मुख्य समाचार

निर्वाचनमा १० अर्ब खर्च हुने, सहयोगी भूमिका निर्वाह गर्न आयोगको आह्वान

काठमाडौं, २९ साउन । निर्वाचन आयोगले राष्ट्रिय सञ्चारमाध्यमलाई आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनलाई सफल तुल्याउन उपयुक्त वातावरण बनाउने काममा सहयोग पुर्याउन आह्वान गरेको छ । साथै आगामी निर्वाचनका क्रममा करिब १० अर्ब खर्च हुने आयोगले जनाएको छ । आयोगले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, भयरहित, निश्पक्ष र मितव्ययी बनाउन आमसञ्चार माध्यमको भूमिका महत्वपूर्ण हुने भएकाले सत्यतथ्य समाचार सामग्री सम्प्रेषण गर्न सम्बद्ध पक्षको ध्यानाकर्षण गरेको छ । आयोगद्वारा आज आयोजित आमसञ्चार माध्यममका सम्पादक तथा प्रमुखसँगको छलफलमा प्रमुख निर्वाचन आयुक्त… पुरा पढौ

काराेबारकाे पहिलाे दिन सेयरबजार राताम्मै

काठमाडौं, २९ साउन । साताकाे पहिलाे काराेबार भएकाे दिन आज सेयर बजार राताम्मै भएकाे छ । नेप्से परिसूचक २७.९२ अङ्कले ओरालो लागेर २०१०.०१ विन्दुमा पुगेको छ । यस्तै ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ४.७६ अङ्कले ओरालो लागेर ३८७.९० मा ओर्लेको छ । कूल २२७ कम्पनीको ४५ लाख ५९ हजार २२ कित्ता सेयरकाे काराेबार भएकाे छ । यसबाट रु एक अर्ब ८७ करोड ३२ लाख ८१ हजार आठ सय ९७ मा कारोबार भएकाे छ । नेप्सेका अनुसार कारोबार… पुरा पढौ

विश्व बैंककाे पाैने १३ अर्ब सहुलियत ऋण सरकारले स्वीकार्ने

काठमाडौँ, २९ साउन। सरकारले हरित, उत्थानशील र समावेशी विकासका लागि विश्व बैंकबाट प्राप्त हुने १२ अर्ब ७० करोड (अमेरिकी डलर १०० मिलियन) सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्ले यही साउन २६ गते गरेको निर्णय सार्वजनिक गर्न आज सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जापान सरकारबाट पूर्वी तराइको सिँचाइ प्रणाली पुनःस्थापना आयोजनाका लागि प्राप्त हुने करिब २ अर्ब १३ करोड ६४ लाख (जापानी येन दुई हजार २५६ मिलियन) अनुदान सहायता स्वीकार गर्ने निर्णय… पुरा पढौ

ङादी ग्रुप पावर लिमिटेडको मुनाफा र ईपीएस दुवै घट्यो  

काठमाडौं, २९ साउन । ङादी ग्रुप पावर लिमिटेडको नाफा गत आर्थिक वर्ष २०७८/७९ को चौथो त्रैमाससम्म उल्लेख्य रुपमा घटेको छ । कम्पनीको हालै प्रकाशित उक्त अवधिसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीको मुनाफामा अघिल्लो आर्थिक वर्ष २०७७/७८ को सोही अवधिको तुलनामा ३५.१९ प्रतिशतले कमी आएको हो । समीक्षा अवधिसम्म कम्पनीले ७ करोड ६१ लाख ४५ हजार ६३० रुपैयाँ नाफा आर्जन गरेको जुन अघिल्लो आर्थिक वर्ष २०७७/७८ को सोही अवधिको तुलनामा ३५.१९ प्रतिशतले कम हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले… पुरा पढौ

कालिका लघुवित्तमा राेजगारी खुल्याे, सहायक प्रबन्धक सहित विभिन्न पदमा कर्मचारी माग

काठमाडौं, २९ साउन । पाेखराकाे बुद्दचाेकमा केन्द्रीय कार्यालय रहेकाे कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले बिभिन्न पदमा कर्मचारी माग गरेकाे छ । लघुबित्तले सहायक प्रबन्धक सहित बिभिन्न पदमा कर्मचारी माग गरेकाे हाे। संस्थाले साउन २९ गतेकाे काराेबार दैनिकमा कर्मचारी मागकाे सुचना प्रकाशित गर्दै सहायक प्रबन्धक,अधिकृत, सहायक,कनिष्ठ सहायक पदमा कर्मचारी माग गरेकाे छ। वित्तीय संस्थाले राेजगार हुन चाहने इच्छुक ब्यक्तिलाई आवेदन दिन भनिएकाे छ । यस्ताे छ कर्मचारी मागकाे सूचना: पुरा पढौ

प्रतिनिधिसभामा पारित भयाे बीमा विधेयक

काठमाडाैं,२९ साउन । प्रतिनिधिसभाको आजको बैठकमा बीमासम्बन्धी विधेयक, २०७५ पारित भएको छ । बैठकमा अर्थमन्त्री जनार्दन शर्माले अर्थसमितिबाट दफाबार छलफलको प्रतिवेदनसहित विधेयक पारितका लागि प्रस्तुत गरेका थिए । विधेयकमाथिको छलफलमा उठेका विषयमा जवाफ दिँदै अर्थमन्त्री शर्माले बीमा क्षेत्रका विकृति र विसङ्गतिको अन्त्य र उत्पन्न समस्याको समाधानका लागि नयाँ विधेयक ल्याइएको बताए । उनले समाजवादोन्मुख लक्ष्यप्रति प्रतिबद्ध भई उपलब्ध स्रोध र साधनको प्रयोग गरी तीव्र आर्थिक विकासका लागि सरकार प्रतिबद्ध रहेको स्पष्ट पारे । उनले बीमासम्बन्धी विगतका ऐन, कानुनको पुनरावलोकन गरेर… पुरा पढौ

जीवन बीमा कम्पनीहरूले आर्जन गरे १ खर्ब ३९ अर्ब

काठमाडौं, २९ साउन । जीवन बीमा कम्पनीहरुले गत आर्थिक वर्षमा करिब १ खर्ब ३९ रुपैयाँको बीमा शुल्क आर्जन गरेका छन् । आर्थिक वर्ष २०७८/७९ मा १९ जीवन बीमा कम्पनीले एक खर्ब ३८ अर्ब ६४ करोड रुपैयाँको कुल बीमा शुल्क आर्जन गरेको बीमा समितिले जनाएको छ । जुन कुल बीमा शुल्क आर्जनको २९.९० प्रतिशत हो । गत आवमा जीवन बीमा कम्पनीको कुल बीमा शुल्क अघिल्लो अघिल्लो आर्थिक वर्ष २०७७/७८ को तुलनामा १४.६३ प्रतिशतले बढेको समितिले जनाएको छ । आव २०७७/७८ मा… पुरा पढौ

सूर्या लाइफकाे खुद बीमाशुल्क आम्दानी ४ अर्ब १४ करोड

काठमाडौं, २९ साउन । सूर्या लाइफ इन्स्योरेन्सले ४ अर्ब ९२ करोड ९ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । कम्पनीकाे सार्वजनिक गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा यो अघिल्लो आर्थिक वर्षकोभन्दा १८.६८ प्रतिशतले बढी हाे । अघिल्लो आर्थिक वर्षमा कम्पनीले ४ अर्ब १४ करोड ६३ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो । कर्जा लगानी र अन्य गरेर १ अर्ब ५३ लाख रुपैयाँ आम्दानी गरेकाे छ । बीमालेख धितोबाट १ अर्ब ९३ करोड ४५ लाख रुपैयाँ कर्जा लगानी गरेर १४… पुरा पढौ

हिमालयन डिस्टिलरीको नाफा १ अर्बमाथि, कस्ता छन् अन्य सूचक ?

काठमाडौं, २७ साउन । हिमालयन डिष्टिलरी लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म १ अर्ब ५ करोडभन्दा बढी खुद नाफा आर्जन गरेको छ । कम्पनीले हालै सार्वजनिक गरेको साे अवधिसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार खुद नाफा १ अर्ब ५ करोड ५२ लाख ९१ हजार रहेको छ । नाफाको यो आँकडा अघिल्लो आर्थिक वर्ष अघिल्लो आर्थिक वर्ष २०७७/७८ को सोही अवधिसम्मको तुलनामा केही बढेको हो । सार्वजनिक विवरण अनुसार अघिल्लो आर्थिक वर्ष २०७७/७८ को सोही अवधिमा कम्पनीले १ अर्ब ४ करोड १३… पुरा पढौ

भदौ ७ गतेदेखि सेयर निष्काशन गर्दै इष्टर्न हाइड्रोपावर

काठमाडौं, २९ साउन । इष्टर्न हाइड्रोपावर लिमिटेडले भदौ ७ गतेदेखि सेयर निष्काशन तथा बिक्रिमा ल्याउने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि ६ लाख २० हजार कित्ता सेयर निष्काशन गर्ने भएकाे हो। सेयरमा लगानी गर्न चाहने लगानीकर्ताले घटिमा १० कित्ता तथा बढीमा १ लाख कित्ता सेयरका लागि आवेदन दिन पाउनेछन्। सेयरमा भदौ २१ गतेसम्मआवेदन दिन सकिनेछ । साे मितिसम्म माग अनुसारकाे आवेदन नपरेकाे खण्डमा असोज ५ गतेसम्म आवेदन दिन सकिने छ। लगानीकर्ताले एनएमबि बैंक, ग्लोबल आइएमई बैंक, प्रभु बैंक… पुरा पढौ