मुख्य समाचार

मुटुको समस्या भएका गण्डकीवासीले क्याथ ल्यावबाट सर्वसुलभ सेवा पाउने,असार ३० गते उद्घाटन हुदैं

पाेखरा, २८ असार । स्वास्थ्य समस्या कसैलाई आईनपरोस् । अझ मुटुको समस्या त कसैलाई नहोस् यो हाम्रो कामना हो । मुटुको धडकन छ त जीवन छ नत्र छैन । अझैं भनौं मानिस स्वस्थ भईरहनु पर्छ र स्वस्थ जीवनयापन गर्न पाउनुपर्छ । यदी यसो हो भने स्वस्थ नागरिक भएको त्यहि देश नै समृद्ध देश हुन्छ भन्ने कुरालाई कल्ले पो  नकार्ला ? मानव शरिर हो कतिबेला के के आईपर्छ । सकेसम्म त रोग लाग्नै नदिने, डाक्टर, स्वास्थ्यकर्मिले दिएको परामर्शलाई लागू गर्नुपर्यो ।… पुरा पढौ

राष्ट्र बैंकले प्रदान गर्ने पुनरकर्जा १ खर्ब १४ अर्ब पुग्याे, कर्जाको बक्यौता २ खर्ब बढी

काठमाडौं, २८ असार । चालु आर्थिक वर्षको ११ महिनासम्ममा राष्ट्र बैंकले सहुलियत दरमा प्रदान गर्दै आएको पुनरकर्जा १ खर्ब १४ अर्ब ९७ करोड रुपैयाँ पुगेको छ । जेठ मसान्तसम्ममा १ लाख ४७ हजार १४७ ऋणीलाई सहुलियतपूर्ण कर्जा प्रवाह भई २ खर्ब १५ अर्ब ९१ करोड कर्जा बक्यौता रहेको छ । जसमा कृषि तथा पशुपंक्षी व्यवसाय कर्जा अन्तर्गत ६० हजार ६१८ ऋणीलाई प्रवाह भएको १ खर्ब ३९ अर्ब ८४ करोड कर्जा रहेको छ । महिला उद्यमशील कर्जा अन्तर्गत ८३ हजार ६६९… पुरा पढौ

मुख्यसचिवले भने : अर्थतन्त्र सहज अवस्थामा छैन, मौद्रिक नीतिबाट सबैकाे माग सम्बोधन नहुन सक्छ

काठमाडौं, २८ असार । नेपाल सरकारका मुख्य सचिव शंकरदास बैरागीले अर्थतन्त्र असहज अवस्थामा रहेको भन्दैं नेपाल राष्ट्र बैंकले ल्याउने मौद्रिक नीतिबाट सबैका माग सम्बोधन हुन नसक्ने बताएका छन् । नबिल बैंक र नेपाल बंगलादेश बैंकबीचको एकीकृत कारोबार शुरुवात कार्यक्रममा सोमवार साँझ बोल्दै बैरागीले अर्थतन्त्रको अवस्था असहज भएको सत्य भए पनि बजारमा हल्ला चले जस्तो आत्तिनु पर्ने नभएको समेत दाबी गरे। ‘हामी सचेत रहनु पर्नेछ। मौद्रिक नीतिमा तपाईं हामी सबैले चाहेको कुरा नअट्न सक्छ,’ बैरागीले भने, ‘अहिलेको मुख्य चूनौती आर्थिक स्थायित्व… पुरा पढौ

एक्सेल डेभलपमेन्ट बैंकको सेयरमूल्य नेप्सेमा समायोजन

काठमाडाैं, २८ असार । एक्सेल डेभलपमेन्ट बैंकको सेयरमूल्य आजदेखि नेप्सेमा समायोजन भएको छ। बैंकले साधारण सभा तथा लाभांश वितरणकाे प्रयोजनका लागि बुकक्लोज गरेपछि नेपाल स्टक एक्सचेन्जले सेयरमूल्य समायाेजन गरेर नयाँ मूल्य कायम गरेकाे हो एक्सेल डेभलपमेन्ट बैंकको ८.५० प्रतिशत बोनस सेयर नेप्सेमा समायोजन भएकाे हो। समायोजन भएपछि बैंकको सेयरमूल्य प्रतिकित्ता ३२० रुपैयाँ ७४ पैसा ताेकिएकाे छ। अघिल्लो कारोबार भएकाे दिनको अन्तिम मूल्यका आधारमा बैंकको सेयरमूल्य समायोजन गरिएकाे हो। सोमबार सेयरमूल्य प्रतिकित्ता ३४८ रुपैयाँ रहि काराेबार भएकाे थियो। यसैबीच बैंकले लाभांश… पुरा पढौ

सिद्धार्थ र प्रिमियर इस्योरेन्सबीच मर्जर सम्झौता, चुक्ता पुँजी साढे २ अर्ब पुग्ने

काठमाडौं, २८ असार । सिद्धार्थ इन्स्योरेन्स र प्रिमियर इस्योरेन्सले मर्जरमा जाने प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर गरेका छन्। सोमबार दुवै इन्स्योरेन्सका अध्यक्षले विशेष समारोहबीच मर्जरमा जान समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् । सिद्धार्थ इन्स्योरेन्सका तर्फबाट अध्यक्ष रतनलाल केडिया र प्रिमियरका तर्फबाट अध्यक्ष सुरेसलाल श्रेष्ठले मर्जरसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । यी दुई कम्पनी एक बराबर एक (१:१) को अनुपातमा सेयर स्वाप हुने सहमतिका साथ मर्जरमा जान लागेको दुवै कम्पनीले जनाएका छन् । यस अनुपातमा गाभिँदा बन्ने एकिकृत कम्पनीको चुक्ता पुँजी २… पुरा पढौ

सन्दर्भ सरकारको एक वर्ष : बाढीले क्षतिग्रस्त मेलम्चीको पूर्वाधार पुनःनिर्माण, राजधानीवासीलाई खानेपानी

काठमाडौं, २८ असार । विसं २०७८ असार १ गतेको बाढीले सिन्धुपाल्चोक जिल्ला हेलम्बु गाउँपालिकामा रहेको मेलम्ची खानेपानी आयोजनाको पूर्वाधारमा ठूलो क्षति ग¥यो । जेठ अन्तिमसम्म हेलम्बुबाट सुरुङमार्ग हुँदै राजधानीमा खानेपानी आएको थियो । वर्षा लागेकाले सम्भावित बाढीले गर्नसक्ने क्षतिलाई ध्यान दिँदै त्यसै दिन सुरुङबाट पानी ल्याउन बन्द गरिएको थियो । आयोजनास्थलको पूर्वाधारमा क्षति गरे पनि सुरुङ त्यसै दिन रोकिएकाले खानेपानी प्रणाली ध्वस्त हुनबाट बचेको थियो । असार २९ गते सरकार परिवर्तन भयो । नयाँ सरकारले मेलम्ची खानेपानी आयोजनालाई प्रमुख प्राथमिकतामा… पुरा पढौ

बुटवल उपमहानगरलाई कोभिडविरुद्धको पूर्णखोप सुनिश्चित घोषणा

लुम्बिनी, २८ असार । बुटवल उपमहानगरपालिकालाई कोभिडविरुद्धको पूर्णखोप सुनिश्चित उपमहानगर घोषणा गरिएको छ । बुटवलमा आयोजित कार्यक्रममा १२ वर्षमाथिका उमेर समूहको कोभिड–१९ विरुद्धको पूर्णखोप सुनिश्चित उपमहानगर तथा नियमित खोपको दिगोपना सुनिश्चितता घोषणा गरिएको हो । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले प्रदेश सरकारले स्वास्थ्य र शिक्षालाई प्राथमिकतामा राखेको बताए । उनले कोभिड–१९ महामारी नियन्त्रणमा स्थानीय सरकारको भूमिका प्रंशसनीय रहेको जनाउँदै आगामी दिनमा प्रदेश सरकारले स्वास्थ्यका अधिकांश कार्यक्रम स्थानीय सरकारसँग सहकार्यमै सञ्चालन गर्ने बताए। कार्यक्रममा प्रदेश सरकारका स्वास्थ्य, जनसङ्ख्या तथा परिवार कल्याणमन्त्री… पुरा पढौ

बागलुङमा डेंगु-दुई जना संक्रमित भेटिए

गलकोट, २८ असार । बागलुङमा डेंगुका बिरामी फेला पर्न थालेका छ । गर्मीबढेसंगै जिल्लामा डेंगुको जोखिम देखिन थालेको हो । लामखुट्टेको टोकाईबाट सर्ने यो रोगको सङ्क्रमण जिल्लाका दुई जनामा भेटिएको हो । धौलागिरी अस्पतालमा उपचार गर्न आएको एक महिला र एक पुरुषमा लक्षण देखिए पछि परीक्षण गर्दा डेंगु पुष्टि अएको अस्पताका प्रमुख मेडिकल सुपरिटेन्डेण्ट डा शैलेन्द्र बि पोखरेलले जानकारी दिए। उनीहरु शनिबार र आइतबार अस्पताल भर्ना हुन आएका थिए । सङ्क्रमित बागलुङ नगरपालिका वडा नं ७ का र ९ का… पुरा पढौ

देशभर मनसुनी वायुको प्रभाव-प्रदेश १, गण्डकी, लुम्बिनी र सुदूरपश्चिममा भारी वर्षाको सम्भावना

काठमाडाैं, २८ असार । नेपाल सरकार ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालय, जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएकाे छ । देशभर आंशिक देखि सामान्य बदली रही प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदुर पश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षा भइरहेको छ। असार २८ गते (मंगलबार) दिउँसो:  देशभर आंशिक देखि सामान्य बदली रहनेछ। देशको पहाडी भू-भागका केही स्थानहरुमा र बाँकी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश, सुदूरपश्चिम प्रदेशको एक वा… पुरा पढौ

विप्रेषण आप्रवाह ३.८ प्रतिशतले वृद्धि, ११ महिनामा भित्रियो ९ खर्ब ४ अर्ब

काठमाडौं, २७ असार । चालु आर्थिक वर्षको ११ महिनामा ९ खर्ब ४ अर्ब १८ करोड बराबरको विप्रेषण आप्रवाह भएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आवको ११ महिनाको विवरणअनुसार विप्रेषण आप्रवाहमा ३.८ प्रतिशतले वृद्धि भएको हो । केन्द्रीय बैंकका अनुसार अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १२.६ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा भएको विप्रेषण आप्रवाह १.५ प्रशितले बृद्धि भई ७ अर्ब ५१ करोड बराबर पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १०.५ प्रतिशतले बढेको थियो ।… पुरा पढौ