मुख्य समाचार

१ हप्तामा १३ अर्ब रुपैयाँले घट्यो बैंकहरुको निक्षेप

काठमाडौं, ११ माघ । पछिल्लो एक सातामा बैंकहरुको निक्षेप १३ अर्ब रुपैयाँले घटेको छ । ३० पुससम्म वाणिज्य बैंकहरुमा ४३ खर्ब २४ अर्ब रुपैयाँ निक्षेप थियो । माघ ७ गते निक्षेप घटेर ४३ खर्ब ११ अर्ब रुपैयाँमा झरेको हो । नेपाल बैंकर्स संघका अनुसार एक हप्तामा वाणिज्य बैंकहरुले १ अर्ब रुपैयाँले ऋण बढाएका छन् । गत २६ पुसको तथ्यांक हेर्दा वाणिज्य बैंकहरुमा ५८ अर्ब रुपैयाँ निक्षेप थपिएको थियो । हप्ता दिनमै १३ अर्बले बैंकको निक्षेप घटेपछि तरलता पुनः अभाव हुने… पुरा पढौ

२५ हजार परीक्षण गर्दा १२ हजार ८ जनामा सङ्क्रमण पुष्टि

काठमाडौं, ११ माघ । पछिल्लो २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमण १२ हजार आठजनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको बुलेटिनमा २५ हजार ९०९ को परीक्षण गर्दा १२ हजार आठजनामा सङ्क्रमण पुष्टि भएको हो । सक्रिय सङ्क्रमितको सङ्ख्या ८८ हजार ९३४ पुगेको छ । पछिल्लो समय तीन हजार ४० जना कोरोनाबाट निको भएर घर फर्किएका छन् । योसँगै निको हुनेको सङ्ख्या आठ लाख २७ हजार २७९ पुगेको छ । निको हुने दर ८९.२ प्रतिशत रहेको मन्त्रालयले जनाएको… पुरा पढौ

नेपाली बजारमा भारतीय तरकारीको एकाधिकार कायमै, नेपाली किसान सधैं मारमा

काठमाडौं, ११ माघ । गत जेठमा रुपन्देहीका किसानले उत्पादन गरेको तरकारीले बजार नपाएको भन्दै सडकमा फाले । तरकारी उत्पादनको पकेट क्षेत्र मानिएको सैनामैना तथा शुद्धोधन गाउँपालिकामा उत्पादन भएको तरकारीले सहजै बजार नपाएपछि किसानहरु आन्दोलित हुँदै सबै निकायलाई देखाउन तरकारी हुत्याएका थिए । रुपन्देहीका किसान मात्रै होइनन्, गत फागुनमा कृषिमन्त्रीलाई देखाउने भन्दै पश्चिम नवलपरासीका किसानले गोलभेंडा सडकमा फाले । उनीहरुले नेपाली कृषि उत्पादनले बजार नपाएको भन्दै गोलभेंडा फालेर प्रदर्शन गरेका थिए । त्यो बेलामा कृषकहरुको एउटै गुनासो थियो – आफूले उत्पादन… पुरा पढौ

नेप्से परिसूचक ५.९२ अंकले घट्यो, ५ अर्ब ३९ करोडको सेयर किनबेच

काठमाडौं, ११ माघ । साताको तेस्रो दिन (मंगलबार) नेप्से परिसूचकसँगै कारोबार रकमसमेत घटेको छ । आज सेयर कारोबार परिसूचक नेप्से ५.९२ अंकले घटेर २ हजार ८१४.७४ अंकमा झरेको छ । नेप्सेसँगै कारोबार रकम पनि सोमबारको तुलनामा मंगलबार ३ अर्ब भन्दा धेरै रुपैयाँले घटेको हो । ९७ लाख ८४ हजार ६५१ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ५ अर्ब ३९ करोड ५६ लाख ७२ हजार ६२७ रुपैयाँमा रोकियो । आज सबैभन्दा धेरै बढ्नेमा विन नेपाल लघुवित्त वित्तीय संस्था देखिएको छ ।… पुरा पढौ

किन हुन्छ हृदयघात ? यी हुन बच्ने उपाय

काठमाडौं । मुटु विशेष किसिमको मांशपेशीले बनेको अंग हो । यसले रगतलाई पम्प गरी रक्तनलीमार्फत् विभिन्न अंगहरुमा पुर्‍याउने काम गर्दछ । औसतमा प्रतिमिनेट ७० देखि ८० पटकसम्म धड्किने मुटुलाई आफ्नो कार्य नियमित र सुचारु रुपमा गर्नका लागि यथेष्ट मात्रामा अक्सिजन, ग्लुकोज तथा अन्य विभिन्न खाद्यपदार्थ एवं खनिज पदार्थ एवं खनिजहरु जस्तै सोडियम, पोटापसियम, क्याल्सियम आदिको आवश्यकता पर्दछ । यसका लागि मुटुको मांशपेशीभित्र साना तथा मझौला खालका रगतका नलीहरु हुन्छन् । जसलाई मुटुको धमनी वा कोरोनरी आर्टरी पनि भनिन्छ । जब… पुरा पढौ

भ्रष्टाचार नियन्त्रणमा गत वर्षकै स्थानमा नेपाल, टीआईले दियो १०० मा ३३ अंक

काठमाडौं, ११ माघ । भ्रष्टाचार नियन्त्रणमा नेपाल गत वर्षकै स्थानमा देखिएको छ । ट्रान्सपरेन्सी इन्टरनेसनल (टीआई) ले मंगलबार सार्वजनिक गरेको सन् २०२१ को भ्रष्टाचार अवधारणा सूचकांक (करप्सन पर्सेप्सन इन्डेक्स–सीपीआई) अनुसार नेपाल ११७ औं स्थानमा रहेको छ । सन् २०२०/२१ मा विश्व बैंक, वर्ल्ड इकोनोमिक फोरम, ग्लोबल इनसाइट, बर्टेल्सम्यान फाउन्डेसन, वर्ल्ड जस्टिस प्रोजेक्ट, र भीडीईएमसमेत गरी ६ वटा संस्थाद्वारा गरिएका सर्वेक्षणका आधारमा सीपीआई २०२१ मा नेपाललाई १०० मा ३३ अंक (११७ औं स्थान) दिइएको छ । गतवर्ष पनि नेपालको अंक ३३… पुरा पढौ

प्रि ओपन सेसनमा ७ अंकले बढ्यो नेप्से, ७ हजार १३३ कित्ता सेयर किनबेच

काठमाडौं, ११ माघ । साताको तेस्रो दिन मंगलबार प्रि ओपन सेसनमा नेप्से परिसूचक ७ अंक बढेको छ । सोमबार ९९.८६ अंक घटेर २ हजार ८२०.६५ बिन्दुमा झरेको नेप्से मंगलबार प्रि सेसनमा ७.१० अंक बढेर २ हजार ८२७.७५ बिन्दुमा प्रवेश गरेको हो । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इण्डेक्स पनि प्रि सेसनमा २.२१ अंक बढेको छ । १६ कम्पनीको २५ लाख ९२ हजार ८७९ रुपैयाँ बराबरको ७ हजार १३३ कित्ता सेयर खरिदबिक्रीसमेत भएको छ । पुरा पढौ

रसुवा भन्सारमा आयातबाट ४ अर्ब ३३ करोड राजस्व संकलन, निर्यात शून्य

रसुवा, ११ माघ । रसुवा भन्सार कार्यालय टिमुरेबाट रु चार अर्ब ३३ करोडबढी राजस्व सङ्कलन हुँदा निर्यात शून्य भएको छ । यो चालु आर्थिक वर्षअन्तर्गत गत साउनदेखि पुस मसान्तसम्म रसुवागढी नाकाबाट आयात भएका चिनियाँ सामग्रीको भन्सार मूल्याङ्कनबाट प्राप्त राजस्वको आँकडा हो । प्रमुख भन्सार अधिकृत रामप्रसाद मैनालीका अनुसार छ महिनाको अवधिमा रु चार अर्ब ३३ करोड ४५ लाख नौ हजार सङ्कलन भएको छ । कोभिड सङ्क्रमणको सुरूआतपश्चात चिनियाँ पक्षले दैनिक नौवटा कन्टेनरमार्फत रसुवागढीको मितेरी पुल छेउमा सामान पु¥याउने गरेको छ… पुरा पढौ

एशियन लाईफका सेयरधनीहरुलाई लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं, ११ माघ । एशियन लाइफ इन्स्योरेन्सका सेयरधनीहरुका लागि लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले १३औं वार्षिक साधारण सभाको प्रयोजन तथा लाभांश वितरणका लागि माघ १२ गते बुक क्लोज गरेको जनाएको छ । यसका लागि सेयरधनीहरुले आजसम्म नेपाल स्टक एक्सचेन्जमा सेयर कारोबार गरेको हुनुपर्छ । आजसम्म कायम भएका सेयरधनीहरुले इन्स्योरेन्सको संचालक समितिले वितरण गर्न घोषणा गरेको लाभांश पाउन योग्य र साधारण सभामा भाग लिन पाउने छन् । कम्पनीले आर्थिक वर्ष ०७६, ०७७ को संचित नाफाबाट २७… पुरा पढौ

छ्याङ्दी हाइड्रोपावरले ल्यायो ८ करोड ९३ लाख बढीको हकप्रद सेयर बिक्रीमा

काठमाडौं, ११ माघ । छयाङदी हाइड्रोपावर लिमिटेडले आजदेखि हकप्रद सेयर बिक्रीका लागि ल्याउँदैछ । सेयरधनीहरुले आफुले चाहेको हकप्रद सेयरमा आजैबाट आवेदन पेश गर्न सक्नेछन् । कम्पनीले चुक्ता पुँजी २९ करोड ७६ लाख ७५ हजार रुपैयाको ३० प्रतिशतले हुने ८ करोड ९३ लाख २ हजार ५०० रुपैयाँ बराबरको हकप्रद सेयर निष्काशन गर्न लागेको हो । जो रुपैयाँ १०० अंकित दरको ८ लाख ९३ हजार २५ कित्ता रहेको छ । सेयर निष्काशनको प्रयोजनका लागि कम्पनीले पुसको २१ गते बुक क्लोज गरेको थियो… पुरा पढौ