मुख्य समाचार

अब मोटरसाइकलमा मोबाइल होल्डर राखेर चलाए कारबाही

काठमाडौं, १५ भदौ । अब दुईपाङ्ग्रे सवारीसाधनमा मोबाइल ‘होल्डर’ अथवा मोबाइल ‘स्ट्यान्ड’ राखेर चलाएको खण्डमा कारबाही हुने भएको छ । महानगरीय ट्राफिक महाशाखाका अनुसार मोटरसाइकल कम्पनीबाट बनेर आएको भन्दा बाहेक पाटपूर्जा परिवर्तन गर्नेर थप्ने क्रम बढेको र यो नियम विपरीत भएकोले कारबाही गर्ने निर्णय भएको हो । अहिले राइड सेवा दिने दुईपाङ्ग्रे सवारीसाधनले विभिन्न किसिमका मोबाइल स्ट्यान्ड राख्दै सेवा दिँदै आएका छन् । यसबाहेक भ्लग बनाउने हिसाबले पनि युवा वर्गमा मोटरसाइकलमा मोबाइल होल्डर तथा क्यामरा होल्डर राख्ने चलन बढेको छ… पुरा पढौ

नेप्सेमा दोहोरो अंकको गिरावट, नेपाल टेलिकमको कारोबार अब्बल

काठमाडौं, १५ भदौ । सेयर बजारको दुई दिनको सुखद् यात्रापछि आज तेश्रो दिनको यात्रा सुखद् भएन । साताको सेयर कारोबार हुने चौथो दिन बुधबार नेपाली सेयर बजार राताम्मै भएको छ । सूचकहरुसंगै कारोबार रकम पनि मुस्किलले १ करोड नाघेको छ । ठूला ५० ब्रोकरहरुको दवदवा रहेको, ५३ लाख लगानीकर्ताहरुको लगानीमाथि खेलवाड गरिएको, सेबोनले प्रस्ताव गरेको नयाँ ब्रोकर लाइसेन्स सम्बन्धी निर्णय नगरीएको र यसका लागि केही मन्त्री जिमेवार रहेको भन्दै लगानीकर्ताहरु आन्दोलित छन् । उनीहरुले मंगलबार प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र लेख्दै आगामी… पुरा पढौ

प्रदेश १ मा चार वर्षमा २ सय १८ किमी सडक कालोपत्र

मोरङ, १५ भदौ । प्रदेश सडक पूर्वाधार तथा सहरी विकास मन्त्रालयमार्फत् चार वर्षमा २ सय १७.७२ किलोमिटर कालोपत्र सडकको निर्माण भएको छ । उक्त मन्त्रालयका सूचना अधिकारी इञ्जिनीयर ललित चौधरीका अनुसार प्रदेश नं १ का १४ जिल्लामा विगत चार वर्षमा उक्त सडक निर्माण भएको हो । प्रदेश सरकार स्थापनाको चार वर्षमा आर्थिक वर्ष २०७५-७६ मा २६.१८ किमी, २०७६-७७ मा ५२.२१ किमी, २०७७-७८ मा ४०.६१ किलोमिटर र आव २०७८-७९ मा ९८.७२ किलोमिटर कालोपत्र निर्माण सम्पन्न भएको उनले जानकारी दिए । सडक… पुरा पढौ

साढे १३ अर्ब लागतमा सेती र मादी खोलामा आकर्षक पुल निर्माण गरिने

काठमाडौं, १५ भदाै । सरकारले पृथ्वी राजमार्ग विस्तारका क्रममा सेती खोला र मादी खोलामा आकर्षक पुल निर्माण गर्न प्रक्रिया अघि बढाएको छ । चार लेनमा सडक विस्तार भइरहेकामा पुल पनि सोही चौडाइमा निर्माण गर्न लागिएको सडक विभागले जनाएको छ । मादी खोलामा चार लेनको नयाँ पुल बनाउन प्रक्रिया अघि बढिसकेको विभागका महानिर्देशक अर्जुनजङ्ग थापाले बताए। उनका अनुसार हाल रहेको पुल पुरानो भइसकेको र आयु कम भएको छ । नयाँ निर्माण गर्दा आधुनिक प्रविधिसँगै हेर्दा आकर्षक पुल निर्माण गर्न लागिएको हो… पुरा पढौ

दोर्दी हाइड्रोको बिजुली राष्ट्रिय प्रसारण लाइनमा जाेडियाे

लमजुङ, १५ भदौ । लमजुङको दोर्दी हाइड्रोबाट उत्पादित २७ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । हिमालयन पावर पार्टनर लिमिटेड कम्पनीद्वारा दोर्दी गाउँपालिकामा निर्मित दोर्दी जलविद्युत् आयोजना सम्पन्न भएसँगै मङ्गलबारदेखि बिजुली राष्ट्रिय प्रसारण लाइनमा थपिएको हो । गैरआवासीय नेपाली सङ्घ (एनआरएन)का पूर्वअध्यक्ष एवं प्रवर्द्धक हिमालय पावर पार्टनर लिमिटेडका अध्यक्ष जिवा लामिछाने र लगानीकर्ता आइएमई ग्रुपका अध्यक्ष चन्द्र ढकालको उपस्थितिमा उत्पादित विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जडान भएको घोषणा गरिएको हो । एनआरएनका पूर्वअध्यक्ष लामिछानेले आफू अध्यक्ष रहेका बेला गैरआवासीय नेपालीले… पुरा पढौ

यी हुन सी-आस्वा शुल्क नलिने ६ वटा बाणिज्य बैंक

काठमाडौं, १५ भदाै । नेपाल बैंक लिमिटेड पछिल्लाे क्रममा सी–आस्वा शुल्क नलिने बैंककाे सूचीमा देखिएकाे छ । बैंककाे याे घोषणासँगै सी–आस्वा शुल्क नलिने बैंककाे संख्या ६ पुगेकाे छ । नेपाल धितोपत्र बोर्ड (सेबाेन)ले सी–आस्वा सेवाको शुल्क बढीमा ५ रुपैयाँसम्म लिन पाउने व्यवस्था गरेको छ । त्यसअघि सेयर लगानीकर्ताहरुले सेयरमा आवेदन दिएबापत् बैंकहरुलाई १० देखी १०० रुपैयाँसम्म शुल्क तिर्ने गरेका थिए । बोर्डले बढीमा रुपैयाँ ५ सम्मकाे सिलिङ तोकेपछि बैंकहरुले शुल्क घटाउन लागेका छन् । कतिपय बैंकले याे निःशुल्क घोषणा पनि… पुरा पढौ

मुक्तिनाथ कृषि कम्पनीले एकैपटक ल्यायाे ८ सहायक कम्पनी

काठमाडौं, १५ भदौ । मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले एकैपटक ८ वटा सहायक पब्लिक कम्पनीहरु सञ्चालनमा ल्याएको छ । संस्थाले आफ्नो चौथो स्थापना दिवसको अवसरमा कृषि क्षेत्रमा विशिष्टकृत वस्तु तथा सेवाहरु उपलब्ध गराउने लक्षसहित एकैपटक ८ वटा सहायक पब्लिक कम्पनीहरु औपचारिक रुपमा सञ्चालनमा ल्याएको हाे । यसरी सञ्चालनमा आएका कम्पनीहरुमा मुक्तिनाथ सिड बैङ्क लि., मुक्तिनाथ फर्टिलाइजर बैङ्क लि., मुक्तिनाथ नर्सरी बैङ्क लि., मुक्तिनाथ लाइभस्टक बैङ्क लि., मुक्तिनाथ हर्बल बैङ्क लि., मुक्तिनाथ फूड बैङ्क लि., मुक्तिनाथ एग्रो मेशिनरी कम्पनी लि. र मुक्तिनाथ ट्रेडिङ… पुरा पढौ

‘हिमालयन बैंक लिमिटेड बण्ड २०८६’ काे बिक्री खुल्ला

काठमाडौं, १५ भदाै । हिमालयन बैंकले आजदेखि वार्षिक १०.५० प्रतिशत ब्याजदर रहेकाे २ अर्ब ५० करोड रुपैयाँ बराबरको ‘हिमालयन बैंक लिमिटेड बण्ड २०८६’ निष्काशन तथा बिक्रीमा ल्याएकाे छ । बैंकका अनुसार ऋणपत्रको अवधि ७ वर्षकाे रहेकाे छ । प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यका २ अर्ब ५० करोड रुपैयाँ बराबरको २५ लाख कित्ता ऋणपत्र जारि गरेकाे हाे । कुल ऋणपत्रबा६ १ अर्ब रुपैयाँ बराबरको १० लाख कित्ता सर्वसाधारणका लागि रहेकाे छ । बैंकका अनुसार १ अर्ब ५० करोड रुपैयाँ बराबरको… पुरा पढौ

पहिरोले नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध

चितवन, १५ भदौ । नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ केराबारीमा आज बिहान पहिरो खसेर सडक अवरुद्ध भएको हो । पहिरोका कारण सडक दुईतर्फी अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीले जानकारी दिए। अवरुद्ध सडक खुलाउन पहल भइरहेको उनले बताए। निरन्तर पानी परिरहेकाले बगिरहेको लेदो पन्छाउन कठिन भएको छ । पहिराका कारण सो सडक भएर गुड्ने सवारीसाधन बाटोमै रोकिएका छन् । पुरा पढौ

सद्गुरुको ‘माटो जोगाऔँ’ अभियानसँग नेपाल सरकारले भदौ १७ गते सम्झौता गर्ने

काठमाडौं, १५ भदाै। सद्गुरुको ‘माटो जोगाऔँ’ अभियानलाई नेपाल सरकारले पनि सघाउने भएको छ । सो सम्बन्धि सम्झौतापत्रमा यहि भदौ १७ गते हस्ताक्षर गर्ने कार्यक्रम छ । नेपाल सरकारको तर्फबाट कृषि तथा पशुपंक्षी विकास मन्त्रालय र माटो जोगाऔँ अभियानबीच हस्ताक्षर हुन लागेको हो । माटो जोगाऔँ अभियान माटोको विनाशलाई सम्बोधन गर्नका लागि ईशा फाउण्डेशन नामको लाभरहित मानव सेवी संस्थानका संस्थापक सद्गुरुद्वारा पहल गरिएको विश्वव्यापी अभियान हो । माटोलाई स्वस्थ राखिरहनका लागि विश्वभरिका मानिसलाई एकजुट गर्ने साथै उब्जाउयोग्य माटोमा जैविक पदार्थको मात्रा… पुरा पढौ