मुख्य समाचार

‘फेवा नव वर्ष’ महोत्सव चैत ३० गतेदेखि, पर्यटन प्रवर्द्धनमा महोत्सवले सघाउने विश्वास

पोखरा, ४ चैत । होटल संघ पोखराले १७औं फेवा नव वर्ष महोत्सवको तयारी अगाडि बढाएको छ । यही चैत ३० गतेदेखि आगामी वैशाख १ गतेसम्म पोखराको लेकसाइडस्थित अम्मटदेखि हल्लन चोकसम्मको सडकमा महोत्सव हुने भएको हो । कोभिड–१९ का कारण २ वर्षसम्म स्थगित महोत्सवलाई यसपटक सडकमा आयोजना गरी निरन्तरता दिन लागिएको संघले जनाएको छ । महोत्सवको प्रायोजक अन्नपूर्ण केवलकार रहेको छ भने महोत्सवमा निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ । २ दिने महोत्सवलाई सफलतापूर्वक सम्पन्न गर्न संघका अध्यक्ष लक्ष्मण सुवेदीको संयोजकत्वमा विभिन्न… पुरा पढौ

अर्गानिक तरकारी खेतीमा आकर्षित हुँदै किसान

भोजपुर, ४ चैत । जिल्लाका किसान अर्ग्यानिक तरकारी उत्पादनमा लागेका छन् । मानव स्वास्थ्यलाई ध्यानमा राख्दै विषादीरहित तरकारी उत्पादन गर्ने उद्देश्यले उनीहरु तरकारी खेतीमा लागेका हुन् । बजारमा तराईलगायत बाहिरी जिल्लाबाट आउने विषादीयुक्त तरकारीको आयात बढेपछि किसानले अग्र्यानिक तरकारी उत्पादनमा जोड दिएका छन् । स्याउला तथा गाई–गोरुको मलमूत्रबाट तयार गरिएको कम्पोस्ट मलको प्रयोग गरी मौसमी तथा बेमौसमी तरकारी लगाउन उत्पादन गर्ने लक्ष्य रहेको अरुण गाउँपालिकाका कृषक शान्तिकुमार कार्कीले जानकारी दिइन् । कृषि ज्ञान केन्द्रको आर्थिक तथा प्रविधिक सहयोगमा अरुण गाउँपालिकाका… पुरा पढौ

घट्यो अमेरिकी डलरको भाउ, अन्य विदेशी मुद्राको विनिमयदर कति ?

काठमाडौं, ४ चैत । बिहीबारको तुलनामा आज शुक्रबार डलरको भाउ घटेको छ । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १२० रुपैयाँ ९८ पैसा र बिक्रीदर १२१ रुपैयाँ ५८ पैसामा झरेको हो । अघिल्लो दिन अमेरिकी डलर एकको खरिददर १२१ रुपैयाँ ७३ पैसा र बिक्रीदर १२२ रुपैयाँ ३३ पैसा रहेको थियो । यस्तै आज यता युरोपियन युरो एकको खरिददर १३३ रुपैयाँ ५१ पैसा र बिक्रीदर १३४ रुपैयाँ १८ पैसा रहेको छ भने पाउन्ड स्टलिङ एकको खरिददर १५९ रुपैयाँ… पुरा पढौ

ङावोल र घ्यारु जोड्ने पुलको निर्माणको काम नसकिंदै अलपत्र

मनाङ, ४ चैत । हिमाली जिल्ला मनाङमा पुलको निर्माणकार्य नसकिँदै अलपत्र परेको छ । सदरमुकाम चामेबाट माथिल्लो मनाङतर्फ सडकसँगै थालिएका पुलको निर्माण नसकिँदै अलपत्र परेको हो । हुम्डे विमानस्थल नजिकैबाट ङावल जान मस्र्याङ्दी नदीमाथि ‘स्टिल गर्डर ब्रिज’ निर्माणका लागि ग्वाला–क्याराभान जेभी काठमाडौँले २०७५ मङ्सिर १५ मा सक्ने गरी पुल निर्माण सम्झौता गरेको थियो । म्याद सकिएको तीन वर्ष बितिसक्दा पनि पुलको निर्माण भने अझै सम्पन्न भएको छैन । यो पुल निर्माणाधीन अवस्थामा २०७६ असार २५ मा खसेको थियो । मनाङ ङिस्याङ गाउँपालिका–३… पुरा पढौ

लाभांश पारित गर्न जीवन विकास लघुवित्तले बाेलायाे चैत २५ मा साधारण सभा

काठमाडौं, ४ चैत । जीवन विकास लघुवित्त वित्तीय संस्थाले लाभांश वितरणको प्रस्तावलाई पारित गर्न चैतको २५ गते साधारण सभा आव्हान गरेको छ । संस्थाको संचालक समितिले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई ७० प्रतिशत बोनस सेयर वितरणको प्रस्ताव गरेको थियो । साथै कर प्रयोजनका लागि ३.६८ प्रतिशत नगद लाभांशसहित ७३.६८ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको थियो । लघुवित्तको प्रस्तावित सो लाभांश वितरण गर्नका लागि संस्थाको तेश्रो साधारण सभा केन्द्रिय कार्यालय, कटहरी मोरङमा बोलाईएको हो । साधारण सभा चैत २५ गते… पुरा पढौ

रु ६० लाख लागतमा रघुगङ्गामा सामूहिक आलुखेती विस्तार

बेनी, ४ चैत । म्याग्दीको रघुगङ्गा गाउँपालिकामा सामूहिक आलुखेती विस्तार गरिएको छ । रघुगङ्गाको वडा नं १ बेग, वडा नं २ भगवती, वडा नं ५ झिँ, वडा नं ६ पाखापानी र वडा नं ८ कुइनेमङ्गलेका कृषक समूहलाई अनुदानमा बीउ, मल र प्राविधिक सहयोगमा सामूहिक आलुखेती विस्तार गरिएको छ । हरेक कृषक समूहले कम्तीमा २०० रोपनी जग्गामा लगाउने सम्झौतासहित पाँच ब्लक बनाएर गाउँपालिकाबाट सामूहिक आलुखेती कार्यक्रमलाई कार्यान्वयन गरिएको कृषि शाखा संयोजक सविना शर्माले जानकारी दिइन गाउँपालिकाको रु ३० लाख र कृषक… पुरा पढौ

पहाडमा आंशिक बदली, अन्य भू-भागमा मौसम सफा रहने

काठमाडाैं, ४ चैत । हाल देशमा उल्लेखनिय मौसमी प्राणाली छैन । देशका पहाडी भू-भागमा आंशिक बदली र अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ। चैत्र ४ गते   दिउँसो : देशका पहाडी भू-भागमा आंशिक बदली र अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने छ। राती : देशभर आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने छ। चैत्र ५ गते   दिउँसो : देशको पहाडी भू-भागमा आंशिक बदली र अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने छ।देशका पहाडी भू-भागका एक वा दुई स्थानमा मेगगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको… पुरा पढौ

जलवायु परिवर्तनले महिला र वालवालिकामा गम्भिर असर पारेको छ : मन्त्री रेग्मी

वासिङ्टन डिसी, ४ चैत । नेपालले जलवायु परिवर्तनका कारणले तापक्रममा वृद्धिको असरले हिमाली शृङ्खलाहरुमा हिउँ पग्लिँदै गएको र त्यसले नदीहरुमा सुक्खापनको वृद्धि भएकाले जनजीवनमा गम्भीर असर पारेको भन्दै अन्तर्राष्ट्रिय समुदायको ध्यान आकर्षण गरेको छ । जलवायु परिवर्तनका असर न्यूनीकरणका लागि विकसित देशहरुले प्रदान गर्ने १०० अर्ब डलरको प्रतिबद्धता पूरा गर्न समेत नेपालले अनुरोध गरेको छ । साथै सन् २०२५ सम्म यसको दोब्बर वृद्धि गरेर जलवायु परिवर्तनले महिला र बालिकाहरुमा पार्ने असर र जोखिम न्यूनीकरणका लागि पहल गर्न समेत आग्रह गरेको… पुरा पढौ

रङ्गैरङको पर्वमा टोखाबाट समेटिए ‘रङ्गिन सिर्जना’

काठमाडौं, ४ चैत । ललितकला क्षेत्रका कलाकारको एक समूह काठमाडौंको टोखास्थित पर्यटकीय क्षेत्र भ्यू–थलीबाट देखिने उपत्यकाका दृश्यलाई क्यान्भास र आर्ट पेपरमा सजाउन पुग्याे। रङ्गैरङको पर्व होली अर्थात् फागूका अवसरमा उनीहरुले त्यहाँबाट दृश्यपान गर्न सकिने प्रकृतिका उपहारलाई जलरङले क्यान्भास भरे । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य तथा मूर्तिकला विभाग प्रमुख लालकाजी लामाले बुद्धिष्ट संस्कृतिलाई मिथक बनाउँदै रङ्गिन सहरको परिकल्पना गरे। उनले रङको उत्सव भएकाले त्यसमा कल्पना भरेर आफूलाई आनन्द दिने रङ्गिन सहरको कला सिर्जना गरे । पर्वको अबसरमा त्यसैलाई… पुरा पढौ

देशकै दोस्रो ठूलो सबस्टेशन सञ्चालनमा, शनिबार प्रधानमन्त्री देउवाले उद्घाटन गर्ने

काठमाडौं, ४ चैत । जलविद्युत् आयोजना निर्माण गरेर मात्रै हुँदैन । त्यसका लागि प्रसारण लाइन सबस्टेशनको पनि उत्तिकै आवश्यकता पर्दछ । प्रसारण प्रणालीको निर्माणपछि मात्रै जलविद्युत् आयोजनाबाट उत्पादित बिजुली सबस्टेशन भएर तपाईँ हाम्रो घर–घरमा आइपुग्छ । उद्योग कलकारखानामा पुग्छ । पछिल्ला दिनमा सरकारले जलविद्युत् आयोजनाको निर्माणसँगै प्रसारण प्रणाली र सबस्टेशन निर्माणमा पनि उत्तिकै ध्यान दिएको छ । देशभित्र उत्पादित बिजुली देशभित्रै खपत गराउने उद्देश्यका साथ सरकारले अनेकन प्रयास गरिरहेको छ । देशभित्र हाल ४०० केभी क्षमताको ढल्केबर सबस्टेशन निर्माणपछि सञ्चालनमा… पुरा पढौ