मुख्य समाचार

२ अर्ब बढीको हकप्रद सेयर निष्कासन गर्दै एलआईसी नेपाल

काठमाडौं,  १४ भदौ । लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपालले २ अर्ब ३४ करोड भन्दा बढीको हकप्रद सेयर निष्कासन गर्ने भएको छ । भदौ १३ गते सोमबार सञ्चालक समितिको बैठकले हकप्रद सेयर निष्कासन गर्ने निर्णय गरेको कम्पनीले जनाएको छ । कम्पनीको हाल चुक्ता पुँजी २ अर्ब ६५ करोड ३२ लाख रुपैयाँको रहेको र त्यसको  ८८.४५ प्रतिशतले हुन आउने २ अर्ब ३४ करोड ६८ लाख रुपैयाँ बराबरको हकप्रद शेयर निष्कासन गर्न लागेको हो । यो हकप्रद शेयर निष्कासनपछि चुक्ता पुँजी बढेर ५ अर्ब… पुरा पढौ

विश्वकै तेश्राे धनीकाे सूचीमा परे भारतका गाैतम अडानी

काठमाडौं, १४ भदाै । विश्वकै तेस्रो सर्वाधिक धनी व्यक्ति भारतका गौतम अडानी बनेका छन् । अडानी विश्वका सर्वाधिक धनीहरुको सूचीमा तेश्राेमा परेका एसियाका पहिलो व्यक्ति भएका छन् । ब्लुमबर्गले सार्वजनिक गरेको सूची अनुसार अडानी ग्रुपका संस्थापकको सम्पति आजसम्म १ खर्ब ३७ अर्ब अमेरिकी डलर रहेकाे छ । जसकाे कारण अडानी ब्लुमबर्गको प्रकाशित सूचीमा तेस्रो स्थानमा रहन सफल भएका छन्। कजेलकाे पढाइ छाेडेर हिराको व्यापारमा लागेका अडानीले हाल कोइलाको व्यवसायमा अगाडी रहेका छन् । भारतमा अडानीकाे अडाी ग्रुप ठूलो व्यापारिक घरानाहरुमा… पुरा पढौ

साेमबार मात्रै ३ हजार बढी सवारीचालक परे कारबाहीमा

काठमाडौं, १४ भदाै । उपत्यका ट्राफिक प्रहरी कार्यालयले ट्राफिक नियमको उल्लङ्घन गर्ने ३ हजार १ सय १६ जनालाई कारबाही गरेको छ । उपत्यका ट्राफिक प्रहरी कार्यालयले काठमाडौँको विभिन्न स्थानमा सोमबार गरेको जाँचका क्रममा ती सवारी चालक कारबाहीमा परेका हुन् । कार्यालयका अनुसार कारबाहीम पर्नेमा मादकपदार्थ सेवन गरी सवारी चलाउने एक सय ७६, लेन मिचेर सवारी चलाउने एक सय १७, रातो बत्तीको पालना नगर्ने दुई सय ३०, हर्न निषेध क्षेत्रमा हर्न बजाउने तीन सय १२, नम्बर प्लेट नबुझिने तथा स्वरुप परिवर्तन… पुरा पढौ

तीज पर्वले सामाजिक, सांस्कृतिक एकतालाई सुमधुर बनाउनेछ : राष्ट्रपति भण्डारी

काठमाडौं, १४ भदाै । राष्ट्रपति विद्यादेवी भण्डारीले हरितालिका (तीज) पर्वले सामाजिक, सांस्कृतिक एकता तथा पारिवारिक सम्बन्धहरू थप सुमधुर बनाउन योगदान गर्ने विश्वास व्यक्त गरेकी छन् । हरितालिका (तीज) को अवसरमा आज शुभकामना सन्देश दिँदै उनले तीज पर्वले समाजका हरेक क्षेत्रमा महिलाको समान पहुँचलाई अझ सशक्तरूपमा अघि बढाउँनुपर्ने बिचार ब्यक्त गरेकी हुन। राष्ट्रपति भण्डारीले नारी सामर्थलाई अभिव्यक्त गर्ने तीजले सामाजिक एकता, महिला सशक्तीकरण र सामाजिक सद्भाव कायम गर्न अवसर निर्माण गर्दै आएको उल्लेख गर्दै तीज पर्वलाई महिला जागरणको सन्देश फैलाउने सामाजिक… पुरा पढौ

महिलालाई आर्थिकरुपमा आत्मनिर्भर बनाउनुपर्छ : महिला नेतृहरु

काठमाडौं, १४ भदौ । परापूर्व कालदेखि आफूले वर्षभरी भोगेका पीडालाई गीतमार्फत बेदना पोख्ने तीज पर्व अहिले महिलालाई आत्मनिर्भर बनाउनेतर्फ केन्द्रित गर्नुपर्ने महिला नेतृहरुको धारणा रहेकाे छ । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भूसाललाई पहिला महिलालाई सहजरुपमा आफ्नो कुरा राख्ने अवस्था नभएकोले अब आर्थिकरुपले आत्मनिर्भर हुनेतर्फ ध्यान केन्द्रित गर्नुपर्छ भन्ने लागेको छ । “सुरुमा महिलालाई तीजका दिनमा मात्र बोल्ने अवस्था थियो, तर अहिले धेरै राजनीतिक परिर्वतन भएको छ, वर्षभरी नै महिलाको अधिकारको लागि आवाज उठाउन सकिन्छ”, उनले भनिन्, “ महिलालाई आर्थिक… पुरा पढौ

भदौ २३ देखि २७ सम्म काठमाडौंमा फर्निचर एक्स्पो हुने

काठमाडौं, १४ भदौ । फर्निचर एक्स्पो २०७९ भदौ २३ देखि २७ गतेसम्म काठमाडौंस्थित भृकुटीमण्डपमा आयोजना हुने भएकाे छ । साे एक्सपाे आयात प्रतिस्थापन र नेपाली उत्पादनको प्रवर्द्धनमा टेवा पुर्याउने उद्देश्य राखेर आयोजना हुन लागेकाे हाे । नेपाल फर्निचर तथा फर्निसिङ संघका अध्यक्ष शुभेन्द्र जोशीले नेपाली उत्पादनलाइ बढावा दिनका लागि र आयातलाइ प्रतिस्थापन गर्ने उदेश्यले फर्निचर एक्स्पो आयोजना गर्न लागिएको बताएका छन् । नेपालमा बार्षिक करिब ६० अर्ब रुपैयाँ बराबरको फर्निचरजन्य उत्पादनको कारोबार हुने गरेकाे छ । यसकाे काराेबारमा ५० प्रतिशत… पुरा पढौ

यस्ताे छ राजपत्रमा प्रकाशित निर्वाचन अचारसंहिता

काठमाडौं, १४ भदाै । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले तयार गरेको निर्वाचन आचारसंहिता, २०७९ नेपाल राजपत्रमा प्रकाशन भएको छ । आयोगले उक्त आचारसंहिता यही भदौ २० गतेपछि तोकिएको मितिदेखि लागू गर्ने गरी आन्तरिक कार्यतालिका बनाएको छ । निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भयमुक्त र पारदर्शी वातावरणमा सम्पन्न गर्नका लागि आयोगले सामान्यतः निर्वाचन कार्यक्रमअन्तर्गत उम्मेदवारी मनोनयन हुनुपूर्व आचारसंहिता जारी गर्ने गरेको छ । आचारसंहितामा दल, उम्मेदवार, नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहका पदाधिकारी, कर्मचारी,… पुरा पढौ

यस्ताे छ आगामी तीन दिनकाे माैसम पूर्वानुमान

काठमाडौं, १४ भदाै । ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालय जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनको न्यून चापीय रेखा (Axis of the Monsoon Trough)  सरदर स्थान भन्दा केही उत्तर तर्फ अवस्थित रहेको जनाएकाे छ। देशभर आंशिक देखि सामान्य बदली रही प्रदेश १ र बागमती प्रदेशका एक-दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।  भदौ १४ गते (मंगलबार) दिउँसो :  देशभर आंशिक देखि सामान्य बदली रहनेछ।  देशका पहाडी भू-भागका  केही स्थानहरूमा र अन्य भू-भागका थोरै स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कर्णाली र सुदूर-पश्चिम प्रदेशका… पुरा पढौ

राष्ट्र बैंककाे चालु पुँजी कर्जा सम्बन्धी प्रावधानले व्यवसायी मारमा: चेम्बर अफ कमर्स

काठमाडौं, १३ भदौ । राष्ट्र बैंकले ल्याएको चालु पुँजी कर्जा सम्बन्धी प्रावधानले उद्योगी व्यवसायीलाई हतोत्साहित बनाएको नेपाल चेम्बर अफ कमर्सले जनाएको छ । चेम्बरका अनुसार राष्ट्र बैंकको पछिल्लो प्रावधानले उद्योग व्यवसायका लागि कर्जा माग गर्नै नसक्ने अवस्था आएको र यसले समग्र आर्थिक गतिविधिमै गम्भीर असर गर्ने सम्भावना रहेको छ । चेम्बरले यसै विषयमा सोमबार एक विज्ञप्ति जारी गर्दै चालु पुँजी कर्जा सम्बन्धमा पर्ने असरबारे बिभिन्न ११ बुँदामा राष्ट्र बैंकको ध्यानाकर्षण गराएको छ । ‘चालुपुँजी कर्जा सम्बन्धमा उल्लेखित प्रावधानले आवश्यक्ता अनुसारको… पुरा पढौ

सरकारको आशय सबै नेपालीले नागरिकता पाउन भन्ने हो : गृहमन्त्री खाण

काठमाडौं, १३ भदौ । गृहमन्त्री बालकृष्ण खाणले सबैको साथ र सहयोगमा नागरिकता विधेयक अघि बढाइएको बताएका छन् । उनले संविधानमा उल्लेख भएअनुरुप सबै नेपालीले नागरिकताको प्रमाणपत्र पाउन भन्ने सरकारको एउटै मात्र सदाशयता रहेको उल्लेख गरेका छन् । राष्ट्रियसभा, विधायन समितिको आजको बैठकमा नेपाल नागरिकता ऐन, २०६३ संशोधन गर्न बनेको विधेयकका सम्बन्धमा राष्ट्रपतिको सन्देशका विषयमा भएको छलफलमा उनले कुनै पनि नेपाली नागरिक नागरिकताबाट वञ्चित हुन नपरोस् भन्ने हेतुले सरकारले विधेयक अघि बढाएको प्रष्ट पारे । गृहमन्त्री खाणले भने, 'विधेयलाई अनुमोदन गर्ने… पुरा पढौ