मुख्य समाचार

टान निर्वाचनमा तीन व्यवसायी समूहबीच प्रतिस्पर्धा

काठमाडौं, २७ साउन । पर्वतीय पर्यटन व्यवसायीको छाता सङ्गठन ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)को यही साउन ३० गते हुने निर्वाचनका लागि उम्मेदवारको मनोनयन दर्ता भएको छ । टान नेतृत्वका लागि दुई प्यानलसहितको व्यवसायी समूह र एक स्वतन्त्र समूहले उम्मेदवारी दर्ता गराएको हो । टानको अध्यक्ष पदमा नीलहरि बास्तोला र कमल सापकोटाले प्यानलसहित उम्मेदवारी मनोनयन गराएको टान सचिवालयले जनाएको छ । बोधराज भण्डारीको स्वतन्त्र समूहले अध्यक्ष र उपाध्यक्ष पदमा स्वतन्त्र उम्मेदवारी दिए । बास्तोला प्यानलबाट अध्यक्षमा बास्तोला वरिष्ठ उपाध्यक्षमा कृष्णप्रसाद… पुरा पढौ

नेप्सेको वेबसाइट ह्याक गर्ने प्रयास, कानूनी कारबाहीमा जान सक्ने संस्थाको चेतावनी

काठमाडौं, २६ साउन । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) को आधिकारिक वेबपेजमा आज अनधिकृत पहुँचको प्रयास भएको छ । नेप्सेको कारोबार सम्बन्धी विवरणमा अनधिकृत तरिकाले पहुँचको प्रयास भएपछि संस्थाले यस्तो कार्य नगर्न नगराउन चेतावनी सहितको विज्ञप्ति जारी गरेको छ । संस्थाको www.nepalstock.com.np तथा www.nepalstock.com बाट विभिन्न कोड प्रयोग गरी अनधिकृत रुपमा ठूलो परिमाणको डाटा तान्ने प्रयास भएको र ती वेबसाइटमा कारोबारको विवरण हेर्न खोज्नेको सङ्ख्या कृत्रिम रूपमा अत्यधिक बढेको नेपाल स्टक एक्सचेञ्जका प्रवक्ता मुराहरि पराजुलीजे जानकारी दिए । ‘आगामी दिनमा… पुरा पढौ

यस्ताे छ सेबोनले जारी गरेकाे मर्जर निर्देशिका (पूर्णपाठ)

काठमाडौं, २६ साउन । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले संगठित संस्था एकआपसमा गाभ्ने, गाभिने तथा प्राप्तिसम्बन्धी निर्देशिका, २०७९ (प्रारम्भिक मस्यौदा) जारी गरेको छ।  धितोपत्र ऐन, २०६३ को दफा ११८ ले दिएको अधिकार प्रयोग गरी धितोपत्र दर्ता तथा निष्कासन नियमावली, २०७३ को नियम ४३ कको प्रयोजनका लागि निर्देशिका तयार पारेको जनाइएकाे छ ।   निर्देशिकामा बोर्डबाट गाभ्ने गाभिने वा प्राप्तिका लागि स्वीकृति प्राप्त गरेका संगठित संस्थाले प्रचलित कम्पनी सम्बन्धी कानून बमोजिम एकीकृत व्यवसायिक कारोवारको स्वीकृति प्राप्त गरेपश्चात् सो को जानकारीसहित एकीकृत व्यवसायिक… पुरा पढौ

राष्ट्रबैंकको नीतिले साना ऋणीहरु मर्कामा: चेम्बर

काठमाडौं, साउन २६ । नेपाल चेम्बर अफ कमर्सले राष्ट्रबैंकको नयाँ नीतिका कारण मुलुकमा व्यावसायिक वातावरण झन् बिग्रन थालेको बताएको छ । चेम्बरका अनुसार यसबाट बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएर उद्यम गर्न चाहने र साना ऋणीहरु सबैभन्दा बढी मर्कामा परेका छन् । राष्ट्रबैंकले हालै जारी गरेको चालु पुँजी कर्जा सम्बन्धी मार्गदर्शन २०७८ को मस्यौदाले चालु पुँजीलाई कडाइ गर्ने संकेत देखिएको भन्दै यसले व्यापार सहजीकरण तथा लगानी मैत्री वतावरणमा गम्भीर असर गर्ने चेम्बरको ठम्याई छ । केन्द्रीय बैंकका अधिकांश नीतिहरु बैंक… पुरा पढौ

झन् घट्दै सेयर बजार, १ अर्ब ७६ करोडमा कारोबार सीमित

काठमाडौं, २६ साउन । लगातार सेयर बजार ओरालो लागिरहेको छ । साताको सेयर कारोबार हुने पाँचौ दिन पनि सेयर बजारको ओरालोको यात्राले निरन्तरता पाएको छ । १३ उपसमूहमध्येमा एक बाहेक सबैमा रातो लागेको छ । उनीहरु सबैले गुमाएका छन् । उनीहरुमध्ये हरियो लागेको म्युचुअल फण्डतर्फ सामान्य बृद्धि भएको छ । सकारात्मक बन्न नसेकोको सेयर बजारको गिर्दो अवस्था लगानीकर्ताको मनोबल उच्च बनाउन बाधा उत्पन्न गराएको छ । उनीहरुकोएउटै बिकल्प बजार सकारात्मक हुनु बाहेक अर्को छैन । यसमा ठस्ला लगानीकर्ताहरु, नियनकारी निकाय… पुरा पढौ

व्यवसायी कार्कीले चढ्दै गरेको सफलताको पहरो: ‘द क्लिफ’

काठमाडौं, २६ साउन । पछिल्लो समय साहसिक पर्यटकहरूका लागि गतिलो गन्तव्य बनेको छ ‘द क्लिफ’ । याे पर्वतको कुश्मामा रहेको विश्वकै दोस्रो अग्लो बञ्जी जम्प स्टेशन हो । त्यही द क्लिफमार्फत पर्यटकहरूलाई साहसिक पर्यटनमा होमिनका लागि उत्प्रेरक बनेका छन् सञ्चालक राजु कार्की । सिन्धुपाल्चोकका कार्कीले आफ्नो जन्मथलोदेखि बाग्लुङ/पर्वतसम्मको साहसिक अनुभवलाई पर्यटनमा रुपान्तरण गरेका हुन्। लामो समय साहसिक पर्यटन क्षेत्रमा काम गरेका कार्कीले आफैं खोलेको कम्पनीको नाम हो द क्लिफ जसको नेपाली अर्थ हुन्छ ठाडो भीर अर्थात् पहरो । उनले विगत… पुरा पढौ

टान निर्वाचनमा बाँस्तोला र सापकोटाकाे प्यानल उम्मेदवारी

काठमाडौं, २६ साउन । पर्वतीय पर्यटन व्यवसायीको छाता सङ्गठन ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान)को यही साउन ३० गते हुने निर्वाचनका लागि उम्मेदवारको मनोनयन दर्ता भएको छ । काठमाडौँ, २६ साउनपर्वतीय पर्यटन व्यवसायीको छाता सङ्गठन ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान)को यही साउन ३० गते हुने निर्वाचनका लागि उम्मेदवारको मनोनयन दर्ता भएको छ । मालीगाउँस्थित टान सचिवालयमा आज अध्यक्षसहित पदाधिकारी र सदस्यहरूको मनोनयन गरिएको हो । टान नेतृत्वका लागि दुई प्यानलसहितको व्यवसायी समूह र एक स्वतन्त्र उम्मेदवारले मनोनयन भएकाे हाे… पुरा पढौ

एभरेष्ट बैंकको ऋणपत्रका लागि कति परे आवेदन?

काठमाडौं, २६ साउन । एभरेष्ट बैंकले निष्कासन गरेको ऋणपत्रका लागि बिहीबारसम्म मागको १६.५ प्रतिशतका लागि मात्रै आवेदन परेको छ  । सिडिएस एण्ड क्लियरिङ्गका अनुसार बिहीबार बिहान १० बजेर २ मिनट जाँदासम्म उक्त कम्पनीले जारी गरेको २० लाख कित्तामध्ये ५ हजार २०४ आवेदकले ३३ करोड ६१ हजार रुपैयाँ बराबरको ३ लाख ३० हजार ६१ कित्ताका लागि आवेदन दिएका छन् । बैंकले गत साउन १८ गते २ अर्ब बराबरको ऋणपत्र बिक्रीका लागि आवेदन खुलाएको थियो । बैंकले ६ वर्ष अवधिकाे ‘एभरेष्ट बैंक… पुरा पढौ

पुनर्बीमा कम्पनीको ब्रोकर: बीमा समितिले दियो यी १० कम्पनीलाई लाइसेन्स

काठमाडौं, २६ साउन । बीमा समितिले नेपालमै पुनर्बीमा कम्पनीको (ब्रोकर) स्थापना गर्नका नीतिगत बाटो खुलाएको केही समयपछि ब्रोकर कम्पनी खुल्न थालेका छन् । समितिले गत बैशाखदेखि कम्पनीहरूलाई लाइसेन्स दिन थालेको हो । समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले प्रक्रिया पुर्याएर लाइसेन्सको माग गर्दै आवेदन दिएका कम्पनीलाई लाइसेन्स दिएको जानकारी दिए । समितिका अनुसार पुनर्बीमा दलालको लाइसेन्स माग गर्दै समितिमा १ दर्जनभन्दा बढी कम्पनीले आवेदन दिएका थिए ।ती मध्ये समितिले १० वटा कम्पनीलाई लाइसेन्स दिएको हो । केही वर्ष पहिलेदेखि नेपालमा पनि… पुरा पढौ

नेशनल माइक्रोफाइनान्सकाे खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढ्यो

काठमाडौं, २६ साउन । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०७८/७९ को चौथो त्रैमाससम्ममा ४० करोड १५ लाख खुद नाफा आर्जन गरेको छ । कम्पनीको हालै सार्वजनिक उक्त अवधिसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार अनुसार अघिल्लो आर्थिक वर्ष २०७७/७८ को तुलनामा खुद नाफामा बढोत्तरी देखिएको हो । समीक्षा अवधिमा लघुवित्तले आर्जन गरेको खुद नाफा रकम अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २७.१२ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले ३१ करोड ५८ लाख ४१ हजार… पुरा पढौ