मुख्य समाचार

विदेशी मुद्रा सञ्‍चितिमा सामान्य सुधार, चालु खाता घाटाको अवस्था भने उस्तै

काठमाडौं, २९ वैशाख । विदेशी मुद्रा सञ्चितिमा सामान्य सुधार आए पनि चालु खाता घाटाको अवस्था भने उस्तै देखिएको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार चालु खाताको घाटाले अर्थतन्त्रमा आएको खतरा टरिनसकेको देखिएको हो । नेपाल राष्ट्र बैंकले बुधवार सार्वजनिक गरेको चालु आर्थिक वर्षको नौ महिनाको तथ्यांकअनुसार चालु खाता खाता एक महिनाको अवधिमै करिब ५० अर्ब डलरले बढ्दै जीडीपीको ११ प्रतिशत नजिक पुगेको छ। चालु खाता घाटाको चाप चैतमा अझ थपिएको हो। फागुन मसान्तमा ४६२ अर्ब ९३ करोडले घाटामा रहेको चालु… पुरा पढौ

१३.५९ प्रतिशतले बढ्यो प्राइम लाइफको खुद बीमाशुल्क आर्जन

काठमाडाैं, २९ वेशाख। प्राइम लाइफ इन्स्योरेन्सले यस आर्थिक वर्षको तेश्रो त्रैमाससम्म ३ अर्ब ४९ करोड ४६ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । इन्स्योरेन्सको खुद बीमाशुल्क गत आर्थिक वर्षको सोहि अवधिकोभन्दा १३.५९ प्रतिशतले बढी हो । गएको वर्ष चैतको अन्तिमसम्म यो नाफा ३ अर्ब ७ करोड ६६ लाख रुपैयाँ रहेको थियो । इन्स्योरेन्सले लगानी कर्जा र अन्य आयबाट ९६ करोड ५० लाख रुपैयाँ कमाएको छ । साथै बीमालेख धितोमा गरिएको कर्जा लगानीबाट १२ करोड ५९ लाख रुपैयाँ कमाएको छ… पुरा पढौ

अब बीमा कम्पनीहरू पनि सातामा २ दिन बन्द रहने

काठमाडौं, २९ वैशाख । बीमा कम्पनीहरू अब आइतबार पनि बन्द हुने भएका छन् । सरकारले आगामी १ गतेदेखि साताको २ दिन बिदा दिने भएपछि बीमा कम्पनीहरू आइतबार पनि बन्द हुने भएका हुन् । बीमा कम्पनीहरुको नियमनकारी निकाय बीमा समितिले साताको शनिबार र आयतबार दुबै दिन बिदा दिनका लागि बीमा कम्पनीहरुलाई निर्देशन दिएको छ । यसअघि बीमा कम्पनीहरू शनिवारमात्रै बिदा हुँदै आएका थिए । समितिको निर्देशनसँगै अब सातामा २ दिन शनिवार र आइतवार बीमा कम्पनीहरू बन्द हुने छन् । बीमा समितिका… पुरा पढौ

बढ्यो मुद्रास्फीति, चालु खाता र शोधनान्तर घाटा, उपभोक्ता मुद्रास्फीति ७.२८ प्रतिशत

काठमाडाैं, २९ वैशाख । चालु आर्थिक वर्षको नौ महिनामा मुद्रास्फीति, चालु खाता र शोधनान्तर घाटा बढेको छ । नेपाल राष्ट्र बैंकले चालु आवको नौ महिनाको तथ्याङ्कमा आधारित भएर सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय प्रतिवेदनमा गत चैतमा मुलुकको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ७.२८ प्रतिशत रहेको उल्लेख छ । सोही महिनामा वार्षिक विन्दुगत थोक मुद्रास्फीति १४.४२ प्रतिशत रहेको थियो । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ६.१४ प्रतिशत थियो । समीक्षा अवधिमा चालु खाता रु पाँच खर्ब १२ अर्ब ७१… पुरा पढौ

आ व २०७७-२०७८ मा १५ हजारले बुझाएनन् सम्पत्ति विवरण

काठमाडाैं, २९ वैशाख । आर्थिक वर्ष २०७७-७८ मा कूल १५ हजार ४०९ ले सम्पत्ति विवरण नबुझाएको पाइएको छ । राष्ट्रिय सतर्कता केन्द्रले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बुझाएको प्रतिवेदनअनुसार आव २०७६/७७ को तुलनामा आव २०७७/७८ मा सम्पत्ति विवरण बुझाउनेको सङ्ख्यामा बढोत्तरी भएको छ । आव २०७६/७७ मा कूल छ लाख ५० हजार १२८ अर्थात् ९७.२८ प्रतिशतले विवरण बुझाएकामा आव २०७७/७८ मा कूल छ लाख ८१ हजार २१५ अर्थात् ९७.७९ प्रतिशतले विवरण बुझाएका छन् । केन्द्रका अनुसार सङ्घीयतर्फ नौ हजार ७९७, प्रदेशतर्फ… पुरा पढौ

प्रदेश नं १, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा वर्षा

काठमाडाैं,२९ वैशाख । ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालय जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले नेपालमा स्थानीय वायु र पश्चिमी वायुको प्रभाव रहेको छ। चक्रवात “असानी“ हाल पश्चिम-मध्य बंगालको खाडीमा रहेको छ। हाल देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहेको छ। वैशाख २९ गते (बिहीवार) दिउँसो : प्रदेश नं १ र मधेश प्रदेशमा सामान्य बदली र देशका अन्य प्रदेशमा आंशिक देखि सामान्य बदली रहनेछ।प्रदेश नं १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश तथा लुम्बिनी प्रदेशका केही स्थानहरुमा मेघ गर्जन / चटयाङ्ग सहित हल्का देखि मध्यम वर्षाको संभावना रहेको छ।… पुरा पढौ

निर्वाचनमा हिंसाजन्य घटना हुन नदिन आयोगकाे अनुरोध

काठमाडौं, २९ वैशाख । राष्ट्रिय महिला आयोगले स्थानीय तहको निर्वाचनमा महिलामाथि हुने जघन्य हिंसा र अपराधका बारेमा निर्वाचन आयोगबाट अनुगमन गर्न र हिंसाजन्य घटना हुन नदिन प्रहरी प्रशासनसमक्ष अनुरोध गरेको छ । आयोगका प्रमुख महिला विकास अधिकृत सीता अधिकारीले जारी गरेको प्रेस विज्ञप्तिमा निर्वाचनको समयमा भएका हिंसाउपर निर्वाचन आयोगबाट समेत अनुगमन र हिंसाजन्य घटना हुन नदिने विषयमा सम्बन्धित प्रहरी प्रशासनमा अनुरोध गरिएको छ । विज्ञप्तिमा भनिएको छ, “अपराधजन्य घटनाको सत्यतथ्य पत्ता लगाई व्यक्तिको स्वतन्त्र र सम्मानजनक ढङ्गले बाँच्न पाउने अधिकारको… पुरा पढौ

साताकाे २ दिने बिदा बैंकहरूमा समेत लागू हुने, बिहान साढे नाै देखि नै बैंक खुल्ने

काठमाडौं, २८ वैशाख । नेपाल राष्ट्र बैंकले २०७९ साल जेठ १ गतेदेखि लागू हुने गरी बैंकमा शनिबार र आईतबार दुई दिन बिदा दिईने जानकारी गराएको छ । राष्ट्र बै‌कले जारि गरेकाे निर्देशन अनुसार बै‌क जेठ १ गतेदेखि बिहान साढे ९ बजे खुल्ने भएका छन् । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको बिदा सम्बन्धी २०७९ साल वैशाख २८ गतेको स्वीकृति टिप्पणी अनुसार सो बिदाका लागि सम्पूर्ण विभाग, महाशाखा, कार्यालय र इकाईहरुमा जानकारी गराईएको छ । अब सोमबारदेखि शुक्रबारसम्म कार्यालय समय बिहान ९.३०… पुरा पढौ

चैत महिनामा मात्रै ९३ अर्ब ५५ करोड रेमिट्यान्स भित्रियो

काठमाडौं, २८ वैशाख । अघिल्लो चैत महिनामा नेपालमा करिब १ खर्ब रेमिट्यान्स नेपाल भित्रिएको छ । नेपाल राष्ट्र बैंकले चैत महिनामा ९३ अर्ब ५५ करोड रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको जनाएको छ । राष्ट्र बैंकले सार्वजनि गरेको तथ्याँकका अनुसार साे रकम भित्रिएकाे जनाइएकाे छ । गएको फागुनमा ९१ अर्ब रुपैयाँ रेमिट्यान्स नेपालमा आएको थियो । चैतमा सोभन्दा बढि भित्रिएको छ । देशमा फागुन मसान्तसम्म ६ खर्ब ३१ अर्ब रुपैयाँ रमिट्यान्स नेपाल आएको छ । गएको वर्ष चैतसम रकम ७ खर्ब २४… पुरा पढौ

नेप्सेले पार गर्यो अर्धशतक, कारोबारमा अरुण भ्याली हाइड्रोपावर अब्बल

काठमाडौं, २८ वैशाख । साताको सेयर कारोबार हुने चौथो दिन आज पनि सेयर बजारमा हरियाली छाएको छ । सेयर बजारमा छाएको हरियाली वातावरणले लगानीकर्ताहरुको मनोवल उच्च बनाएको छ । अब सेयर बजार सकारात्मक लयमा जान लागेको होकि भन्ने अपेक्षा बढेको छ । अन्य दिनहरुको तुलनामा यसदिन कारोबार रकममा पनि सुधार देखिएको छ । नेप्से बढेर अर्धशतक पार गरेको छ भने कारोबार रकमले २ अर्बको घेरा नाघेकाे छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ५६.०६ अंकले बढेर २३६९.०६ विन्दुमा उक्लिएको… पुरा पढौ