मुख्य समाचार

‘पीर’बाट लडाकु देहव्यापारमा संलग्न दृश्य हटाइयो : सपुत

काठमाडौं, ६ चैत । चौतर्फी आलोचना भएपछि गायक प्रकाश सपुतले ‘पीर’ गीतबाट महिला लडाकु देहव्यापारमा संलग्न भएको दृश्य हटाएका छन् । उनले शनिबार साँझबाट उक्त दृश्य हटाइएको गीतको नयाँ भिडियो युट्युबमा अपलोड गरेका छन्। गायक सपुतले सामाजिक सञ्जालमार्फत भिडियो ‘अर्काइभ’का रुपमा रहने र जहिले हेर्दा पनि त्यही दृश्य बिझाउने महसुस भएपछि आफूले उक्त दृश्य हटाएको प्रष्टीकरण दिएका छन् । गीतको सम्पादित नयाँ भिडियो अपलोड गर्दैै उनले पीरले सफलता मात्रै नभई धेरै कुरा सिकाएको र सचेत गराएको बताए । “तथ्यपरक सिर्जना… पुरा पढौ

गीतकार बराल र सङ्गीतकार गुरुङलाई प्रतिभा सम्मान प्रदान

काठमाडौं, ५ चैत। नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतले सन् २०२१ को प्रतिभा सम्मान गीतकार कृष्णहरि बराललाई र पुरस्कार सङ्गीतकार गणेश गुरुङलाई प्रदान गरेको छ । प्रतिष्ठानले आज राजधानीमा आयोजना गरेको कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति वैरागी काइँलाले रु ५० हजार राशिको सम्मान बराललाई र रु एक लाख राशिको पुरस्कार गुरुङलाई प्रदान गरे। कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व कुलपति काइँलाले विदेशमा रहेर पनि प्रतिष्ठानले भाषा, साहित्य र संस्कृतिलाई सम्झने काम गरेको भन्दै प्रशंसा गरे। सम्मानित व्यक्तित्व बरालले साहित्य सृजनामा लागेका ठूला प्रतिभा… पुरा पढौ

समृद्ध मुलुक निर्माणका लागि बौद्धिक जगतले जागरण ल्याउनुपर्छः अध्यक्ष ओली

काठमाडौं, ५ चैत । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आसन्न स्थानीय तहको निर्वाचनमा बढीभन्दा बढी स्थानमा जित्ने गरी अगाडि बढ्न पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन् । एमाले सम्पर्क समन्वय कमिटीले आज आयोजना गरेको प्रशिक्षण कार्यक्रममा पूर्वप्रधानमन्त्री ओलीले स्थानीय तहको निर्वाचनमा धेरै स्थानामा पार्टीले जितेमा राष्ट्रियसभामा आफ्ना प्रतिनिधि लान सकिने र देशको विकासको कामलाई स्थानीय तहबाट उठाएर जनताका चाहनालाई माथि लान सकिने बताए। “सत्ता गठबन्धनसँग प्रतिस्पर्धा गर्नुपर्छ भन्ने मनोवैज्ञानिक त्रास छ भने हटाउन म साथीहरुलाई आग्रह गर्दछु… पुरा पढौ

जहाज थपेर व्यवसाय विस्तार गर्दै हवाई सेवा प्रदायक कम्पनी

काठमाडौं, ५ चैत । निजी क्षेत्रको अग्रणी हवाई सेवा प्रदायक कम्पनी बुद्ध एयरले जहाज थपेर व्यवसाय विस्तारमा जुटेको छ । बुद्ध एयरले थप एटिआर–७२ (७२ सिटे) जहाज भित्र्याएर आक्रामकरुपमा बजार विस्तारमा लागेको हो । बुद्ध एयरले हालै थप एक थान एटिआर ७२ जहाज भित्र्याएको छ । योसँगै कम्पनीसँग अब ११ वटा एटिआर–७२, तीनवटा एटिआर–४२ र दुई वटाबीच क्राफ्टसहित १६ जहाज छन् । थप चार जहाज आउने प्रक्रियामा रहेको र करिब चार महिनाको अन्तरालभित्रै ती जहाज नेपाल आइपुग्नेछन् । बुद्ध एयरका… पुरा पढौ

माथिल्लो तामाकोसीले पैदा गरेको आत्मविश्वास : स्वदेशी लगानीमा सम्भव छ ठूलाे परियोजना

काठमाडौ, ५ चैत । माथिल्लो तामाकोसी जलविद्युत् आयोजनासँग जोडिएको सबै काम सम्पन्न भएको छ । स्वदेशी लगानीको राष्ट्रिय गौरवको आयोजना ११ वर्ष लगाएर निर्माण सम्पन्न भएको हो । ऊर्जा एवं देशको भौतिक विकासका जानकारले यस आयोजनालाई नेपाली मोडलको एक ‘विश्वविद्यालय’का रूपमा समेत अथ्र्याएका छन् । अनेकन दुःख, प्राकृतिक विपत्ति, ठेकेदारको गलत कार्यशैली तथा कोरोना त्रासका कारण समस्याको चक्रव्यूहमा फसेको आयोजनालाई सही अवस्थामा ल्याउन त्यसका सम्वद्ध कर्मचारीको भूमिका उत्तिकै रहेको छ । त्यसमा पनि समस्यामा फसेको आयोजनालाई सही ‘ट्रयाक’ मा ल्याउन… पुरा पढौ

नेपालले र्याफ्टिङमा ओलम्पिक पदक जित्ने आकलन, नीतिगत व्यवस्थाको तयारी हुँदै

काठमाडौं, ५ चैत । युवा तथा खेलकुद मन्त्रालयले नेपालले अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्ने सम्भावना आकलन गरी साहसिक खेल अर्थात् र्यारफ्टिङको विकास र विस्तार गर्ने सोच अघि सारेको छ । साहसिक जलयात्रामा नेपाली खेलाडी (गाइड)मा अनुभव पोख्त र प्रतिस्पर्धी क्षमता बलियो देखेपछि आगामी अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको सहभागिताका लागि मन्त्रालय नीतिगत व्यवस्थाको तयारीमा लागेको हो । युवा तथा खेलकुद मन्त्रालयका सचिव डा दामोदर रेग्मीले आगामी एशियन र ओलम्पिकमा ¥याफ्टिङमा पदक जित्न नेपालको सहभागिता प्रभावकारी हुनसक्ने आकलन गरिएको प्रतिक्रिया दिए। नेपालको भौगोलिक अवस्थितिका… पुरा पढौ

नकुहिने फोहोर पैसा तिरेर उठाउँदै ग्रीन भ्याली सहकारी

पोखरा , ५ चैत । घरमा नकुहीने फोहोर छ ? फोहोर कहाँ फाल्नु भएको छ ? फोहोरलाई तपाई मोहरमा बदल्न सक्नु हुनेछ । पोखरा महानगरपालिका १६ अर्मलामा ग्रीन भ्याली बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले फोहोरलाई मोहर दिएर संकलन गरी रहेको छ । फोन गरेर आफ्नो घरमा भएको नकुहीने फोहोर दिन सक्नुहुनेछ । सहकारीको पोखरा १६ अर्मलामा स्थापना भएको फोहोर संकलन केन्द्रले लैजाने ग्रीन भ्याली बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्ष प्रकास आचार्यले बताए । अहिले पोखरा महानगरपालिकाले फोहोर फाल्ने ठाउँका स्थानीयले अवरोध… पुरा पढौ

अध्यक्ष प्रचण्ड किन जादैछन पोखरा ?

काठमाडाैं, ५ चैत । नेपाल कम्युनिस्ट पार्टी(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड) सहितको पार्टी नेतृत्व पोखरा जाने भएको छ । आइतबार पोखरा सभागृहमा हुने पार्टीको गण्डकी प्रदेशस्तरीय राजनीतिक वैचारिक प्रशिक्षणका लागि अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, देव गुरुङ, देवेन्द्र पौडेल, दिननाथ शर्मालगायतको नेतृत्व पोखरामा आउने माओवादी गण्डकीका अध्यक्ष गायत्री गुरुङले जानकारी दिइन। उनका अनुसार प्रशिक्षणको सबै तयारी पूरा भएको छ अध्यक्ष गुरुङका अनुसार प्रशिक्षणमा गण्डकी प्रदेशमा कार्यक्षेत्र हुने पार्टीका केन्द्रीय सदस्य,  केन्द्रीय आयोगका सदस्य, केन्द्रीय सल्लाहकार, केन्द्रीय ज्येष्ठ कम्युनिष्ट मञ्चका… पुरा पढौ

१९९० को दशकमा नेपालबाट हराएका प्राचीन दुई मूर्ति बेलायत प्रहरीद्वारा फिर्ता

लन्डन, ५ चैत । नेपालबाट १९८० देखि १९९० को दशकमा हराएका प्राचीन मूर्तिमध्येका दुई मूर्ति बेलायत सरकारले नेपाललाई हस्तान्तरण गरेको छ । नेपाली दूतावास लण्डनमा शुक्रबार आयोजित एक विशेष समारोहबीच बेलायत प्रहरीका तर्फबाट यहाँस्थित नेपाली राजदूत ज्ञानचन्द्र आचार्यलाई उक्त मूर्ति हस्तान्तरण गरिएको हो । सोह्रौँ शताब्दीमा काठमा कुँदिएको कलात्मक तोरणको मूर्ति काठमाडौँको हनुमानढोका कुमारी बहालबाट हराएको थियो । यसैगरी १८औँ शताब्दीतिर कुँदिएको घुँडा टेकेर नमस्ते मुद्रामा रहेको ढुङ्गाको मूर्ति काठमाडौँको ओमबहालस्थित मञ्जुश्री मन्दिरबाट हराएको थियो । गृह मन्त्रालय र सुरक्षा… पुरा पढौ

मेलम्चीको दुर्गम गाउँ धौलेमा ‘एक घर, एक धारा’ हस्तान्तरण

सिन्धुपाल्चोक, ५ चैत । मेलम्ची नगरपालिका–११ धौले पैंयुखर्कमा ‘एक घर, एक धारा’ निर्माण गरेर हस्तान्तरण गरिएको छ । नगर प्रमुख डम्बर अर्याल, उपप्रमुख भगवती नेपाल, वडाध्यक्ष रुद्र दुलाल, सेवक नेपालका अध्यक्ष रेमन्त नाथले खानेपानीको उद्घाटन गरेका हुन् । नगरपालिका र सेवक नेपालको साझेदारीमा सो गाउँमा २६ वटा धारा निमार्ण गरी स्वच्छ पानी आउन थालेको छ । धौले पैंयुखर्क खानेपानी तथा सरसफाइ उपभोक्ता समितिमार्फत निर्मित उक्त खानेपानी गाउँमा झरेपछि स्थानीयहरुको वषौंदेखिको समस्या समाधान भएको छ । नगरपालिकाको रु १३ लाख, सेवक… पुरा पढौ