मुख्य समाचार

अझैं हुन सकेन समाजमा ठूलो र सानो जात भनेर गर्ने विभेदको उन्मूलन

काठमाडौं, ७ चैत । सञ्चारकर्मी रूपा सुनारले दलित भएकै कारण कोठा भाडामा नपाएको घटना ताजै छ । अहिले पनि दलित समुदायले पानी छोएको, अन्तरजातीय विवाह गरेको तथा बोक्सीका आरोपमा कुटपीटमा हत्याजस्ता विभेदको सामना गर्नुपरेको छ । समाजमा ठूलो र सानो जात भनेर गर्ने विभेदको उन्मूलन हुन सकेको छैन । अन्तरराष्ट्रिय जातीय विभेद उन्मूलन दिवस (मार्च २१, यस वर्ष चैत ७) मनाउन प्रारम्भ गरिएको ५६ वर्ष पूरा भए पनि नेपालमा अझै जातीय भेदभाव छँदै छ । नेपालमा कानून र नीतिगतरुपमै व्यवस्था… पुरा पढौ

एमालेको पोलिटब्युरो बैठक आज बस्दै, स्थानीय तहकाे निर्वाचन लगायतका विषयमा छलफल हुने

काठमाडौं, ७ चैत । स्थानीय तहको निर्वाचनको तयारीलगायत विषयमा छलफल गर्न प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को पोलिटब्युरो बैठक आज काठमाडौंमा बस्दैछ । सो पार्टीको केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीका अनुसार बैठकमा समसामयिक राजनीतिक स्थितिको विश्लेषण, स्थानीय निर्वाचनका लागि पार्टीको घोषणापत्र, उम्मेदवार छनोटको मापदण्डलगायत विषयमा छलफल हुनेछ । यही चैत ९ र १० गते काठमाडौँमा हुने केन्द्रीय कमिटीको तेस्रो बैठकका पूर्वसन्ध्यामा पोलिटब्युरो बैठक बस्न लागेको हो । यही चैत १ गते भएको एमालेको सचिवालय बैठकले पोलिटब्युरो, केन्द्रीय कमिटी र… पुरा पढौ

आइसफल चिकित्सक टोली सगरमाथा आधार शिविरमा

सोलुखुम्बु, ७ चैत । सगरमाथाको शिखरमा जाने बाटो निर्माणका लागि आठ जना आइसफल चिकित्सक टोली आधार शिविर पुगेको छ । लामो समयदेखि बाटो निर्माणमा सक्रिय आइसफल चिकित्सक आङसर्की शेर्पाको नेतृत्वमा गएको टोली आधार शिविर पुगेको हो । गत फागुन २८ गते उक्त टोली नाम्चेबाट आधार शिविरतर्फ लागेको सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपीसीसी)का उपाध्यक्ष लामाकाजी शेर्पाले जानकारी दिए। टोलीले पाङबोचे गुम्बामा पूजा गरेर लामालाई साइत हेराएपछि काम सुरु गर्ने छ । “अहिले टोली आधार शिविरमा बसेको छ”, उनले भने, “विगतझैँ यस वर्ष… पुरा पढौ

गिरिजाप्रसाद कोइरालाको १२औं स्मृति दिवस मनाइँदै

काठमाडौं, ७ चैत । नेपालमा नेकपा(माओवादी) सञ्चालन गरेको सशस्त्र द्वन्द्वको अन्त्यका महत्वपूर्ण भूमिका निर्वाह गरी २०६२/६३ को आन्दोलनको नेतृत्वदायी भूमिका निर्वाह गरेका पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको १२ औँ स्मृति दिवस आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । विसं २०५९ असोज १८ गते तत्कालीन राजा ज्ञानेन्द्रले जननिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवालाई अपदस्त गरी आफू अनुकुलका प्रधानमन्त्री नियुक्त गर्न थालेपछि राजतन्त्रप्रति जनताको मोहभङ्ग हुन थालेको थियो । यसपछि भएका आन्दोलनको नेतृत्व गिरिजाप्रसादले गरेका थिए । विसं २०६१ माघ १९ गते दलमाथि प्रतिबन्ध लगाउँदै… पुरा पढौ

पहाडी भागमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना

काठमाडौं, ७ चैत । हाल देशमा पश्चिमी न्युन चापिय प्रणालीको सामान्य प्रभाव रहेको छ। प्रदेश १ लगायत देशका पहाडी भू-भागमा आंशिक बदली र अन्य भू-भागमा मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । चैत्र ७ गते  दिउँसो : देशको पहाडी भू-भागमा आंशिक बदली रही अन्य भू-भागमा सामान्यतया सफा रहने छ। देशका पहाडी भू-भागका एक-दुई स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना छ। राती : देशको पहाडी भू-भागमा आंशिक बदली र अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १ को पहाडी भू-भागको… पुरा पढौ

मूल्यवृद्धि समायोजन गर्न निर्माण व्यवसायीको माग

चितवन, ७ चैत । निर्माण व्यवसायीहरुले मूल्यवृद्धि समायोजन गर्न माग गरेका छन् । निर्माण व्यवसायी सङ्घ चितवनले प्रमुख जिल्ला अधिकारी आस्मान तामाङमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै मूल्यवृद्धि नियन्त्रण र मूल्यवृद्धि समायोजन गर्न माग गरेको हो । सङ्घका जिल्ला अध्यक्ष केशवप्रसाद लामिछाने नेतृत्वको टोलीले ज्ञापनपत्र बुझाएको हो । ज्ञापनपत्रमा कोभिडले असहज बनाए को निर्माण व्यवसायीलाइ मूल्यवृद्धिले झनै ठूलो प्रभाव पारेको उल्लेख छ । ज्ञापनपत्रमा भनिएको छ “मूल्यवृद्धि समायोजन गराई तोकिएको समयमा निर्माण कार्य सम्पन्न गर्ने हाम्रो इच्छालाई प्रभावकारी कार्यान्वयनका लागि माग गर्दछौंँ… पुरा पढौ

जातीय विभेद र छुवाछुत मानव समाजका कलङ्क हुन् : प्रधानमन्त्री देउवा

काठमाडौं, ७ चैत । प्रधानमन्त्री शेरबहादुर देउवाले ५७औँ अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवसको अवसरमा जातीय विभेद उन्मूलनका लागि सङ्घर्ष गर्नुहुने सम्पूर्ण अधिकारकर्मी, योद्धा तथा अग्रजहरूप्रति सम्मान व्यक्त गरेका छन् । सोमबार २१ मार्चमा ५७ औँ अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवस मनाइँदैछ । दिवसका अवसरमा शुभकामना सन्देशमार्फत उनले जातीय विभेद तथा छुवाछुत मानव समाजको कलङ्क भएको उल्लेख गर्दै २१ औँ शताब्दीमा कोही पनि मानिस जातीय विभेद र छुवाछुतबाट अपहेलित र अपमानित हुन नहुने बताउनुभएको छ । मानव अधिकारको विश्वव्यापी घोषणापत्रले सबै मानिस… पुरा पढौ

नेपालको विकासमा सक्दो सहयोग गर्ने एडीबीको प्रतिबद्धता

काठमाडौं, ६ चैत । एसियाली विकास बैंक (एडीबी) का महानिर्देशकले नेपालको विकास एजेन्डा र महामारीपछिको पुनरुत्थानका निम्ति सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । दक्षिण एसियाका लागि बैंकका महानिर्देशक केनिची योकोयामाले नेपालको चारदिने भ्रमणका क्रममा मन्त्रिपरिषद्का सदस्य, नेपाल सरकारका सचिव तथा विकास परियोजना प्रमुखहरूसँगको भेटमा त्यस्तो प्रतिबद्धता व्यक्त गरेकी हुन् । द्विपक्षीय भेटवार्ताका क्रममा उनले नेपाल सरकारको विकासका प्राथमिकतालाई एडीबीले निरन्तर सहयोग गरिरहने प्रतिबद्धता दोहोर्‍याएको यहाँस्थित एडिबीको आवासीय कार्यालयले जनाएको छ । महानिर्देशक योकोयामाले झण्डै ६ वर्ष बैंकको देशीय… पुरा पढौ

८ महिनामा करिब ६० प्रतिशत राजस्व संकलन, पुँजीगत खर्च २१ प्रतिशत मात्रै

काठमाडौं, ६ चैत । चालू आर्थिक वर्षको पहिलो ८ महिनामा करिब ६० प्रतिशत राजस्व संकलन भएको छ । महालेखा नियन्त्रणको कार्यालयका अनुसार ८ महिनासम्म ७ खर्बभन्दा बढी राजस्व संकलन भएको हाे । चैतको पहिलो सातासम्म भने राजस्व संकलन ७ खर्ब ४३ अर्ब ८१ करोड ४९ लाख रुपैयाँ पुगेको छ । १२ खर्ब ४० अर्ब ५२ करोड ३ लाख रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्यअनुसार ९ महिनाको पहिलो सातासम्म सरकारले करिब ६० प्रतिशत राजस्व उठाएको कार्यालयले जनाएको छ । तत्कालिन अर्थमन्त्री विष्णु… पुरा पढौ

दुई बैंक र एक लघुवित्तको २ करोड ५९ लाख बढी कित्ता सेयर नेप्सेमा सूचीकृत

काठमाडौं, ६ चैत । नेपाल स्टक एक्सचेन्जमा आईतबार तीन कम्पनीको २ करोड ५९ लाख बढी कित्ता सेयर सूचीकरण भएको छ । सेयर सूचीकरण गराएका कम्पनीहरुमा दुई वाणिज्य बैंक तथा एक लघुवित्त रहेको छ । एनएमबि बैंक, एभरेष्ट बैंक र गणपति लघुवित्त वित्तीय संस्थाको २ करोड ५९ लाख ८५ हजार ६५९.२०५ कित्ता बोनस सेयर नेप्सेमा सचीकृत भएको हो । सो बोनस सेरमध्ये एनएमबि बैंकको २ करोड ४ लाख ७ हजार ४५१.०७ कित्ता रहेको छ । एभरेष्ट बैंकको ५३ लाख ३६ हजार… पुरा पढौ