मुख्य समाचार

मौद्रिक नीति मुलुकको आवश्यकताअनुसार आउनेछ : गभर्नर अधिकारी

काठमाडौं, २७ असार । नेपाल राष्ट्र बैंक आगामी आर्थिक वर्षको मौद्रिक नीतिको तयारीमा छ । त्यसका लागि बैकले विभिन्न सरोकार भएका निकाय, व्यक्ति, संस्था वा समूहसँग निरन्तर सम्वाद गरिरहेकाे छ । अन्तर्राष्ट्रिय रुपमा उत्पन्न घटनाक्रमको प्रभाव मुलुकको अर्थतन्त्रमा परेको छ । विशेष गरी रसिया र युक्रेनको सङ्घर्षका कारण विश्वव्यापी रुपमा इन्धनको मूल्यबृद्धि भएको छ । त्यसले हरेक क्षेत्रमा प्रभाव परेको छ । वैदेशिक मुद्राको सञ्चिती पनि क्रमशः ओरालो लागेको छ । सरकारले गत जेठ १५ गते प्रस्तुत गरेको आगामी आवको… पुरा पढौ

आयातकाे वृद्धिले ११ महिनामा कूल व्यापार घाटा रु १५ खर्ब ७७ अर्ब ३९ करोड बराबर

काठमाडौं, २७ असार । निर्यातको तुलनामा आयातको मात्रामा उल्लेख्य वृद्धि हुँदा मुलुकको व्यापार घाटा चुलिएको छ । नेपाल राष्ट्र बैंकले आज प्रतिनिधिसभाको अर्थ समितिमा पेश गरेको विवरणअनुसार चालु आवको ११ महिनामा कूल व्यापार घाटा रु १५ खर्ब ७७ अर्ब ३९ करोड बराबर पुगेको छ । यस अवधिमा कूल वस्तु आयात २७.५ प्रतिशतले वृद्धि भएको छ । यस आधारमा कूल वस्तु आयात रु १७ खर्ब ६३ अर्ब २२ करोड बराबर भएको छ । पछिल्ला केही महिनायता निर्यातमा उत्साहजनक वृद्धि भए पनि… पुरा पढौ

७७.०१ अंकले घट्यो नेप्से, २ अर्ब ३२ करोड बढीको कारोबार

काठमाडौं, २७ असार । साताको कारोबार हुने दोश्रो दिन साेमबार सेयर बजार राताम्मै भएको छ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक नगरेसम्म सेयर बजारले सकारात्मक लय लिनेमा ढुक्क हुने अवस्था देखिएकाे छैन । साेमबार सेयर बजार राताम्मै भएपछि बजार कहिले उकालो लाग्ने हाे यो भने पखाईको विषय भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ७७.०१ अंकले घटेर १९१५.६१ विन्दुमा झरेको छ । नेप्से ३.८६ प्रतिशतले घट्दा सेन्सेटिभ इण्डेक्स १३.०३ अंकले घटेर ३६६.८६ विन्दुमा रहेको छ । कुल… पुरा पढौ

पुनःस्थापनाको पर्खाइमा मेलम्चीवासी, प्रभावकारी काम नभएको स्थानीयकाे गुनासो

काठमाडौ, २७ असार । करिब ५ महिना पहिले बनाएको घर गत वर्षको बाढीले बगाएपछि मेलम्ची नगरपालिका–११ फट्टेका धनबहादुर श्रेष्ठको परिवार अहिले भाडामा बसिरहेको छ । आफूले दुःख गरी कमाएको केही रकम र ऋण गरी बनाएको घर बगाएपछि उनी घरविहीन भएका हुन । दुवाचौर जाने झोलुङ्गे पुल नजिकै कोठा भाडामा उनको परिवार बस्दै आएको छ । जसोतसो ऋण खोजेर जग्गा किनी बनाएको घरमा गत वर्ष असार १ गते मेलम्ची खोलामा आएको बाढी पसेको थियो । “दनुवार गाउँमा आएको पहिरोले फट्टेका बस्तीमा… पुरा पढौ

४ अर्ब लागतकाे माथिल्लो दोर्दी ‘ए’ जलविद्युत् आयोजनाले साउनदेखि बिजुली उत्पादन गर्ने

लमजुङ, २७ असार । लिवर्टी इनर्जी हाइड्रोपावरद्वारा दोर्दी गाउँपालिका–६ ढोडेनीमा निर्माणाधीन माथिल्लो दोर्दी ‘ए’ जलविद्युत् आयोजनाको बिजुली उत्पादन आगामी साउन महिनादेखि गर्ने लक्ष्य राखेको छ । कूल २५ मेगावाट क्षमताको यस आयोजनाको अधिकांश काम सम्पन्न भइसकेको र अब साउन महिनाभित्रै बिजुली उत्पादन हुने आयोजनाका प्रवद्र्धक राजेन्द्र वस्तीले बताए। आयोजनाले पटक–पटक म्याद थप गर्दै थपिएको अन्तिम म्याद आगामी साउन महिनासम्म रहेको र सो भित्रै जसरी पनि बिजुली उत्पादन हुने उनको भनाइ छ । आयोजनाको अधिकांश काम सम्पन्न भइसकेको छ । गतवर्ष… पुरा पढौ

मुद्दतीकाे १० गुणा रकम फिर्ता हुने योजना एन आई सी एशियाले मात्र ल्याएको छ: दिपेन्द्र शर्मा

आम जनमानसको बैंकिङ्ग आवश्यकता, चाहना र अपेक्षाको समुचित पहिचान एवं बजारको सूक्ष्म अध्ययन तथा विश्लेषण गर्दै मुलुकभर सर्वाधिक धेरै शाखा सञ्जाल पुर्याएको एन आई सी एशिया बैंकले गण्डकी प्रदेशमा ३२ शाखा कार्यालयहरू, ४७ एटिएम, ७ एक्स्टेन्सन काउण्टर एवं १० वटा शाखा रहित बैंकिङ्गमार्फत् बित्तिय सेवा दिईरहेको छ । ‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ भन्ने मुल मन्त्रका साथ अघि बढिरहेको बैंकले देशको दुरदराजमा रहनुभएका लाखौं ग्राहक महानुभावहरू माझ सहज, सबल, गतिशील, विश्वसनीय र उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आइरहेको… पुरा पढौ

नबिल र नेपाल बंगलादेश बैंकबीचको एकीकृत कारोबार आजदेखि

काठमाडौं, २७ असार। नबिल बैंक र नेपाल बंगलादेश बैंकको एकीकृत कारोबार आजदेखि शुरू भएकाे छ। दुई बैंक मर्जरपछि ‘नबिल बैंक लिमिटेड’ काे नामबाट एकीकृत कारोबार आजबाट शुरू भएको हो । नेपाल राष्ट्र बैंकको अनुमतिबाट नबिल बैंक लिमिटेडले नेपाल बंगलादेश बैंक लिमिटेडलाई प्राप्ति (एक्विजिशन) गरेको छ । अब नेपाल बंगलादेश बैंकको सम्पूर्ण सम्पत्ति तथा दायित्व नबिल बैंकले प्राप्त गरेको छ । त्यसैले साविकका दुवै संस्थाबाट सन्चालन हुँदै आएको सम्पूर्ण वित्तीय कारोबार आज (असार २७ गतेदेखि) एकीकृत रुपमा नबिल बैंकको नामबाट शुरू… पुरा पढौ

बर्तमान समय, परिस्थितिकाे सुक्ष्म अध्ययन गरेरै मौद्रिक नीति आउँछ : गभर्नर अधिकारी

काठमाडौं, २७ असार । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बर्तमान समय र परिस्थितिकाे सुक्ष्म अध्ययन गरेर मात्र मौद्रिक नीति ल्याउने स्पष्ट पारेका छन् । नेपाल उद्योग बाणिज्य महासंघले आगामी मौद्रिक नीतिका विषयमा सुझाव दिन आयोजना गरेको कार्यक्रममा उनले अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा रहेकाले समय र परिस्थिति अनुसार मौद्रिक नीति आउने बताएका हुन् । बाह्य क्षेत्रका कारण नेपालको अर्थतन्त्र समस्यामा परेकाले आगामी वर्ष कस्तो नीति लिने भन्ने विषयमा राष्ट्र बैंकको टिमले सुक्ष्म रुपमा तथ्यांक विश्लेषण गरिरहेको उनको भनाइ छ । ‘महाप्रसाद… पुरा पढौ

बजेट त्रुटिपूर्ण नभएको अर्थमन्त्री बरालको स्पष्टोक्ति

पाेखरा, २७ असार । गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बराल (जीवन)ले बजेटका सम्बन्धमा सभाको बैठकमा उठेका प्रश्नको जवाफ दिँदै बजेट त्रुटिपूर्ण नभएको स्पष्ट पारेका छन् । गण्डकी प्रदेशसभाको बैठकमा उनले संविधानको धारा ५९ को उपधारा १ ले प्रदेश सरकारले आफ्नो अधिकार क्षेत्रभित्रको आर्थिक अधिकारसम्बन्धी विषयमा कानून बनाउने, वार्षिक बजेट ल्याउने, निर्णय गर्ने र नीति योजना तयार गर्ने र कार्यान्वयन गर्ने अधिकारका साथै धारा ५९ को उपधारा ७ ले घाटा बजेट बनाउन सक्ने अधिकार प्रदान गरेको बताए । संविधानको धारा २०३ को… पुरा पढौ

देशभर सामान्य बदली, सुदूरपश्चिम, कर्णाली र लुम्बिनीमा वर्षाकाे सम्भावना

काठमाडाैं, २७ असार। ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालय, जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल देशभर आंशिक देखि सामान्य बदली रही सुदूरपश्चिम, कर्णाली तथा लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको जनाएकाे छ। असार २७ गते (सोमबार) दिउँसो:  देशभर आंशिक देखि सामान्य बदली रहनेछ। देशको पहाडी भू-भागका केही स्थानहरुमा र बाँकी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । बाग्मती तथा कर्णाली प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।… पुरा पढौ