मुख्य समाचार

यस्ताे छ आगामी ३ दिनको मौसम पूर्वानुमान

काठमाडौं,१५ भदाै। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनको न्यून चापीय रेखा (Axis of the Monsoon Trough)  सरदर स्थान भन्दा केही उत्तर तर्फ अवस्थित रहेको जनाएकाे छ। देशभर सामान्य देखि पूर्णतया बदली रही गण्डकी प्रदेशका केही तथा प्रदेश १, मधेश, बागमती र लुम्बिनी प्रदेशहरुका थोरै स्थानहरुमा र बाँकी प्रदेशहरुका एक-दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको बताएकाे छ।  भदौ १५ गते (बुधबार) दिउँसो : देशभर आंशिक देखि सामान्य बदली रहनेछ। प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशहरुका  केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ… पुरा पढौ

गणेश चतुर्थी व्रत-गणेशको पूजा आराधना गरी आज मनाइँदै

काठमाडौं, १५ भदौ । प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्थीका दिन अग्रपूजाको अधिकार प्राप्त गरेका विघ्नहर्ता भगवान् गणेशको पूजा आराधना गरी मनाइने गणेश चतुर्थी व्रत पर्व आज मनाइँदै छ । सत्ययुगमा भाद्र शुक्ल चतुर्थीका दिन भगवान् गणेशको जन्म भएको शास्त्रीय मान्यता छ । यस अवसरमा आज उपत्यकाका अशोकविनायक, चन्द्रविनायक, सूर्यविनायक, कमलविनायक, कमलादी गणेशलगायत देशभरका गणेश मन्दिरमा विशेष पूजा गरी गणेशको जन्मोत्सव मनाउने गरिन्छ । शिवपार्वतीका पुत्र गणेशलाई जुनसुकै धार्मिक कर्ममा अग्रपूजाको अधिकार प्राप्त छ । आज हरितालिका (तीज) को व्रत पारायण… पुरा पढौ

बिहिबारसम्म माग पूरा नगरे सरकार विरुद्ध आन्दोलन गर्ने लगानीकर्ताको चेतावनी

काठमाडौं, १४ भदाै । सेयर लगानीकर्ताहरुले बिहिबारसम्म माग पूरा नगरे सरकार विरुद्ध आन्दोलन गर्ने चेतावनी दिएका छन् । साथै उनीहरुले अबकाे आन्दोलनले चुनावी अभियानलाई प्रभावित तुल्याउने बताएका छन् । नयाँ ब्रोकर लाइसेन्स खुला गर्ने विषयमा आलटाल गरेएपछि र केही मन्त्री त्यसलाई राेक्न लागिपरेपछि सेयर लगानीकर्ताहरु आक्रोशित भएका छन् । धितोपत्र बोर्डबाट पारित भएर स्वीकृतिका लागि मन्त्रिपरिषद् पुगेको विषय त्यत्तिकै अड्काइएको भन्दै लगानीकर्ताहरु आक्रोशित भएका हुन् । आगामी बिहीबारसम्म पनि ब्रोकर लाइसेन्स खुला गर्ने विषय क्याबिनेटबाट स्वीकृत नभएमा ५३ लाख लगानीकर्ताहरुको… पुरा पढौ

प्रिपेड डलर कार्डमार्फत् हुने भुक्तानीमा राष्ट्र बैंकको थप अंकुश

काठमाडौं, १४ भदौ । नेपाल राष्ट्र बैंकले विभिन्न १८ वस्तु तथा सेवाको खरिदमा हुने भुक्तानीलाई डलर कार्ड प्रयोग गर्न नपाइने व्यवस्था गरेको छ । बैंकले आज एक परिपत्र जारी गरी क वर्गका वाणिज्य बैंक तथा ख वर्गका राष्ट्रिय स्तरका बैंकका प्रिपेड डलर कार्डमार्फत् विभिन्न मर्चेन्ट क्याटेगरी कोड (एमसीसी) भएका १८ वटा वस्तु तथा सेवा खरिदको भुक्तानी गर्न नपाइने निर्देशन दिएको हो । राष्ट्र बैंकले प्रिपेड कार्डमार्फत् भुक्तानी गर्न नपाइने सेवामा मनी अर्डर (वायर ट्रान्सफर), बीमा सेवा, स्ट्याम्प तथा क्वाइन स्टोर,… पुरा पढौ

नेपालमा लगानीका लागि भूमिका खेल्न राजदूतहरुलाई चेम्बरको आग्रह

काठमाडौं, १४ भदौ । नेपाल चेम्बर अफ कमर्सले व्यापार प्रर्वद्धन एवं लगानीका लागि राजदूतहरुसँग आग्रह गरेको छ । काठमाडौंको जमलस्थित चेम्बर भवनमा राजदूतहरुसँग भएको छुट्टाछुट्टै भेटवार्तामा चेम्बरले नेपालमा लगानीका लागि भूमिका निर्वाह गर्न आग्रह गरेको हो । दक्षिण कोरियाका लागि नवनियुक्त राजदूत डा ज्योति प्याकुर्याल समक्ष चेम्बर अध्यक्ष राजेन्द्र मल्लले आर्थिक रुपमा समृद्ध कोरियाबाट लगानी प्रर्वद्धन गर्न आग्रह गरे । नेपालमा लगानीसँगै कोरियाको उच्चस्तरीय प्रविधि भित्र्याउनका लागि समेत पहल गर्नुपर्ने अध्यक्ष मल्लको भनाई थियो । इपीएस मार्फत कोरियामा ७७ हजार… पुरा पढौ

‘लोडसेडिङबाट बिजुली बिक्रीसम्म पुग्नु क्रान्तिकारी उपलब्धि हो’

काठमाडौं, १४ भदौ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले विद्युत प्राधिकरणले रत्नपार्कमा सञ्चालनमा ल्याएको चार्जिङ स्टेशनको उद्घाटन गरेकी छिन् । पछिल्लो समयमा विद्युतीय सवारीसाधनप्रतिको चासो बढ्दै गएको र उपभोक्तासमेत त्यसमा आकर्षित भइरहेको बेला प्राधिकरणले आफ्नै परिसर रत्नपार्कमा चार्जिङ स्टेशन सञ्चालनमा ल्याएको हो । पेट्रोलियम सवारीसाधनको तुलनामा विद्युतीय सवारीसाधनको प्रतिकिलोमिटर लागत असाध्यै न्यून हुने यही तथ्यलाई आत्मसात् गर्दै स्वदेशी बिजुलीको खपत बढाउनका लागि चार्जिङ स्टेशन निर्माणको कामलाई रणनीतिकरूपमा अगाडि बढाइएको ऊर्जामन्त्री भुसालको भनाइ छ । कुनै बेला चर्को लोडसेडिङ भोगेका… पुरा पढौ

१९९५ विन्दुमा पुग्यो नेप्से, कारोबारमा नेपाल टेलिकम अब्बल

काठमाडौं, १४ भदौ । साताको सेयर कारोबार हुने तेश्रो दिन पनि नेपाली सेयर बजार सकारात्मक लयमा गएको छ । नेप्सेमा देखिएको सकारात्मक लयले लगानीकर्तामा खुसि ल्याएकाे छ । कारोबार रकम भने अघिल्ला दिनको तुलनाान झन् घटेको छ । यसदिन ६ उपसमूहमा रातो लाग्दा ७ वटामा हरियो लागेको छ । लगातार ओरालो लाग्दै आएको सेयर बजारकाे सोमबार उकालो लागेको यात्रामा आजको पनि उस्तै दृश्यले लगानीकर्तामा थप हौसला बढाएको भएपनि यसको दीर्घकालिन समाधानकाे बारेमा भने ढुक्क बन्ने अवस्था छैन । संयोगले हरितालीका… पुरा पढौ

राप्ती हाइड्रोकाे ६१ लाख बढी कित्ता सेयर नेप्सेमा सूचीकृत

काठमाडौं, १४ भदाै । राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सनको सेयर नेप्सेमा सूचीकृत भएकाे छ। सेयर सूचीकृत भएपछि कम्पनीकाे सेयर बुधबारबाट दाेश्राे बजारमा आउने भएको छ।  कम्पनीकाे कुल ६१ लाख २७ हजार ९३८ कित्ता सेयर आज नेप्सेमा सूचीकृत भएको हाे । यसअघिकाे चलन अनुसार कुनै पनि कम्पनीको सेयर नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सूचीकृत भएपछि त्यसकाे भाेलिपल्टबाट दोस्रो बजारमा कारोबारमा आउने गरेकाे छ ।  कुल ६१ लाख २७ हजार ९३८ कित्ता सेयर नेप्सेमा सूचीकृत भएकोमा त्यसमा संस्थापक समूहको ३१ लाख ८६ हजार… पुरा पढौ

ड्रागनफ्रुट खेतीबाट वार्षिक १ करोड आम्दानी

मोरङ, १४ भदौ । सुनवर्षी-१ मोरङका गणेश राईले ड्रागनफ्रुट खेतीबाट वार्षिक १ करोड रुपैयाँ आम्दानी गरिरहेका छन् । गरे आफ्नै देशमा सुन फलाउन सकिन्छ भन्ने गतिलो उदाहरण बनेका छन् उनी । लकडाउनअघिसम्म निर्माण व्यवसाय गरिरहेका उनी लकडाउनले उक्त पेशालाई असर गरेपछि ड्रागनफ्रुट खेतीमा लागेका हुन् । तर उनलाई अहिले यसमै भ्याइ–नभ्याइ भएको छ । यसबाट वार्षिक १ करोड रुपैयाँसम्म आम्दानी गरेको उनी सुनाउँछन् । राईले दुई वर्षअघि ठूलो चुनौती मोलेर १ करोड लगानीमा फार्म सञ्चालनमा ल्याएका हुन् । विसं २०७७… पुरा पढौ

कक्षा १२ को नतिजाका लागि बोर्ड बैठक बस्दै

काठमाडौं, १४ भदौ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ ।  नतिजा सार्वजनिक गर्नका लागि बोर्डलै अपराह्न साढे ३ बजे बैठक बोलाएको छ । आजै परीक्षाको नतिजा सार्वजनिक गर्ने तयारी भइरहेको बोर्डका प्रशासन महाशाखा प्रमुख जङ्गबहादुर अर्यालले बताए । बोर्डले आजै मात्र मोबाइलमार्फत नतिजा हेर्न भनेर लिंक पनि सार्वजनिक गरेको छ । जस अनुसार ल्याण्डलाइन वा मोबाइलबाट १६०१ डायल गरी निर्देशन अनुसार सिम्बल नम्बर थिच्ने वा एसएसएसमार्फत् एनईबी टाइप गरेर १६०१ मा पठाउन सकिनेछ । यसबाहेक… पुरा पढौ