मुख्य समाचार

प्रक्रिया पूरा गरेर विदेशमा अध्ययनका लागि जान गृह मन्त्रालयको आग्रह

काठमाडौं, २५ माघ । गृह मन्त्रालयले वैदेशिक अध्ययनका लागि जाने विद्यार्थीले सम्बन्धित देश र उक्त देशका शैक्षिक संस्थाले निर्धारण गरेको प्रक्रिया पूरा गरेर अध्ययनका लागि जान आग्रह गरेको छ । मन्त्रालयका प्रवक्ता एवं सहसचिव फणिन्द्रमणि पोखरेलले एक विज्ञप्ति जारी गरी वैदेशिक अध्ययनका लागि जाने विद्यार्थी ठगिएको एवं अलपत्र परेको भन्दै सम्बन्धित देशका शैक्षिक संस्थाले निर्धारण गरेको प्रक्रिया पूरा गरेर मात्र अध्ययनमा जान आग्रह गरेको हो । गृह मन्त्रालयले इजाजतपत्र नलिई अनधिकृतरूपमा सञ्चालन भएका शैक्षिक परामर्शदाता संस्था, अनधिकृतरूपमा इजाजत नलिई अनलाइनरूपमा… पुरा पढौ

हिउँहुरीका कारण गोसाइँकुण्डका धार्मिक यात्रु प्रभावित

रसुवा, २५ माघ । हवाईमार्गबाट पवित्र तीर्थ गोसाइँकुण्ड जाने तीर्थयात्रु हिउँहुरीका कारण प्रभावित भएका छन् । हेलिकोप्टरबाट गोसाइँकुण्ड जाने तीर्थयात्रीको बुकिङअनुसार कार्यतालिका बनाइए पनि उड्ने समयमा प्रायःजसो अत्यधिक मात्रामा हिउँहुरी चल्न थालेपछि निर्धारण गरिएका उडान पटक–पटक स्थगन गर्नुपरेको हेलिकोप्टर कम्पनीहरूले जनाएका छन् । एयरपोर्टबाट करिब २६ मिनेटमा पुग्न सकिने नजिक रहेको तीर्थ गोसाइँकुण्ड भए पनि उडानको समयमा हिमहुरी, सेतो हुस्सुले समस्या बनाउने गरेकाले मौसमको प्रकृति हेरी उडान भर्दै आएको जनाइएको छ । सिम्रिक, हेलिअल्टिच्युड, कैलाश, डानेष्टिक, माउण्टेनसमेतका हेलिकोप्टर कम्पनीले आइतबारका दिन… पुरा पढौ

डेढ महिनादेखि हेटौंडा सिमेन्ट उद्योग महाप्रबन्धकविहीन, उत्पादन र बिक्रीसमेत ठप्प

काठमाडाैं, २५ माघ । सरकारी स्वामित्वमा सञ्चालित हेटौँडा सिमेन्ट उद्योग विगत डेढ महिनादेखि महाप्रबन्धकविहीन भएको छ । महाप्रबन्धक प्रेमशङ्कर सिंहको कार्यकाल सकिएसँगै उद्योग महाप्रबन्धकविहीन भएको उद्योग प्रशासनले जनाएको छ । पुसमा सिंहको कार्यकाल सकिएको भए पनि हालसम्म नयाँ महाप्रबन्धक नियुक्ति प्रक्रिया अगाडि बढन् नसकेकाले उद्योगको काम लथालिङ्ग भएको त्यहाँ कार्यरत प्राविधिक तथा कर्मचारीको भनाइ छ । साथै महाप्रबन्धकको समस्यासँगै हाल उद्योगको सिमेन्ट उत्पादन र बिक्रीसमेत ठप्प भएको बताइएको छ । उद्योगको ढुङ्गा धुलो पकाउने मेसिन (किल्न) बिग्रिएर सिमेन्ट उत्पादन बन्द भएको… पुरा पढौ

हुम्लाको अन्तरजिल्ला जोड्ने हवाई सेवा पाँचौं दिनमा सुरु

सिमकोट, २५ माघ । हुम्लाको अन्तरजिल्ला जोड्ने हवाई सेवा पाँचाैं दिनपछि सञ्चालनमा आएको छ । सिमकोट विमानस्थलमा जमेको हिउँ पन्छाएपछि हवाई सेवा सञ्चालनमा आएको छ । विमानस्थलका कर्मचारी, एयरलाइन्सका कर्मचारी, विमानस्थल सुरक्षा गार्डमा खटिएका सुरक्षाकर्मी, जडीबुटी व्यवसायीलगायतको सक्रियतामा हिउँ फालेपछि हवाईजहाज सञ्चालनमा आएको हो । पाँच दिनदेखि नेपालगञ्ज र सुर्खेतबाट हवाई उडान हुन नसके पनि हिउँ पन्छाउने कार्यसम्पन्न भएसँगै सीता र तारा एयरले नेपालगञ्जबाट उडान भरेको नागरिक उड्डयन प्राधिकरण शाखा कार्यालय सिमकोटले जनाएको छ । हवाई सेवा सञ्चालनमा आउँदा जिल्ला… पुरा पढौ

कुमारी बैंकको कामु सीईओमा खनाल नियुक्त

काठमाडौं, २४ माघ । कुमारी बैंक लिमिटेडको कामु प्रमुख कार्यकारी अधिकृतमा रामचन्द्र खनाल नियुक्त भएका छन् । सोमबार बसेको सञ्चालक समितिको बैठकले अर्को निर्णय नभएसम्मका लागि बैंकको कामु सीईओमा खनाललाई नियुक्त गर्ने निर्णय गरेको हो । उनले माघ २५ गते मंगलबारदेखि लागू हुनेगरी जिम्मेवारी सम्हाल्ने छन् । पुरा पढौ

मल उत्पादन गर्न सस्तोमा विद्युत् उपलब्ध गराउँछौं : ऊर्जामन्त्री भुसाल

काठमाडौं, २४ माघ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले जलविद्युत्को प्रयोग गरेर रासायनिक मल कारखाना स्थापना गर्नुपर्ने बताएकी छन् । कृषि मन्त्रालयमा आज भएको छलफलमा उनले दीर्घकालीन एवं राष्ट्रको हितका लागि पनि जलविद्युतकै प्रयोगबाट सम्पूर्ण उद्योग तथा कलकारखाना सञ्चालन हुनुपर्ने बताइन् । उनले भनिन्, ‘देशभित्र ऊर्जाका रुपमा जे खपत हुन्छ त्यो जलविद्युत्बाट उत्पादित ऊर्जा नै हुनुपर्छ ।’ लगानी बोर्डमार्फत् लगानी गर्ने उद्योगी व्यवसायीले पनि नाफासँगै देशको माया गरेर विद्युतीय ऊर्जा खपतलाई प्रोत्साहन गर्नुपर्नेमा उनको जोड थियो । मन्त्री भुसालले… पुरा पढौ

१४ अर्ब १० करोडको ‘विकास ऋणपत्र’ जारी गर्दै राष्ट्र बैंक

काठमाडौं, २४ माघ । नेपाल राष्ट्र बैंकले १४ अर्ब १० करोड रुपैयाँ बराबरको ऋणपत्र जारी गरेको छ । २ वर्षका लागि ‘विकास ऋणपत्र २०८० ‘च’ सार्वजनिक गर्न लागेको हो । राष्ट्र बैंकका अनुसार मौद्रिक व्यवस्थापन विभागद्वारा निष्काशन गरिने उक्त ऋणपत्र खरिद गर्न इच्छुक बैंक तथा वित्तीय संस्था, गैर बैंक वित्तीय संस्था, बिमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले खरिद गर्न सक्नेछन् । भोलि माघ २५ गते अपराह्न ३ बजेसम्म बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ । ऋणपत्रको निष्काशन मिति र… पुरा पढौ

एनसीसी बैंकका सञ्चालक प्रधानले दिए राजीनामा

काठमाडौं, २४ माघ । एनसीसी बैंकका सञ्चालक निशेष प्रधानले राजिनामा दिएका छन् । व्यक्तिगत कारण देखाएर सर्वसाधारण समूहका प्रधानले माघ २३ गते सञ्चालक समितिको सदस्य पदबाट राजिनामा दिएका हुन् । बैंकको माघ २३ गते दिनको ३ बजे बसेको ८८३औं सञ्चालक समितिको बैठकले प्रधानको राजिनामालाई स्वीकृत गरेको कम्पनी सचिव विश्वनाथ भट्टराईले जानकारी दिए । पुरा पढौ

महालक्ष्मी लाइफ इन्स्योरेन्सको नाफा ११ लाख बढ्यो, चुक्ता पुँजी १ अर्ब ४० करोड

काठमाडौं, २४ माघ । महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीको नाफा सामान्य अंकले बढेको छ । चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरणमा नाफा १.१७ प्रतिशत बढेर ५ करोड ३० लाख ८९ हजार रुपैयाँ पुगेको हो । गत आर्थिक वर्ष २०७७/७८ को सोही सोही अवधिमा कम्पनीको नाफा ५ करोड १९ लाख ६१ हजार रुपैयाँ पुगेको थियो । चालू आवको पहिलो ६ महिनामा कम्पनीको खुद बिमा शुल्क ४३.६३ प्रतिशत बढेर ६७ करोड ९१ लाख ५१ हजार रुपैयाँ पुगेको हो । गत आवको सोही… पुरा पढौ

आज वैदेशिक मुद्राको विनिमयदर कति ?

काठमाडौं, २४ माघ । नेपाल राष्ट्र बैंकले आज वैदेशिक मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज अमेरिकी डलर एकको खरिददर ११९.२२ रुपैयाँ र विक्रीदर ११९.८२ रुपैयाँ कायम गरेको छ । आज युरोपियन युुरोको एकको खरिददर १३६.४९ रुपैयाँ छ भने विक्रीदर १३७.१८ रुपैयाँ तोकिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार युके पाउण्ड स्ट्रलिङको एकको खरिददर १६१.३१ र विक्रीदर १६२.१२ रुपैयाँ कायम गरिएको छ भने अष्ट्रेलियन डलरको एकको ८४.३७ रुपैयाँ खरिददर र ८४.८० रुपैयाँ विक्रीदर तोकिएको छ । आज सिंगापुर डलर… पुरा पढौ