मुख्य समाचार

देशभर आंशिक बदली, पहाडी भागमा हल्का वर्षाको सम्भावना

काठमाडाैं, २३ असार । ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालय जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएकाे छ । देशका गण्ड्की लुम्बिनी कर्णाली र सुदुरपश्चिम प्रदेशमा सामान्य बदली रहि बाँकी प्रदेशमा आँशिक देखि सामान्य बदली रहेको छ। प्रदेश १, बागमती प्रदेश र सुदुर पश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन चट्याङ सहित हल्का वर्षा भइरहेको छ ।  असार २३ गते (बिहिबार) दिउँसो:  देशभर आँशिक देखि सामान्य बदली रहनेछ ।  देशका पहाडी भू-भागका केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षा तथा बाँकी भू-भागका थोरै स्थानहरूमा… पुरा पढौ

जलवायु परिवर्तनको असरबारे ध्यानाकर्षण गराउन ६० महिलाले सेफुक्सुण्डोको पदयात्रामा गर्ने

काठमाडौं, २३ असार । जलवायु परिवर्तनले महिलाका जनजीवन र पर्यटन क्षेत्रमा पारेको असरको ध्यानाकर्षण गराउने उद्देश्यले ६० जना महिलाको समूहले डोल्पाको विकट फुक्सुण्डो क्षेत्रमा पदयात्रा गर्ने भएका छन् । आगामी अक्टोबरमा सातै प्रदेशका जनप्रतिनिधिसहित विविध क्षेत्रका अगुवा महिलाको सहभागितामा कर्णालीको दूर्गम भेगको पदयात्रा हुने भएको हो । साथसाथै फाउण्डेशनले आयोजना गरेको कार्यक्रममा अक्टोबरमा हुने पदयात्राको घोषणा गरेको हो । फाउण्डेशनले गत मार्च ८ मा सगरमाथाको कालापत्थरमा पदयात्रा आयोजना गरेको थियो । कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री जीवनराम श्रेष्ठले नेपालको… पुरा पढौ

असार २६ गते बकर इदकाे सार्वजनिक बिदा

काठमाडौं २२, असार । सरकारले यही असार २६ गते आइतबार इस्लाम धर्मावलम्बीहरुको पर्व बकर इद (इद उल अजहा) का दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । उक्त पर्व यही असार २६ गते आइतबारका दिन पर्ने भनी मुस्लिम आयोगबाट अनुरोध भई आएकाले सो दिन मुलुकभर सार्वजनिक बिदा कायम गर्ने निर्णय गरिएको गृह मन्त्रालयले आज एक सूचना जारी गरी जनाएको छ । विसं २०७८ फागुन २६ गते नेपाल राजपत्रमा प्रकाशित सूचनामा बकर इदका अवसरमा सार्वजनिक बिदा दिने उल्लेख थियो । गृह… पुरा पढौ

जग्गा भाडामा लगाउँदा कानुनी त्रुटी भए सम्झौता खारेज गर्ने अधिकार समितिलाई छ : निवर्तमान मेयर जिसी

पोखरा, २२ असार । पोखरा महानगरपालिकाका निवर्तमान मेयर तथा पोखरा उपत्यका नगर विकास समितिका निर्वतमान अध्यक्ष मानबहादुर जिसीले समितिको जग्गा भाडामा लगाइएको बारेमा सञ्चार माध्यममा प्रकाशित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । बुधबार एक विज्ञप्ति निकालेर उनले पोखरा उपत्यका नगर विकास समितिको स्वामित्वमा रहेको राष्ट्र बैंकचोकस्थित पर्यटक बसपार्कको जग्गा, गल्फ कोर्षको जग्गा र यातायात कार्यालय नजिकैको जग्गा ‘सेटिङ’ मिलाएर भाडामा दिइएको भन्ने आरोप निराधार भएको बताएका हुन् । उनले कुनै पनि भ्रममा नपर्न पोखरेली जनतालाई आग्रह समेत विज्ञप्ति मार्फत्… पुरा पढौ

अर्थमन्त्री जनार्दन शर्माले दिए राजीनामा, छानबिन गर्न ११ सदस्यीय संसदीय समिति गठन

काठमाडौं, २२ असार । अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिएका छन्। उनले आज प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै संसदीय छानबिनलाई सहयोग गर्न आफूले राजीनामा गरेको घोषणा गरे। आगामी आर्थिक वर्षको बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिको संलग्नताको प्रश्न उठेपछि यस विषयमा छानबिन गर्न आजै संसदीय विशेष समिति गठन गरिएको छ । संसदीय छानबिन समिति गठन प्रतिनिधिसभाले आगामी आर्थिक वर्षको बजेट निर्माणका सन्दर्भमा अनधिकृत व्यक्तिको संलग्नताबारे उठेको प्रश्नको छानबीन गर्न संसदीय छानविन समिति गठन गरेको छ । उक्त संसदीय समिति ११ सदस्यीय रहेको छ… पुरा पढौ

नेप्सेमा दोहोरो अंकको बृद्धि, कारोबारमा गुराँस फाइनान्स अब्बल

काठमाडौं, २२ असार । साताको सेयर कारोबार हुने चौथो दिन नेपाली सेयर बजारमा सकारात्मक संकेत देखिएको छ । यसदिन नेप्सेमा दोहोरो अंकको बृद्धि भएको छ । स्थानियतहको निर्वाचन सकिसकेको, सरकारले आर्थिक वर्ष २०७९/०८० को बजेट पेश गरिसकेकाे र लगानीकर्ताको आन्दोलन पनि सहमतिमा सकिएकाे अवस्थामा सेयर बजारले उकालो चढ्ला भन्ने अपेक्षा पूर्णरुपमा पूरा भईसकेको छैन । उसो तर सेयर बजार राजनीतिक अस्थिरता र बैंकहरुको बढ्दो व्याज दरको कारण पनि सेयर प्रभावित हुने गरेको छ । पछिल्लो समय राष्ट्र बैंकले निकट दिनहरुमा… पुरा पढौ

गहुँ बालीको ‘सुपरजोन’ कार्यक्रम कार्यान्वयनसँगै उत्पादकत्वमा पनि वृद्धि

सुदूरपश्चिम, २२ असार । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत कैलाली जिल्लामा गहुँ बालीको ‘सुपर जोन’ कार्यक्रम कार्यान्वयन भएसँगै गहुँको उत्पादकत्व पहिलेको तुलनामा वृद्धि भएको छ । गहुँ बालीको सुपर जोन कार्यक्रम कार्यान्वयन भइरहेको क्षेत्रमा गहुँको उत्पादकत्व प्रतिहेक्टर पाँच दशमलब पाँच मेट्रिक टनसम्म पुगेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वय इकाइ कैलालीका प्रमुख कलसराम चौधरीले बताए। “पहिलो वर्ष यो बालीको उत्पादकत्व प्रतिहेक्टर दुई दशमलब नौ मेट्रिक टन रहेकोमा दोस्रो वर्ष वृद्धि भएर तीन दशमलब सात मेट्रिक टन पुगेको थियो,” उनले भने, “चालु… पुरा पढौ

ऊर्जामन्त्री भुसाल र भारतीय राजदूत श्रीवास्तवबीच भेट, ऊर्जा व्यापार सकारात्मक

काठमाडौं, २२ असार । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग नेपालका लागि भारतका नवनियुक्त राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेटवार्ता गरेका छन् । मन्त्रालयमा आज भएको भेटवार्तामा उनीहरूबीच नेपाल र भारतबीचको आपसी सम्बन्ध र सहयोगका विषयमा छलफल भएको छ । सो अवसरमा ऊर्जामन्त्री भुसालले नेपाल–भारतका सम्बन्ध मित्रता, समानता, सहयोग र पारस्पारिक सम्मानका साथ अगाडि बढेको स्मरण गर्दै आगामी दिनमा दुई देशको मैत्रीपूर्ण सम्बन्ध अझ प्रगाढ हुने विश्वास व्यक्त गरिन्। पछिल्लो समय नेपाल–भारतबीच ऊर्जा क्षेत्रमा महत्वपूर्ण सहकार्य भएको उल्लेख गर्दै अगामी दिनमा… पुरा पढौ

योजना आयोगका ६ पूर्व उपाध्यक्षको बक्तव्य : बजेट निर्माणको प्रक्रिया र अर्थमन्त्रीमाथि छानबिन गर

काठमाडौं, २२ असार । राष्ट्रिय योजना आयोगका ६ पूर्व उपाध्यक्षले बजेट निर्माणमा उठेका प्रश्नहरको छानबिन गर्न माग गरेका छन् । बजेट निर्माणमा अर्थमन्त्री जनादर्न शर्माले अनाधिृकत व्यक्तिलाई संलग्न गराएको भन्दै प्रमुख प्रतिपक्षी नेकपा एमालेले समेत संसदीय छानविन समिति बनाउन माग गरेको छ । सरकारले छानविनका लागि रुची नदेखाएपछि अर्थमन्त्रीले राजीनामा दिनुपर्ने माग विपक्षीसँगै सत्तारुढ कांग्रेसमा समेत उठेको छ । योजना आयोगका पूर्व उपाध्यक्षहरु प्रा. पृथ्वीराज लिगल, डा. जगदिशचन्द्र पोखरेल, युवराज खतिवडा, डा. दिनेशचन्द्र देवकोटा, प्रा.डा. गोविन्दराज पोखरेल र प्रा. डा.… पुरा पढौ

धितोपत्र बोर्डले हरेक वर्ष ब्रोकर लाइसेन्स खुला गर्ने

काठमाडौं, २२ असार । नेपाल धितोपत्र बोर्डले धितोपत्र दलाल तथा धितोपत्र व्यापारीको अनुमतिपत्र खुला रूपमा हरेक वर्ष वितरण गर्ने भएको छ । हाल सेयर ब्रोकरका लागि परीक्षा लिने अनि मात्र लाइसेन्स दिने व्यवस्था गरिएकोमा बोर्डले धितोपत्र व्यवसायी (धितोपत्र दलाल, धितोपत्र व्यापारी तथा बजार निर्माता) नियमावली, २०६४ मा संशोधन गर्ने मस्यौदालाई स्वीकृत गरेर हरेक वर्ष साउनमा इच्छुक ब्रोकरसँग आवेदन खुला गर्ने तथा रितअनुसार योग्यता पुगेकालाई लाइसेन्स दिने व्यवस्था लागू भएको छ । नियमावलीका अनुसार हाल सञ्चालनमा रहेका ब्रोकर कम्पनीले २ करोड… पुरा पढौ