मुख्य समाचार

हिरो प्रभावितको उद्धार, राहत र बासस्थानको व्यवस्था मिलाउन निर्देशन

काठमाडौं, ३० असार । गृहमन्त्री बालकृष्ण खाणले गोरखाको आरुघाट गाउँपालिका–१ श्याम्चेतमा वर्षाका कारण माथिबाट पहिरो खसेर विस्थापित भएकाको तत्काल उद्धार, राहत र तत्काल बासस्थानको व्यवस्था मिलाउन निर्देशन दिएका छन् । गृहमन्त्री खाणले गृह प्रशासन, मन्त्रालयको विपद् व्यवस्थापन महाशाखा, गोरखाका प्रमुख जिल्ला अधिकारी शङ्करहरि आचार्य र जिल्लाका सुरक्षा निकायलाई पहिरोबाट विस्थापितको उद्धारमा कमी हुन नदिन निर्देशन दिएका हुन् । पहिरोले स्थानीय वीरबहादुर गुरुङलगायतको घर पुरेको र गाउँको दुवै तिरबाट पहिरो आएकाले गाँउनै जोखिममा रहेको खबर आएको प्रजिअ आचार्यले जानकारी दिए। पहिरोबाट… पुरा पढौ

सरकारी बेरूजुकाे ग्राफ बढ्दाे, सुधारका लागि देखिएन चासाे

काठमाडाैं, २९ असार । वर्षेनि सरकारी बेरूजुकाे पाराे बढीरहेकाे छ । यस वर्ष महालेखा परिक्षकको कार्यालयले सार्वजनिक गरेको ५९ औं वार्षिक प्रतिवेदनले १ खर्ब १५ अर्ब ५ करोड रुपैयाँ बेरुजु देखाएकाे हाे । याे वर्ष संघीय, प्रादेशिक र स्थानीय तहका संघ, संस्थाको ७५ खर्ब ३३ अर्ब ९ कराेडकाे लेखापरिक्षणबाट बेरुजु देखिएको हो ।याेसहित हालसम्म कुल बेरुजु ४ खर्ब ८३ अर्ब ५९ करोड ६४ लाख रुपैयाँ देखिएकाे छ । यो गत सालकाेभन्दा १५.४६ प्रतिशतले बढी देखिएकाे छ। संघीय सरकारी कार्यालयतर्फ लेखा… पुरा पढौ

सेयर बजारमा अर्धशतक पार, कारोबारमा शिबम् सिमेन्ट अब्बल

कठमाडौं, २९ असार । साताको सेयर कारोबार हुने चौथो दिन बुधबार नेपाली सेयर बजारमा हरियाली छाएको छ । नेप्सेले अर्धशतक पार गरेको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकममा पनि सुधार भएको छ । वाणिज्य बैंकहरुमा भएको निक्षेप संकलनमा बृद्धिकाे प्रभात तथा मौद्रिक नीति देशको आवश्यक्ता अनुसार आउने राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बताईहेको बेलामा यसदिनको सकारात्मक लयले केहि आशा पलाएको छ । यसले लगानीकर्ताहरुको बढाएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचकले अर्धशत पार गरेको छ । नेप्सेमा… पुरा पढौ

बैंकर्स संघले भन्याे- साउनमा वाणिज्य बैकहरूकाे ब्याज बढ्दैन

काठमाडौं, २९ असार। वाणिज्य बैकहरूले साउन महिनामा पनि ब्याजदर नबढाउने भएका छन । नेपाल बैंकर्स संघका अनुसार बैंकहरुले साउन महिनाकाे लागि निक्षेपकाे ब्याजदर असारका लागि तोकिएको ब्याजदर जस्तै अधिकतम ११.०३ प्रतिशतसम्म मात्र दिने सहमति गरेकाे बताइएकाे छ । बैंकर्स संघको आज बुधबार बसेको बैठकले असारका लागि तोकिएको ब्याजदरलाई नै निरन्तरता दिने निर्णय गरेको हाे । बैंकहरुले हरेक महिना नयाँ ब्याजदर सार्वजनिक गर्नुपर्ने व्यवस्था रहेकाे छ । पछिल्लो केही समयदेखी रकमको अभावका कारण बैंकहरुले निक्षेपको ब्याजदर लगातार बढाउँदै आएका थिए ।… पुरा पढौ

राष्ट्र बैंकको सञ्चालक समितिमा निजी क्षेत्रको सहभागीताकाे मागसहित परिसंघले दियाे मौद्रिक नीतिका लागि यस्ता सुझाव

काठमाडौं, २९ असार । नेपाल उद्योग परिसंघले नेपाल राष्ट्र बैंकको संचालक समितिमा निजी क्षेत्रको प्रतिनिधित्व राख्न आग्रह गरेको छ । परिसंघले आगामी आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीतिका लागि गभर्नर महाप्रसाद अधिकारीलाई सुझाव दिँदै यस्तो माग गरेको हो । साथै परिसंघले मौद्रिक नीति उत्पादनमुखी र प्राथमिकता प्राप्त क्षेत्रमा लगानी विस्तार गर्ने गरी ल्याउन आग्रह गरेको छ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई मंगलबार परिसंघले सुझाव दिदै विद्यमान आर्थिक अवस्थालाई ध्यानमा राखेर अर्थतन्त्र चलायमान गराउने नीति लिन आग्रह गरेको हो… पुरा पढौ

आयातलाई प्रतिस्थापन गर्दै निर्यात बढाउन मन्त्री बडूकाे आग्रह

काठमाडौं, २९ असार । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले वैदेशिक लगानीलाई नेपालमा आकर्षित गर्न राजदूतको भूमिका महत्वपूर्ण भएको बताएका छन् । नेपाल निर्यात व्यवसायी महासङ्घले आज आयोजना गरेको ‘निर्यात प्रवर्धनका लागि राजदूत एवम् व्यवसायीबीचको अन्तरक्रिया’ कार्यक्रममा उनले नेपालको निर्यात क्षेत्रलाई विस्तार गरी वैदेशिक लगानीलाई नेपालमा आकर्षित गर्न राजदूतको भूमिका महत्वपूर्ण भएको बताए । “मुलुकमा उत्पादित वस्तुको निर्यातलाई बढाएर विदेशी मुद्रा भित्र्याउनु अहिले देशको मुख्य आवश्यकता हो, सोही कार्यमा विभिन्न देशका नवनियुक्त राजदूतहरु लाग्नुहुनेछ भन्ने विश्वास मैले लिएको छु”, उनले… पुरा पढौ

ग्लोबल आइएमई लघुवित्तद्धारा १५ लाखको छात्रवृत्ति वितरण

पोखरा, २९ असार । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले आफ्नो ५० वटा शाखा कार्यालयबाट छात्रवृत्ति वितरण कार्यक्रम सञ्चालन गरेको छ । यही असार २६ गते संस्थाको शाखाहरुमा छात्रवृत्ति कार्यक्रम सञ्चालन गरिएको विभागीय प्रमुख सुदिप आचार्यले जानकारी दिएका छन् । कार्यक्रममा ५० वटै शाखामा उत्कृष्ट अंक ल्याई वार्षिक परीक्षा उत्तीर्ण गर्ने जेहन्दार विधार्थीहरुलाई जनही ३०००० (तीस हजार) का दरले जम्मा १५ लाख छात्रवृत्ति प्रदान गरिएको जनाइएको छ । वित्तीय संस्थाले ग्राहक संरक्षण कार्यक्रम मार्फत सदस्यका छोरा छोरीहरु तथा गरिव जेहन्दार विधार्थीहरुको… पुरा पढौ

राप्ती हाइड्रोकाे सेयर खुल्याे, कहिलेसम्म दिने आवेदन ?

काठमाडाैं, २९ सेयर । राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सनले आजदेखि सर्वसाधारणका लागि २३ लाख ६६ हजार २४० कित्ता साधारण सेयर निष्काशन तथा बिक्रीमा ल्याएकाे छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि निष्काशन गरेको बाँकी रहेको ३७ हजार ६२३ कित्तामा थप गरेर कुल २३ लाख ६६ हजार २४० कित्ता साधारण सेयर बिक्रीमा ल्याएकाे हाे। यसबाट ७० हजार ९८८ कित्ता कर्मचारीहरुका लागि रहेकाे छ । १ लाख १८ हजार ३१२ कित्ता सामूहिक लगानी कोषको लागि सुरक्षित गरिएको छ भने बाँकी रहेकाे २१… पुरा पढौ

किसानलाई प्रोत्साहन गर्न सुपारी उद्योगलाई ५० प्रतिशत अनुदान

झापा, २९ असार । सुपारीलाई व्यवसायीकरण गर्दै रोजगारी सिर्जना गर्ने उद्देश्यले सुपारी प्रशोधन उद्योगको स्थापना गरिएको छ । उद्योग स्थापनासँगै कम लागत र थोरै जनशक्तिले धेरै उत्पादन गर्न सकिने किसानले बताएका छन् । विगतमा परम्परागत ढङ्गले सुपारी प्रशोधन गर्दा खर्च र जनशक्ति बढी लाग्ने र मुनाफा कम गरेका उनीहरुले उद्योग स्थापनासँगै आम्दानीसमेत बढ्ने बताएका छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ झापाका अनुसार सुपारी जोन क्षेत्रका कृषकले आम्दानी बढाउन सकिने कदम चाल्न आग्रह गरेका छन् । परियोजनाले चालु आर्थिक वर्ष… पुरा पढौ

भौतिक पूर्वाधार विकास तथा निमार्णमा बागमतीमा ६१ प्रतिशत खर्च

काठमाडाैं, २९ असार । बागमती प्रदेशको यातायात तथा पूर्वाधार विकास मन्त्रालयअन्तर्गत रहेको यातायात पूर्वाधार निर्देशनालय हेटौँडाले भौतिक पूर्वाधारको विकास तथा निमार्णको कार्यमा चालु आर्थिक वर्षमा ६१ प्रतिशत मात्र खर्च गरेको छ । निर्देशनालयले रु सात अर्र्ब ४२ करोड ७१ लाख खर्च गरेको छ । पूर्वाधार निर्देशनालय तथा मातहतका निकायका लागि चालु आव २०७८÷७९ मा रु १२ अर्र्ब १२ करोड नौ लाख विनियोजन भएको निर्देशनालयका सूचना अधिकरी हरिप्रसाद ओझाले जानकारी दिनुभयो । चालु आवमा प्रदेशको यातायात पूर्वाधार निर्देशनालयले सबैभन्दा बढी ८८.६१… पुरा पढौ