तीन वर्षअघि हेलम्बुको तिम्बुमा चियाको नर्सरी स्थापना गरी ३३ हजार बिरुवा उत्पादन गरिएको थियो ।… पुरा पढौ

उकालाे लाग्दै सेयर बजार, लगानीकर्ता उत्साहित

काठमाडौं, ११ असाेज । लगातार ओरालो लागेको सेयर बजारमा मंगलबार दोहोरो अंकको बृद्धि भएको छ । साताको सेयर कारोबार हुने तेश्रो दिन मंगलबार नेपाली सेयर बजार सकारात्मक लयमा देखिएको छ । १३ उपसमूहमध्ये दुईमा बाहेक बाँकी ११ वटामा हरियो लागेको छ । नीतिगत समस्या, बैंकहरुको ब्याजदर तथा सरोकार राख्ने निकायहरुबीचको आपसी अन्तरविरोध लगायतका घटनाक्रमले प्रभावित हुँदै आएको सेयर बजारको आजको सकारात्मक लयले लगानीकर्ताहरुमा केहि होला कि भन्ने आशा बढाएको छ । अर्काेकुरा पछिल्लाे पटक अर्थमन्त्री जनार्दन शर्माले बैंकहरुले लिइरहेकाे ब्याजदरमा… पुरा पढौ

महानगरको अनुगमनमा भेटियो उत्पादन मिति नभएका खाद्य पदार्थ

काठमाडौं, ११ असोज । काठमाडौं महानगरपालिकाले चाडपर्वलाई लक्षित गर्दै बजार अनुगमन शुरु गरेको छ ।  अनुगमन टोलीले सरकारी कार्यालयको गोदाममै उत्पादन मिति उल्लेख नभएको खाद्य सामग्री भेटिएको छ । टोलीमा संलग्न एक अधिकारीका अनुसार अरुवा मकवानपुरे चामलमा म्याद सकिने मिति २ वर्ष लेखिएको तर उत्पादन मिति नलेखिएको पाइएको हो । यसबाहेक अन्य सामानमा ब्याज नम्बर नबुझिने गरी लत्पतिएको र स्टोरमा रहेका अधिकांश सामानको म्याद सकिनै लागेको पाइएको छ । यस्तो सामग्री भेटिए पनि आफूहरुले मिति सकिएका खाद्य सामग्री जानी जानी… पुरा पढौ

लामिछाने जहाँ भए पनि खोजेर ल्याउँछौं: प्रहरी प्रवक्ता राई

काठमाडौं, ११ असोज । नेपाल प्रहरीले नाबालिगमाथि बलात्कार आरोप लागेका नेपाली क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेलाई खोज्ने प्रयास जारी राखेको छ । यसका लागि उनीविरुद्ध हालै इन्टरपोलको 'डिफ्युजन नोटिस' जारी गरिएको छ । उनी क्यारेबियन प्रिमियर लिग खेल्न जमैकामा रहेका बेला गत भदौ २१ गते उनीमाथि एक किशोरीले बलात्कार आरोपमा प्रहरी वृत्त गौशालमा उजुरी गरेकी थिइन् । त्यसपछि लामिछानेले आफूमाथिको आरोप झूटो रहेको र नेपाल आएर त्यसविरुद्ध लड्ने भन्दै क्यानलाई वकिल मिलाइदिन आग्रह गरेका थिए । तर उनी हालसम्म पनि… पुरा पढौ

सिक्लेस हाइड्रोकाे सेयर बाँडफाँड सम्पन्न, १४ लाखकाे हात रित्तै

काठमाडौं, ११ असाेज । सिक्लेस हाइड्रोपावरकाे सेयर बाँडफाँड सम्पन्न भएकाे छ । कम्पनीले सर्वसाधारणको लागि निष्काशन गरेको १० लाख ५८ हजार कित्ता सेयर आज बिहान बाँडफाँड गरेकाे हाे । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक बिओके क्यापिटलका अनुसार १ लाख ५ हजार ८०० जना लगानीकर्ता प्रत्येकले १० कित्ताका दरले सेयर हात पाररेका छन् । सेयरमा निवदेन पेश गरेका १४ लाख ६ हजार ७३७ जना लगानीकर्ताकाे हात रित्तै भएकाे छ। सिक्लेस हाइड्रोपावरकाे सेयरमा कुल १५ लाख ३८ हजार ८३८ वटा निवेदन… पुरा पढौ

दिनदिनै नयाँ रेकर्ड बनाउँदै डलरकाे भाउ, पुग्याे १३०‍.९० रुपैयाँ

काठमाडौं, ११ असाेज । अमेरिकी डलरको भाउ लगातार उकालाे लाग्ने क्रम राेकिएकाे छैन । आज पनि अमेरिकी डलरकाे भाउले नयाँ उचाई कायम गरेकाे नेपाल राष्ट्र बैंकले जनाएकाे छ। राष्ट्र बैंकले यसदिन अमेरिकी डलरको भाउ १ काे खरिद दर १३० रुपैयाँ ९० पैसा पुगेको जनाएकाे छ। यसकाे बिक्री दर १३० रुपैयाँ ९० पैसा रहेकाे छ। नयाँ दर नआउँदासम्म अब १ डलर साट्नका लागि नेपाली रुपैयाँ १३० रुपैयाँ ९० पैसा तिर्नुपर्नेछ । यहीबीचमा अमेरिकी फेडेरल रिजर्भ बैंकले ब्याज बढाएको छ । जसकाे… पुरा पढौ

बडा दशैंको दोस्रो दिन ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदै

काठमाडौं, ११ असोज । नवरात्रको दोस्रो दिन दशैंघर वा पूजा कोठामा नौ दुर्गामध्येकी दोस्रो ब्रह्मचारिणी देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । नवरात्रको दोस्रो दिन आज पूजास्थलमा ब्रह्मचारिणी देवीलाई आह्वान गरी विधिपूर्वक पूजा आराधना गरेमा ब्रह्मतत्वको ज्ञान गर्न सकिने धार्मिक विश्वास छ । संसारका मुमुक्षु प्राणीलाई सच्चिदानन्द रुप ब्रह्मको वोध गराउनका लागि निरन्तर लागिरहने मान्यतामा नवदुर्गामध्येको दोस्रो देवीलाई ब्रह्मचारिणी भनिएको हो । ब्रह्मचारिणीको हातमा कमल, अक्षमाला र कमण्डलु बनाइनुपर्छ भन्ने विधान छ । मार्कण्डेय पुराणलगायत ग्रन्थमा भनिएको छ, ‘ब्रह्म चारयितुं… पुरा पढौ

नयाँ बसपार्कमा घर जानेहरूकाे घुँइचाे, १५ स्थानमा यात्रु सहायता कक्ष स्थापना

काठमाडाैं, ११ असाेज । महान् पर्व बडादसैँ सुरु भएसँगै नयाँ बसपार्कमा घर जाने यात्रुको चहलपहल बढेको छ । गत वर्षमा विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण कम यात्रुहरू घर गए पनि यसवर्ष भने दसैँ सुरु भएसँगै नयाँ बसपार्क क्षेत्रमा घर जाने यात्रुको चहलपहल बढेको हो । देशको विभिन्न क्षेत्रबाट सङ्घीय राजधानी काठमाडौँमा अध्ययन, अध्यापन, व्यापार, व्यवसाय र रोजगारीका लागि आएका चाडपर्व मनाउन घर जान सुरु गरेसँगै नयाँ बसपार्क क्षेत्रमा यात्रुको चहलपहल बढेको हो । घटस्थापना सुरु भएसँगै आजदेखि घर जानेमा… पुरा पढौ

‘तेस्रो राष्ट्रिय नवदुर्गा सम्मान २०७९’ मा नौ अभिनेत्री सम्मानित

काठमाडौं, ११ असोज । ‘तेस्रो राष्ट्रिय नवदुर्गा सम्मान २०७९’ मा नौ अभिनेत्री सम्मानित भएका छन् । काठमाडौँस्थित चलचित्र विकास बोर्डको हलमा रेजिना इन्टरटेनमेन्ट र शहीद फिल्म्सको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा नौ अभिनेत्रीलाई उपराष्ट्रपति नन्दबहादुर पुनले सम्मान गरे। चलचित्र क्षेत्रमा योगदान पु¥याएबापत अभिनेत्रीहरु भारती घिमिरे, झरना थापा, श्वेता खड्का, ऋचा शर्मा, मेनुका प्रधान, प्रियङ्का कार्की, पूजा शर्मा, शिल्पा पोखरेल र सुहाना थापालाई सम्मान प्रदान गरिएको हो । सो अवसरमा उपराष्ट्रपति पुनले सम्मानित सम्पूर्णलाई बधाई दिँदै ‘राष्ट्रिय नवदुर्गा सम्मान’ लाई निरन्तरता दिन… पुरा पढौ