मुख्य समाचार

हिमालयन र सिभिल बैंकबीच मर्जर सम्झौता हुँदै, स्वाप रेसियो १००:८१

काठमाडौं, २९ असार । लामो छलफलपछि हिमालयन बैंक र सिभिल बैंकबीच मर्जरका लागि सहमति भएको छ । सहमति अनुसार हिमालयन र सिभिल बैंकले आज मर्जरका लागि हस्ताक्षर गर्नेछन् । मंगलबार बेलुका हिमालयन बैंकमा जान नसकिने निष्कर्षमा सिभिल बैंक पुगेको थियो । सभिलका सञ्चालकले हिमालयनका सञ्चालकलाई मर्जरमा जान नसकिने निष्कर्ष सुनाएका पनि थिए । तर मध्यरातमा भएको छलफलमा भने सिभिल हिमालयन बैंकमा गाभिन तयार भएको हो । सहमति अनुसार हिमालयन बैंकमा सिभिल बैंक गाभिने छ । जसमा स्वाप अनुपात १००: ८१… पुरा पढौ

आज आदिकवि भानुभक्तको २०९औं जन्मजयन्ती देश तथा विदेशमा मनाइँदै

काठमाडाैं, २९ असार । नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २०९औँ जन्मजयन्ती आज देश तथा विदेशका विभिन्न स्थानमा विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ । संस्कृत भाषामा लेखिएको अयोध्याका राजा रामको जीवनीलाई भावानुवादसहितको ‘रामायण’ प्रस्तुत गरेर भानुभक्तले नेपाली जनतालाई ठूलो गुन लगाएका छन् । उनले लेखेको रामायण अहिले पनि नेपालीको घरघरमा सस्वर लय हालेर पाठ गरिन्छ । पृथ्वीनारायण शाहले भौगोलिक रूपमा एकीकरण गरेकाे नेपाललाई आदिकवि भानुभक्तले भाषा, साहित्य र संस्कृतिमार्फत एकीकरण गरेका हुन् । विसं १८७१ असार २९ गते तनहुँको चुँदीरम्घा गाउँमा… पुरा पढौ

आज गुरु पूर्णिमा : गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरु पूर्णिमा पर्व मनाइँदै

काठमाडाैं, २९ असार । आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरु पूर्णिमा पर्व मनाइँदैछ । ‘गु’ को अर्थ अन्धकार र ‘रु’ भन्नाले प्रकाश बुझिन्छ । ज्ञानरूपी प्रकाशले अज्ञानरूपी अन्धकारको नाश गराउने व्यक्तिलाई गुरु भनिने तन्त्रशास्त्र र धर्मशास्त्रका पुस्तकमा उल्लेख गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताए । अन्धकारको नाश गरी जीवनमा उज्यालो फैल्याउने व्यक्तित्वलाई नै गुरु भनिन्छ । यस्ता गुरुलाई हाम्रो शास्त्रले… पुरा पढौ

बागमती, गण्डकी, लुम्बिनी र कर्णालीमा भारी वर्षाको सम्भावना

काठमाडाैं, २९ असार । ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालय, जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखा, हाल देशभर मनसुनी वायुको सामान्य प्रभाव रहेको जनाएकाे छ । हाल देशभर आंशिक देखि सामान्य बदली रहेको छ ।  बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भइरहेको छ। असार २९ गते (बुधबार) दिउँसो:  देशभर सामान्य बदली रहनेछ। देशका  प्रदेश नं १ र बाग्मती प्रदेशको पहाडी भु-भाग लगायत गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरुमा र बाँकी भु-भागका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि… पुरा पढौ

चोभार बन्दरगाहबाट निर्यात सुरु, पहिलोपटक ऊनीका सामग्री डेनमार्क पठाइयाे

काठमाडौं, २८ असार । काठमाडौंको चोभारमा रहेको सुक्खा बन्दरगहबाट निर्यात सुरु भएको छ । आज डेनमार्कका लागि एक ट्रक ऊनबाट बनेका सामग्री फेल्टगुड्स (जुत्ता, सिल्पर, बुट) निर्यात भएको चोभार भन्सार कार्यालयले जनाएको छ । आज पहिलोपटक ऊनबाट बनेका सामग्री पठाएसँगै निर्यातको ढोका खुलेको प्रमुख भन्सार प्रशासक धनबहादुर बडुवालले जानकारी दिए। उनका अनुसार आज एभरेष्ट ट्राभल्स सर्भिस प्रालिबाट डेनमार्कका लागि नेपाली सामग्री निर्यात भएको हो । उक्त वस्तु ब्लोरुप एनपी प्रालिको रहेको छ । उनका अनुसार ४३ हजार ४६७ युरो (५५… पुरा पढौ

वाणिज्य बैंकको निक्षेपमा सुधार, ९४ अर्बले बढ्यो निक्षेप संकलन

काठमाडौं, २८ असार । तरलताको अभाव रहेको भनिएका बैंक तथा वित्तीय संस्थामा पछिल्ला दिनमा उल्लेख्य सुधार देखिएको छ । वाणिज्य बैंकको निक्षेपमा सुधार देखिएपछि त्यसको प्रभाव पनि सकारात्मक परेको छ । गत जेठ महिनाको तुलनामा असार महिना लागेसँगै वाणिज्य बैंककोे निक्षेप सङ्कलन रु ९४ अर्बले बढेको पाइएको छ । नेपाल बैंकर्स सङ्घका अनुसार गत जेठ महिनामा वाणिज्य बैंककोे कूल निक्षेप रु ४४ खर्ब रहेकामा असार २४ गतेसम्म रु ४४ खर्ब ९४ अर्ब पुगेको हो । पछिल्लो समय निरन्तररुपमा घटेको निक्षेप… पुरा पढौ

नागरिक लगानी कोषले ५१ करोड बराबरको रकम प्रतिफल दिने

काठमाडौं, २८ असार । नागरिक लगानी कोषले ५१ करोड १२ लाख बराबरको प्रतिफल रकम विभिन्न शीर्षकमा उपलब्ध गराउने भएको छ । कोषका अनुसार ४० करोड ५० लाख उपदान कार्यक्रममार्फत र लगानीकर्ता कार्यक्रम मार्फत १० करोड ६२ लाख उपलब्ध गराइनेछ । कोषका सूचना अधिकारी उद्धव सिलवालका अनुसार उपदान तथा लगानीकर्ता कार्यक्रममा सम्बन्धित कार्यालयको सिफारिसमा व्यक्तिगत खाता खोलिएको भए व्यक्तिगत खातामा उक्त प्रतिफल राख्ने र त्यस्तो खाता नखोलिएको भए सम्बन्धित कार्यालयको खातामा उक्त प्रतिफल राख्ने व्यवस्था कोषले गरेको छ । त्यस्तै, कोषद्वारा… पुरा पढौ

नेप्से परिसूचक १९२७.२८ विन्दुमा उक्लियो, १ अर्ब ७० करोड बढीको कारोबार

काठमाडौं, २८ असार ।साताको सेयर कारोबार हुने तेश्रो दिन मंगलबार नेपाली सेयर बजारमा हरियाली छाएको छ । लगातार ओरालो लाग्दै आएको सेयर बजारको आजको सकारात्मक लयले अब सुधार आउँछकि भन्ने आशा जगाएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ११.६८ प्रतिशतले बढेर १९२७.२८ विन्दुमा उक्लिएको छ । नेप्सेमा ०.६१ प्रतिशतले बृद्धि हुदा सेन्सेटिभ इण्डेक्स २.०९ अंकले बढेर ३६८ विन्दुमा पुगेको छ । कुल २२६ कम्पनीको सेयर कारोबार भएको छ । ४९ लाख ६७ हजार ५६१ कित्ता सेयरको खरिदबिक्रीबाट १… पुरा पढौ

गरिमा विकास बैंकले टोखाको चण्डेश्वरी अस्पताल परिसरमा गर्यो बृहत बृक्षरोपण

काठमाडौं, २८ असार । गरिमा विकास बैंकले टोखाको चण्डेश्वरी अस्पताल परिसरमा बृहत बृक्षरोपण कार्यक्रम समपन्न गरेकाे छ। वढ्दो जलवायू परिवर्तनको न्यूनीकरण गर्न अपरिहार्य रुख तथा बोटविरुवा जगेर्ना तथा प्रबर्धन गर्ने हेतुले यस विकास बैंकले बृहत बृक्षरोपण कार्यक्रमको आयोजना गरेको बताइएकाे छ। आज २८ गते मंगलबार टोखा नगरपालिका २ काे टोखा चण्डेश्वरी अस्पताल परिसरमा टोखा नगरपालिका प्रमुख प्रकाश अधिकारी र यस विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकालको प्रमुख आतिथ्यतामा सम्पन्न बृहत बृक्षरोपण कार्यक्रममा करिव २०० विभिन्न प्रजातिका फलफुलका विरुवाहरु… पुरा पढौ

रूपन्देहीका सहकारीले कृषिमा गरे १५ अर्ब लगानी

भैरहवा, २८ असार। जिल्लास्थित सञ्चालनमा रहेका सहकारी संस्थाहरूले कृषि लगायत उत्पादनमूलक क्षेत्रमा उल्लेख्य लगानी गरेका छन् । सहकारीको लगानीबाट हजारौँ युवा स्वरोजगार बनेको जिल्ला सहकारी सङ्घ रुपन्देहीले जनाएको छ । सहकारीले जिल्लामा सबैभन्दा धैरै लगानी कृषि क्षेत्रमा गरेको देखिएकाे छ । यसबाहेक कृषिजन्य उद्योग, कुखुरा फार्म, गाईभैँसी फार्म, माछाफार्म, तरकारी खेती, किराना पसलमा सहकारीले लगानी गरेको सहकारीको वार्षिक लेखा परीक्षणले देखाएको आन्तरिक राजस्व कार्यालय रुपन्देहीले जनाएको छ । उनीहरुले साना तथा मझौला उद्योगमा समेत लगानी गरेका छन् । विशेषगरी युवावर्गलाई… पुरा पढौ