मुख्य समाचार

स्वतन्त्र न्यायापालिका र मर्यादित कानुन व्यवसायका लागि काम गर्ने : नेपाल बार

काठमाडाैं, ५ वैशाख । नेपाल बार एशोसिएशनको नवनिर्वाचित पदाधिकारीले भ्रष्ट्राचारविहिन स्वच्छ, निष्पक्ष, मर्यादित र सक्षम कानुन व्यवसायका लागि काम गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । बारको गत चैत १९ गते सम्पन्न भएको २६औँ केन्द्रीय कार्यसमिति निर्वाचनबाट निर्वाचित पदाधिकारीले पदभार ग्रहणपछि बारका महासचिव अन्जिता खनालले जारी गरेकाे प्रेस विज्ञप्तिमा उक्त प्रतिबद्धता व्यक्त गरिएको छ । बारको चारवटा मूल आधार लोकतन्त्र, मानव अधिकार, विधिको शासन र स्वतन्त्र न्यापालिकाका लागि निरन्तर क्रियाशील भइरहने प्रतिबद्धता जाहेर गरिएको छ । “यस कार्यसमिति नेपाल बार एशोसिएशनको… पुरा पढौ

कञ्चनपुर घटनाका दोषीलाई तत्काल कारबाही गर्न माग

काठमाडौं, ५ वैशाख । राष्ट्रिय महिला आयोगले कञ्चनपुर जिल्ला वेदकोट नगरपालिका–६ बस्ने ४२ वर्षीया महिलालाई धामी झाक्रीहरूले भूतप्रेत बोक्सी लागेको भन्दै फलामको डण्डा आगोमा तताएर कुटपिट गरी हत्या गर्ने दोषीलाई तत्काल कारबाही गर्न सरकारसँग माग गरेको छ । आयोगले हत्या जस्तो जघन्य अपराधको अन्त्यका लागि दण्डहिनताको अन्त्य गरी तत्काल घटनाको सत्यतथ्य छानबिन गरी यस्ता अपराधका दोषीलाई कानून बमोजिम कडाभन्दा कडा सजाय र पीडितको न्याय दिन सरकारसँग माग गरेको हो । आयोगका अध्यक्ष कमला पराजुलीले निर्दोष महिलालाई बोक्सी भनेर चरम यातना… पुरा पढौ

मनाङको भौतिक पूर्वाधारको आयोगले लियो जानकारी

मनाङ, ५ वैशाख । राष्ट्रिय योजना आयोगले विगतमा बाढीपहिराले भौतिक संरचनाको पुनःनिर्माणका प्रयासको जानकारी लिएको छ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा विश्व पौडेल र गण्डकी प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा रघुराज काफ्लेसहितको टोलीले हिमाली जिल्ला मनाङको विकासको अवस्था, चुनौती र सम्भावनाका सम्बन्धमा जानकारी लिएको हाे । मनाङको वर्षायाम सुरु हुन लागेकाले यस क्षेत्रको विकासका अवस्था, चुनौतीको स्थलगत अवलोकन गरिएको आयोगले जनाएको छ । आयोगका उपाध्यक्ष पौडेल र गण्डकी उपाध्यक्ष काफ्लेले तीन दिन यस क्षेत्रका अवस्थाका बारेमा जानकारी… पुरा पढौ

यस्ताे छ तीन दिनकाे माैसम पूर्वानुमान

काठमाडाैं, ५ वैशाख । हाल नेपालमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ। देशका पहाडी भू-भागमा आंशिक  बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ। बैशाख ०५ गते (सोमबार)  दिउँसो : देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली  रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। देशको पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित क्षणिक वर्षाको सम्भावना रहेको छ। राती : देशको पहाडी भू-भागमा आंशिक बदली  रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। बैशाख ०६ गते (मंगलबार)  दिउँसो : देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली  रही  बाँकी भू-भागमा आंशिक बदली… पुरा पढौ

कार्टुनिष्टको ‘निसाना’मा भ्रष्टाचार प्रवृत्ति…

काठमाडाैं, ५ वैशाख । ‘मेरो सम्पत्ति जम्माजम्मी ५–१० किलो सुन, ८–१० रोपनीमा घर, बैंकमा ५०–६० करोड... हुनेवाला छ ।’ मन्त्रीको सम्पत्ति सार्वजनिकीकरण समारोहमा एक मन्त्रीले सम्पत्ति विवरण सुनाउँदै भने। एउटा कार्टुनभित्रको दृश्यचित्रले औँल्याएको काल्पनिक मन्त्रीको काल्पनिक भाषण साँच्चै वास्तविकताको नजिक देखिन्छ । उक्त दृश्यलाई कार्टुनिष्ट राजेश केसीले उतारेका हुन् । उनका ती चित्रले हजार शब्दले बोल्न नसकेको कुरा स्पष्ट पारेका छन् । कार्टुन सरकारका मन्त्रीहरूको व्यवहारबारे दर्शक पाठकको मन उद्धेलित गराउने खालको छ । अर्का चर्चित कार्टुनिष्ट वात्सायानले पनि भ्रष्टाचारप्रति… पुरा पढौ

निलम्बित गभर्नर अधिकारीले दिए सर्वोच्चमा पुर्नबहालीको रिट, कर्मचारीद्वारा कालो व्यानर प्रदर्शन र विरोध

काठमाडौं, ४ चैत । सरकारद्वारा निलम्बित गभर्नर महाप्रसाद अधिकारीले आफुलाई पुर्नवहाली गर्नुपर्ने माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । सरकारले आफुमाथि पूर्वाग्रह राखेर निलम्वन गरेको भन्दै अधिकारी सर्वोच्च अदालतको ढोका ढकढक्याउन पुगेका हुन् । उनलाई चैत २४ गते बसेको मन्त्रिपरिषद्को बैठकले निलम्बन गरेको थियो । अधिकारीले रिटमा सरकारले गरेको निलम्बनको कारबाहीलाई बदर गरिपाउँ र पूर्ववत् गभर्नरको जिम्मेवारीमा फर्किन आदेश जारी गरिपाउँ भनेका छन् । गभर्नर अधिकारीले अर्थमन्त्री जनार्दन शर्माले गैर कानूनी तवरले छानबिन समिति गठन गरेको र त्यो… पुरा पढौ

कर्णाली करिडोरको स्तर वृद्धि गर्नुपर्छ : अध्यक्ष ओली

सिमकोट, ४ वैशाख । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले कर्णाली करिडोरको स्तर वृद्धि गर्नुपर्ने बताउनुभएको छ । उहाँले करिडोर निर्माणलाई तीब्रगतिमा अगाडि बढाएर हुम्लाका जनतालाई गुणस्तरीय यातायात सेवा उपलब्ध गराउन आफू प्रतिबद्ध भएर लाग्ने बताए। एमाले हुम्लाले आज आयोजना गरेको कार्यक्रममा अध्यक्ष ओलीले स्थानीय निर्वाचनपछि देशमा विकासको लहर आउने दाबीसमेत गरे। जनताको आर्थिक, सामाजिक तथा समग्र विकासका लागि आफ्नै कार्यकालमा एमाले सरकारले ठूला योजना अघि सारेको उनले दाबी गरे। आफू प्रधानमन्त्री हुँदा हुम्लासहित देशभरका जिल्लामा विकास निर्माणले तीब्र… पुरा पढौ

सुनचाँदी आपूर्तिको वैकल्पिक व्यवस्था मिलाउन तीन महासंघको आग्रह

काठमाडौं, ४ वैशाख । सुनचाँदीको आपूर्ति ठप्प भएपछि वैकल्पिक व्यवस्था मिलाउन सुनचाँदी क्षेत्रका तीन महासङ्घले सरकारसँग सामूहिक रुपमा आग्रह गरेका छन् । नेपाल सुनचाँदी व्यवसायी महासङ्घको संयोजनमा आज बसेको संयुक्त बैठकले आपूर्तिको वैकल्पिक व्यवस्था अवलम्बन गर्न सरकारलाई अनुरोध गरेको हो । अत्यावश्यक वस्तुबाहेक अन्यको एलसी नखोल्ने बैंकहरूको गत साताको निर्णयसँगै बजारमा सुनचाँदीको आपूर्ति ठप्प भएको छ । त्यसबाट यस क्षेत्रमा आबद्ध २० हजारभन्दा बढी व्यवसायी हजारौँ कालिगडको रोजीरोटी नै सङ्कटमा परेको उनीहरूको भनाइ छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अध्यक्ष माणिकरत्न… पुरा पढौ

बिबिसी मास्टर सेफको टोलीलाई पर्यटन बोर्डले गर्याे सम्मान

काठमाडौं, ४ वैशाखनेपाल पर्यटन बोर्डले ‘बिबिसी मास्टर सेफः द प्रोफेसनल २०२०’ का फाइनालिस्टलाई सम्मान गरेको छ । काठमाडौंमा आज आयोजित एक कार्यक्रमकाबीच ‘मास्टर सेफ सन्तोष साह’को साथमा सेफ एलेक्स वेब, सेफ बार्ट भान डेर ली र सेफ फिलि आर्मिटेज लगायतको टोलीलाई सम्मान गरिएको हो । बोर्डका कार्यकारी प्रमुख डा धनञ्जय रेग्मी, बोर्ड सदस्य ङिमा नुवा शेर्पा, मिलन देवकोटा, वरिष्ठ निर्देशक नन्दिनी लाहे थापा, निर्देशक मणिराज लामिछानेलगायतले सेफ टोलीलाई सम्मान गरेकाे हाे । सो अवसरमा बोर्डका कार्यकारी प्रमुख डा रेग्मीले सन्तोष… पुरा पढौ

सुखद् भएन नयाँ वर्षको पहिलो कारोबार, सेयर बजार राताम्मै

काठमाडौं, ४ वैशाख । नयाँ वर्ष २०७९ को सेयर कारोबार भएको पहिलो दिन आईतबार सेयर बजार राताम्मै भएको छ । कारोबार रकममा पनि कमि भएको छ । अघिल्लाे वर्षको अन्तिम चैत ३० गते नयाँ वर्ष २०७९ लाई स्वागत गर्दै नेप्सेमा हरियाली छाएको दृश्य यसदिन देखिएला भन्ने लगानीकर्ताको अपेक्षा अनुसारको नभइ उल्टो भईदियो । अर्थात सेयर बजार ओरालो लाग्यो र कारोबार रकमा पनि गिरावट भयो । बिहिबार बजार बन्द हुँदाको बेलाकोभन्दा तीन कराेड बढीकाे घटीले यसदिन कारोबार भएको छ । नेपाल… पुरा पढौ