मुख्य समाचार

तरलता व्यवस्थापन गर्न उद्योग परिसंघले गरायो प्रधानमन्त्रीको ध्यानाकर्षण, दियो यस्तो सुझाव

काठमाडौं, २४ असार । नेपाल उद्योग परिसंघ र प्रधानमन्त्री शेरबहादुर देउवाबीच मुलुकको आर्थिक अवस्था, बजेट कार्यान्वयन, मौद्रिक नीति, नव प्रवर्तन उद्यम प्रोत्साहनलगायतका विषयमा छलफल भएको छ । परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवाल नेतृत्वको टोलीले प्रधानमन्त्री देउवासँग बिहीवार प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता गरेको हो । भेटवार्ताका क्रममा परिसंघले मुलुकको पछिल्लो आर्थिक अवस्था र सुधार्न चालिनुपर्ने कदम, बजेटको सफल कार्यान्वयनका लागि प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको छ । यस्तै लगानीयोग्य रकमको अभाव र समाधानका लागि आगामी मौद्रिक नीतिमार्फत सम्बोधन गर्न चालिनुपर्ने विषय, विदेशी विनिमय संचिती,… पुरा पढौ

अध्ययनको दाबी : व्यापार घाटा बढ्नुको प्रमुख कारण बैंक कर्जा र रेमिट्यान्स

काठमाडौं, २४ असार । बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको कर्जाले व्यापार घाटा बढाएको एक अध्ययनले जनाएको छ । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सीवीफीन) ले त्रिभुवन विश्वविद्यालय केन्द्रीय अर्थशास्त्र विभागसँगको सहकार्यमा गरेको अध्ययन प्रतिवेदनका अनुसार व्यापार घाटा बढ्नुको प्रमुख कारण रेमिट्यान्स र बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाह हुने कर्जा हो । रेमिट्यान्सले बैंकमा निक्षेप बढाएको र बैंकले कर्जा लगानीको हिसाबले व्यापार घाटा बढाएको अध्ययनले देखाएको छ । व्यापार घाटाको सम्बन्ध रेमिट्यान्ससँग ७५ प्रतिशत, बैंकको कर्जामा ८५… पुरा पढौ

अपर हेवाखोला हाइड्रोपावरकाे सेयर खुल्याे, कहिलेसम्म दिने आवेदन ?

काठमाडौं, २४ असार । अपर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेडले आजदेखि सेयर निष्काशन तथा बिक्री खुला गरेकाे छ। कम्पनीले सर्वसाधारणका लागि १५ लाख कित्ता साधारण सेयर निष्काशन तथा बिक्री खुल्ला गरेकाे हो। प्रतिसेयर १०० अंकित दरकाे १५ लाख कित्ता साधारण सेयरमध्ये २ प्रतिशत अर्थात ३० हजार कित्ता सेयर कर्मचारीहरुका लागि रहेकाे छ । यस्तै ७५ हजार कित्ता सेयर सामूहिक लगानी कोषका लागि रहेकाे छ। त्यसबाट बाँकी रहने १३ लाख ९५ हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन पाउनेछन् । लगानीकर्ताले असार २८… पुरा पढौ

बजार मूल्य नियन्त्रण गर्न उपभोक्ता जागरण अभियान नेपालकाे ध्यानाकर्षण

काठमाडौं, २४ असार । उपभोक्ता अधिकारका क्षेत्रमा कार्यरत उपभोक्ता जागरण अभियान नेपालले मूल्यवृद्धि नियन्त्रणका विषयमा नेपाल सरकारको ध्यानाकर्षण गराएको छ । अभियानका पदाधिकारीले सरकारका मुख्यसचिव शङ्करदास वैरागीसहित उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका अधिकारीलाई भेटेर मूल्यवृद्धि नियन्त्रणका लागि चाल्नुपर्ने कदमका विषयमा ज्ञापनपत्रमार्फत ध्यानाकर्षण गराएका हुन् । ज्ञापनपत्रमा बजारमा एकाधिकारपूर्ण, अनुचित र कानुनद्वारा निषेधित ब्यापारिक कार्यहरू हुने गरेको उल्लेख छ । हरेक क्षेत्रमा सेटिङमा काम भइरहेको भन्दै ज्ञापनपत्रमा बजार अनुगमन सार्थक एवं प्रभावकारी हुन नसकेको गुनासो… पुरा पढौ

सयपत्री हाइड्रोपावरकाे सेयरमा आवेदन दिने आज अन्तिम दिन

काठमाडाै‌, २४ असार । सयपत्री हाइड्रोपावरकाे सेयरमा आवेदन दिने आज अन्तिम दिन बाँकी रहेको छ। कम्पनीले असार २ गतेदेखि आयोजना प्रभावित क्षेत्रका जनताका लागि सेयर निष्काशन गरेको थियो। कम्पनीका अनुसार प्रतिसेयर १०० अंकित दरकाे ३ लाख कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्र बाग्लुङ्गकाे ताराखोला गाउँपालिका र गल्कोट नगरपालिकाका स्थायी जनताका लागि सेयर निष्काशन गरिएकाे हो। लगानीकर्ताले प्रभु बैंकको ताराखोला र गल्कोट शाखा, ग्लोबल आइएमई बैंकको गल्कोट शाखा, कामना सेवा विकास बैंकको गल्कोट हाखा र एनआईबिएल एस क्यापिटल लिमिटेड, काठमाडौँबाट आवेदन… पुरा पढौ

नातिनातिना उमेरका सहपाठीसंगै ६१ वर्षीय रिमबहादुर कक्षा ५ मा पढ्दै

तुलसीपुर, २४ असार । कक्षामा वरिपरि नातिनातिना उमेरका सहपाठी छन् । उनीहरुकै बीचमा पाका व्यक्ति पनि ध्यान दिएर पढिरहेका हुन्छन् । कपाल सेताम्य भएका ती व्यक्ति कक्षा कहिल्यै छुटाउँदैनन् । अरु विद्यार्थी सरह उनको पनि पढाइमै ध्यान केन्द्रित हुन्छ । दाङको बबई गाउँपालिका–५ स्थित जनज्योति आधारभूत विद्यालयको कक्षा ५ मा दिनहुँ देखिने दृश्य हो यो । उक्त दृश्यले हिजोआज सबैलाई आश्चार्यचकित बनाएको छ । यसले सबैलाई खुसी तुल्याएको छ । बबई गाउँपालिका–५ सिमगैराका ६१ वर्षीय रिमबहादुर खड्का कक्षा ५ मा… पुरा पढौ

शिक्षा र प्रविधिमा जर्मनी सरकारले सहकार्य बढाउने

काठमाडाैं, २४ असार । नेपालको शिक्षा, प्रविधि र अन्य अत्यावश्यक क्षेत्रको प्रवद्र्धनमा जर्मनी सरकारको सहयोग र सहकार्य वृद्धि हुने भएको छ । एड्भान्स्ड कलेज अफ इञ्जीनियरिङ एण्ड म्यानेजमेन्टले गोथे जेन्ट्रमसँगको सहकार्यमा बिहीबार आयोजना गरेको ‘जर्मनीबारे जानकारी’ विषयक सत्रमा नेपालस्थित जर्मनी दूतावासका कन्सुलर लउरा लगबेयरले नेपालको शिक्षा, प्रविधि तथा अन्य अत्यावश्यक क्षेत्रमा सहकार्य बढाउने उल्लेख गर्दै इञ्जीनियरिङ क्षेत्रमा शैक्षिक प्रशिक्षण प्रदान गर्ने सही मार्गमा नेपाल रहेको भन्दै खुसी व्यक्त गरे । “जर्मन भाषाको सिकाइका लागि ठूलो सङ्ख्यामा विद्यार्थी उत्साहपूर्ण ढङ्गले समर्पित… पुरा पढौ

यस्ताे छ आगामी तीन दिनकाे माैसम पूर्वानुमान

काठमाडाैं, २४ असार । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको सामान्य प्रभाव रहेको जनाएकाे छ । देशको प्रदेश नं १, बाग्मती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशमा सामान्य बदली रहि बाँकी भु-भागमा आँशिक देखि सामान्य बदली रहेको छ।  प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम का थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ सहित हल्का वर्षा भइरहेको छ ।  असार २४ गते (शुक्रबार) दिउँसो:  देशभर आँशिक देखि सामान्य बदली रहनेछ ।  प्रदेश नं १, बागमती प्रदेश ,गण्डकी प्रदेश कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका… पुरा पढौ

उपभोक्ता जागरण अभियानद्वारा मूल्यवृद्धि नियन्त्रण गर्न सरकारकाे ध्यानाकर्षण

काठमाडौं, २३ असार । उपभोक्ता अधिकारका क्षेत्रमा कार्यरत उपभोक्ता जागरण अभियान नेपालले मूल्यवृद्धि नियन्त्रणका विषयमा नेपाल सरकारको ध्यानाकर्षण गराएको छ । सरकारका मुख्यसचिव, बजार अनुगमनको मुख्य जिम्मेवारी पाएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, त्यसअन्तर्गतको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागलाई भेटेर जागरण अभियानका पदाधिकारीले मूल्यवृद्धि नियन्त्रणका लागि चाल्नुपर्ने कदमका विषयमा ज्ञापनपत्रमार्फत सरकारको ध्यानाकर्षण गराएका हुन् । जागरण अभियानले बुझाएको ज्ञापनपत्रमा बजारमा एकाधिकारपूर्ण, अनुचित र कानूनद्वारा निषेधित व्यापारिक कार्यहरु हुनेगरेको उल्लेख छ । हरेक क्षेत्रमा सेटिङमा काम भैरहेको भन्दै ज्ञापनपत्रमा बजार… पुरा पढौ

यी हुन् सिबिफिनका अर्थव्यवस्था जोगाउने महत्वपूर्ण सुझाव, मौद्रिक नीति महत्वपूर्ण हतियार सावित हुने

काठमाडौं, २३ असार । स्थानीय निकायको रकमलाई शतप्रतिशत निक्षेप गणना गर्न दिने व्यवस्थाले उत्पादनशील क्षेत्रमा कर्जा प्रवाह गर्न मद्दत पुग्ने भन्दै बैंक तथा वित्तीय संस्था परिसङ्घ नेपाल (सिबिफिन) ले आर्थिक विकास, अर्थतन्त्रको उन्नयनलगायतका विषयमा आगामी आर्थिक वर्षको मौद्रिक नीतिमा विशेष प्राथमिकतामा राख्नुपर्नेमा जोड दिएको छ । आगामी आर्थिक वर्षको मौद्रिक नीतिका सन्दर्भमा सिबिफिनले आज आयोजना गरेको कार्यक्रममा अनावश्यक र विलासीताका वस्तुको आयातमा गरिएको कडाइलाई थप निरन्तरता दिँदै निर्यात प्रवद्र्धन गर्न उत्पादनमूलक क्षेत्रमा लगानी विस्तार गर्नुपर्ने सुझाव दिएको छ । राष्ट्र… पुरा पढौ