मुख्य समाचार

पुनर्बीमा कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं, १७ भदाै । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन बाँकी रहेको छ। कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि भदौ १९ गते बुकक्लोज गर्ने भएकाेले सेयरधनीहरुले यसदिन मात्रै लाभांश सुरक्षित गर्ने माैका रहेकाे छ । आज शुक्रबारसम्म नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सेयर कारोबार गरेर कायम सेयरधनीहरुले मात्रै साधारण सभामा भाग लिन सक्नेछन् । साथै उनीहरु कम्पनीले वितरण गर्ने लाभांश प्राप्तिका लागि याेग गर्न सक्नेछन्। नेपाल पुनर्बीमा कम्पनीले चुक्ता पूँजी ११ अर्ब ६५ करोड रुपैयाँको… पुरा पढौ

कुमारी बैंककाे ३ अर्बकाे ऋणपत्र निष्काशन तथा बिक्री खुल्ला

काठमाडौं, १७ भदाै । कुमारी बैंकले आजदेखि १० वर्ष अवधिको ‘११ प्रतिशत केबिएल डिबेन्चर २०८९’ निष्काशन तथा बिक्री खुल्ला गरेकाे छ । बैंकले ३ अर्ब रुपैयाँ बराबरकाे वार्षिक ११ प्रतिशत ब्याजदरमा साे ऋणपत्र निष्काशन तथा बिक्री खुल्ला गरेकाे हाे। बैंकले प्रतिकित्ता १ हजार अंकित दरकाे ३ अर्ब बराबरको ३० लाख कित्ता ऋणपत्र जारी गरेकाे हो। यसबाट १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता सर्वसाधारणका लागि रहेकाे छ । बाँकी रहने १ अर्ब ८० करोड रुपैयाँ बराबरको १८ लाख… पुरा पढौ

डिजेल र मट्टितेलको भाउ प्रतिलिटर ६ रुपैयाँले वृद्धि, पेट्रोलको स्थिर

काठमाडौं, १७ भदाै । नेपाल आयल निगमले इन्डियन आयल कर्पोरेशन (आइओसी) बाट पेट्रोलियम पदार्थको खरिद मूल्य बढेर आएको भन्दै गए रातिदेखि लागू हुने गरी डिजेल र मट्टितेलको मूल्य वृद्धि गरेको छ । निगम सञ्चालक समितिको बैठकले डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर ६ रुपैयाँले वृद्धि गरेको हो । मूल्य बढेसँगै डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर रु १७८ रुपैयाँ पुगेको छ । यसअघि डिजेल र मट्टितेलको खुद्रा बिक्री मूल्य प्रतिलिटर रु १७२ थियो । पेट्रोल, हवाई इन्धन तथा खाना पकाउने एलपी ग्यासको… पुरा पढौ

कालीगण्डकी करिडोरको बागलुङ खण्ड कालोपत्र गरिँदै

गलकोट, १७ भदौ । चालु आर्थिक वर्ष २०७९÷८० मा कालोपत्र सुरु गर्ने गरी कालीगण्डकी करिडोरको बागलुङ खण्ड ठेक्का प्रक्रियामा गएको छ । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको कालीगण्डकी करिडोरको गुल्मीको हर्मिचौरबाट बागलुङको मालढुङ्गासम्मको ५५ किलोमिटर सडक कालोपत्र गर्न ठेक्का आह्वान गरिएको हो । कालीगण्डकी करिडोर (गैँडाकोट–राम्दी–मालढुङ्गा) कार्यालय, पाल्पाका अनुसार चालु आवमै कालोपत्र गर्ने गरी हर्मीचौरबाट बलेवा विमानस्थल र वलेवा विमानस्थलबाट मालढुङ्गाको दुई खण्डमा विभाजन गरेर ठेक्का आह्वान गरिएको छ । कालीगण्डकी करिडोर (गैँडाकोट–राम्दी–मालढुङ्गा) कार्यालय पाल्पाका कार्यालय प्रमुख कल्पना अधिकारीका अनुसार… पुरा पढौ

जुम्लामा केबुलकारको सम्भाव्यता अध्ययन : रु चार अर्ब खर्च हुने

जुम्ला, १७ भदौ । जुम्लामा केबुलकारको सम्भाव्यताबारे अध्ययन गरिएको छ । चन्दननाथ नगरपालिकाको धिमीदेखि चेरेचौर खाली र दानसाँघु हुँदै चिमारा मालिका लेकको दुई ठाउँसम्म केबुलकारको सम्भाव्यता अध्ययन गरिएको हो । केबुलकार सञ्चालनका लागि सम्भाव्यता अध्ययन गरेर रोपवे नेपाल प्रालीको टोली फर्किएको छ । आन्तरिक र बाह्य पर्यटनको सम्भावनालाई ध्यानमा राखेर केबुलकारको सम्भाव्यता अध्ययन गरिएको चन्दननाथ नगरपालिकाका नगरप्रमुख राजुसिंह कठायतले बताए। धार्मिक पर्यटनका लागि चन्दननाथ मन्दिर र डुडुल चैत्य महत्वपूर्ण गन्तव्य हुन् । ती दुवै चन्दननाथ नगरपालिका भित्र पर्छन् । धिमीदेखि… पुरा पढौ

देशभर सामान्य बदली-लुम्बिनी, गण्डकी, कर्णाली र सुदुरपश्चिममा मध्यम वर्षा

काठमाडौं, १७ भदाै। ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालय, जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनको न्यून चापीय रेखा (Axis of the Monsoon Trough) सरदर स्थान भन्दा केही उत्तर तर्फ अवस्थित रहेको जनाएकाे छ। देशभर आंशिक देखि सामान्य बदली रही लुम्बिनी, गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशका केही स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।  भदौ १७ गते (शुक्रबार) दिउँसो :  देशभर आंशिक देखि सामान्य बदली रहनेछ।  देशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।  लुम्बिनी, गण्डकी र सुदुरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। राती : देशभर आंशिक देखि… पुरा पढौ

मतपेटिका खरिदसम्बन्धी ठेक्का तत्काल कार्यान्वयन नगर्न अल्पकालिन आदेश

काठमाडौ, १७ भदौ । उच्च अदालत पाटनले मतपेटिका खरिदसम्बन्धी ठेक्का ‘शशीधर-काविल-ब्रिजटेक जेभी’ कम्पनीलाई दिने निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश गरेको छ । न्यायाधीश महेन्द्रनाथ उपाध्यायको इजलासले उक्त अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो । अयोग्य कम्पनीको बोलपत्रलाई निर्वाचन आयोगले स्वीकृत गरेको उल्लेख गर्दै ग्यावियोनेट इन्भारोमन्ट सोलुसन प्रालिले दायर गरेको रिट निवेदनमा अदाललते निर्वाचन आयोगको नाममा उक्त आदेश गरेको हो । आदेशमा भनिएको छ, “मतपेटिकाको बोलपत्रसम्बन्धी कार्य जुन अवस्थामा रहेको छ, त्यही अवस्थामा राख्नहुन ।” अदालतले दुवै पक्षलाई छलफलका… पुरा पढौ

भारतले पठायाे पेट्रोलियम पदार्थको बढेकाे नयाँ मूल्यसूची, ग्याँसकाे भने घट्याे

काठमाडौं, १६ भदाै । यतिबेला अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको कच्चा तेलकाे भाउ उकालो लागेको बेलैमा नेपालमा पनि भारतबाट बढेकाे नयाँ मूल्यसूची आएकाे छ । पेट्राेलियम पदार्थकाे भाउ अन्तर्राष्ट्रिय बजारमा बढेकाे यही माैकामा भारतले नेपालमा ग्यास बाहेक पेट्राेलियम पदार्थकाे भाउ बढाएर पठाएकाे हाे। आईओसीले नेपाल आयल निगमलाई आजबाटै लागू हुने गरेर नयाँ मूल्यसूची पठाएकाे हाे । आईओसीले पठाएकाे नयाँ मूल्यसूचीअनुसार अब पेट्रोलमा प्रतिलिटर १.३९ रुपैयाँ र डिजेलमा ६.१२ रुपैयाँ बढेको छ । हवाई इन्धन ८ रुपैयाँले बढेर आएको छ । खाना… पुरा पढौ

साउनमा ७६ करोडभन्दा बढीकाे ल्यापटप र नोटबुक भित्रियाे

काठमाडौं, १६ भदौ । चालु आर्थिक वर्ष २०७९/८० को पहिलो महिना साउनमा नेपालमा ७६ करोड रुपैयाँभन्दा बढीका ल्यापटप तथा नोटबुक आयात भएको छ। भन्सार विभागले अद्यावधिक गरेको वैदेशिक व्यापारको साउन महिनाको तथ्याङ्क अनुसार नेपालमा विभिन्न १८ देशबाट ७६ करोड ३६ लाख ६९ हजार रुपैयाँ बराबरका १२ हजार ६४५ थान ल्यापटप तथा नोटबुकहरु आयात भएकाे पाइएको छ। सबैभन्दा धेरै चीनबाट १२ हजार ३५० थान आयात साउन महिनामा चीनबाट सबैभन्दा धेरै अर्थात् १२ हजार ३५० थान ल्यापटप तथा नोटबुक डिभाइसहरु आयात भएको… पुरा पढौ

प्रतिबन्धित वस्तुको एलसी नखोल्न राष्ट्र बैंकले दियाे निर्देशन

काठमाडौं, १६ भदौ । सरकारले आयातमा प्रतिबन्ध लगाएका वस्तुहरुको प्रतीतपत्र (एलसी) नखोल्न नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाइ निर्देशन दिएको छ । एक सूचना जारी गर्दै केन्द्रीय बैंकले गत भदौ १३ गते नेपाल राजपत्रमा प्रकाशित भए अनुसार सरकारले प्रतिबन्ध लगाएका सामग्रीहरुको एलसी नखोल्न भनेको निर्देशन दिएको हो । उद्योग, वााणिज्य तथा आपूर्ति मन्त्रालयको सिफारिसमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले भदौ १४ गतेसम्मका लागि आयात प्रतिबन्ध लागेका १० विलासी वस्तुमध्ये कुर्कुरे, कुर्मुरे, लेज र यस्तै उत्पादन, चुरोट तथा सुर्तीजन्य वस्तु, हिरा, रंगिन… पुरा पढौ