मुख्य समाचार

उच्चशिक्षामा कृत्रिम बौद्धिकताको विवेकशील प्रयोगमा जोड

कीर्तिपुर (काठमाडौं), ७ जेठ। सार्क देशका विज्ञहरूले कृत्रिम बौद्धिकतालाई मानव सेवामा लगाउन यसको विवेकशील प्रयोगमा जोड दिएका छन् । राज्यले जतिसक्दो छिटो नीति बनाएर यसको दुरुपयोग रोक्नुपर्ने विज्ञको धारणा छ । त्रिभुवन विश्वविद्यालयको आयोजना र एसियाली विकास बैङ्क तथा संयुक्त राष्ट्र शैक्षिक, वैज्ञानिक र सांस्कृतिक सङ्गठन (युनेस्को) को आर्थिक सहयोगमा बुधबारदेखि राजधानीमा सुरु भएको ‘उच्चशिक्षामा जिम्मेवार र नवप्रवर्तनात्मक कृत्रिम बौद्धिकताको नक्साङ्कन’ सम्बन्धी बहसमा विज्ञहरूले यस्तो बताएका हुन् । कार्यक्रममा नेपालका साथै चीन, भारत, पाकिस्तान, बङ्गलादेश, श्रीलङ्का, माल्दिभ्स, भूटानलगायत देशका प्रतिष्ठित… पुरा पढौ

मधेसको आर्थिक वृद्धि १.३१ प्रतिशतमा सीमित हुने

जनकपुर, ७ जेठ। मधेस कृषि क्षेत्रमा नकारात्मक प्रभाव पारेका कारणले धान, मत्स्य तथा वन क्षेत्रले दिने योगदान तुनात्मक रूपमा कम भएका कारणले चालु आर्थिक वर्षमा आर्थिक वृद्धि दर कमजोर रहने जनाइएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालय, तथ्याङ्क समन्वय कार्यालय धनुषाले बुधबार सार्वजनिक गरिएको प्रादेशिक कुल गार्हस्थ्य उत्पादन अनुमानसम्बन्धी समष्टिगत आर्थिक सूचकमा त्यस्तो जनाइएको हो । यस पटक पर्याप्त मात्रामा पानी नपरेका कारणले धान तथा मत्स्य उत्पादनमा नकारात्मक प्रभाव पारेकाले विगत तीन वर्षयताकै सबैभन्दा कम आर्थिक वृद्धिदर हासिल हुने तथ्याङ्क अधिकृत… पुरा पढौ

मनसुनजन्य विपद् प्रतिकार्यमा जुट्यो सेना

काठमाडौं, ७ जेठ। नेपाली सेनाले विगतका वर्षमा सञ्चालित उद्धार तथा राहत अभियानबाट प्राप्त अनुभव र सिकाइका आधारमा यसवर्ष मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना तयार गरी कार्यान्वयनमा ल्याउने भएको छ । यस अभियानमा सङ्घीय, प्रदेश तथा स्थानीय सरकारका निकाय, अन्य सुरक्षा निकाय, गैरसरकारी संस्था तथा स्थानीय समुदायसँग सहकार्य र समन्वयलाई विशेष प्राथमिकता दिइएको छ । सेनाका अनुसार विपद्को समयमा तत्काल परिचालन हुन सक्नेगरी जिल्लास्थित गण तथा गुल्ममा आवश्यक सङ्ख्यामा फौज तयारी अवस्थामा राखिएको छ । प्रदेशस्थित सबै पृतनामा आवश्यक उद्धार उपकरणसहित… पुरा पढौ

बढ्दै छ ‘डेटा सेन्टर’मा लगानी, क्षेत्रीय ‘हब’ बन्न सक्ला नेपाल ?

काठमाडौं, ६ जेठ। गणितज्ञ तथा डेटा (तथ्याङ्क) वैज्ञानिक क्लाइभ हम्बीले सन् २००६ मै डेटालाई विकासको नयाँ इन्धन (न्यू आयल) रुपमा व्याख्या गर्नुभएको थियो । अर्थात् आधुनिक अर्थतन्त्रमा डेटाले इन्धनले जस्तै शक्ति र मूल्य राख्न थालेको छ भन्ने उहाँको भनाइ थियो । औद्योगिक युगमा अर्थतन्त्र चलाउने मुख्य स्रोत इन्धन थियो, कार, उद्योग, यातायात सबै इन्धनमा निर्भर थिए । तर अहिले डिजिटल युगमा त्यो भूमिका डेटाले लिएको छ । अहिलेको विश्व बजारमा जसको नियन्त्रणमा डेटा हुन्छ, भविष्यको अर्थतन्त्रमा उसैको प्रभाव बढी हुन्छ… पुरा पढौ

संसदप्रति प्रधानमन्त्री उत्तरदायी नहुञ्जेल विरोध जारी रहन्छ, पाँचै वर्ष गर्छौं-सांसद हर्कराज राई

काठमाडौं, ६ जेठ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले प्रधानमन्त्री बालेन्द्र शाह संसदप्रति जिम्मेवार र उत्तरदायी नहुञ्जेलसम्म संसदमा आफ्नो पार्टीको विरोध जारी रहने बताउनुभएको छ । बुधवार संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै अध्यक्ष राईले सरकारलाई संसदप्रति जवाफदेही बन्न चेतावनी दिनुभएको हो । प्रधानमन्त्री स्वयंले गृह मन्त्रालयको समेत जिम्मेवारी सम्हाल्नुभएको उल्लेख गर्दै उहाँले मन्त्रालयसँग सम्बन्धित प्रश्नहरूको जवाफ प्रधानमन्त्रीले दिनुपर्नेमा जोड दिनुभयो । विशेष गरी गृह मन्त्रालय मातहत पर्ने सुकुम्बासी बस्ती खाली गराइएको लगायतका संवेदनशील विषयमा प्रश्नहरू उठेकाले त्यसको स्पष्ट… पुरा पढौ

नेप्सेमा दोहोरो अंकको सुधार: परिसूचक ३० अंकले बढ्दा कारोबार रकम झन्डै ४ अर्ब

काठमाडौं, ६ जेठ । पछिल्ला दुई कारोबार दिन लगातार सामान्य अंकले घटेको शेयर बजारमा बुधबार भने उत्साहजनक सुधार देखिएको छ। नेप्से परिसूचक दोहोरो अंकले बढ्नुका साथै कारोबार रकममा पनि राम्रो वृद्धि भएको छ। बुधबार नेप्से परिसूचक ३०.०८ अंकले बढेर २७५४.४८ विन्दुमा पुगेर बन्द भएको छ। नेप्सेसँगै यस दिन ठूला कम्पनीहरूको कारोबार मापक सेन्सेटिभ इण्डेक्स ३.६८ अंक, फ्लोट इण्डेक्स १.९१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.२९ अंकले बढेका छन्। कारोबार रकममा पनि वृद्धि परिसूचकसँगै बजारमा चलायमानता पनि बढेको छ। अघिल्लो कारोबार… पुरा पढौ

यसकारण बुद्धएयरको नेपालगञ्ज-पोखरा उडान स्थगन

नेपालगञ्ज ६ जेठ। करिब पाँच वर्षदेखि सञ्चालन हुँदै आएको बुद्धएयरको नेपालगञ्ज पोखरा–सिधा उडान केही समयका लागि स्थगित भएको छ । भारतबाट आउने धार्मिक पर्यटकको सङ्ख्या न्यून भएको र इन्धन खर्च बढी भएका कारण पोखरा नेपालगञ्ज सिधा उडान एक महिनाका लागि स्थगन भएको बुद्धएयर, नेपालगञ्ज स्टेशनका प्रमुख विनितविक्रम शाहले जानकारी दिनुभयो । एक महिना लामो मलमास परेकाले भारतबाट आउने भारतीय पर्यटक नआएका कारण र इन्धन मूल्य पनि महँगो भएका कारण नेपालगञ्ज पोखरा उडान केही महिनाका लागि स्थगित भएको उहाँको भनाइ छ… पुरा पढौ

अर्थमन्त्रीको मिसन मोड-यस्ता छन् बजेटमा निजी क्षेत्रका सुझाव

काठमाडौं, ६ जेठ । सरकारले आगामी आर्थिक वर्षको बजेटको तयारी गरिरहेको बेला निजी क्षेत्रले अर्थतन्त्रको संरचनागत सुधार गर्ने गरी रूपान्तरणकारी बजेट ल्याउन सरकारलाई सुझाव दिएको छ । अर्थतन्त्रको वर्तमान मोडेलमा आमुल परिवर्तन गर्न निजी क्षेत्रले सरकारलाई सुझाव मात्रै दिएको छैन, त्यसका लागि पूर्ण रुपमा सहयोगी बनेर अगाडि बढ्ने प्रतिबद्धतासमेत जनाएको छ । राजनीतिक रुपमा सरकार पनि नयाँ विचार र सोचसहितको छ । यस्तै, नेपाल उद्योग वाणिज्य महासङ्घमा पनि नयाँ नेतृत्व चयन भएको छ । अर्थतन्त्रको मोडलमा आमूल परिवर्तन हुने विश्वास… पुरा पढौ

चितवनमा दूध बिक्री सहज, भुक्तानीमा समस्या

नारायणगढ (चितवन), ६ जेठ । समयमै भुक्तानी नपाउँदा यहाँका दुग्ध किसानहरू मर्कामा परेका छन् । चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घका अध्यक्ष किशोर बगालेले दुग्ध विकास संस्थान (डिडिसी) सँग पुस १६ गतेदेखि भुक्तानी बाँकी रहेको जानकारी दिनुभयो । उहाँका अनुसार केही ठूला उद्योगीबाट तीन महिनादेखि भुक्तानी हुन बाँकी छ । पछिल्लो समय डिडिसीबाट हुने भुक्तानीमा केही सुधार देखिए समस्या भने यथावत रहेको अध्यक्ष बगालेको भनाइ छ । उहाँले भन्नुभयो, “डिडिसी केही सुधार हुने सम्भावना देखिएको छ । पहिलेभन्दा भुक्तानी पनि… पुरा पढौ

बैंकिङ प्रणालीबाट फेरि ३० अर्ब खिच्दै राष्ट्र बैंक

काठमाडौं, ६ जेठ। बैंकिङ प्रणालीमा अत्यधिक तरलता (लगानीयोग्य रकम) थुप्रिएपछि नेपाल राष्ट्र बैंकले आज फेरि बजारबाट ३० अर्ब रुपैयाँ तान्ने (खिच्ने) भएको छ। वित्तीय प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापनका लागि केन्द्रीय बैंकले ९१ दिने निक्षेप संकलन उपकरण प्रयोग गर्न लागेको हो। यसका लागि आज दिउँसो ३ बजे बोलकबोल (बिडिङ) हुने राष्ट्र बैंकको राष्ट्र ऋण व्यवस्थापन विभागले जनाएको छ। कसले र कसरी भाग लिन पाउँछन्? यस निक्षेप संकलन प्रक्रियामा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा… पुरा पढौ