मुख्य समाचार

पोखरा महानगरको रु आठ अर्ब ७७ करोड बजेट पारित

पाेखरा, २७ असार । पोखरा महानगरपालिकाको नगरसभाले आगामी आर्थिक वर्ष २०७९/८० का लागि रु आठ अर्ब ७७ करोड ७५ लाख ५५ हजार बराबरको बजेट पारित गरेको छ । गत असार १० गते उपप्रमुख मञ्जुदेवी गुरुङले ११औँ नगरसभामा प्रस्तुत गरेको बजेट कार्यक्रम सभामा छलफलपछि सर्वसम्मत पारित गरिएको महानगर प्रमुख धनराज आचार्यले बताए । महानगरपालिकाले आगामी वर्ष चालु वर्षको भन्दा रु दुई अर्ब ३६ करोड ६५ लाख ५५ हजार बढी बजेट ल्याएको छ । चालु आवमा महानगरको बजेट रु छ अर्ब ४१… पुरा पढौ

मधेस प्रदेशको ४६ अर्ब ८८ करोड बजेट सर्वसम्मतले पारित

धनुषा, २७ असार । मधेस प्रदेश आर्थिक वर्ष २०७९/०८० को बजेट सर्वसम्मतले पारित भएको छ । आइतबार बसेको प्रदेशसभा बैठकबाट आगामी आर्थिक वर्षको बजेट सर्वसम्मतले पारित भएको हो । प्रदेशसभाको बैठकमा अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले पेस गरेकाे आर्थिक विधेयक, २०७९ र कर तथा गैरकर राजश्व लगाउने तथा उठाउने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सर्वसम्मतले पारित भएपछि बजेट पारित भएको हो । यसअघि शनिबार प्रदेशसभाबाट विनियोजन विधेयक पारित भएको थियो । यही असार १ गते मधेस प्रदेशका अर्थमन्त्री साहले आव २०७९/०८० का… पुरा पढौ

मुख्यमन्त्री पाण्डेले गरे चेपाङ किशोरी छात्रावासकाे समुद्घाटन

धादिङ, २६ असार । चेपाङ किशोरीलाई सहज शिक्षाको पहुँचका लागि बास बस्न निर्माण गरिएको छात्रावास भवनको उद्घाटन गरिएको छ । गजुरी गाउँपालिका–१ हाँगेटारमा निर्माण भएको सो छात्रावासको बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले आइतबार उद्घाटन गरेका हुन । छात्रावासमा ३६ जना बस्न सक्ने क्षमता रहेको छ । कार्यक्रममा मुख्यमन्त्री पाण्डेले छात्रावासमा रहने किशोरीको लागि बागमती प्रदेश सरकारको तर्फबाट २० वटा कम्प्युटर सहयोग गर्ने बताए । छात्रावास भवनको उचित रेखदेखका लागि उनले गजुरी गाउँपालिकाका अध्यक्ष गणेशलाल श्रेष्ठलाई भवन हस्तान्तरण गरे । गजुरी… पुरा पढौ

मौद्रिक नीतिका लागि राष्ट्र बैंकले माग्याे सरोकारवालासँग रायसुझाव

काठमाडौं, २६ असार । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिका लागि रायसुझाव माग गरेको छ । नेपाल राष्ट्र बैंक ऐन २०५८ मा भएको व्यवस्थाअनुसार बैंकले आर्थिक वर्ष २०७९-८० को मौद्रिक नीति सार्वजनिक गर्नका लागि सम्बन्धित सरोकारवालासँग राय सुझाव माग गरेको हो । उक्त ऐनको परिच्छेद–५ को दफा ४४ ले मौद्रिक नीति निर्माण तथा कार्यान्वयन गर्ने पूर्ण अधिकार राष्ट्र बैंकलाई दिएको छ । राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागले इमेल monetarypolicy@nrb.org.np मा रायसुझाव उपलब्ध गराउन सूचित गरेको छ । राष्ट्र बैंकले यसअघि आर्थिक… पुरा पढौ

माटो जोगाउन प्रधानमन्त्रीलाई पत्र लेख्दै पोखराका विद्यार्थीहरू

पाेखरा, २६ असार । पोखराका करिब ३० विद्यालय तथा विश्वविद्यालयका विद्यार्थीहरुले विश्वव्यापी माटो जोगाऔं (SAVE SOIL) अभियान अन्तर्गत माटो जोगाउनका निम्ति सरकारी नीतिहरुको निर्माणका लागि प्रधानमन्त्री शेर बहादुर देउवालाई अनुरोध पत्र लेख्दैछन् । पोखरामा अहिलेसम्म पोखरा युनाइटेड एकेडेमी, पोखरा लर्नर्स एकेडेमी, अल्फा बोर्डिंग, फिष्टेल एकेडेमी, मदरल्याण्ड, थ्री एन्जल्स, व्यु पोइन्ट, ताल बाराही, करुनानिधि एजुकेसन फाउन्डेसन, बाल मन्दिर, शान्ति निकेतन, केदारेश्वर गुरुकुल, श्री अमरसिंह, कन्या माध्यमिक, श्री महेन्द्र माध्यमिक, गण्डकी बोर्डिंग, बाल प्रभात, रिवर डेल र धेरै अरु विद्यालयहरुका साथसाथै पृथ्वी… पुरा पढौ

लुम्बिनीमा भारतीय पर्यटकको आगमन बढ्याे

भैरहवा, २६ असार । गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा भारतीय पर्यटकको आगमनमा वृद्दी भएको छ । विगतका वर्षमा भन्दा याे वर्ष लुम्बिनीमा भारतीय पर्यटक उल्लेख्य मात्रामा आइरहेकाे लुम्बिनी विकास कोषले जनाएको छ । बुद्ध पूर्णिमामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लुम्बिनी भम्रणमा आएसँगै बुद्ध जन्मस्थलको दर्शनका लागि भारतीय पर्यटक आउनेक्रम बढ्दै गएको कोषका सदस्य सचिव सानुराजा शाक्यले जानकारी दिए । भारतीय प्रधानमन्त्री मोदीको लुम्बिनी भ्रमणको डेढ महिनाको अवधिमा ३७ हजार ८३५ भारतीय पर्यटक लुम्बनी आएका कोषको सूचना शाखाले जनाएको छ । उक्त सङ्ख्या… पुरा पढौ

कृषि कर्ममा रमाउँदै बुद्ध एयरका प्रबन्ध निर्देशक बस्नेत

काठमाडौं, २६ असार । वीरेन्द्रबहादुर बस्नेत नेपाली हवाई उड्डयन क्षेत्रमा स्थापित नाम हो । हवाई सेवा प्रदायक कम्पनी बुद्ध एयरका प्रबन्ध निर्देशक उनले वर्षौँदेखि जहाज सञ्चालक रहेर वायुसेवा क्षेत्रमा प्रतिष्ठा कमाएका छन् । सो क्षेत्रमा सफलता हासिल गरेका व्यक्ति धानमिल अर्थात् धान र खाद्य सुरक्षाको कुरा गर्ने बाटोमा कसरी मोडिए त ? प्रबन्ध निर्देशक बस्नेतले भने, “बुद्ध एयर खोल्नु अगाडि धानमा परिचित थिएँ, धान उत्पादनमा नै खाइखेली आएको व्यक्ति हुँ, यसैले नेपालको सफलतामा न्यायसङ्गत व्यवसाय के हुनसक्छ भन्दा त्यो कृषि… पुरा पढौ

लकडाउनको अवधिमा ६३ प्रतिशत उद्योग बन्द, ६० प्रतिशत कामदार बिना तलब निष्काशित

काठमाडौं, २६ असार । कोरोना महामारीका सिर्जित लकडाउनको अवधिमा ६३ प्रतिशत उद्योग तथा प्रतिष्ठान बन्द भएको पाइएको छ । केन्द्रीय तंथ्यांक विभागले सार्वजनिक गरेको राष्ट्रिय औद्योगिक सर्वेक्षण २०७६ मा १३ हजार १४५ उद्योग तथा प्रतिष्ठान समेटिएको छ । विभागका अनुसार कोभिड–१९ को महामारीको समयमा सरकारले गरेको करिब महिनाको लकडाउन अवधिमा करिब ६३ प्रतिशत उद्योग प्रतिष्ठानहरु पूर्णरुपमा बन्द भएको सर्वेक्षणले देखाएको छ । यसैगरी २४ प्रतिशत उद्योग प्रतिष्ठानहरु आंशिकरुपमा संचालनमा रहेको र बाँकी १३ प्रतिशत उद्योग प्रतिष्ठानहरु पूर्णरुपमा संचालनमा रहेको सर्वेक्षणले… पुरा पढौ

मौद्रिक नीतिका लागि ब्रोकर एसोसिएसनले राष्ट्र बैंकलाई दियो यस्ताे सुझाव

काठमाडौं, २६ असार । स्टक ब्रोकर एसोसिएसन अफ नेपालले आगामी आर्थिक वर्षको मौद्रिक नीतिका लागि राष्ट्र बैंकलाई सात बुँदे सुझाव दिएको छ । नेपालको पुँजी बजारको विकास तथा बिस्तार र दोस्रो बजारको विकासका लागि उक्त सुझाव दिएको एसोसिएसनले जनाएको छ । एसोसिएसनले दिएको सुझावमा मौद्रिक नीतिमा सेयर धितोमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जा एक व्यक्ति वा संस्थाले एक बित्तीय संस्थाबाट अधिकतम ४ करोड र समग्र बित्तीय प्रणालिबाट अधिकतम १२ करोड रुपैयाँसम्म मात्र लिनसक्ने व्यवस्थाको कार्यान्वयनले बजारमा सेयरको आपूर्ति अप्राकृतिक रूपमा… पुरा पढौ

ऋण नलिएरै व्यवसाय गर्नेको संख्या बढी : औद्योगिक सर्वेक्षण

तस्वीर : गूगल
काठमाडौं, २६ असार । बैंकबाट ऋण लिएरभन्दा नलिएर व्यवसाय गर्नेको संख्या बढी भएको पाइएको छ । केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको राष्ट्रिय औद्योगिक सर्वेक्षणमा साना उत्पादन मुलक उद्योग प्रतिष्ठान (१० जनाभन्दा कम काम गर्ने)मा ३४ प्रतिशतले मात्र बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएको देखिएको छ । जसमा १ प्रतिशतले बैंकबाट ऋणको प्रतिबद्धता पाएको तथा ५ प्रतिशत प्रक्रियामा रहेको उल्लेख गरिएको छ । ६० प्रतिशत साना उद्योग प्रतिष्ठानले बैंकको ऋण नलिएको देखिएको छ । २०६९ सालमा भएको सर्वेक्षणमा उद्योगीहरुले श्रम सम्बन्ध… पुरा पढौ