मुख्य समाचार

छ्याङ्दी हाइड्रोपावरले ल्यायो ८ करोड ९३ लाख बढीको हकप्रद सेयर बिक्रीमा

काठमाडौं, ११ माघ । छयाङदी हाइड्रोपावर लिमिटेडले आजदेखि हकप्रद सेयर बिक्रीका लागि ल्याउँदैछ । सेयरधनीहरुले आफुले चाहेको हकप्रद सेयरमा आजैबाट आवेदन पेश गर्न सक्नेछन् । कम्पनीले चुक्ता पुँजी २९ करोड ७६ लाख ७५ हजार रुपैयाको ३० प्रतिशतले हुने ८ करोड ९३ लाख २ हजार ५०० रुपैयाँ बराबरको हकप्रद सेयर निष्काशन गर्न लागेको हो । जो रुपैयाँ १०० अंकित दरको ८ लाख ९३ हजार २५ कित्ता रहेको छ । सेयर निष्काशनको प्रयोजनका लागि कम्पनीले पुसको २१ गते बुक क्लोज गरेको थियो… पुरा पढौ

देशभर आंशिक बदली, हल्का वर्षा र हिमपातको संभावना

काठमाडाैं, ११ माघ । हाल देशमा पश्चिमी  न्यून चापिय प्रणालीको आंशिक प्रभाव रहेको छ। देशभर आँशिक देखि सामान्य बदली रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ। आगामी तीन दिनको मौसम पूर्वानुमान माघ ११ गते   दिउँसो : देशको पहाडी भू-भागमा आंशिक देखि सामान्यतया बदली रहने र बाँकी भू-भागमा आंशिक बदली रहने छ। देशको पहाडी भू-भागका थोरै स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको संभावना छ।   राती : देशको पहाडी भू-भागमा आंशिक देखि सामान्यतया बदली रहने र बाँकी भू-भागमा आंशिक बदली रहने छ। देशको पहाडी भुभागका एक-दुई स्थानहरुमा हल्का वर्षाको… पुरा पढौ

डोटीमा क्युआर कोडबाट रकम भुक्तानी दिन सुरु

डोटी, ११ माघ । राष्ट्रिय वाणिज्य बैंक दिपायल शाखाले जिल्लामा पहिलोपटक क्युआर कोडबाट रकम भुक्तानी गर्न सुरु गरेको छ । बैंकमा खाता खोलेका तथा मोबाइल बैंकिङ भएका ग्राहकको सहजताका लागि जिल्लामै पहिलोपटक उक्त सेवाबाट भुक्तानी दिन सुरु गरेको राष्ट्रिय वाणिज्य बैंक दिपायल शाखाका प्रबन्धक गणेशबहादुर विष्टले बताए । उनले भने, “ग्राहकको सहजताका लागि हामीले पहिलोपटक क्युआर कोडबाट रकम भुक्तानी दिने व्यवस्था मिलाएका छौँ, जसले गर्दा ग्राहकलाइ सहज हुनेछ ।” उनका अनुसार क्युआर कोड भनेको चेक नचाहिने तथा मोबाइल बैंकिङ भएका… पुरा पढौ

पेट्रोलियम पद्धार्थको मूल्यवृद्धि फिर्ता लिन यातायात व्यवसायीको माग

काठमाडौं, ११ माघ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता लिन माग गरेको छ । महासङ्घका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले विज्ञप्ति जारी गर्दै कोरोना महामारीबीच व्यवसायीले बैंक तथा वित्तीय संस्थाको ब्याज एवम् किस्ता बुझाउन नसकेको उल्लेख गर्दै गत असारदेखि हालसम्म पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि तत्काल फिर्ता लिन माग गरेका छन्। “पेट्रोलियम पदार्थ प्रत्यक्षरुपमा उपभोग गर्ने यातायात व्यवसायी र आम उपभोक्ता वर्गलाई प्रत्यक्ष असर पर्ने गरी नेपाल आयल निगमले पटकपटक मूल्यवृद्धि गर्नु दुःखद कुरा हो, मूल्यवृद्धि तत्काल फिर्ता लिनुपर्छ,”… पुरा पढौ

ओमिक्रोनबाट बचाउन खोपको सहज उपलब्धता गराउन आयोगकाे आग्रह

काठमाडौं, ११ माघ । राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले सबै नागरिकका लागि सहज खोप उपलब्ध गराउन सरकासँग आग्रह गरेका छन् । कोभिड–१९ को तेस्रो लहर (ओमिक्रोन) नियन्त्रणमा आयोगमा सरोकारवालासँगको छललफलमा उनले खोप कार्डबिना सार्वजनिक स्थलमा प्रवेश गर्न नपाइने व्यवस्थाले सर्वसाधारणको मानव अधिकारको उपभोगमा असर परेको हुँदा सहज खोप उपलब्ध गराउन आग्रह गरे। अध्यक्ष मगरले सिटामोललगायतका औषधिको अभाव, सवारी साधनमा जोरबिजोर प्रणाली लागू गर्दा भीड झनै बढ्नसक्ने अवस्था र सीमा क्षेत्रमा आवतजावतको व्यवस्थापनलगायतका विषयमा सरकारले थप ध्यान पु¥याउन निर्देशनसमेत दिए।… पुरा पढौ

राष्ट्रिय जनगणनाको प्रारम्भिक नतिजा तयार, माघ १२ गते भर्चुअलरुपमा सार्वजनिक गरिने

काठमाडौं, १० माघ । राष्ट्रिय योजना आयोगमातहको केन्द्रीय तथ्याङ्क विभागले राष्ट्रिय जनगणना–२०७८ को प्रारम्भिक नतिजा तयार गरेको छ । सो जनगणनाको स्थलगत कार्य पहिलो चरणको गत २०७८ भदौ ३० देखि असोज १८ र दोस्रो चरणको २०७८ कात्तिक २५ देखि मङ्सिर ९ गतेसम्म भएको थियो । नेपालको संविधान, २०७२ पछि मुलुकमा भएको पहिलो जनगणनाको प्रारम्भिक नतिजा यही माघ १२ गते बुधबार भर्चुअलरुपमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरिने विभागका निर्देशक ढुण्डीराज लामिछानेले जानकारी दिए। पुरा पढौ

काभ्रेमा लागुऔषध बिक्रीकर्ता पक्राउ, मध्यपहाडी क्षेत्रबाट तस्करी

काभ्रेपलाञ्चोक, १० माघ। प्रतिबन्धित लागुऔषध बिक्री गर्ने पनौती नगरपालिका–२ का ४३ वर्षीय उद्धव सापकोटालाई प्रहरीले पक्राउ गरेको छ । उद्धव फर्मेसीका सञ्चालक सापकोटाले चिकित्सकको आधिकारिक सिफारिसबिना प्रतिबन्धित औषधि (नशालु पदार्थका रुपमा सेवन गरिने) बिक्री गरेको भेटिएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ । केही दिनको निगरानीपश्चात आइतबार पक्राउ गरिएको सापकोटालाई आज बरामद गरिएको ठूलो परिमाणको प्रतिबन्धित औषधिसहित थप अनुसन्धान एवं कारबाहीका लागि औषधि व्यवस्था विभाग काठमाडौँ पठाइएको कार्यालयका प्रहरी नायब उपरीक्षक हरि खतिवडाले जानकारी दिए। उनका अनुसार सापकोटाको फार्मेसीबाट ९०३… पुरा पढौ

कृषिमा दुई गुणा लगानी बढाउन अर्थमन्त्री शर्माकाे आग्रह

काठमाडौंं, १० माघ । अर्थमन्त्री जनार्दन शर्माले कृषि क्षेत्रमा दुई गुणा बढी लगानी बढाउन राष्ट्रिय वाणिज्य बैंकलाई आग्रह गरेका छन । बैंकको ५७औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले बैंकलाई कृषि क्षेत्रमा कम्तीमा दुई गुणा लगानी बढाउन आग्रह गरे। “यो ५७औँ वार्षिकोत्सव समारोह सँगसँगै बन्ने नयाँ कार्यक्रममा यहाँहरूले आफ्नो ११ प्रतिशत कृषि क्षेत्रको लगानी, ५ प्रतिशत पर्यटन र ५ प्रतिशत औद्यागिक क्षेत्रको लगानीलाई अवश्य पनि वृद्धि गर्नुहुनेछ”, उनले भने, “यसलाई सकेसम्म दुई गुणा वृद्धि गर्नुहुनेछ ।” जसबाट राष्ट्रिय पुँजी निर्माण, उत्पादन तथा… पुरा पढौ

थप १० हजार ३१९ जनामा कोरोना संक्रमण, उपत्यकामा मात्रै ४ हजार ६७६ संक्रमित थपिए

काठमाडौं, १० माघ । पछिल्लो २४ घण्टामा १० हजार ३१९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर २१ हजार २०१ नमुना परीक्षण गर्दा १० हजार ३१९ जनामा संक्रमण देखिएको हो । जसमध्ये १६ हजारर ६५४ नमुनाको पीसीआर टेष्ट गर्दा ८ हजार ५४ र ४ हजार ५४७ नमुनाको एन्टीजेन टेष्ट गर्दा २ हजार २६५ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा कोरोनाबाट थप ४ जनाले ज्यान गुमाएका छन् भने २… पुरा पढौ

साताको दोस्रो दिन १०० अंकले घट्यो नेप्से परिसूचक

काठमाडौं, १० माघ । साताको दोस्रो दिन सेयर बजारमा पहिरो गएको छ । सेयर बजार मापक नेप्से सूचक करिब १ सय बिन्दुले माइनसमा झरेको छ । आज नेप्से सूचक ९९.८६ अंकले घटेर २ हजार ८२०.६५ बिन्दुमा झरेको छ । नेप्से परिसूचकसँगै कारोबार रकमसमेत ८ अर्ब ८८ करोड ८५ लाख १३ हजारमा झरेको छ । सोमबार कुल २२८ कम्पनीको १ लाख १३ हजार २०५ वटा कारोबारबाट १ करोड ७० लाख ६३ हजार ८३३ कित्ता सेयर किनबेच भएको छ । नेप्सेमा सूचीकृत… पुरा पढौ