मुख्य समाचार

सूर्या लाइफकाे खुद बीमाशुल्क आम्दानी ४ अर्ब १४ करोड

काठमाडौं, २९ साउन । सूर्या लाइफ इन्स्योरेन्सले ४ अर्ब ९२ करोड ९ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । कम्पनीकाे सार्वजनिक गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा यो अघिल्लो आर्थिक वर्षकोभन्दा १८.६८ प्रतिशतले बढी हाे । अघिल्लो आर्थिक वर्षमा कम्पनीले ४ अर्ब १४ करोड ६३ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो । कर्जा लगानी र अन्य गरेर १ अर्ब ५३ लाख रुपैयाँ आम्दानी गरेकाे छ । बीमालेख धितोबाट १ अर्ब ९३ करोड ४५ लाख रुपैयाँ कर्जा लगानी गरेर १४… पुरा पढौ

हिमालयन डिस्टिलरीको नाफा १ अर्बमाथि, कस्ता छन् अन्य सूचक ?

काठमाडौं, २७ साउन । हिमालयन डिष्टिलरी लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म १ अर्ब ५ करोडभन्दा बढी खुद नाफा आर्जन गरेको छ । कम्पनीले हालै सार्वजनिक गरेको साे अवधिसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार खुद नाफा १ अर्ब ५ करोड ५२ लाख ९१ हजार रहेको छ । नाफाको यो आँकडा अघिल्लो आर्थिक वर्ष अघिल्लो आर्थिक वर्ष २०७७/७८ को सोही अवधिसम्मको तुलनामा केही बढेको हो । सार्वजनिक विवरण अनुसार अघिल्लो आर्थिक वर्ष २०७७/७८ को सोही अवधिमा कम्पनीले १ अर्ब ४ करोड १३… पुरा पढौ

भदौ ७ गतेदेखि सेयर निष्काशन गर्दै इष्टर्न हाइड्रोपावर

काठमाडौं, २९ साउन । इष्टर्न हाइड्रोपावर लिमिटेडले भदौ ७ गतेदेखि सेयर निष्काशन तथा बिक्रिमा ल्याउने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि ६ लाख २० हजार कित्ता सेयर निष्काशन गर्ने भएकाे हो। सेयरमा लगानी गर्न चाहने लगानीकर्ताले घटिमा १० कित्ता तथा बढीमा १ लाख कित्ता सेयरका लागि आवेदन दिन पाउनेछन्। सेयरमा भदौ २१ गतेसम्मआवेदन दिन सकिनेछ । साे मितिसम्म माग अनुसारकाे आवेदन नपरेकाे खण्डमा असोज ५ गतेसम्म आवेदन दिन सकिने छ। लगानीकर्ताले एनएमबि बैंक, ग्लोबल आइएमई बैंक, प्रभु बैंक… पुरा पढौ

धौलागिरी लघुवित्तकाे सेयरमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं, २९ साउन । धौलागिरी लघुवित्त वित्तीय संस्थाले निष्काशन तथा बिक्रीमा ल्याएकाे सेयरमा आवेदन दिने आज आइतबार अन्तिम दिन बाँकी रहेको छ। संस्थाले साउन २४ गतेदेखि ३ करोड ३१ लाख रुपैयाँ बराबरको ३ लाख ३१ हजार कित्ता सेयर बिक्रीमा ल्याएकाे हाे । संस्थाले जारी पूँजी १० करोड ३१ लाख रुपैयाँको ३२.१० प्रतिशत सेयर जारि गरेकाे हाे । प्रतिशेयर १०० रुपैयाँ अंकित दरकाे ३ करोड ३१ लाख रुपैयाँ बराबरको ३ लाख ३१ हजार कित्ता सेयर बिक्रीमा ल्याइएकाे हो। कुल ३ लाख… पुरा पढौ

गण्डकी, लुम्बिनी, प्रदेश १, बागमती र कर्णालीमा हल्का वर्षा

काठमाडौ, २९ साउन । नेपाल सरकार ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयल जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनको न्यून चापीय रेखा (Axis of the Monsoon Trough) सरदर स्थान भन्दा दक्षिणमा अवस्थित रहेको जनाएकाे छ। गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा सामान्य देखि पूर्ण बदली रही बाँकी प्रदेशमा सामान्य बदली रहेको छ । गण्डकी प्रदेश लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा र प्रदेश १, बागमती प्रदेश र कर्णाली प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ । श्रावण २९ गते (आइतबार) दिउँसो : देशका पहाडी भू-भागमा सामान्य बदली… पुरा पढौ

कास्कीमा थपिए ११ हजार मतदाता, पुरुषभन्दा महिला धेरै

पाेखरा, २९ साउन । आगामी प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि कास्कीमा ११ हजार १४२ मतदाता थपिएका छन् । प्रदेश निर्वाचन कार्यालय पोखराका अनुसार स्थानीय तहको निर्वाचनपछि मतदाता नामावली दर्ता र अद्यावधिक गर्ने कार्य असारमहिना देखी सुरुआत गरिएकाेमा महिला पाँच हजार ७६४ र पुरुष पाँच हजार ३७८ नयाँ मतदाता थपिएका हुन् । बाहिरी जिल्लाको समेत गरी महिला सात हजार ३९३ र पुरुष सात हजार ६०९ गरी १५ हजार दुई जनाले सो अवधिमा कार्यालयमा नाम दर्ता गरेको प्रदेश निर्वाचन कार्यालयका सूचना… पुरा पढौ

नेपालमै सुखी जीवन बिताउन सकिन्छ : मन्त्री भुसाल

फिनल्याण्ड, हेल्सिन्की, २९ साउन । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले विश्वका विभिन्न मुलुक पुगेका नेपालीले सम्हालेका दक्षता र अनुभव नेपालको समृद्धिमा लगाउनुपर्ने बताएकि छन् । उनले रोजगारी, शिक्षालगायत विभिन्न अवसरको खोजीमा विश्वभर छरिएका नेपालीले आफ्नो मातृभूमिको आर्थिक तथा सामाजिक विकासका लागि योगदान गर्नुपर्नेमा जोड दिइन्। तीजको अवसरमा फिनल्याण्डमा बसोबास गर्ने नेपाली समुदायले हेल्सिन्कीमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री भुसालले भनिन्, “यहाँहरुले यहाँ बसेर कामलाई पूजा गर्न सिक्नुभएको छ, नेपालमा पनि यो संस्कारलाई सम्मान गर्ने अवस्था सिर्जना गर्नुपर्छ, आत्मविश्वास… पुरा पढौ

मङ्सिर ३ गतेसम्म १८ वर्ष पूरा भएकाले मतदान गर्न पाउने, भदौ ३१ गते अन्तिम नामावली प्रकाशन हुने

काठमाडौं, २८ साउन । आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि निर्वाचनको अघिल्लो दिन १८ वर्ष पूरा भएका मतदाताले मतदान गर्न पाउने भएका छन् । आगामी मङ्सिर ३ गतेसम्म १८ वर्ष उमेर पुगेका मतदातालाई मतदान गर्न पाउने व्यवस्था गरिएको आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए। त्यसका लागि मतदाता सूचीमा नाम दर्ता भएको हुनुपर्नेछ । आयोगले गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा पनि निर्वाचनको अघिल्लो दिन १८ वर्ष उमेर पुगेर मतदाता सूचीमा नाम भएका मतदातालाई मतदानमा सहभागी हुन पाउने… पुरा पढौ

अभियान लघुवित्तकाे सेयर बाँडफाँड साउन ३० गते, साडे १९ लाख बढीकाे हात रित्तै हुने

काठमाडौं, २८ साउन । अभियान लघुवित्त वित्तीय संस्थाकाे सेयर साउन ३० गते बाँडफाँड हुने भएकाे छ । संस्थाले साउन १८ गतेदेखि साउन २२ गतेसम्म ९ करोड ७५ लाख रुपैयाँ बराबरको सेयर निष्कासन तथा बिक्रीमा ल्याएकाे थियाे ।  प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ९ करोड ७५ लाख रुपैयाँ बराबरको ९ लाख ७५ हजार कित्ता सेयर निष्कासन गरिएकाे थियाे । जसबाट ४८ हजार ७५० कित्ता सेयर सामूहिक लगानी कोषका लागि रहेकाे छ । १२ हजार ५०० कित्ता कर्मचारीका लागि छुट्याइएकाे छ । बाँकी… पुरा पढौ

टानमा त्रिपक्षीय प्रतिस्पर्धाः बास्तोला, सापकोटा र भण्डारी प्यानलसहित चुनावी मैदानमा

काठमाडौं, २८ साउन । पर्वतीय पर्यटन व्यवसायीहरुको छाता सङ्गठन ट्रेकिङ एजेन्सिज एसोसिएशन अफ नेपाल (टान) को निर्वाचनमा तीन व्यवसायीबीच चुनावी प्रतिस्पर्धा हुने भएको छ । यही साउन ३० गते नयाँ कार्यसमिति चयनका लागि हुने निर्वाचनमा पर्यटन व्यवसायीहरु नीलहरि बास्तोला, कमल सापकोटा र बोधराज भण्डारीले प्यानलसहित उम्मेदवारी मनोनयन गराएका छन् । अध्यक्षका प्रत्याशीमध्ये बास्तोला र सापकोटाले व्यवसायीसँग छलफल र चुनावी प्रचार–प्रसारलाई तीव्रता दिएका छन् । स्वतन्त्र उम्मेदवारका रुपमा मनोनयन गराएका भण्डारी पनि चुनावी एजेन्डासहित व्यवसायीमाझ पुगिरहेका पुगिरहेका छन् । तीनैजना उम्मेदवारले… पुरा पढौ