मुख्य समाचार

ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड १ काे आवेदन म्याद थपियाे

काठमाडौं, २६ असार । ग्लोबल आइएमई क्यापिटलले बिक्रीमा ल्याएकाे ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड १ काे इकाईको लागि आवेदन दिने म्याद थप गरिएकाे छ । क्यापिटलले असार २२ गतेदेखि साे फण्ड निष्काशन तथा बिक्रीमा ल्याएकाेमा अब आवेदन दिने म्याद साउन ४ गतेसम्म सारिएकाे छ। क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित मूल्यमा एक अर्ब २० करोड रुपैयाँ बराबरको १२ करोड इकाई निष्काशन तथा बिक्रीमा ल्याएको थियाे । कुल इकाईबाट १८ लाख इकाई ग्लोलब आइएमई क्यापिटलका लागि रहेकाे छ । १ करोड ६२ लाख… पुरा पढौ

पनौती उद्योग वाणिज्य सङ्घको अध्यक्षमा थापा निर्वाचित

काभ्रे, २६ असार । पनौती नगर क्षेत्रभित्रका उद्योगी व्यवसायीहरूको साझा संस्था पनौती उद्योग वाणिज्य सङ्घको अध्यक्षमा भोला थापा निर्वाचित भएका छन् । पनौतीमा सम्पन्न भएको पहिलो अधिवेशनले थापाको अध्यक्षतामा नयाँ नेतृत्व निर्वाचित गरेको हो । सङ्घको वरिष्ठ उपाध्यक्षमा सुदर्शन सुवेदी, उपाध्यक्षद्वय अञ्जु रञ्जित केसी र पुनम लामा जङ्गम, सचिवमा महेशराज पौडेल, सहसचिवमा इञ्जीनियर सीतु सैँजु, कोषाध्यक्षमा सुभाषराज बञ्जारा रहेका छन् । त्यस्तै सदस्यमा क्रमशः राजेशकुमार श्रेष्ठ, उत्तम फाँछी श्रेष्ठ, ज्ञानबहादुर लामा, पुरुषोत्तम कर्माचार्य, ममता भारती, विमला श्रेष्ठ र रवीन्द्र हुमागाईँ… पुरा पढौ

विराटनगर महानगरको साडे तीन अर्ब बढीकाे बजेट पारित

मोरङ, २६ असार । विराटनगर महानगरपालिकाको आगामी आर्थिक वर्षको बजेट सर्वसम्मतिले पारित भएको छ । महानगरको १०औँ नगरसभाको दोस्रो बैठकले आगामी आर्थिक वर्षको बजेटसँगै नीति तथा कार्यक्रम पारित गरेको हो । महानगरले यही असार १० गते आगामी आवका लागि रु तीन अर्ब ६२ करोड ५५ लाख ६७ हजारको बजेट सार्वजनिक गरेको थियो । बैठकमा महानगर उपप्रमुख शिल्पा निराला कार्कीले प्रस्तुत गर्नुभएको आगामी आवको आर्थिक विधेयक, विनियोजन विधेयक र महानगर खेलकुद विकास विधेयक पनि सर्वसम्मतिले पारित गरिएको छ । त्यसैगरी बैठकले… पुरा पढौ

राष्ट्रपतिबाट बकर इदकाे अवसरमा सुख, शान्ति र समृद्धिको शुभकामना

काठमाडाैं, २६ असार । राष्ट्रपति विद्यादेवी भण्डारीले इस्लाम धर्मावलम्बीहरूको महान् पर्व इद उल अज्हा (बकर इद) को पावन अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपाली मुस्लिमइहरूमा सुख, शान्ति तथा समृद्धिको लागि शुभकामना व्यक्त गरेकि छन् । राष्ट्रपति भण्डारीले मुस्लिम समुदायको ठूलो चाडको रूपमा रहेको इद उल अज्हा (बकर इद) संयमता, धैर्यता, विश्व शान्ति र भाइचाराको सन्देश दिने चाड भएकाले यो पर्व एक आपसमा खुसी, सद्भाव तथा शुभकामना आदानप्रदान गरी मनाउन आग्रह गरेकि छन् । “नेपाली समाज विविध जातजाति, भाषाभाषी र संस्कृतिहरूको… पुरा पढौ

तुलसीको बिरुवा सारेर हरिशयनी एकादशी मनाइँदै

काठमाडाैं, २६ असार । प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घर घरमा तुलसीको बिरुवा सारी चार महिनासम्म गरिने विशेष पूजा आराधना आजदेखि सुरु हुँदैछ । एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिनमा घर घरको तुलसी मोठमा राखिएको दलको बिरुवा आज मोठमा सारिन्छ । सनातन वैदिक परम्परा अनुसार तुलसीलाई विष्णुको प्रतीकका रुपमा मानिन्छ । आजदेखि कार्तिक शुक्ल एकादशीका दिनसम्म तुलसीको विशेष पूजा हुन्छ । आषाढ शुक्ल एकादशीदेखि कार्तिक शुक्ल एकादशीसम्म चार महिना भगवान् विष्णु क्षीरसागरमा शयन गर्ने भएकाले आजको दिनलाई हरिशयनी एकादशी… पुरा पढौ

साना किसान विकास लघुवित्तले मनायाे २१औं स्थापना दिवस, उत्पादनमा किसानलाई सबल बनाउन जोड

काठमाडाैं, २५ असार। कृषि अर्थतन्त्र सुधारका लागि कृषि पेसामा आबद्ध साना किसानलाई सबल बनाउनुपर्नेमा जोड दिइएको छ । साना किसान विकास लघुवित्त वित्तीय संस्थाको २१औँ स्थापना दिवसमा आयोजित कार्यक्रमा राउटे, वनकरिया, मुसहर, चेपाङ, दलित, जनजाति, महिलालगायतलाई सूसुचित गरी उत्पादनमा लगाउन विज्ञहरुले जोड दिएका हुन् । कार्यक्रममा पूर्वगभर्नर तथा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष दीपेन्द्रबहादुर क्षेत्रीले गरिबी निवारण, अर्थतन्त्रको सुधार, भोकमरीको अन्त्य र दिगो विकास लक्ष्य पूरा गर्न कृषि तथा पशुजन्य उत्पादन, प्रशोधन र बजारीकरणमा साना किसानको योगदान रहेको चर्चा गरे ।… पुरा पढौ

ब्लुप्रिन्ट ट्रेडिङले सेनेटरी प्याड आयात गर्दैन : बजगाईं

काठमाडाैं, २५ असार । ब्लुप्रिन्ट ट्रेडिङ प्रालिले केही सञ्चारमाध्यममा आफ्नो प्रालीले ‘सेनेटरी प्याड’ आयात गरेको भनेर आएका समाचार तथ्यहीन, भ्रामक र गलत भएको स्पष्ट पारेको छ । केही सञ्चारमाध्यमले ब्लुप्रिन्ट ट्रेडिङले सेनेटरी प्याड आयात गरेको भनेर समाचार प्रकाशित गरेपछि आज कम्पनीले प्रेस विज्ञप्ति जारी गर्दै आफूहरुले बालबालिकाका लागि डाइपर मात्रै आयात गर्ने गरेको स्पष्ट पारेको हो । “सञ्चारमाध्याममा ब्लुप्रिन्ट ट्रेडिङ प्रालीका विषयमा बिनाआधार र प्रमाण प्रकाशित भएका समाचारप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । ब्लुप्रिन्ट ट्रेडिङ नेपालमा बालबालिकाका लागि प्रयोग… पुरा पढौ

नेपाल प्रहरीका ३२ एसपीकाे एसएसपी पदमा बढुवा सिफारिस

काठमाडौं, २५ असार । नेपाल प्रहरीका ३२ प्रहरी उपरीक्षक (एसपी)लाई प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) पदमा बढुवाका लागि सिफारिस गरिएको छ । नेपाल प्रहरीको आज बसेको बढुवा समितिको बैठकले जनपद प्रहरी समूहतर्फ ३२ एसपीलाई एसएसपी पदमा बढुवाका लागि सिफारिस गरेको हो । सिफारिस हुनेहरुमा गणेश चन्द, सिद्धिविक्रम शाह, सुशीलसिंह राठौर, उमाप्रसाद चर्तुवेदी, दानबहादुर कार्की, डा मनोजकुमार केसी, राजन अधिकारी, जीवनकुमार श्रेष्ठ, हिमालयकुमार श्रेष्ठ, डम्बरबहादुर विक, ओमबहादुर राना, ईश्वर कार्की, राजेन्द्रप्रसाद भट्ट, दिनेशकुमार आचार्य र अरुण पौडेल रहेका छन् । यस्तै गोविन्द… पुरा पढौ

नेपालमा पहिलो पटक ‘सेफ नेपाल’ रियालिटी शो सञ्चालन हुने

काठमाडौं, २५ असार । नेपालमा पहिलो पटक खाना पकाउने कलासम्बन्धी रियालिटी शो ‘सेफ नेपाल’ सञ्चालन हुने भएको छ । नेपाली खानाको प्रवद्र्धन र खाना पकाउने कलाको विकासका लागि पाककलासम्बन्धी रियालिटी शो सञ्चालनमा ल्याउन लागिएको निर्माता धर्मराज पाण्डेले जानकारी दिए। उनले भने, “नेपाली खानाको प्रवद्र्धनका लागि एउटा प्लेटफर्म क्रियट गरौँ भनेर यो अभियान चलाइएको हो । हामीसँग नेपाली खाना र मिडिया हुनुहुन्छ, आफूले पुलका रुपमा काम गर्न लागेको हुँ ।” धर्म पिक्चर्सको प्रस्तुति रहेको सेफ नेपालको निर्देशन सिमोस सुनारले गर्नेछन् ।… पुरा पढौ

आइतबार सार्वजनिक बिदा, सेयर बजार, बैंक तथा वित्तीय संस्थामा काराेबार नहुने

काठमाडौं २५, असार । नेपाल सरकारले असार २६ गते आइतबार सार्वजनिक बिदा दिएकाे छ । उक्त दिन इस्लाम धर्मावलम्बीहरुको पर्व बकर इद (इद उल अजहा) भएकाेले सार्वजनिक बिदा दिने निर्णय भएकाे हाे । बकर इद असार २६ गते आइतबारका दिन पर्ने भनी मुस्लिम आयोगबाट अनुरोध भई आएकाले सो दिन मुलुकभर सार्वजनिक बिदा कायम गर्ने निर्णय गरिएको गृह मन्त्रालयका सहसचिव तथा प्रवक्ता फणिन्द्रमणि पाेखरेलले जारी गरेकाे सूचनामा जनाइएकाे छ । सरकारकाे याे निर्णयसँगै सबै सरकारी कार्यालयहरु लगायत शेयर बजार, बैंक तथा… पुरा पढौ