मुख्य समाचार

राष्ट्र बैंक आफैंले खरिद गर्‍यो साढे ६ अर्बको ट्रेजरी बिल

काठमाडौं, २४ साउन । बैंक तथा वित्तीय संस्थाले ट्रेजरी बिलको उच्च ब्याजदर प्रस्ताव गरेपछि राष्ट्र बैंक आफैंले खरिदको काम जारी राखेको छ । २३ साउन सोमबारको लागि राष्ट्र बैंकले ७ अर्ब १० करोड बराबरको ९१ दिने अवधिको ट्रेजरी बिल नवीकरणको लागि बोलकबोलमा ल्याएको थियो । उक्त ट्रेजरी बिल खरिदको लागि २७ बैंक तथा वित्तीय संस्थाले १९ अर्ब ८१ करोडको लागि बोलकबोल पेश गरेका थिए । तर, राष्ट्र बैंकले जम्मा ५९ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बैंकहरुलाई दिएर ६ अर्ब ५१… पुरा पढौ

ज्योति र सूर्या लाइफ मर्जर सम्झौताको मस्यौदा पारित

काठमाडौं, २५ साउन । ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मंगलवार विशेष साधारण सभा सम्पन्न गरेको छ। उक्त सभाले सूर्या लाइफ इन्स्योरेन्स कम्पनी तथा ज्योति लाईफ इन्स्योरेन्स कम्पनी एक आपसमा गाभ्ने गाभिने सम्बन्धमा मर्जर समितिबाट पेश भएको प्रारम्भिक संझौतापत्रको मस्यौदालाई स्वीकृत गरेको छ । नियमनकारी निकायको निर्देशन तथा समयानुकुल पुँजी वृद्धिको आवश्यकतालाई दृष्टिगत गरी अन्य कुनै जीवन बीमा कम्पनी सँग एक आपसमा गाभ्ने र गाभिने तथा प्राप्ति गर्ने प्रयोजनका लागि उपयुक्त जीवन बीमा कम्पनीको पहिचान तथा छनौट एवं संचालक समिति समक्ष… पुरा पढौ

उच्च अदालतकाे न्यायाधीशमा २७७ आकाङ्क्षीले दिए उम्मेदवारी

काठमाडौं, २५ साउन । उच्च अदालतको रिक्त २७ न्यायाधीशको आवेदन खुला गरिएकामा दुई सय ७७ आकाङ्क्षीहरूले उम्मेदवारी दिएका छन् । न्याय परिषद्ले पहिलोपटक उच्च अदालतको न्यायाधीश नियुक्तिका लागि मापदण्ड निर्माण गरी आवेदन माग गरेको थियो । परिषद्ले जिल्ला न्यायाधीश, कानुन व्यवसायी, न्याय समूहका कर्मचारी, सरकारी वकिल समूहका कर्मचारी, कानुन समूहका कर्मचारी र अन्य समूह आवेदनमा माग गरेको थियो । त्यसमध्ये जिल्ला न्यायाधीशबाट ७६, कानुन व्यवसायीबाट एक सय ७४ र कर्मचारीबाट ४६ जनाको आवेदनमा परेको छ । कूल आवेदन परेकामध्ये दुई… पुरा पढौ

खुम्चियाे डिप्रोक्स लघुवित्तकाे नाफा, ईपीएस पनि घट्याे

काठमाडौं, २५ साउन । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको चौथो त्रैमासम्म ५७ करोड ४० लाख रुपैयाँ खुद नाफा कमाएकाे छ। संस्थाको सार्वजनिक गरिएकाे वित्तीय विवरण अनुसार संस्थाले साे नाफा कमाउन सफल भएकाे हाे । संस्थाकाे यो नाफा अघिल्लो वर्षकोभन्दा १२.१२ प्रतिशतले कमि भएकाे छ । यसअघि ६५ करोड ३१ लाख रुपैयाँ खुद नाफा कमाएकाे थियो।  सञ्चालन मुनाफामा १७.३२ प्रतिशतले गिरावट भएर ८१ करोड ९९ लाख रुपैयाँमा कायम भएकाे छ। अघिल्लो वर्षमा याे नाफा रु ९९ करोड १७ लाख… पुरा पढौ

नागरिक लगानी कोषको सेयरमूल्य नेप्सेमा समायोजन

काठमाडौं, २५ साउन । नागरिक लगानी कोषको सेयरमूल्य नेप्सेमा समायोजन भएको छ । साधारण सभा तथा लाभांश वितरणकाे प्रयाेजनका लागि काेषले बुकक्लोज गरेपछि सेयरमूल्य समायोजन गरी आज नयाँ मूल्य कायम भएकाे हाे । काेषको ३० प्रतिशत बोनस सेयर समायोजन गरिएकाे छ । समायोजनपछि सेयरमूल्य २ हजार २१४ रुपैयाँ ६२ पैसा कायम निर्धारण भएको छ । नेपाल स्टक एक्सचेन्जले काेषकाे अघिल्लाे दिनकाे कारोबार भएकाे अन्तिम मूल्यलाइ आधार बनाएर सेयरमूल्य समायोजन गरेको हो। मंगलबार सेयर प्रतिकित्ता २ हजार ८७९ रुपैयाँमा अन्तिम कारोबार… पुरा पढौ

यी पाँच प्रदेशमा वर्षाकाे स‌‌म्भावना

काठमाडौं, २५ साउन । ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालय, जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाहाले मनसुनको न्यून चापीय रेखा ( Axis of Monsoon Trough) सरदर स्थान भन्दा दक्षिणमा अवस्थित रहेको जनाएकाे छ ।  हाल देशभर आंशिक देखि सामान्य बदली रहेको छ । बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदुर पश्चिम प्रदेशका थोरै स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ। श्रावण २५ गते (बुधबार) दिउँसो : देशभर आंशिक देखि सामान्य बदली रहनेछ। देशका पहाडी भू-भागका केही र बाँकी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, बागमती र गण्डकी प्रदेशका एक-वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । राती : बागमती,  गण्डकी, लुम्विनी,  कर्णाली र सूदुरपश्चिम  प्रदेशहरुमा… पुरा पढौ

विशाल सिमेन्टका पूर्व सञ्चालक श्रेष्ठ पुर्पक्षका लागि थुनामा

काठमाडौ, २५ साउन । जिल्ला अदालत काठमाडौँले विशाल सिमेन्टका पूर्व सञ्चालक रहेका व्यवसायी अमित श्रेष्ठलाई क्रिप्टो करेन्सी (भर्चुअल मुद्रा) को कारोबार गरेको अभियोगमा पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको छ । न्यायाधीश नारायणप्रसाद शर्माको इजलासले मङ्गलबार पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको हो । उक्त कारोबार गरेको अभियोगमा पक्राउ पर्नुभएका श्रेष्ठविरुद्ध रु ४८ करोड बढी बिगो मागदाबीसहित मुद्दा दायर भएको थियो । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको एक समूहले गत असार २९ गते श्रेष्ठलाई काठमाडौँबाट पक्राउ गरेको थियो । अनुसन्धानका… पुरा पढौ

धौलागिरी लघुवित्तकाे सेयरमा ४ लाख बढीकाे आवेदन, पहिलाे दिनमै १५‍‍‌.४७ गुणा माग

काठमाडौं, २४ साउन । धौलागिरी लघुवित्त वित्तीय संस्थाले सेयर निष्काशन गरेको पहिलो दिन मंगलबार मागभन्दा १५.४७ गुणा बढी आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ्गले ४ लाख १६ हजार १२९ जना आवेदकले ४७ करोड ७१ लाख ८३ हजार रुपैयाँ बराबरको ४७ लाख ७१ हजार ८३० कित्ता सेयर माग गरेकाे जनाएकाे छ। यसरी हेर्दा सर्वसाधारणका लागि बिक्रीमा ल्याएकाे ३ लाख ८ हजार २९५ कित्ता सेयरकाे याे १५.४७ गुणा बढी हाे । संस्थाले जारी पूँजी १० करोड ३१ लाख रुपैयाँको ३२.१० प्रतिशतले… पुरा पढौ

नेपाल टेलिकमको ३ अर्बको बोनस सेयर नेप्सेमा सूचीकृत

काठमाडौं, २४ साउन । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को २० प्रतिशत बोनस सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत भएको छ । गत २०७८ चैत २४ गते भएको कम्पनीको १४औं वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७७/७८ का लागि २० प्रतिशत नगद लाभांश तथा २० प्रतिशत बोनस सेयर दिने प्रस्ताव अनुमोदन गरेको थियो । सोही अनुरुप कम्पनीले उक्त अवधिसम्मको चुक्ता पुँजीको २० प्रतिशत नगद लाभांश बाँडेको र बाँकी २० प्रतिशतले हुन आउने ३ अर्ब रुपैयाँ बराबर बोनस सेयरका रुपमा बाँडेको… पुरा पढौ

२०६२.८० विन्दुमा झर्यो नेप्से , कारोबार रकम पनि घट्यो

काठमाडौं, २४ साउन । सेयर बजारको ओरालो लागेको यात्राले आज पनि निरन्तरता पाएको छ । साताको सेयर कारोबार हुने तेश्रो दिन मंगलबार नेपाली सेयर बजार पूर्ण रुपमा राताम्मै भएको छ । कारोबार पनि अघिल्लो दिनको तुलनामा ४ अर्ब कम भएको छ । सेयर बजारमा देखिएको यो स्थिति बिक्रय पक्ष हावि भएकोले यस्तो भएको सेयर बजारका जानकारहरुले बताउने गरेका छन् । बजारकाे यस प्रकारको नकारात्मक प्रभावले लगानीकर्ताहरुको मनोबल घटाएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ४३.३५ अंकले गिरावट भई… पुरा पढौ