मुख्य समाचार

फेरि एक पटक प्रधानमन्त्री बनेर देशलाई नयाँ युगतिर लैजाने सपना छ : प्रचण्ड

काठमाडौं, ११ असार । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशलाई नयाँ युगतिर लैजाने सपना रहेको बताएका छन्। नेपाल पर्वतारोहण सङ्घले आयोजना गरेको कार्यक्रममा उनले देशलाई नयाँ युगतिर लैजानका लागि आफू फेरि एक पटक प्रधानमन्त्री हुने सपना रहेको बताए। उनले परिवर्तन ल्याउन आफूले नेतृत्वदायी भूमिका खेलेको भन्दै देशको नेतृत्व गर्न पाए देशका विद्यमान तमाम विकृतिहरुमाथि निर्मम प्रहार गर्दै अघि बढ्ने बताए। उनले आफू प्रधानमन्त्री हुँदा धेरै चीज सुधार गर्ने प्रयास गरेको भन्दै त्यसमा गर्व महसुस हुने गरेको बताए। राष्ट्रिय… पुरा पढौ

एमालेद्वारा पोखरा महानगरपालिकाको नगरसभा अवरुद्ध, सभागृह बाहिर नाराबाजी

पोखरा, १० असार । पोखरा महानगरपालिकाको नगरसभा अवरुद्ध भएको छ । नेकपा एमालेले बजेट पुस्तिका च्यातेपछि नगरसभा अवरुद्ध भएको हाे । नगर सभामा सहभागि एमाले जनप्रतिनिधिले बजेट पारित हुनुपहिलेनै रातो किताबमा प्रकाशन गरेकाे भन्दै विरोध गरेपछि बजेट भाषण अवरुद्ध भएकाे हाे । पाेखरा महानगरले आज साढे ८ अर्बको बजेट प्रस्तुत गर्ने कार्यक्रम रहेकाे छ । मेयर धनराज आचार्यले किताब मस्यौदाकाे रुमा मात्र आएको र याे अन्तिम नभएको बताए । उपमेयर मञ्जुदेवी गुरुङले आफूलाइ थाहा नभएकाे बताइन् । उनले रातो किताब किन भनिएकाे हाे… पुरा पढौ

भरतपुर महानगरको बजेट रु पाँच अर्ब ७४ करोड

चितवन, १० असार । भरतपुर महानगरपालिकाको ११ औँ नगरसभामा रु पाँच अर्ब ७४ करोड ४२ लाख ५६ हजार बराबरको बजेट पेश गरिएको छ । महानगर उपप्रमुख चित्रसेन अधिकारीले नगरसभा समक्ष आज सो बजेट प्रस्तुत गरेका छन् । प्रस्तुत बजेटमा आन्तरिक आय रु एक अर्ब ५० करोड, अन्तरसरकारी वित्तीय हस्तान्तरणबाट रु एक अर्ब ९२ करोड ११ लाख २९ हजार, केन्द्र तथा प्रदेश सरकारको राजस्व बाँडफाँटबाट प्राप्त रु ५३ करोड ३१ लाख २७ हजार, जनसहभागिताबाट रु ३७ करोड, बैंक मौज्दात रु एक अर्ब… पुरा पढौ

लगानीकर्तासंग सहमति भएकै दिन सेयर बजारकाे यात्रा सकारात्मक लयमा

काठमाडौं, १० असार । समस्यामा रुमल्लिएकाे सेयर बजारकाे सकारात्मक विकास तथा सुधारको लागि १९ बुँदे माग गर्दै आन्दनेलन गर्दै आएका लगानीकर्ताहरुको संघर्ष समिति र नेपाल धितोपत्र बोर्डबीच १९ बुँदे सहमति भएपछि आज सेयर बजार सकारात्मक लयमा फर्किएको छ । नेपाल धिताेपत्र बाेर्ड (सेबोन) का अध्यक्ष रमेश कुमार हमालले संघर्ष समितिका संयोजक तीलक कोईरालालाई जुस पिलाएर कोईरालाको १० दिन देखिकाे अनशन तोडाईएको हो । काेराइला असार १ गतेबाट आमरण अनशन बस्दै नेपाल धिताेपत्र बाेर्ड (सेबोन) का अध्यक्ष रमेश कुमार हमालले संघर्ष… पुरा पढौ

बुद्धको जन्मभूमि नेपाल आस्था र श्रद्धाको केन्द्र : प्रधानमन्त्री

कपिलबस्तु , १० असार । प्रधानमन्त्री एवं लुम्बिनी बौद्ध विश्वविद्यालयका कुलपति शेरबहादुर देउवाले शिक्षा नै विकासको मार्गदर्शन भएको बताएका छन । उनले उच्च शिक्षा देशको स्रोत, साधन, सम्भावना, आवश्यकता र प्राथमिकतालाई पहिल्याइ जनशक्ति तयार गर्नेतर्फ केन्द्रित हुनुपर्नेसमेत बताए। प्रधानमन्त्री देउवाले आज लुम्बिनीमा आयोजित लुम्बिनी बौद्ध विश्वबिद्यालयको द्वितीय दीक्षान्त समारोहलाई सम्बोधन गर्दै बुद्धले प्रतिपादन गर्नुभएको आर्यअष्टाङ्गिक मार्गलगायतका सूत्रात्मक शिक्षा आजको २१ औँ शताब्दीमा पनि महत्वपूर्ण रहेको बताए । “यसैले पनि आज संसारभर बौद्ध दर्शनको अध्ययन–अध्यापनलगायतका बुद्धद्वारा प्रतिपादित शिक्षाको अभ्यास केन्द्र स्थापना… पुरा पढौ

“माटो जोगाऔँ ” अभियान अन्तरगत सद्‌गुरुको १०० दिने यात्रामा विश्वभरका ३.२ अर्ब मानिसकाे सहभागिता

काठमाडाैं, १० असार । ईशा फाउण्डेशनका संस्थापक सद्‌गुरुको १०० दिने एकल मोटरसाइकल यात्रा २७ राष्ट्रहरू र भारतका ९ राज्यहरू हुँदै  ३०,००० कि.मी. पूरा गरी तमिलनाडुस्थित ईशा योग केन्द्रमा रहेको भव्य आदियोगीको प्राङ्गणमा २१ जुनको रातमा समापन भयाे । हजारौँको सङ्ख्यामा उपस्थित स्वयंसेवकहरूद्वारा साँस्कृतिक प्रस्तुतिहरू र विशेष आरतिको माध्यमले सद्‌गुरुलाई पारम्परिक तरिकाले स्वागत गरिएको थियो । विश्वव्यापी स्तरमा शुरु गरिएको माटो जोगा‌औँ अभियानको क्रममा पछिल्लो तीन महिनामा ३.२ अर्ब मानिसहरूले माटोको बारेमा आवाज उठाएका छन् ।    यात्राको क्रममा ६ सयभन्दा बढी… पुरा पढौ

बीमा समितिले गर्‍यो २२ बीमा कम्पनीलाई कारबाही, कुन–कुन परे कारबाहीमा ?

काठमाडौं, १० असार । बीमा समितिले २२ बीमा कम्पनीहरूलाई कारबाही गरेको छ । समितिले समयमा लेखापरिक्षण नबुझाउने ति बीमा कम्पनीहरूलाई कारबाही गरेको हो । निर्धारित समयमा वित्तीय विवरण तयार पारी लेखा परिक्षण प्रतिवेदन नबुझाउने कम्पनीहरूलाई कारबाही गरिएकाे बीमा समितिले जनाएकाे छ। समितिले यसअघि पनि नियम विपरित काम गर्ने वा दायरा बाहिर बस्ने कम्पनीहरूलाई कारबाही गरेको थियो । नियामकीय सीमाभन्दा बाहिर गएका कम्पनीहरूलाई कानुनी दायरामा नबसे आगामी दिनमा थप कारबाही गर्ने सन्देश समितिले बिहीवार एकै पटक २२ वटा बीमा कम्पनीहरूलाई कारबाही… पुरा पढौ

किन रोकियो नबिल र बंगलादेश बैंक मर्जरको स्वीकृति ?

काठमाडौं, १० असार । नबिल र बंगलादेश बैंकबीचको मर्जरको अन्तिम स्वीकृति रोकिएको छ । कर्मचारी समायोजनमा विवाद बल्झिएपछि राष्ट्र बैंकले अन्तिम स्वीकृति रोकेको हो । ‘समान दुई बैंक बीचको कर्मचारीहरुको पदीय हैसियत सम्बन्धमा दुवै बैंकका कर्मचारीमा विवाद देखियो,’ राष्ट्र बैंक स्रोतले भन्यो, ‘यसलाई मिलाएर आउन भनेर केही दिनका लागि अन्तिम मर्जर अनुमति स्वीकृति रोकिएको छ ।’ मर्जरमा नेपाल बंगलादेश बैंकका कनिष्ट कर्मचारीलाई माथिल्लो हैसियतमा ल्याउन लागेको भन्दै नबिल बैंकका कर्मचारी असन्तुष्ट छन् । नबिल बैंकका सञ्चालकहरूले सुटुक्क बंगलादेश बैंकका कनिष्ट… पुरा पढौ

एफएनसीसीआई ५० विजनेश/५० लगानीकर्ता कार्यक्रम, मुरारका समूहले रासन टेकमा लगानी गर्ने

काठमाडौं, १० असार । नेपाल उद्योग वाणिज्य महासंघले अगाडि सारेको ५० विजनेश/५० कार्यक्रम अन्तर्गत सम्भावित लगानीकर्ताहरू समक्ष २० युवा उद्यमीले आफ्नो नवीनतम उद्यमको बारेमा प्रस्तुति गरेका छन् । महासंघको यस कार्यक्रम अन्तर्गत मुरारका समूहले रासन टेकमा लगानी गर्ने घोषणा समेत गरेको छ । मुलुकभित्र नविनतम सोच भएका नवप्रवर्तक स्टार्टअपलाई सम्भावित लगानीकर्ता जुटाई दिने उद्देश्य अनुरूप महासंघले यो कार्यक्रम शुरू गरेको हो । कार्यक्रममा महासंघका करिब २५ जना सम्भावित लगानीकर्ताहरूको उत्साहपूर्वक सहभागिता थियो । प्रस्तुत योजनामा लगानीकर्ताले रूचि देखाएमा महासंघको स्टार्ट… पुरा पढौ

असार २२ गतेदेखि ‘ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड १’ निष्काशन हुँदै

काठमाडौं, १० असार । ग्लोबल आइएमई क्यापिटल लिमिटेडले असार २२ गतेदेखि म्युचुल फण्ड 'ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड १' निष्काशन तथा बिक्रीमा ल्याउने भएकाे छ । क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरकाे एक अर्ब २० करोड रुपैयाँ बराबरको १२ करोड इकाई निष्काशन तथा बिक्रीमा ल्याउन लागेको जनाएकाे छ। क्यापिटलका अनुसार कुल इकाईबाट कुल बिक्री भएको १५ प्रतिशतमध्ये १८ लाख इकाई ग्लोलब आइएमई क्यापिटलकाे लागि रहनेछ । बाँकी हुन आउने १३.५० प्रतिशत, १ करोड ६२ लाख इकाईकाे कोष प्रवर्धक रहेकाे ग्लोबल आइएमई… पुरा पढौ