मुख्य समाचार

अगाडि बढ्यो निलम्बित गभर्नर अधिकारीमाथिको छानबिन

काठमाडौं, ६ वैशाख। निलम्बनमा परेका नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी माथिको छानबिन अगाडि बढेको छ ।गत चैत २४ गते बिहीबार गभर्नरलाई निलम्बन गरेर सरकारले गठन गरेको छानबिन आयोगले आइतवारबाट मात्र काम थालेको समितिले जनाएको छ। सरकारले ११ दिनअघि गभर्नर अधिकारीलाई निलम्बन गरेको भन्दै त्यसको भोलिपल्ट 'निलम्बनको पत्र' दिएको थियो। अधिकारी निलम्बन खारेजीको माग राख्दै आइतबार सर्वोच्च पुगेपछि समितिले पनि काम थालेको जनाएको हो। अधिकारीले दायर गरेको मुद्दा सर्वोच्चमा दर्ता भइसकेको छ। त्यसको पेसी मंगलबार (आज) तोकिने सम्भावना छ। पुरा पढौ

निर्वाचनका लागि ९५ लाख २५ हजार थान मतपत्र छपाइ सकियाे

काठमाडौं, ६ वैशाख । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनका लागि हालसम्म ४६ जिल्लाको ९५ लाख २५ हजार थान मतपत्र छपाइ सकेको छ । यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि एक करोड ९४ लाख थान मतपत्र आवश्यक पर्नेमा आजसम्म उक्त सङ्ख्यामा मतपत्र छापिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए। स्थानीय तह निर्वाचन आचारसंहिता उल्लङ्घन भएको भन्ने समाचार र सूचनाका आधारमा आयोगले विभिन्न राजनीतिक दल र सम्बन्धित नेतासँग चित्तबुझ्दो जवाफ पेस गर्न पत्राचार गरेको बताइएको छ ।… पुरा पढौ

अर्थ मन्त्रालयद्वारा इन्धन खपत २० प्रतिशतले घटाउन निर्देशन

काठमाडौं, ६ वैशाख । अर्थ मन्त्रालयले इन्धन शीर्षकमा विभिन्न मन्त्रालय तथा निकाय तथा सार्वजनिक सङ्घसंस्थालाई इन्धनको खपत २० प्रतिशतले कटौती गर्न निर्देशन दिएको छ । मन्त्रालयले एक सूचना जारी गर्दै चालु आवका लागि छुट्याइएको इन्धन शीर्षकको बाँकी बजेट २० प्रतिशतले कटौती गर्न निर्देशन दिएको हो । विकास आयोजना, शान्ति सुरक्षा, अत्यावश्यक सेवा र आसन्न स्थानीय तह निर्वाचन प्रयोजनका लागि इन्धन कटौतीको व्यवस्था लागू नहुने मन्त्रालयले प्रष्ट पारेको छ । बढ्दो व्यापार घाटा, विप्रेषण आप्रवाहमा कमी र वैदेशिक मुद्राको सञ्चितिमा चाप… पुरा पढौ

कर्णालीमा इयूको दुई मिलियन युरोकाे समावेशी सङ्घीयता सहयोग परियोजना शुरू

कर्णाली, ६ वैशाख । कर्णालीमा युरोपेली सङ्घ समावेशी सङ्घीयता सहयोग परियोजना सुरु भएको छ । स्थानीय तहको संस्थागत क्षमता अभिवृद्धिमा सहयोग पु¥याउने उद्देश्यले युरोपियन युनियन (इयू) र संयुक्त राष्ट्र सङ्घीय विकास कार्यक्रम (युएनडिपी) ले दुई मिलियन युरो बजेट खर्च गर्ने गरी परियोजना सुरु भएको हो । परियोजनाले स्थानीय तहको सशक्तिकरण, सुशासन, सामाजिक, आर्थिक विकास लगायतका क्रियाकलापमा खर्च गर्नेछ । प्रादेशिक तथा स्थानीय सुशासन कार्यक्रमलाई सहयोग गर्न इयूले तीनवर्षे पुरक कार्यक्रमका रूपमा कर्णाली प्रदेशमा मात्र यो परियोजना लागू गरेको हो ।… पुरा पढौ

पहाडी भागमा मेघ गर्जन चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना

काठमाडाैं, ६ चैत । हाल नेपालमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ। देशका पहाडी भू-भागमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ। बैशाख ०६ गते  दिउँसो : देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली  रही  बाँकी भू-भागमा आंशिक बदली रहने छ। प्रदेश १ लगायत देशको पहाडी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित क्षणिक वर्षाको सम्भावना रहेको छ। राती : प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली  रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १,मधेश… पुरा पढौ

नौ विदेशी सैनिक सम्मिलित ‘कमाण्ड तथा स्टाफ’ तालिम सुरु

काठमाडौं, ६ वैशाख । नेपाली सेनाको शिवपुरीस्थित सैनिक कमाण्ड तथा स्टाफ कलेजमा विदेशी शिक्षार्थी अधिकृत नौसहित ९२ जना अधिकृत सम्मिलित ‘कमाण्ड तथा स्टाफ तालिम’ सुरु भएको छ । नेपाली सेनाका तीन महिला अधिकृतसहित ८०, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र राष्ट्रिय अनुसन्धान विभागका एक–एक जना तथा श्रीलङ्का, केन्या, नाइजेरिया, पाकिस्तान, बङ्गलादेश, बेलायत, भारत, माल्दिभ्स र संयुक्त राज्य अमेरिकाका एक–एक सैनिक अधिकृत तालिममा समावेश रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । मध्यम तहका अधिकृतको नेतृत्व क्षमता विकास गर्न… पुरा पढौ

एमालेको घोषणापत्र अनुमोदन

काठमाडौं, ६ वैशाख । आसन्न स्थानीय तहको निर्वाचनका लागि नेकपा (एमाले)ले जारी गर्ने घोषणापत्रको मस्यौदालाई पारित गरेको छ । पार्टीका अध्यक्षको निवास बालकोटमा सम्पन्न बैठकले सो निर्णय गरेको पार्टीका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले जानकारी दिए। घोषणापत्र तयारीका लागि पार्टीले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको नेतृत्वमा समिति गठन गरेको थियो । एमालेले यही वैशाख ९ गते केन्द्रमा घोषणापत्र पालिकास्तरमा प्रतिबद्धतापत्र सार्वजनिक गर्ने छ । बैठकले पार्टीमा १२ विभाग थप गर्ने, सल्लाहकार परिषद्लाई विस्तार गरेर २७८ सम्पर्क समवय कमिटीमा ५१ जना थप गर्ने भएको… पुरा पढौ

वरिष्ठ कवि अधिकारीलाई ‘वनिताश्री गोपालप्रसाद रिमाल काव्य सम्मान’

काठमाडौं, ६ चैत । वरिष्ठ कवि एवं गीतकार दिनेश अधिकारीलाई विसं २०७८ को वनिताश्री गोपालप्रसाद रिमाल काव्य सम्मान पुरस्कार प्रदान गरिने भएको छ । ‘वनिता’ साहित्यिक पत्रिकाले रू १० हजार १५ राशिसहितको पुरस्कार उgलाई प्रदान गर्ने निर्णय गरेको हो । चौविस वर्षदेखि निरन्तर रूपमा प्रकाशित हुँदै आएको पत्रिकाले २०७८ र २०७९ दुवै वर्षका साहित्य, सङ्गीत, रङ्गमञ्च, संचार र शिक्षाका क्षेत्रमा दिइने विभिन्न पुरस्कारको घोषणा गरेको छ । साहित्यकार डा दयाराम श्रेष्ठ सम्भवलाई विसं २०७८ को रु २५ हजार राशीसहितको वनिताश्री… पुरा पढौ

नाट्टा गण्डकी प्रदेशमा हरिराम अधिकारीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

पाेखरा, ६ वैशाख । नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्टस्(नाट्टा) गण्डकी प्रदेशको २७औँ साधारणसभा तथा १२औँ अधिवेशनले हरिराम अधिकारीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । कार्यसमितिको प्रथम उपाध्यक्षमा किशोर दाहाल, द्वितीय उपाध्यक्षमा कमला गिरी, महासचिवमा सङ्गीता पौडेल, सचिवमा चेतन कार्की र कोषाध्यक्षमा नवराज भण्डारीलाई चयन गरिएको छ । समितिका सदस्यहरूमा क्रमशः ताराप्रसाद गौतम, सन्दिप श्रेष्ठ, सुशिला सिग्देल, खिमबहादुर नेपाली, लिलाबल्लभ पोखरेल, रत्नराज रेग्मी र तुलबहादुर गुरुङलाई चयन गरिएको छ । समितिको कार्यकाल दुई वर्षको हुनेछ । यसअघि अधिवेशनको… पुरा पढौ

सेञ्चुरी बैंकले सम्पन्न गर्याे तल्लो चिरखुवा हाइड्रो इलेक्ट्रिक प्रोजेक्टको फाइनान्सियल क्लोजर

पोखरा,५ बैशाख । सेञ्चुरी कमर्सियल बैंकले ४.०६ मेगावाटको तल्लो चिरखुवा हाइड्रो इलेक्ट्रिक प्रोजेक्टको फाइनान्सियल क्लोेजर सम्पन्न गरेको छ । प्रदेश नम्बर १ को षडानन्द नगरपालिका भोजपुरमा अवस्थित यो जलविद्युत परियोजना एल.सि. इनर्जी प्राइभेट लिमिटेडले प्रर्वद्धन गरेको हो । तल्लो चिरखुवा हाइड्रो इलेक्ट्रिक प्रोजेक्टमा सञ्चुरी बैंकको एकल लगानी रहेको यस परियोजनामा बैंकको ऋण लगानी ७० प्रतिशत र बाँकी प्रर्वद्धकको लगानी रहेको छ । यस परियोजनाका प्रर्वद्धकमा दिपक राई, विश्वमोहन श्रेष्ठ, केदारनाथ कार्की, दावाजंग्मु श्रेष्ठ लामा तथा ग्रुप रहेका छन । उक्त… पुरा पढौ