मुख्य समाचार

यस्ताे छ आगामी तीन दिनकाे माैसम पूर्वानुमान

काठमाडौं, १९ भदाै । ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालय जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनको न्यून चापीय रेखा (Axis of the Monsoon Trough)  सरदर स्थान भन्दा केही उत्तर तर्फ अवस्थित रहेकाे जनाएकाे छ।  प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र लुम्बिनी प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशहरूमा आंशिक देखि सामान्य बदली रहेको छ। बागमती प्रदेशका थोरै स्थानहरूमा र अन्य प्रदेशका एक-दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ। भदौ १९ गते (आइतवार) दिउँसो :  देशभर आंशिक देखि सामान्य बदली रहनेछ । प्रदेश नं १, मधेश प्रदेश, बागमती प्रदेश र सुदूरपश्चिम… पुरा पढौ

एनटीएचएमसीको एकदिने मोटिभेसनल क्लासमा उत्प्रेरक निरौलाले भने- विद्यार्थी,अभिभावक र कलेजको सहकार्यले मात्र सफलता प्राप्त हुनेछ

पोखरा, १८ भदौ । पोखराको छिनेडाँडामा रहेकोे नेपाल टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेज (एनटीएचएमसी) ले कक्षा ११ का विद्यार्थी र उनिहरुका अभिभावकहरुलाई शनिबार एकदिने ‘मोटिभेसन क्लास’ दिएको छ । उनिहरुलाई ख्यातीप्राप्त प्रशिक्षक जोश बहादुर निरौलाले ‘टुगेदर वी क्यान’ शीर्षकमा मोटिभेसन दिँदै मानिस एक्लैमात्र सफल हुन नसक्ने भन्दै उनले विद्यार्थी, अभिभावक, कलेज र समाजको सहकार्यले मात्र सफलता हाँसिल हुने सुनाए । हिनताबोध नै मानिसको सबैभन्दा ठूलो समस्या भएकाले आत्मविश्वास जरुरी रहको उनले बताए । सपना, विश्वास, लक्ष्य, समयको व्यवस्थापन र फरक… पुरा पढौ

४ महिनापछि ट्रान्फर स्टेशनमा फोहर व्यवस्थापनको काम सकिदै

काठमाडौं, १८ भदाै । चार महिनापछि टेकुस्थित ट्रान्फर स्टेशनको फोहर व्यवस्थापनको काम आइतबार बिहानसम्ममा सकिने भएको छ । सिसडोल र बञ्चरेडाँडाका स्थानीयवासीले विगतमा महानगरसँग भएको सम्झौताअनुसार सडक मर्मतको काम समयमा नै सम्पन्न नगरेको, स्थानीयवासीलाई स्वास्थ्य, शिक्षा, रोजगारीको व्यवस्थाजस्ता माग पूरा नगरेको भन्दै कहिले फोहर बोकेको गाडी तोडफोड र कहिले सडक नै अवरोध गरेपछि विगत चार महिनादेखि काठमाडाै उपत्यकाको फोहर टेकुमा अल्पकालीन व्यवस्थापन गरिएको थियो । यसरी लामो समयसम्म फोहरको अन्तिम व्यवस्थापनको काम हुन नसक्दा ट्रान्फर स्टेशनमा मात्र होइन, काठमाडौँ उपत्यकाका… पुरा पढौ

मलेसियाबाट फर्केर गाउँमै छाला व्यवसाय गर्दै दीपक

चौतारा, १८ भदौ । गाउँमै व्यवसाय गरेर आर्थिकरूपमा सक्षम बन्न सकिन्छ भन्ने उदाहरण बन्नुभएको छ मेलम्ची नगरपालिका–५ सिन्धुकोटका दीपक बोगटी । विसं २०७० मा रोजगारी खोज्दै मलेसिया गएका उनी अहिले गाउँ फर्केर स्वरोजगार बन्दै अन्यलाई पनि रोजगारी दिइरहेका छन् । बोगटीले छाला व्यवसाय सुरु गरेको दुई वर्ष भयो । विदेशमा सोचेभन्दा कम आम्दानी भएपछि नेपाल फर्किएर व्यवसाय गरेको बताउने उनले छाला व्यवसायमा पाँच जनाले रोजगारी पाएकाे बताए । बोगटी मात्रै होइन सिन्धुकोटका ९० घरले उक्त व्यवसाय गरिरहेका छन् । नब्बे… पुरा पढौ

भारतको बाराबङ्कीमा भएको सडक दुर्घटनामा ४ नेपालीको मृत्यु, १४ जना घाइते

खजुरा, १८ भदौ । भारतको उत्तर प्रदेश बाराबङ्कीमा आज बिहान भएको सडक दुर्घटनामा चार नेपालीको मृत्यु हुनाका साथै १४ जना घाइते भएका छन् । नेपालगञ्ज सीमावर्ती बजार रुपैडियाबाट गोवा जान लागेको युपि३२पिटी ३९४४ नंको यात्रुवाहक बसलाई तीव्रगति आएको ट्रकले ठक्कर दिँदा सो घटना भएको हो । भारतीय प्रहरीका अनुसार डवलडेकरको बस बारबङ्की नजिकै टायर पञ्चर भएपछि परिवर्तन गर्न लाग्दा तीव्रगतिमा आएको ट्रकले पछाडिबाट ठक्कर दिएको थियो । सो घटनामा परी बाँके राप्तीसोनारी गाउँपालिका बिनौना गाउँका प्रेम थारू, शीतल थारू, दाङ… पुरा पढौ

सदगुरुको माटो जोगाऔं अभियानमा वन मन्त्रालयको ऐक्यबद्धता

काठमाडौं, १८ भदौ । ‘सेभ सोइल’ अर्थात् माटो जोगाऔं अभियानसँग वन तथा वातावरण मन्त्रालयले पनि ऐक्यबद्धता जनाएको छ । वन तथा वातावरणमन्त्री प्रदीप यादवले अभियानका लागि नेपाल आएका सदगुरुलाई वन शुभकामना पत्र हस्तान्तरण गर्दै अभियानसँग ऐक्यबद्धता जनाए। “तपाईँको अभियानमा मन्त्रालयसहित अन्य माध्यममार्फत सधैँ हातेमालो गरेर अगाडि बढ्ने छौँ, तपाईँले गरेको राम्रो काममा हाम्रो ऐक्यबद्धता छ”, मन्त्री यादवले भने, “वृक्षरोपणको कार्य भदौ महिनाभित्रै सुरुआत गरिने छ ।” उक्त अभियानका अभियान्ता जग्गी वासुदेवलाई नेपालमा स्वागत गर्न पाउँदा आफू निकै हर्षित भएको उनले… पुरा पढौ

सरकारले पर्यटन क्षेत्रलाई सधैँ महत्व दिएको छ: सचिव अधिकारी

काठमाडौं, १८ भदौ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयान मन्त्रालयका सचिव सुरेश अधिकारीले सरकारले पर्यटन क्षेत्रलाई सधै महत्व दिएको बताएका छन् । पदयात्रा पर्यटन व्यवसायीको छाता सङ्गठन ट्रेकिङ एजेन्सीज् एशोसिएन अफ नेपाल (टान)को ४४ औँ वार्षिक साधारण सभाबाट निर्वाचित कार्यसमितिको शपथ ग्रहण तथा पदभार हस्तान्तरण कार्यक्रममा बोल्दै उनले निजी क्षेत्रसँगको सहकार्य र सहभागिता बिना पर्यटन क्षेत्रको विकास हुन नसक्ने बताए। “कोरोना महामारीबाट थलिएको नेपालको पर्यटन क्षेत्रलाई पुनःउत्थान गर्नका लागि पर्यटन मन्त्रालयले ७३ बुँदे कार्ययोजना अगाडि सारेको छ, उक्त कार्ययोजनाको कार्यान्वयन गर्नका… पुरा पढौ

शिक्षण अस्पताल बन्दैछ रजहरको प्राकृतिक चिकित्सालय

कावासोती, १८ भदौ । पूर्वी नवलपरासीको रजहरमा रहेको प्राकृतिक चिकित्सालयलाई प्राकृतिक चिकित्सा विज्ञान अध्यापन गराउने शिक्षण अस्पतालको रुपमा अगाडि बढाइने भएको छ । स्थानीयले धनधान्याञ्चल महायज्ञ आयोजना गरेर विसं २०६४ मा स्थापना भएको चिकित्सालयले विसं २०६७ बाट उपचार सेवा प्रारम्भ गरेको हो । यसलाई देशकै पहिलो प्राकृतिक चिकित्सा अध्यापन गराउने शिक्षण अस्पताल बनाउन आवश्यक तयारी गरिएको अस्पतालका व्यवस्थापक हरि सापकोटाले बताए। यो दश बिघा क्षेत्रफलमा फैलिएको छ । यसमा आवासीय रुपमा तीन सय बिरामीलाई उपचार गर्ने सकिने भए पनि विभिन्न प्राविधिक… पुरा पढौ

जलवायु परिवर्तनबारे शे फोक्सुण्डोमा सन्देशमूलक पदयात्रा हुने

काठमाडाैं, १८ भदाै। जलवायु परिवर्तनले पारेको असर सम्बन्धमा नेपालका विभिन्न क्षेत्रका अगुवा महिलाद्वारा डोल्पाको शे फोक्सुण्डो क्षेत्रमा सन्देशमूलक पदयात्रा हुने भएको छ । शे फोक्सुण्डोमा आगामी अक्टोबर ८ देखि १४ तारिखसम्म हुने उक्त पदयात्रामा स्थानीय, प्रदेश र सङ्घीय सरकारको सहयोग रहेको आयोजक संस्था साथसाथै फाउण्डेसनले जानकारी दिएको छ । जलवायु परिवर्तन, सामाजिक विकास र महिला सशक्तीकरणका क्षेत्रमा सक्रिय फाउण्डेशनले आयोजना गर्ने उक्त पदयात्रापछि शे फोक्सुण्डो ताल संरक्षण, प्रकृतिमा आधारित पर्यटन विकास र जलवायु परिवर्तनले स्थानीय जनजीवनमा परेको प्रभावलगायत विषयमा अन्तक्र्रिया… पुरा पढौ

३३०० मीटर उचाईकाे पर्यटकीय मैयुङडाँडामा भेडाका बथान

खोटाङ, १८ भदौ । खोटाङ र भोजपुरको सिमानामा पर्ने पर्यटकीयस्थल मैयुङडाँडास्थित साउनेमा भेडाका बथान । समुन्द्री सतहदेखि करीब तीन हजार ३०० मिटर उचाईमा रहेको मैयुङडाँडामा अहिले हजारौँ भेडा, चौँरी तथा घोडाहरु चरनका लागि लगिएको छ । पुरा पढौ