मुख्य समाचार

१७ औं फेवा नव बर्ष महोत्सव चैत ३० देखि बैशाख १ सम्म

पोखरा, २२ चैत । १७ औं संस्करणको फेवा नवबर्ष महोत्सव चैत ३० देखि बैशाख १ गते सम्म आयोजना हुने भएको छ । ‘पर्यटन, संस्कृति र खाना’ भन्ने नारासहित होटल संघ पोखराको आयोजनामा हुने महोत्वस लेकसाइडस्थित फिस्टेल गेटदेखि हल्लनचोक सम्मको मुख्य सडकमा आयोजना गर्न लागिएको मंगलबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो । पत्रकार सम्मेलनमा बोल्दै संघका अध्यक्ष लक्ष्मण सुबेदीले कोभिडका कारण दुई संस्करणको महोत्सव स्थगनपछि नयाँपन दिने उद्देश्यसहित करिब ३ किलोमिटर खुल्ला सडकमा महोत्सव आयोजना गर्न लागिएको बताए ।… पुरा पढौ

देशभर ७५ लाख बालबालिकालाई टाइफाइड विरुद्धको खोप लगाइने, कहिलेसम्म ?

काठमाडौं, २२ चैत । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले देशभर ७५ लाख बालबालिकालाई टाइफाइड विरुद्धको खोप लगाउने भएको छ । आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा स्वास्थ्य सेवा विभागको बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख सागर दाहालले एक वर्ष तीन महिनादेखि १५ वर्षसम्मका बालबालिकालाई यही चैत २५ देखि वैशाख १८ गतेसम्म उक्त खोप लगाइने जानकारी दिए। एक वर्ष तीन महिनादेखि १५ वर्ष उमेरसम्मका सबै बालबालिकालाई एक पटक टाइफाइड विरुद्धको खोप लगाइने उनले बताए । गाभी (खोपसम्बन्धी विश्वव्यापी सञ्जाल)ले नेपाललाई निःशुल्क टाइफाइड खोप उपलब्ध… पुरा पढौ

४६.४६ अंकले घट्यो नेप्से, कारोबारमा झिनो सुधार

काठमाडौं, २२ चैत । साताको सेयर कारोबार हुने तेश्रो दिन मंगलबार पनि सेयर बजारमा भारी मात्रामा गिरावट भएको छ । कारोबार रकममा उल्लेखनिय प्रगति नभए पनि अघिल्लो दिनको तुलनामा केहि सुधार भएको छ । लगातार नकारात्मक लयमा गएको सेयर बजारको दृश्यले लगानीकर्ताहरुको मनोवल घटाएको छ । बजारमा कहिले सन्तुलन कायम गर्ने हो यो भने पखाईको विषय बनेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ४६.४६ अंकले घटेर २४५२.०६ विन्दुमा झरेको छ । नेप्सेमा १.८६ प्रतिशतले घट्दा सेन्सेटिभ इण्डेक्स ८.३४… पुरा पढौ

लोकतान्त्रिक गणतन्त्रात्मक संविधानमाथि अझै चुनौती : मन्त्री भुसाल

काठमाडौं, २२ चैत । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले जनताको सङ्घर्षका बलमा प्राप्त उपलब्धि र सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानमाथि अझै चुनौती रहेको बताएकी छन् । गोदाबरी नगरपालिका वडा नं १४ को वडा कार्यालयको नवनिर्मित भवनको उद्घाटन गर्दै उनले प्राप्त उपलब्धि र संविधानको रक्षा तथा विकास गर्ने कार्यभार परिवर्तनकर्मी शक्तिको काँधमा आएको बताइन । “राष्ट्रिय राजनीतिका चुनौतीलाई सामाना गर्न, परिवर्तनबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्ने, त्यसलाई कार्यान्वयन गरेर समाजवादको आधार तयार पारेर जाने विषयमा वर्तमान गठबन्धनलाई निरन्तरता दिने प्रतिबद्धता दलहरुबाट… पुरा पढौ

राष्ट्रिय गौरवको बुढीगण्डकी जलविद्युत् आयोजनाका जुठ्यानदेखि फलफूलको बोटसम्मले मुआब्जा पाउने

काठमाडौं, २२ चैत । बुढीगण्डकी जलविद्युत् आयोजनाका प्रभावितले विगत लामो समयदेखि माग गर्दै आएका एउटा महत्वपूर्ण विषयमा सरकारले अत्यावश्यक निर्णय गरेको छ । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सो आयोजनाको हालसम्म कुन ढाँचामा निर्माण गर्ने भन्ने बारेमा निर्णय नभएपनि स्थानीयवासीको घर गोठ, बोटबिरुवालगायतको मुआब्जा निर्धारण भएको छ । स्थानीयवासीको मागलाई धादिङ र गोरखाका जिल्ला प्रशासन कार्यालयले सम्बोधन गरेका छन् । पछिल्लो निर्णयले आयोजना कार्यान्वयनमा एउटा अर्को महत्वपूर्ण खुडकिला पार गरेको छ । दुवै जिल्ला प्रशासन कार्यालयले नियमितरुपमा मुआब्जा वितरणको काम… पुरा पढौ

यस्ताे छ प्रधानमन्त्री देउवाकाे भारत भ्रमणकाे उपलब्धि र भरोसा

काठमाडौं, २२ चैत । वर्षाको समयमा खेर जाने बिजुलीलाई छिमेकी बजारमा निर्यात गर्न नेपालले लामो समयदेखि जारी राखेको प्रयास प्रधानमन्त्री शेरबहादुर देउवाको पछिल्लो औपचारिक भारत भ्रमणबाट सार्थक भएको छ । प्रधानमन्त्री देउवाको यस भ्रमणका क्रममा ‘भारत–नेपाल संयुक्त भिजन’ जारी गर्दै ऊर्जा क्षेत्रमा आपसी सहयोगको अभिवृद्धिमा उन्नतस्तरको सहमति भएको हो । यो सहमतिसँगै अब नेपालको बिजुलीको बजार विदेशी छिमेकी बजारमा प्रवेश गर्न पाउनेछ । त्यसैले यो सहमतिलाई नेपालको ऊर्जा क्षेत्रमा भएको ‘ब्रेक थ्रू’ का रुपमा पनि व्याख्या गरेका छन् । यदि… पुरा पढौ

धरतीको भविष्य सुरक्षित गर्ने अबको मार्ग माटो जोगाउने प्रणालीमा सुधार

काठमाडाैं, २२ चैत । राष्ट्रमण्डल (कमनवेल्थ) राष्ट्रहरूका महासचिवको कार्यलयले माटाे जोगाऔँ सन्दर्भमा एक महत्वपूर्ण वक्तव्य प्रकाशित गरेको छ । वक्तव्यमा उल्लेख गरिएको छ कि “पर्यावरण जोगाउनको लागि माटोलाई पुन: जीवित गर्नमा केन्द्रित माटो जोगाऔँ अभियानको उद्देश्य पूर्णतया राष्ट्रमण्डलद्वारा प्रस्तावित ‘लिभिङ्ग ल्याण्ड चार्टर’ का विषयगत क्षेत्रहरू र कार्यान्वयनको रणनीतिहरूअनुरूप छन् ।” वक्तव्यमा थप उल्लेख गरिएको छ कि “हामीसँग सीमित रहेका प्राकृतिक स्रोत–साधनहरूको संरक्षण र व्यवस्थापनको लागि बहुपक्षीय सहयोग, निरन्तर प्रतिबद्धता र सामूहिक कार्यहरूको महत्त्वलाई ५४ सदस्यीय राष्ट्रहरूको राष्ट्रमण्डलले राम्रोसँग बुझेको छ… पुरा पढौ

लाभांश वितरणको प्रस्ताव पारित गर्न नयाँ सारथी लघुवित्तले बोलायो साधारण सभा

काठमाडौं, २२ चैत । नयाँ सारथी लघुवित्त वित्तीय संस्थाले लाभांश वितरणको प्रस्ताव पारित गर्नका लागि साधारण सभा आव्हान गरेको छ । संस्थाको १३औं साधारण सभा आगामी वैशाख १० गते धुलिखेलमा रहेकाे केन्द्रीय कार्यालयमा सो दिन अपरान्ह ३ वजे बोलाईएको छ । लघुवित्तकाे साधारण सभा तथा लाभांश वितरणको प्रयोजनार्थ चैतको २३ गते बुधबार बुक क्लोज गिरने भएको छ । आजसम्म नेप्सेमा सेयर कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै साधारण सभामा भाग लिन र लाभांश प्राप्तिका हकदार हुनेछन् । लघुवित्तकाे गएको आर्थिक… पुरा पढौ

बिबिआइएनमार्फत ऊर्जा सहकार्य हुने, थप बिजुली लैजान भारत सहमत

काठमाडौं, २२ चैत । सरकारको सार्थक प्रयत्न एवं निरन्तरको कूटनीतिक प्रयासका कारण वर्षायाममा खेर जाने बिजुली खरिद गर्न भारत तयार भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले लगातार सरोकारवाला निकायसँग गरेकाे छलफल, मन्त्रालय तहमा भएको द्विपक्षीय एवं बहुपक्षीय संवाद तथा कूटनीतिक पहलले सार्थकता पाएको ऊर्जा क्षेत्रमा चर्चा भइरहेको छ । नेपालको विद्युत् इतिहासमा नै पहिलोपटक औपचारिकरूपमा नेपालको बिजुली भारतको बजारमा प्रवेश पाएको थियो । गत कात्तिकदेखि भारतीय अनुदानमा निर्माण भएको नै सही, ३९ मेगावाट बिजुली बिक्रीको मार्गप्रशस्त भएको… पुरा पढौ

जीवन बीमा कम्पनीको बीमा शुल्क आर्जन बढ्यो, नेपाल लाइफ पहिलो नम्बरमा

काठमाडौं, २२ चैत । चालु आर्थिक वर्षको ८ महिनामा १९ जीवन बीमा कम्पनीहरुले बीमा शुल्क बापत ९२ अर्ब २० करोड ३९ लाख २० हजार रुपैयाँ आम्दानी गरेका छन् । बीमा समितिले दिएको जानकारी अनुसार यी कम्पनीहरुले फागुन महिनासम्म २५ अर्ब ९१ करोड ४२ लाख ५४ हजार रुपैयाँ प्रथम बीमा शुल्कवापत आर्जन गरेका हुन् । यस अवधिमा कम्पनीहरुले नवीकरण बीमा शुल्क वापत ६६ अर्ब २८ करोड ९६ लाख ६५ हजार रुपैयाँ आर्जन गरेका छन् । सबैभन्दा धेरै नेपाल लाइफले मात्रै २३… पुरा पढौ