मुख्य समाचार

रिभर फल्स पावरले चैत २७ देखि सेयर निष्काशन गर्दै

काठमाडौं, १८ चैत । रिभर फल्स पावरले चैत २७ गतेबाट सेयर निष्काशन गर्न लागेको छ । कम्पनीका अुनसार आयोजना प्रभावित क्षेत्रका जनताका लागि सेयर निष्काशन तथा बिक्रीमा ल्याउन लागिएको हो । प्रतिसेयर १०० मूल्य अंकित ७ लाख कित्ता सेयर निष्काशन गर्न लागिएको छ । लगानीकर्ताहरुले चाँडोमा वैशाख ११ तथा ढीलोमा वैशाख २६ गतेसम्म आवेदन दिन सक्नेछन् । यसका लागि कम्पनीको कार्यालय संखुवासभा, प्राईम मकर्शियल बैंक खाँदवारी, तुम्लिङटार तथा सभापोरी शाखाबाट आवेदन दिन सक्नेछन् । यस्तै प्रभु बैंक खाँदवारी, ग्लोबल आइएमई… पुरा पढौ

नवनियुक्त राजदूत आचार्यद्वारा ओहोदाको प्रमाणपत्र पेश

लन्डन, १८ चैत । बेलायतका लागि २२औँ नेपाली राजदूतका रूपमा नियुक्त ज्ञानचन्द्र आचार्यले बडामहारानी एलिजावेथ द्वितियासमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका छन् । बकिङहम प्यालेसमा आयोजित विशेष समारोहबीच आचार्यले महारानीलाई ओहोदाको प्रमाणपत्र पेश गरेका हुन् । कोभिड जोखिमका कारण आफ्नो निवासबाटै भर्चुअल माध्यमले जोडिएर आचार्यले बुझाएको ओहोदाको प्रमाणपत्र बुझेकी महारानीले नवनियुक्त राजदूतको कार्यकालमा दुई देशबीचको सम्बन्ध थप सुमधुर बन्ने आशा व्यक्त गरिन् । सम्बोधनकै क्रममा महारानीले आफ्नो दुई पटकको नेपाल यात्रा स्मरणीय रहेको र नेपाल प्राकृतिकरूपमा सुन्दर रहेकोसमेत बताएको दूतावासले जनाएको… पुरा पढौ

केहि स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना

काठमाडाैं, १८ चैत । हाल देशमा भारतको विहार आसपासमा रहेको न्युन चापीय प्रणाली र स्थानीय वायुको सामान्य प्रभाव रहेको छ। प्रदेश १, माधेश प्रदेश लगायत बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा आँशिक देखि  सामान्य बदली रही अन्य भू-भागको मौसम सामान्यतया सफा रहेको ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालय, जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ।   चैत्र १८ गते   दिउँसो : प्रदेश १, माधेश प्रदेश लगायत बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही केहि स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।… पुरा पढौ

मेलम्चीको पानी काठमाडौं लैजाने प्रक्रिया अन्तिम चरणमा : मन्त्री चौधरी

सिन्धुपाल्चोक, १८ चैत । खानेपानीमन्त्री उमाकान्त चौधरीले सरकारको लक्ष्यअनुसार चैत मसान्तसम्ममा मेलम्चीको पानी काठमाडौं पुग्ने बताएका छन् । हेलम्बु–१ मा रहेको मेलम्ची खानेपानीको बाँधस्थल पुगेका मन्त्री चौधरीले तोकिएको समयमा काम सक्न ठेकेदार कम्पनी र सम्बन्धित कर्मचारीलाई निर्देशन दिए। अहिले हेडवक्र्स र सुरूङ सफा गर्ने काम भइरहेको छ । उनले प्राविधिकरूपमा केही कठिनाइ देखा परे पनि त्यसलाई समाधान गर्दै चैत मसान्तसम्ममा जसरी पनि पानी काठमाडौँ झार्ने सरकारी लक्ष्यअनुसार काम भइरहेको बताए। मेलम्ची खानेपानी विकास समितिका सिनियर डिभिजनल इञ्जिनीयर पदमबहादुर कुँवरले १७… पुरा पढौ

११ देखि १४ प्रतिशतसम्म बढ्ने भयो सवारीसाधनको भाडादर

काठमाडाैं, १८ चैत । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले राष्ट्रिय लामो दूरीका सवारीसाधनमा भाडा समायोजन गर्न स्वीकृति दिएको छ । मन्त्रालयले यातायात व्यवस्था विभागलाई वैज्ञानिक भाडादरका आधारमा नयाँ भाडादर कायमका लागि सैद्धान्तिक सहमति दिएको हो । हाल कायम रहेको भाडादरमा ११ देखि १४ प्रतिशतसम्म भाडादर वृद्धि हुनसक्ने विभागका महानिर्देशक नमराज घिमिरेले बताए । राष्ट्रिय लामा दूरीका सवारीसाधनमा भाडादर समायोजन गर्न लागिएको र त्यसमा बस, ट्रक पहाड र ट्रक तराई गरी तीन प्रकारका सवारीसाधन रहेको विभागले जनाएको छ । यसअघि भाडा… पुरा पढौ

आज घोडेजात्रा पर्व मनाइँदै

काठमाडौं, १८ चैत । प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन मनाइने घोडेजात्रा पर्व आज मनाइँदैछ । जनविश्वासअनुसार टुँडिखेलको पूर्व–दक्षिण दिशामा रहेको एउटा रूखमा बास गर्ने गुरुमापा भन्ने राक्षसले शहरका बालबालिकालाई खाने गरेको थियो । पीडित स्थानीयवासीले विभिन्न उपायले त्यसलाई संहार गरे । राक्षसको प्रेतात्मा फेरि जागा भई बालबालिकालाई अनिष्ट गर्नसक्ने भय स्थानीयवासीमा रहिरह्यो । यसै कारण प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन घोडेजात्रा गरी गुरुमापाको आत्मालाई घोडाको टापले कुल्चाएर दबाउने गरिएको हो । साथै शहरका कुनै पनि बालबालिकामाथि खतरा नहोस्… पुरा पढौ

आज ‘राजद्रोही राजनेता’ पोखरामा प्रदर्शन हुँदै

काठमाडौं, १८ चैत । प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको जीवनीका घटनामा आधारित ‘राजद्रोही राजनेता’ वृत्तचित्र आज चैत १८ गते पोखरामा प्रदर्शन हुँदैछ । सुशील कोइराला मेमोरियल फाउन्डेसन र अन्वेषण न्युज डट कमको सहकार्यमा उक्त वृत्तचित्र निर्माण गरिएको हो । चिप्लेढुंगास्थित पोखरा ट्रेडमलको सिलेप्लेक्समा बिहान पौने ९ बजे वृत्तचित्र प्रदर्शन गर्न लागिएको हो । वृत्तचित्रमा विसं २०३१ देखि २०३६ सम्मका घटना समेटिएको छ । करिब ६ वर्ष लगाएर वृत्तचित्र तयार गरिएको अन्वेषण न्युज डट कमका प्रधानसम्पादक जगत नेपालले बताए । पोखरामा… पुरा पढौ

एकदिनपछि फेरि सेयर बजारमा दोहोरो अंकको गिरावट, कारोबार रकम पनि घट्यो

काठमाडौं, १७ चैत । बाह्र हप्तापछि बुधबार सेयर बजारको लय सकारात्मक भएपनि त्यसको ठिक भोलिपल्ट बिहिबार सेयर बजारले पुरानै नकारात्मक लयलाई पछ्याएको छ । सन् २०२२ लागेपछि हरेक बुधबार सेयर बजारमा करेक्सन देखिदै आएकोमा बुधबार एकदिन हरियो लागेपनि आज भने लगानीकर्तालाई फेरि निरास बनाएको छ । बजारमा सुधार नहुनाले उनीहरुको मनोवल घटाएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक २३.९५ अंकले घटेर २५४४.३० विन्दुमा झरेको छ । नेप्सेमा ०.९३ प्रतिशतले गिरावट भएको छ । सेन्सेटिभ इण्डेक्स ४.६० अंकले घटेर… पुरा पढौ

सत्ता साझेदार दलबीच चुनावी तालमेल र संयन्त्र बनाउने सहमति

काठमाडौं, १७ चैत । सत्ता साझेदार दलहरुले आसन्न स्थानीय तहको निर्वाचनमा चुनावी तालमेल गर्ने सहमति गरेका छन् । सत्ता साझेदार दलका शीर्ष नेताहरुको आज बसेको बैठकले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा दलहरु मिलेर जाने निर्णय भएको राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेलले जानकारी दिइन। बैठकमा चुनावी तालमेलका लागि स्थानीयस्तरमा सत्ता साझेदार दलहरु सम्मिलित संयन्त्र बनाउनेसमेत सहमति भएको छ । नेपाली कांग्रेसको यही चैत १५ गते सम्पन्न केन्द्रीय कार्यसमितिको बैठकले स्थानीय तहको निर्वाचनमा स्थानीय अवस्था र आवश्यकताअनुरुप सत्ता गठबन्धनमा रहेका… पुरा पढौ

स्रोत नखुलेको रु ६३ लाखसहित तीन युवक पक्राउ

जलेश्वर, १७ चैत । पाँच दिनको अवधिमा महोत्तरीमा स्रोत नखुलेको रु ६३ लाखसहित तीन जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार गत आइतबार रु ५५ लाखसहित दुई युवक पक्राउ परेका थिए भने बिहीबार रु ८ लाखसहित थप एक युवक पक्राउ परे । जिल्लाको जलेश्वर–बर्दिबास सडकखण्डको औरहीमा गत आइतबार दिउँसो स्रोत नखुलेको रु ५५ लाखसहित औरही नगरपालिका–२ चेपकट गाउँ बस्ने २० वर्षीय धीरजकुमार यादव र सोही स्थान निवासी १८ वर्षीय रमेशकुमार सहनी पक्राउ परेका थिए… पुरा पढौ