काठमाडौं, ७ जेठ । नेपाल बीमा प्राधिकरणले ६ वटा इन्स्योरेन्स कम्पनीहरुलाई कारबाही गरेको छ । प्राधिकरणले फास्ट ट्र्याकको पिआईमा निर्धारण गरिएको मापदण्डभन्दा कम दरमा बीमा लेख जारी गरेको तथा स्वेच्छाचारी रूपमा बीमालेख रद्द गरेको भन्दै सो इन्स्योरेन्स कम्पनीहरूलाई कारबाही गरेको हो । प्राधिकरणले युनाइटेड अजोड इन्स्योरेन्स, प्रभु इन्स्योरेन्स, हिमालयन एभरेष्ट इन्स्योरेन्स, सिद्धार्थ प्रिमियर इन्स्योरेन्स, सानिमा जिआइसी इन्स्योरेन्स र नेको इन्स्योरेन्सलाई जरिवाना गरेको बताइएकाे छ । प्राधिकरणको हालै बसेको बाेर्ड बैठकले कारबाहीकाे निर्णय गरेको हो ।
पुरा पढौ