मुख्य समाचार

प्रतिनिधिसभाको बैठक २६ गते बस्ने

काठमाडौं, १५ माघ । माघ १६ गते आइतबारका लागि पूर्वनिर्धारित प्रतिनिधिसभाको बैठक माघ २६ गते बुधवार दिनको १ बजे बस्ने गरी सारिएको छ । मुलुकमा कोभिड–१९ सङ्क्रमणको जोखिम यथावत रहेको जनाउँदै सभामुख अग्निप्रसाद सापकोटाले बैठक माघ २६ गतेका लागि तोकेकाे संसद सचिवालयका महासचिव भरतराज गौतमद्वारा जारी सूचनामा उल्लेख छ । पुरा पढौ

शान्ति, सुशासन, विकास र समृद्धिको आकाङ्क्षा पूरा गर्नु सहिदप्रतिको सच्चा श्रद्धाञ्जलिः राष्ट्रपति भण्डारी

काठमाडाैं, १६ माघ । राष्ट्रपति विद्यादेवी भण्डारीले महान् सहिदहरूको बलिदानद्वारा प्राप्त भएको सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकाङ्क्षा पूरा गर्नेतर्फ अग्रसर हुनु नै सहिदप्रतिको सच्चा श्रद्धाञ्जलि हुने विश्वास व्यक्त गरेकी छन् । सहिद दिवस, २०७८ को अवसरमा एक सन्देश दिदै उनले यस दिवसले सम्पूर्ण राजनीतिक दल, आम जनसमुदाय र सम्बद्ध सबैलाई नेपाल राष्ट्र र नेपाली जनताको हित र अधिकारका लागि सहादत प्राप्त गरेका सहिदको आकाङ्क्षा साकार पार्न मन, वचन र कर्मले समर्पित हुने… पुरा पढौ

मौरिसविरुद्धको पहिलो अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपाल विजयी

काठमाडौं, १५ माघ । नेपाली राष्ट्रिय फुटबल टोलीले अफ्रिकी राष्ट्र मौरिसविरुद्धको पहिलो अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा विजयी हासिल गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा नेपालले मौरिससलाई १–० गोलअन्तरले पराजित गर्दै विजयी भएको हो । नेपालको जितमा विमल घर्तीमगर नायक बने । उनले खेलको ५५औँ मिनेटमा गरेको एक गोल नै नेपालका लागि निर्णायक गोल सावित भयो । एक वर्षपछि टोलीमा पुनरागमन गरेका विमलले पहिलो खेलमै गोल गरेका हुन् । अन्जन विष्टको लामो पासमा पेनाल्टी क्षेत्रको ठिक बाहिरबाट विमलले प्रहार… पुरा पढौ

लायन्स डिस्ट्रिक्ट ३२५ के को डिस्ट्रिक्ट गर्भनरमा राजेन्द्र बाटाजुले दिए उमेदवारी

काठमाडौं, १५ माघ । पोखराका स्थापित ब्यवसायी तथा सामाजिक ब्यक्तित्व राजेन्द्रकुमार बाटाजू अन्तर्राष्ट्रिय सामाजिक संस्था लायन्सको डिस्ट्रिक्ट गभर्नर बन्ने भएका छन् । बाटाजूले लायन वर्ष २०२२/२३ का लागि लायन्सको डिस्ट्रिक्ट गभर्नर बन्ने तयारीका साथ उम्मेद्बारी दर्ता गरेका हुन । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमबीच बाटाजुसहित प्रथम भाइस गभर्नरमा सुचित्रा थापा र दितिय भाइस गभर्नरमा निरा बज्राचार्यले उम्मेदवारी दर्ता गरेका छन । गभर्नरमा उम्मेद्बारी दिएका बाटाजु हाल लायन्स जिल्ला ३२५ बि १को डिस्ट्रिक्ट चिफ एड्भाइजर छन । पुरा पढौ

एपिएफले चुम्यो २०औं संस्करणकाे आहा ! रारा गोल्डकपको उपाधि

पोखरा, १५ माघ । २०औं संस्करणको आहा ! रारा गोल्डकप २०७८ काे उपाधि नेपाल एपिएफ क्लवले आफ्नो पोल्टामा पार्न सफल भएको छ । उपाधिसंगै एपिएफले रु १० लाख पुरस्कार प्राप्त गरेको छ । आज पोखरा रंगशालामा भएको फाइनल खेलमा ६ पटकसम्मको उपाधि विजेता मनाङ मस्र्याङ्दी क्लवलाई टाई ब्रेकरमा ५/४ ले पराजित गर्दै एपिएफले उपाधि चुमेको हो । निर्धारीत ९० मिनेटको खेलमा २/२ गोल भएपछि खेल अतिरीक्त समयमा धकेलिएको थियो । थपिएको ३० मिनेटमा पनि दुबै टोलीले गोल गर्न नसकेपछि खेल… पुरा पढौ

६० वर्षमाथिका ज्येष्ठ नागरिकलाई ‘बुस्टर’ डोज

काठमाडौं, १५ माघ । सरकारले ६० वर्षमाथिका ज्येष्ठ नागरिकलाई कोरोना भाइरसविरुद्धको ‘बुस्टर’ डोज दिन थालेको छ । भाइरसविरुद्धको खोप लगाएको ६ महिना पूरा भएका ६० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई बुस्टर डोज दिन थालिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले जानकारी दिए। स्वास्थ्यमन्त्री विरोध खतिवडाको अध्यक्षतामा शुक्रबार बसेको मन्त्रिस्तरीय बैठकले ७७ जिल्लाका जिल्ला स्वास्थ्य कार्यालयलाई खोप लगाउनका लागि पत्र पठाएको छ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)को स्ट्राटेजिक एडभाइजरी ग्रुप अफ एक्सपर्ट अन इमुनाइजेसनको यही माघ ७ गते र राष्ट्रिय… पुरा पढौ

परियोजनाका लागि लमजुङका तीन घरबास छनोट

लमजुङ, १५ माघ । गण्डकी प्रदेश सरकारले (होमस्टे) घरबास परियोजनाका लागि लमजुङका तीन घरबास छनोट गरेको छ । प्रदेश सरकार, पर्यटन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जिल्लाका काउलेपानी, पुमागाउँ र कुडुले घरबास (होमस्टे)लाई परियोजनाका लागि छनोट गरेको हो । प्रदेशभित्रका ६२ घरबासले उक्त परियोजनाका लागि माग दाबी गरेकामा प्रदेश मन्त्रिपरिषद्को निर्णयले ३० घरबासलाई त्यसका लागि छनोट गरेको हो । छनोटमा परेका घरबासमा लमजुङ दरबार नजिकैको बेँसीशहर नगरपालिका–३ को काउलेपानी सामुदायिक होमस्टे, राइनास नगरपालिका–३ को कुडुले सामुदायिक घरबास (राइनास होमस्टे) र… पुरा पढौ

ठूलोखोला जलविद्युत आयोजना निर्माण सुरु

म्याग्दी, १५ माघ । म्याग्दीको रघुगङ्गा गाउँपालिकामा ठूलोखोला जलविद्युत् आयोजना निर्माण सुरु भएको छ । संयुक्त ऊर्जा प्रालीले रघुगङ्गा गाउँपालिका–७ र ८ मा २१.३ मेगावाट क्षमताको ठूलोखोला जलविद्युत् आयोजना निर्माण थालेको हो । आयोजनाका प्रमुख रविन्द्र हमालले ११५ मिटर सुरुङ निर्माण गरिएको जानकारी दिए । “बन्दीघाटदेखि सुगरथलामा रहने बाँध निर्माणस्थलसम्म नौ किलोमिटर पहुँचमार्ग र छहरीमा बन्ने विद्युत गृह जोड्ने राहुघाट नदीमाथी ३७ मिटर लामो बेलिब्रिज निर्माण भएको छ”, उनले भने, “एक हप्ताभित्र बाँधतर्फबाट पनि सुरुङ खन्न सुरु गर्छौं ।” तीन हजार… पुरा पढौ

श्री एयरलाइन्सले जहाज भित्र्यायाे, सेवा र क्षमता बढाउँदै

काठमाडौं, १५ माघ । निजी क्षेत्रको अग्रणी वायुसेवा प्रदायक कम्पनी श्री एयरलाइन्सले थप एक जहाज भित्र्याएको छ । श्रीले ८० सिट क्षमताको क्यू४००–८ जहाज थपेको हो । योसँगै कम्पनीको उडान सेवामा आठ वटा जहाज भएका छन् । श्री एयरलाइन्सले एक महिना अघि मात्रै एक जहाज भित्र्याएको थियो । कम्पनीले एक महिनाभित्रै दुई जहाज थपेको हो । श्री एयरलाइन्सका प्रवन्धक अनिल मानन्धरले थप नयाँ जहाज शुक्रबार राति काठमाडौँ विमानस्थलमा अवतरण गरेको जानकारी दिए । क्यानेडियन कम्पनीको उक्त जहाजमा दुई इन्जिन छन्… पुरा पढौ

गैँडाको मृत्युमा व्यवसायीलाई कारबाही गर्न खोजेको भन्दै महासङ्घको आपत्ति

काठमाडौं, १५ माघ । सडक विस्तारका क्रममा नाली बनाउन खनिएको खाल्डोमा परेर चितवनमा एकसिङ्गे गैँडा मरेको घटनामा निर्माण व्यवसायीलाई कारबाही अघि बढाइएकामा नेपाल निर्माण व्यवसायी महासङ्घले आपत्ति जनाएको छ । एकसिङ्गे गैँडा मरेपछि निर्माण व्यवसायीलाईसमेत आरोपित गरी गैरकानुनीरूपमा सम्बन्धित निकायबाट कारबाही अगाडि बढाइएकोप्रति गम्भीर ध्यानाकर्षण भएको महासङ्घले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । निर्माण कम्पनी इन्डो¬सगुन जेभीबाट सडक निर्माण गर्ने क्रममा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन नियमविपरीत हुने कुनै पनि काम कारबाही नभएको र सम्झौताबमोजिम नै निर्माण कम्पनीले अनुसरण… पुरा पढौ