मुख्य समाचार

५६.२० प्रतिशतले बढ्यो जनरल इन्स्योरेन्सको नाफा

काठमाडाैं, २४ माघ । जनरल इन्स्योरेन्स कम्पनीले यस आर्थिक वर्षको दोश्रो त्रैमाससम्मको वित्तीय विरण सार्वजनिक गरेको छ । चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्म आउँदा कम्पनीको खुद बीमाशुल्क १३ करोड ५० लाख कमाएको छ । गएको वर्ष सोहि अवधिमा यो ११ करोड ९७ लाख रहेको थियो । कम्पनीको खुद बीमाशुल्क आर्जनमा १२.७५ प्रतिशतको बृद्धि देखिएको छ । लगानी, कर्जा तथा अन्य श्रोतबाट भएको आम्दानी १ करोड ८८ लाख रहेको छ । गएको वर्ष यो आम्दानी १ करोड ३ लाख रहेको थियो… पुरा पढौ

प्रि-ओपन सेसनमा झिनो अंकले घट्यो नेप्से, १८ लाखको कारोबार

काठमाडौं, २४ माघ । साताको दोस्रो कारोबारको प्रि-ओपन सेसनमा नेप्से परिसूचक झिनो अंकले घटेको छ । सेयर कारोबार मापक नेप्से परिसूचक १.९१ अंकले घटेर २ हजार ८३४.२६ अंकमा झरेको छ । साताको पहिलो कारोबार ४० अंकले घटेको सेयर बजार आज प्रि-ओपन सेसनमै रताम्य देखिएको हो । सो सेसनमा २१ कम्पनीको २ हजार ६१८ कित्ता सेयर किनबेच भएको छ । कारोबार मूल्य १८ लाख २१ हजार ५०८ रुपैयाँमा सेयर खरिदविक्री भएको हो । पुरा पढौ

स्वाबलम्बन लघुवित्तले कमायो साढे २३ करोड खुद नाफा

काठमाडौं, २४ माघ । स्वाबलम्बन लघुवित्त वित्तीय संस्थाको चालु आर्थिक वर्षको त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक भएको छ । संस्थाले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्मको वित्तीय विवरण अनुसार संस्थाले २३ करोड ५१ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा अघिल्लो वर्षकोभन्दा २७.४२ प्रतिशत बढी हो । गएको वर्ष यो नाफा १८ करोड ४५ लाख रहेको थियो । लघुवित्तको संचालन नाफा ०.३१ प्रतिशत बृद्धि भएको छ । यसरी बृद्धि भएको नाफा २९ करोड ३८ लाख रहेको छ ।… पुरा पढौ

निसीखोलामा ८ करोड २४ लाखकाे लागतमा १० शय्याको अस्पताल निर्माण सुरु

गलकोट, २४ माघ । बागलुङको निसीखोला गाउँपालिकामा १० शय्याको पालिकास्तरीय आधारभूत अस्पताल निर्माण सुरु भएको छ । सङ्घीय सरकारको देशका सबै पालिकामा १५, १० र ५ शय्याको पालिका अस्पताल निर्माण गर्ने नीति अनुसार अस्पताल बनाउन लागिएको हो । सो गाउँपालिकाका अध्यक्ष तारानाथ पौडेलले निसीखोला– ४ झिम्पामा अस्पतालको नयाँ भवन बनाउन सुरु भएको जानकारी दिए। हिन्दुङ एसी आइएस जेबी कन्ट्रक्सनले रु आठ करोड २४ लाखमा आगामी २०८० पुसमा सम्पन्न गर्ने गरी भवन बनाउन ठेक्का सम्झौता गरेको छ । भवन निर्माणपछि निसीखोलाबाटै विशेषज्ञ… पुरा पढौ

पहाडी भू-भागमा आंशिक बदली, हल्का वर्षा को सम्भावना

काठमाडाैं, २४ माघ । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । देशको पहाडी भू-भागमा आंशिक देखि समान्य बदली रहेको विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । आगामी तीन दिनको मौसम पूर्वानुमान माघ २४ गते   दिउँसो : देशभर आंशिक देखि सामान्य बदली रहनेछ । प्रदेश नं १ को पहाडी भू-भागको एक वा दूई स्थानमा हल्का वर्षा को सम्भावना देखिन्छ । राती : प्रदेश नं १, बागमती र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रहि अन्य प्रदेशमा मौसम आंशिक बदली रहनेछ। प्रदेश नं १ को पहाडी भू-भागको एक वा दूई… पुरा पढौ

अलपत्र नेपालीको व्यवस्थापनका लागि श्रममन्त्री आगामी साता युएई जाँदै

काठमाडौं, २४ माघ । रोजगारीको खोजीमा ‘भिजिट भिसा’मा संयुक्त अरब इमिरेट्स (युएई) पुगेर अलपत्र परेका नेपालीको व्यवस्थापनमा सरकार जुटेको छ । युएईमा अलपत्र परेका नेपालीको व्यवस्थापनका लागि आगामी साता सरकारको प्रतिनिधित्व गर्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ त्यसतर्फ जान लागेका हुन् । वैदेशिक रोजगारीको प्रलोभनमा परी भिजिट तथा अन्य भिसामा युएई गई अलपत्र परेका नेपालीको व्यवस्थापनका विषयमा युएई सरकारसँग छलफल गर्न मन्त्री श्रेष्ठ युएई जान लागेको श्रम मन्त्रालयले जनाएको छ । नेपाली नागरिकलाई युएईमा अलपत्र पार्ने संस्था वा व्यक्तिलाई… पुरा पढौ

जोरबिजोर प्रणाली हटाउन र शैक्षिक संस्था फागुन १ देखि सञ्चालन गर्न सिफारिस

काठमाडौं, २४ माघ । कोभिड–१९ सङ्कट व्यवस्थापन समन्वय केन्द्र (सिसिएमसी)ले सवारी साधनमा हाल कायम रहेको जोरबिजोर प्रणालीआजदेखि हटाउन गृह मन्त्रालयलाई सिफारिस गरेको छ । केन्द्रको बैठकले फागुन १ गतेदेखि शैक्षिक संस्थाहरूसमेत सञ्चालन गर्न सिफारिस गरेको छ । सोही दिनदेखि रात्रिकालीन व्यवसाय रेस्टुरेन्ट, डान्स बारलगायत व्यवसाय पनि स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्दै सञ्चालनका लागि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र गृह मन्त्राललाई सिफारिस गरिएको प्रवक्ता केन्द्रका प्रवक्ता सुनिता नेपालले बताइन । डान्सबार, दोहोरी, नाचघर, लाउन्ज, पब, क्लबलगायत रात्रिकालीन व्यवसाय, सिनेमा… पुरा पढौ

अर्मला पर्वतीय दौडमा कुलुङ र राई प्रथम

पोखरा, २३ माघ । छैठौं अर्मला पर्वतीय पुरुष तथा महिला खुल्ला दौड प्रतियोगितामा पुरुषतर्फ सुमन कुलुङ र महिलातर्फ खेन्वीमाया राई प्रथम भएका छन् । श्रीपञ्चमीको अवसरमा अर्मलाकोट युवा क्लबले आइतबार पोखरामा आयोजना गरेको छैठौं संस्करणको १२ किलोमिटर पर्वतीय दौड अन्र्तगत कुलुङले निर्धारित दूरी ५० मिनेट ४८ सेकेण्डमा पार गर्दै प्रथम भए भने राइले १ घण्टा ७ मिनेट ५३ सेकेण्डमा निर्धारित दूरी पार गरिन् । कुलुङले २० हजार प्राप्त गरे भने राईले १० हजार रुपैयाँ प्राप्त गरिन् । त्यस्तै मोहनदेव जोशी… पुरा पढौ

यस्ता छन् तरलता अभाव सम्बन्धी राष्ट्र बैंकलाई सिबिफिनले दिएका ६ सुझाव

काठमाडौं, २३ माघ । बैंक तथा बित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)ले नेपाल राष्ट्र बैंकलाई तरलता अभावसम्बन्धि सुझाव दिएको छ । आइतबार पत्रकार सम्मेलन गर्दै तरलता अभावसम्बन्धि प्रतिवेदन सार्वजनिक गरेको हो । प्रतिवेदनमा २०७८ आषाढमा ४७ प्रतिशत रहेको मुद्दति निक्षेपको अंश २०७८ मार्ग मसान्तमा ५४.३ प्रतिशत पुगेको र बचतको अंश ५४.३ प्रतिशतबाट ३१.५ प्रतिशतमा झरेको बताइएको छ। निक्षेप मिश्रणले ल्याएको तरलता असन्तूलन देखिएको भन्दै सिबिफिनले बैंकहरुको निक्षेपमा चल्ती र बचतको अंश घट्दै गइरहेको बताएको हो । ‘मुद्दतिको अंश भने एक्कासी बढ्न… पुरा पढौ

विद्यार्थी संगठनहरु : काम कुरा एकातिर कुम्लो बोकी ठिमीतिर !

काठमाडौं, २३ माघ । ‘काम कुरा एकातिर कुम्लो बोकी ठिमीतिर’ यो उखान बाल्यकालमा धेरै नै सुनिन्थ्यो । गाउँमा कसैले मुख्य काम छोडेर अरु कामकै पछाडि लाग्दा त्यही उखान दोहोरी रहन्थ्यो । विस्तारै बुझ्दै जाँदा नेपाली राजनीतिमा पनि ‘काम कुरा एकातिर कुम्लो बोकी ठिमीतिर’ भन्ने उखान प्रख्यात नै रहेछ । पार्टीका भातृ संगठन मात्रै नभएर केन्द्रीय कमिटीहरु पनि त्यसै उखानमा लिप्त रहेछन् । आफू पनि विद्यार्थी भएको हुँदा पार्टी संस्था विद्यार्थी संगठनहरु आफ्नो संगठनीय जिम्मेवारीभन्दा पनि नेता केन्द्रित हुने रहेछन् भन्ने… पुरा पढौ