मुख्य समाचार

बागमती प्रदेश: बढ्यो लाइसेन्सको दैनिक आवेदन दिने कोटा

काठमाडौं, २७ साउन । बागमती प्रदेशको श्रम रोजगार तथा यातायात मन्त्रालयले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) का लागि छुट्याइएको आवेदन दिन सकिने सङ्ख्या (कोटा) बढाएको छ । मन्त्रालयले लाइसेन्सका लागि आवेदन दिने र वर्ग थप गर्ने आवेदकहरुको चापलाई ध्यानमा राख्दै त्यसको व्यवस्थापनका लागि आज शुक्रबारदेखि आवेदन दिन सकिने कोटामा वृद्धि गरेको हो । मन्त्रालयले बिहीबार एक सूचना प्रकाशित गरी आज २७ गते शुक्रबार अपराह्न ४:३० बजेदेखि लागू हुने गरी बागमतीका विभिन्न ५ ओटा यातायात व्यवस्था कार्यालयमा यो सङ्ख्या थप गरिएको जानकारी… पुरा पढौ

माउन्टेन हाइड्रोकाे खुद नाफामा छलाङ, अन्य विवरण कस्ता छन् ?

काठमाडौं, २७ साउन । माउन्टेन हाइड्रो नेपालकाे खुद नाफाले छलाङ मारेकाे छ । हाइड्रोले १४ करोड ४७ लाख रुपैयाँ खुद नाफा कमाउन सफल भएकाे छ । कम्पनीकाे सार्वजनिक भएकाे गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण अनुसार साे नाफा कमाएकाे देखिएकाे हाे । अघिल्लो वर्ष साेहि अवधिमा कम्पनीकाे खुद नाड्फा १ करोड ८६ लाख रुपैयाँ रहेकाे थियो। यो नाफा ६७७.७३ प्रतिशतले बढी हाे ।   कम्पनीको विद्युत बिक्री आम्दानी बढेकाे छ । याे १४.२० प्रतिशतले बढेर ६० करोड ८१ लाख रुपैयाँ… पुरा पढौ

वैदेशिक रोजगार बीमाबाट संकलन हुने बीमाशुल्क बढ्याे, कुन कम्पनीले कति गरे संकलन ?

काठमाडौं, २७ साउन । जीवन बीमा कम्पनीहरूमा वैदेशिक रोजगार म्यादी जीवन बीमाबाट संकलन हुने बीमाशुल्क बढेको छ । गत आर्थिक वर्षमा जीवन बीमा कम्पनीहरूले वैदेशिक रोजगार बीमाबाट २ अर्ब २७ करोड ४६ लाख रूपैयाँ बीमाशुल्क संकलन गरेका हुन् । अघिल्लो आवमा यस्तो बीमाबाट कम्पनीहरूले ६३ करोड रूपैयाँ मात्रै बीमाशुल्क संकलन गरेका थिए । अघिल्लो आवको तुलना जारी बीमालेखको संख्या भने घटेको छ । जीवन बीमा कम्पनीहरूमा गत आवमा वैदेशिक रोजगारका ४ लाख ५२ हजार ८९१ वटा बीमालेख जारी भएका छन्… पुरा पढौ

मानुषी लघुवित्तकाे खुद नाफामा १०१.९२ प्रतिशतले वृद्धि

काठमाडौं, २७ साउन । मानुषी लघुवित्त वित्तीय संस्थाले २ करोड ४० लाख रुपैयाँ खुद नाफा कमाएकाे छ । संस्थाकाे सार्वजिनक भएकाे गत आर्थिक वर्षको चौथो त्रैमाससम्मकाे वित्तीय विवरण अनुसार साे नाफा भएकाे देखिएकाे छ। संस्थाले कमाएकाे २ करोड ४० लाख रुपैयाँ खुद नाफा अघिल्लो वर्षको तुलनामा १०१.९२ प्रतिशतले बढी हो। अघिल्लो वर्ष संस्थाले १ करोड १९ लाख रुपैयाँ खुद नाफा कमाएकाे थियो।  समीक्षा अवधिमा संस्थाले ९ करोड ७४ लाख रुपैयाँ सञ्चालन घाटा भएको छ। अघिल्लो वर्ष संस्थाले १ करोड ७९… पुरा पढौ

नेपाल लाइफ: खुद बीमा शुल्क बढ्यो, ३५ करोडमाथि घाटा

काठमाडौं, २७ साउन । खुद बीमा शुल्कमा बृद्धि भएपनि नेपाल लाइफ इन्स्योरेन्सलाई ३५ करोड २७ लाख रुपैयाँ घाटा भएकाे छ । इन्स्योरेन्सकाे गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको सार्वजनिक वित्तीय विवरण अनुसार साे घाटा भएकाे देखिएकाे छ। अघिल्लो आर्थिक वर्षमा इन्स्योरेन्सले ५३ करोड ५९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। आर्थिक वर्षको अवधिमा भने ३५ करोड २७ लाख रुपैयाँ नोक्सानी व्यहोरेको हाे । इन्स्योरेन्सको खुद बीमा शुल्कमा ९.४४ प्रतिशत बढेको देखिन्छ। जीवन बीमा धितोमा २४ अर्ब ७६ करोड ९६ लाख रुपैयाँ… पुरा पढौ

अर्थ सचिवको जिम्मेवारी पुष्करलाई, राजश्वमा ज्ञवाली

काठमाडौं, २७ साउन । सरकारले अर्थ मन्त्रालयको सचिवको जिम्मेवारी कृष्णहरि पुष्करलाई दिएको छ । बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले उनलाई सचिवको जिम्मेवारी दिएको हो । यसअघिका अर्थ सचिव मधु मरासिनीलाई प्रधानमन्त्री कार्यालयमा सरुवापछि रिक्त पदमा तत्कालका लागि पुष्करलाई अर्थ सचिवको जिम्मेवारी दिएको थियो । त्यसैगरी बैठकले राजस्व सचिवको जिम्मेवारी भने रामेश्वर दंगाललाई दिएको छ । अर्थमन्त्री जनार्दन शर्मामाथि चालु आवको बजेटमा अनधिकृत व्यक्तिको प्रवेश गराइ करका दर हेरफेर गरेको आरोप लागेपछि सचिव मरासिनी विदामा बसेका थिए । तर अर्थमन्त्री शर्माले राजीनामा… पुरा पढौ

आर्थिक रूपान्तरणका लागि सरकार र महासंघको साझेदारी अभियान सुरु

काठमाडौं, २७ साउन । नेपाल सरकार र नेपाल उद्योग वाणिज्य महासङ्घको सहकार्यमा आर्थिक रूपान्तरणका लागि सरकार निजी क्षेत्र साझेदारी अभियान सुरु भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र महासङ्घद्वारा आयोजित कार्यक्रममा मन्त्रालयका तर्फबाट सहसचिव नारायणप्रसाद दवाडी र महासङ्घका अध्यक्ष शेखर गोल्छाले सो साझेदारीपत्रमा हस्ताक्षर गरेसँगै अभियान सुरु भएको हो । सो अभियानअन्तर्गत उद्योग वाणिज्य क्षेत्रमा नेपाल सरकारले अवलम्बन गरेका नीति तथा कार्यक्रम र महासङ्घले सार्वजनिक गरेको राष्ट्रिय आर्थिक रूपान्तरण, २०३० कार्यान्वयन पक्षलाई समेटिएको छ । अभियान कार्यान्वयनका क्रममा उद्योग… पुरा पढौ

आज रक्षाबन्धन/जनैपूर्णिमा पर्व मनाइँदै

काठमाडौं, २७ साउन । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनै पूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नव यज्ञोपवीत एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ । पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँध्छन् । तागाधारीले गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको यज्ञोपवीत एवं डोरो (रक्षासूत्र) धारण गरेमा नकारात्मक तत्वबाट सुरक्षा प्राप्त हुने धार्मिक विश्वास छ । सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु वृहस्पतिले रक्षा विधान तयार गरी ‘जेले गर्दा अत्यन्त बलशाली… पुरा पढौ

टान निर्वाचनमा तीन व्यवसायी समूहबीच प्रतिस्पर्धा

काठमाडौं, २७ साउन । पर्वतीय पर्यटन व्यवसायीको छाता सङ्गठन ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)को यही साउन ३० गते हुने निर्वाचनका लागि उम्मेदवारको मनोनयन दर्ता भएको छ । टान नेतृत्वका लागि दुई प्यानलसहितको व्यवसायी समूह र एक स्वतन्त्र समूहले उम्मेदवारी दर्ता गराएको हो । टानको अध्यक्ष पदमा नीलहरि बास्तोला र कमल सापकोटाले प्यानलसहित उम्मेदवारी मनोनयन गराएको टान सचिवालयले जनाएको छ । बोधराज भण्डारीको स्वतन्त्र समूहले अध्यक्ष र उपाध्यक्ष पदमा स्वतन्त्र उम्मेदवारी दिए । बास्तोला प्यानलबाट अध्यक्षमा बास्तोला वरिष्ठ उपाध्यक्षमा कृष्णप्रसाद… पुरा पढौ

नेप्सेको वेबसाइट ह्याक गर्ने प्रयास, कानूनी कारबाहीमा जान सक्ने संस्थाको चेतावनी

काठमाडौं, २६ साउन । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) को आधिकारिक वेबपेजमा आज अनधिकृत पहुँचको प्रयास भएको छ । नेप्सेको कारोबार सम्बन्धी विवरणमा अनधिकृत तरिकाले पहुँचको प्रयास भएपछि संस्थाले यस्तो कार्य नगर्न नगराउन चेतावनी सहितको विज्ञप्ति जारी गरेको छ । संस्थाको www.nepalstock.com.np तथा www.nepalstock.com बाट विभिन्न कोड प्रयोग गरी अनधिकृत रुपमा ठूलो परिमाणको डाटा तान्ने प्रयास भएको र ती वेबसाइटमा कारोबारको विवरण हेर्न खोज्नेको सङ्ख्या कृत्रिम रूपमा अत्यधिक बढेको नेपाल स्टक एक्सचेञ्जका प्रवक्ता मुराहरि पराजुलीजे जानकारी दिए । ‘आगामी दिनमा… पुरा पढौ