काठमाडौं, ९ जेठ । नेपालको आन्तरिक बजारमा दैनिक उपभोग्य वस्तुको मूल्य नियन्त्रण बाहिर पुग्दा उपभोक्ताको भान्सा निकै महँगो बन्दै गएको छ। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सार्वजनिक गरेको पछिल्लो 'मूल्य विश्लेषण प्रतिवेदन २०८३' अनुसार गत वैशाख महिनामा उपभोक्ताहरूले खाद्यान्न, तरकारी, फलफूल र इन्धनमा चर्को मूल्यवृद्धिको सामना गर्नु परेको हो। अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा आएको उतारचढाव, अमेरिकी डलरको मजबुती र आन्तरिक बजारमा बिचौलियाको दबदबाका कारण बजार मूल्य आकासिएको प्रतिवेदनले औँल्याएको छ। तरकारी र फलफूलमा 'अत्यधिक उतारचढाव' प्रतिवेदनको सबैभन्दा डरलाग्दो…
पुरा पढौ