मुख्य समाचार

साताको सेयर बजार : १५१ अंकले घट्यो नेप्से, बजार पुँजीकरण ३९ खर्ब २८ अर्बमा झर्‍यो

काठमाडौं, १५ माघ । पछिल्लो साता सेयर बजार भारी अंकले घटेको छ । आइतबारदेखि बिहीबारसम्म भएको सेयर कारोबारमा नेप्से परिसूचक १५१.६१ अंकले घटेको हो । गत साताको अन्तिम दिन बिहीबार ७३.५९ अंकले बढेर २ हजार ९३१.५९ बिन्दुमा पुगेर रोकिएको थियो भने यो साताको अन्तिम दिन झिनो अंकले बढेर २ हजार ७७९.९८ बिन्दुमा कायम भएको हो । साताको ४ कारोबार ओरालो लाग्दा बिहीबार भने झिनो अंकले बढेको थियो । अघिल्लो साता ७३.५९ अंकले बढेको नेप्से परिसूचक यो साता भने १५१.६१ अंकले… पुरा पढौ

आहा ! रारा गाेल्डकपः उपाधिका लागि एपिएफ १४ बर्षपछि मनाङसंग भिड्दै

पोखरा, १५ माघ । २० औं संस्करणको आहा ! रारा गोल्डकप फुटबल प्रतियोगितामा उपाधिकाे छिनाेफानाे आज हुँदैछ । उपाधिका लागि मनाङ मस्र्याङदी क्लब र विभागीय टिम नेपाल एपीएफ क्लब भिड्दै छन् । एपीएफका प्रशिक्षक कुमार थापाले खेलाडीहरुको प्रदर्शनबाट आफू सन्तुष्ट रहेको बताए । कठिन परिस्थितिमा सहाराले प्रतियोगिता आयोजना गर्न मिहिनेत गरे जस्तै आफूहरुले पनि सोही अनुसारको खेलमा मिहिनेत गरेको उनले बताए । मनाङका प्रशिक्षक फुजा तोपेले एपीएफको प्रर्दशन पछिल्लो क्रममा राम्रो रहेको र आफुहरुलाई राम्रो पदर्शन गर्न दबाब रहेको बताए… पुरा पढौ

म्युजिक भिडियो खिचेर विश्व रेकर्डमा नाम लेखाए नेपाली युवाले

काठमाण्डौं, १५ माघ । नेपाली पाँच युवाले विश्वकै अग्लो स्थानमा म्युजिक भिडियो छायांकन गरी गिनिज बुक अफ वल्र्ड रेकर्डमा नाम लेखाएका छन् । सोलुखुम्बुस्थित पाँच हजार २० मिटर उचाइमा रहेको खारे (मेरा पिकजाने बाटो)मा पुगेर उनीहरूले छायांकन गरेको म्युजिक भिडियोलाई गिनिज बुक अफ वल्र्ड रेकर्डले कीर्तिमानको मान्यता दिएको हो । गीतकार बुद्धिराज राई (दुर्लभ जन्तरे), गायक टेक नाछिरिङ र शिखरजंग श्रेष्ठ (गजरकोटे), गायिका माया गुरुङ, मोडल तथा डान्सर सिर्जना किराँतीले म्युजिक भिडियो छायांकन गरेर कीर्तिमान राखेका हुन् । ‘सुन्दर हिमाल’… पुरा पढौ

दोस्रो ठूलो भन्सार नाका भैरहवामा एकीकृत भन्सार चेक पोष्ट नहुँदा सास्ती

बुटवल, १५ माघ । नेपालको दोस्रो ठूलो भन्सार नाका मानिने भैरहवामा एकीकृत भन्सार चेक पोष्ट (आईसिपी) निर्माण नहुँदा व्यवसायीले सास्ती झेलेका छन । नेपाल र भारतबीच सम्झौता भएको डेढ दशकसम्म पनि सम्झौता कार्यान्वयन नहुँदा व्यवसायीले अतिरिक्त शुल्क बाहेकका विभिन्न झन्झट व्यहोर्न बाध्य भएका छन । सन् २००७ मा नेपाल र भारत सरकारबीच भएको सम्झौताअनुसार भैरहवासहित वीरगञ्ज, विराटनगर र नेपालगञ्ज नाकामा आईसिपी निर्माण गर्ने लक्ष्य राखिएको थियो । नेपाल सरकारले जग्गा उपलब्ध गराउने तथा भारतीय पक्षले प्राविधिक तथा पूर्वाधार निर्माण गर्ने… पुरा पढौ

बनेपा र पाँचखालमा खानेपानी आयोजना निर्माण गर्न सम्झौता

काभ्रेपलाञ्चोक, १५ माघ । बनेपा र पाँचखाल नगरमा दुई खानेपानी आयोजना निर्माण गर्न सम्झौता गरिएको छ । खानेपानीको अभाव झेलिरहेका काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका १३ र १४ वडा तथा पाँचखालको ५ नम्वर वडाका नागरिकका लागि स्वच्छ खानेपानी उपलब्ध गराउन दुई उपभोक्ता समिति र सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना बीच सम्झौता भएको हो । बनेपास्थित साँगा खानेपानी आयोजना उपभोक्ता समितिका अध्यक्ष कमलबहादुर तामाङ, पाँचखाल भमरकोट लिफ्ट खानेपानी आयोजना उपभोक्ता समितिका अध्यक्ष सीताराम ढुङ्गाना र सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाका आयोजना… पुरा पढौ

बेनी नगरपालिकाको तीन वडा कार्यालय भवन निर्माण

म्याग्दी, १५ माघ । म्याग्दीको बेनी नगरपालिकाले तीन वटा वडाको कार्यालय भवन निर्माण गरेको छ । बेनीमा वडा नम्बर ७ र ८ तथा पात्लेखेतमा १० नम्बर वडाको कार्यालय भवन निर्माण गरिएको हो । नगरपालिकाको १, २, ३, ४, ५ र ९ नम्बर वडाको यसअघिनै भवन थिए । पात्लेखेत र वाखेत गाउँको सिमानामा रु. २० लाख खर्चेर हालै १० नम्बर वडाको तीन कोठे एक तले भवन निर्माण भएको थियो । बेनीको सामुदायिक चोकमा गत वर्ष वडा नम्बर ७ को भवन बनेको थियो… पुरा पढौ

खाँडाचक्रमा डडुवा रोगले आलु नष्ट

मान्म, १५ माघ । कालीकोटको खाँडाचक्र नगरपालिका–११ स्थित रेगिल गाउँका किसानहरुले लगाएको आलु बाली डडुवा रोगले नष्ट भएको छ । डडुवा रोगले स्थानीय किसानहरुले करिब पाँच बिगाहा जमिनमा लगाएको आलु बाली नष्ट भएको हो । आलुबाट आम्दानी राम्रो हुने भएकाले पुरै गाउँका किसानहरुले आलु लगाएको तर रोग लागेपछि पुरै नष्ट भएको स्थानीय किसान मनसरा शाहीले बताए । “विगतमा आलुबाट हामीले राम्रै आम्दानी लिने गरेका थियौं”, उनले भने, “यो वर्ष के भएर हो खै गाउँमा लगाएको सबै आलु नष्ट भएको छ… पुरा पढौ

बढी खर्च गर्ने सरकारलाई बढी बजेटको व्यवस्था गर्छु : अर्थमन्त्री शर्मा

काठमाडौं, १४ माघ । अर्थमन्त्री जनार्दन शर्माले प्रदेश सरकारलाई आश्वासन दिँदै बढी खर्च गर्ने सरकारलाई बढी नै बजेटको व्यवस्था गर्ने बताएका छन् । शुक्रबार अर्थ विषयक विषयगत समितिको भर्चुअल बैठकमा उनले जनतालाई सबभन्दा बढी सेवा दिने सरकार ‘राम्रो’ र सबभन्दा बढी खर्च गर्ने सरकारलाई बढी बजेटको व्यवस्था गर्ने बताएका हुन् । ‘सबभन्दा बढी जसले सेवा दियो त्यही राम्रो सरकार, जसले सबभन्दा बढी खर्च गर्न सक्यो त्यसैको लागि बजेट गर्ने व्यवस्था गर्ने कुरा मैले घोषणा गरेको छु,’ उनले भने, ‘यहाँहरूले खर्च… पुरा पढौ

नियम उल्लंघन गरेपछि नेपाल लाइफ इन्स्योरेन्सलाई कारबाही, २० हजार रुपैयाँ जरिवाना

काठमाडौं, १४ माघ । नियम उल्लंघन गरेको भन्दै बिमा समितिले नेपाल लाइफ इन्स्योरेन्स कम्पनीलाई कारबाही गरेको छ । बिमा समितिले संस्थागत सुशासनसम्बन्धी निर्देशिका विपरित कार्य गरेको भन्दै नेपाल लाइफलाई कारबाही गरेको हो । शुक्रबार बिमा समितिले कम्पनीलाई २० हजार रुपैयाँ जरिवानासमेत तिराएको हो । प्रेस नोट लेख्दै बिमा समितिले सुशासनसम्बन्धी निर्देशिका २०७५ को दफा ३१ को उपदफा (१) र (२) मा तोकिएको व्यवस्था बमोजिमको अनुभव नपुगेका अमितकुमार कयाललाई सहायक महाप्रवन्धकमा नियुक्ति गरेको भन्दै नेपाल लाइफलाई २० हजार रुपैयाँ जरिवाना गर्ने… पुरा पढौ

७ करोड लागतमा निर्मित जिल्ला प्रहरी कार्यालय कास्कीको भवन उद्घाटन

पाेखरा, १४ माघ । जिल्ला प्रहरी कार्यालय कास्कीको नवनिर्मित भवनकाे उद्घाटन भएकाे छ । कार्यक्रमका प्रमुख अतिथि तथा नेपाल प्रहरीका प्रमुख, प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले शुक्रबार जिल्ला प्रहरी कार्यालय कास्कीको उक्त भवन उद्घाटन गरेका हुन । नेपाल सरकारको ७ करोड ६ लाख ११ हजारको लागतमा कार्यालय परिसरभित्र आवास, भान्छाघर र हिरासत भवन निर्माण सम्पन्न गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी रमेश थापाले सफल आवाजलाई जानकारी दिए । साे अवसरमा पन्थी डेरीका सञ्चालक रेशम पन्थीलाई प्रहरी महानिरीक्षक शैलेश थापा… पुरा पढौ