मुख्य समाचार

देशका पहाडी भू-भागमा मेघ गर्जन चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना

काठमाडाैं, ८ वैशाख । हाल नेपालमा उत्तर प्रदेश, विहार र पश्चिम बंगालमा बनेको न्युन चापिय रेखाको प्रभावका साथै स्थानीय वायुको प्रभाव  रहेको छ । हाल  सुदुरपश्चिम प्रदेश, लुम्बिनी प्रदेश तथा देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा सामान्यतया सफा रहेको ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालय, जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ। बैशाख ०८ गते (विहिबार)  दिउँसो : देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली  रही बाँकी भू-भागमा आंशिक बदली रहने छ। देशका पहाडी भू-भागका  केही स्थान र बाकी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित क्षणिक वर्षाको सम्भावना रहेको छ। राती : देशको पहाडी भू-भागमा आंशिक देखि… पुरा पढौ

सोच र चिन्तनको अभावले नेपालको विकास हुन सकेन : अध्यक्ष ओली

ललितपुर, ८ वैशाख । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अहिलेसम्म नेपालको विकास नहुनुमा त्यस प्रकारको सोच र चिन्तनको अभाव रहेको बताउनुभएको छ । ललितपुरको गोदावरीमा गरेको ‘युवासँग म’ कार्यक्रममा उनले भने, “अहिलेसम्म विकास किन भएन भन्दा विकासप्रति सोच र चिन्तन भएन । विकास के हो र कसरी गर्ने भन्नेबारेको भिजन र लक्ष्य तोकेर नीति निर्माण भएन ।” उनले सबै क्षेत्रको उन्नतिबाट मात्र समाजको विकास हुनसक्ने बताए। अध्यक्ष ओलीले युवालाई भ्रममा नपरेर सही बाटोमा लागेर राष्ट्र निर्माणमा लाग्न आह्वान गरे।… पुरा पढौ

संवैधानिक इजलासद्वारा ढुङ्गा-गिट्टी निकासीमा रोक लगाउन सरकारका नाममा परमादेश

काठमाडौं, ८ वैशाख । सर्वोच्च अदालतको संवैधानिक इजलासले प्राकृतिक स्रोत दाेहन गरी ढुङ्गा–गिट्टी निकासी गर्ने कार्य रोक लगाउन सरकारका नाममा परमादेश गरेको छ । कायममुकाय प्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, डा आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र प्रकाशमान सिंह राउतको संवैधानिक इजलासले उक्त परमादेश गरेको हो । परमादेशमा भनिएको छ, “प्राकृतिक स्रोतको दोहन गरी गिट्टी, ढुङ्गा, बालुवा आदि निकासी गर्ने कार्य सम्बन्धमा संविधानको भावना र मर्म अनुकूल हुने गरी विधायिकाद्वारा निर्मित कानुनले अन्यथा व्यवस्था नगरेसम्म सो अनुसारको निकासी गर्ने गराउने… पुरा पढौ

एमालेलाई कसैले हराउन सक्तैन-उपमहासचिव गुरुङ

पोखरा, ७ बैशाख । नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले नेकपा एमालेलाई कसैले पनि हराउन नसक्ने बताएका छन् । गुरुङले जनताको हितमा उल्लेख्य काम गर्दै अगाडी बढेको आफ्नो पार्टीको लोकप्रियतादेखि आत्तिएर केहि दलहरुले गठबन्धन् बनाएका, जनताकाे मत र साथले जस्ता]सुकै गठबन्धन आएपनि परास्त हुने भन्दै एमाले सरकारका काम र उपलब्धिहरुलाई जनतासामु लैजान आफ्ना कार्यकर्ताहरुलाई आग्रह गरे। उनले सो कुरा नेकपा एमाले गण्डकी प्रदेश संगठन कमिटिको आयोजना तथा प्रेस चौतारी नेपाल गण्डकी प्रदेश समितिको ब्यबस्थापनमा बुधबार पोखरामा आयोजित स्थानीय तह निर्बाचन केन्द्रीत… पुरा पढौ

यस्ताे छ ५ दलीय गठबन्धनकाे महानगर र उपमहानगरमा सिटकाे बाँडफाँट (सूचीसहित)

काठमाडौं, ७ वैशाख । पाँच दलीय गठबन्धनले यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा महानगरपालिका र उपमहानगरपालिकाहरुका प्रमुख र उपप्रमुख पदमा उम्मेदवारको सिट बाँडफाँट टुङ्ग्याएका छन् । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको अध्यक्षतामा आज बसेको गठबन्धनका शीर्षनेताको बैठकले सो सहमति गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । गठबन्धन दलबीच कांग्रेसले काठमाडौँ, ललितपुर र विराटनगर महानगरपालिकाको प्रमुखमा तथा वीरगञ्ज, भरतपुर र पोखराको उपप्रमुखमा उम्मेदवारी दिने सहमति भएको छ । यसैगरी कांग्रेसले धरान, इटहरी, कलैया, बुटवल, तुलसीपुर, नेपालगञ्ज र धनगढी… पुरा पढौ

जनताका अधिकार सशक्त बनाउन स्थानीय तहको निर्वाचन महत्वपूर्ण: गृहमन्त्री खाण

बुटवल, ७ वैशाख । सरकारका गृहमन्त्री बालकृष्ण खाणले जनताका अधिकार सशक्त बनाउन स्थानीय तहको निर्वाचन महत्वपूर्ण भएको बताएका छन । गृहजिल्ला रुपन्देहीको तिलोत्तमास्थित आफ्नै निवासमा आज आयोजित पत्रकार भेटघाटमा उनले जनताको नजिकको सरकार भएकाले स्थानीय तहको निर्वाचन शान्तिपूर्ण ढङ्गले सम्पन्न गर्नतर्फ सरकारले विशेष ध्यान दिएको उल्लेख गरे । “शान्तिपुर्ण वातावरणमा निर्वाचन सम्पन्न गर्न सुरक्षाको समुचित प्रबन्ध गरेको छौँ, आवश्यक परे हवाइगस्ती गर्छौं”, उनले भने । गृहमन्त्री खाणले पहिले स्थानीय तहको निर्वाचन विभिन्न चरण हुने गरे पनि अहिले एकैपटकमा एकैदिन गर्न… पुरा पढौ

‘यूएनसीसीडी’ मा सद्‌गुरुले भने: माटो कुनै सामग्री होइन, हाम्रो जीवनको स्रोत हो 

एजेन्सी, ७ बैशाख । विश्वभरिको माटोलाई विनाश हुनबाट जोगाउने उद्देश्यसहित माटो जोगाऔँ अभियानअन्तर्गत शुरु गरिएको १०० दिने यात्राको क्रममा सद्‌गुरुले यूएनसीसीडीका कार्यकारी सचिव इब्राहिम थिएयुसँग भेटघाट गरेका छन। याे अनमोल स्रोतलाई जोगाउन र यसको विनाशलाई उल्टाउनको लागि सबैभन्दा पहिलो पाइला यो हो । हामीलाई हरेक दिन आवश्यक पर्ने सबैथोक माटोबाटै आउँछन्, अनि सचेतन भई गरिने कार्यहरूले ठूलो भिन्नता ल्याउने सद्गुरूले बताएका छन। सद्‌गुरुले भने, “थुप्रै सरकारहरूले अझैपनि माटोलाई निर्जीव वस्तु जसरी व्यवहार गर्छन् अनि केही रासायनिक पदार्थहरू थपघट गरी यसलाई व्यवस्थापन गर्न… पुरा पढौ

नेप्सेमा दाेहाेराे अंककाे गिरावट, नेष्डोले गर्यो १४ करोडको कारोबार

काठमाडौं, ७ वैशख । साताको सेयर कारोबार हुने चौथो दिन बुधबार सेयर बजारमा फेरी करेक्सन देखिएको छ । लगातार ओरालो लाग्दै आएकोमा मंगलबार हरियाली छाउँदा केही उत्साह जगाएको भएपनि आजको नेप्सेको राताम्मै भएको दृश्यले पुनः लगानीकर्ताकाे मनोवल गिराएको छ । संयोगले निलम्बनमा परि अदालतको आदेश पाएको भोलिपल्टै बुधबार गभर्नर महाप्रसाद अधिकारी राष्ट्र बैंकको गभर्नरको जिम्मेवारीमा पुनः फर्किए । उनी फर्किएको दिनमै नेप्से राताम्मै भएको छ । सेयर बजारका लगानीकर्ता पनि राष्ट्र बैंकले बेला बेलामा ल्याएका आर्थिक नीतिका कारण केहि रुष्ट… पुरा पढौ

काठमाडौंको जोरपाटीमा खुल्याे सेञ्चुरी बैंकको नयाँ शाखा

काठमाडौं, ७ बैशाख । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले सेवा विस्तार गर्ने क्रममा बैशाख ७ गतेदेखि गोकर्णेश्वर ८, जोरपाटी माकलवारीमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकका संचालक समिति सदस्य मनबहादुर राईले माकलवारी शाखाको समुद्घाटन गरी सेवा शुभारम्भ गरेका थिए । उक्त कार्यक्रममा बैंकका अध्यक्ष राजेशकुमार श्रेष्ठ, सञ्चालक प्रा.डा. गीता प्रधान, बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज न्यौपाने लगायत बैंक उच्च व्यवस्थापन समूह, स्थानीयबासीहरुको उपस्थिति रहेको थियो । माकलवारी शाखा संचालनमा आएपछि उपत्यका भित्र बैंकको शाखा संख्या २७ पुगेको बैंकले जनाएको छ… पुरा पढौ

ऊर्जा सुरक्षाका लागि सामूहिक प्रतिबद्धतामा नेपालको जोड

काठमाडौं, ७ वैशाख । नेपालले ऊर्जा सुरक्षाका लागि सामूहिक प्रतिबद्धता अपरिहार्य भएकामा जोड दिएको छ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गाल खाडीको प्रयास (बिम्स्टेक) ऊर्जा मन्त्रीहरूको तेस्रो बैठकमा ऊर्जा सुरक्षमा जोड दिएको हो । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले श्रव्यदृश्यका माध्यमबाट आज भएको उक्त बैठकमा बिम्स्टेक मुलुकका करिब एक अर्ब ७० करोड जनताको भविष्यलाई दृष्टिगत गरी ऊर्जा क्षेत्रले सामना गरिरहेका गम्भीर समस्यालाई सम्बोधन गर्न पारस्परिक विश्वास, भावी प्रयासहरूमा स्पष्टता र उद्देश्यमा इमान्दारी अत्यन्त महत्वपूर्ण भएको बताइन। आजको… पुरा पढौ